कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश

  • Home
  • Nepal
  • Pokharia
  • कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश गण्डकी प्रदेश सरकार
कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, पोखरा

गण्डकी कृषि-मौसम सल्लाह बुलेटिन (भदौ ०५-११, २०८३), वर्ष ५, अंक ०६ (१९१ औँ शृंखला)।
22/08/2026

गण्डकी कृषि-मौसम सल्लाह बुलेटिन (भदौ ०५-११, २०८३), वर्ष ५, अंक ०६ (१९१ औँ शृंखला)।

गण्डकी कृषि-मौसम सल्लाह बुलेटिन (साउन२९-भदौ ०४, २०८३), वर्ष ५, अंक ०५ (१९० औँ शृंखला)।
14/08/2026

गण्डकी कृषि-मौसम सल्लाह बुलेटिन (साउन२९-भदौ ०४, २०८३), वर्ष ५, अंक ०५ (१९० औँ शृंखला)।

पशुमा खोप लगाऔँ, रोगबाट बचाऔँ! 🐄💉भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँको आयोजनामा आर्थिक वर्ष २०८३/८४ को पहिलो ...
10/08/2026

पशुमा खोप लगाऔँ, रोगबाट बचाऔँ! 🐄💉

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँको आयोजनामा आर्थिक वर्ष २०८३/८४ को पहिलो ब्याच अन्तर्गत गौशालामा रहेका गाईहरूमा खोरेत रोग (FMD) विरुद्धको खोप लगाउने कार्यक्रम शुभारम्भ गरिएको छ। पशुमा लाग्ने संक्रामक रोगको रोकथाम तथा पशुधनको संरक्षणका लागि नियमित खोप अत्यन्त महत्वपूर्ण छ। स्वस्थ पशु, सुरक्षित पशुपालन र समृद्ध कृषकका लागि समयमै पशुलाई खोप लगाऔँ।

🐄 स्वस्थ पशु : समृद्ध किसान

💉 खोप लगाऔँ : रोग भगाऔँ

🐄 पशु बचाऔँ : पशुधन जोगाऔँ

🛡️ रोग रोकथामको पहिलो उपाय : नियमित खोप

🚩 पूर्ण पशु खोपयुक्त गण्डकी प्रदेश निर्माण गरौँ!

गण्डकी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सम्पूर्ण पशुहरूलाई खोपको पहुँचमा पुर्‍याई “पूर्ण पशु खोपयुक्त गण्डकी प्रदेश” निर्माण गर्ने अभियानमा प्रतिबद्ध छ।

#पूर्णखोपयुक्तगण्डकीप्रदेश
#पशुमा_खोप_लगाऔँ

#पशुस्वास्थ्य
#स्वस्थपशुसमृद्धकिसान
#गण्डकीप्रदेश

गण्डकी कृषि-मौसम सल्लाह बुलेटिन (साउन२२-२८, २०८३), वर्ष ५, अंक ०४ (१८९ औँ शृंखला)।
08/08/2026

गण्डकी कृषि-मौसम सल्लाह बुलेटिन (साउन२२-२८, २०८३), वर्ष ५, अंक ०४ (१८९ औँ शृंखला)।

08/08/2026

"खोप लगाउँ, पशुधनको सुरक्षा गरौं । "

केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला , काठमाण्डौंद्वारा तनहुँ जिल्लाको चार स्थानीय तहहरु ( म्याग्दे गा.पा, बन्दिपुर गा.पा, आँबुखैरेनी गा.पा र ब्यास न.पा) मा आ.व २०८२/८३ मा पि.पि.आर रोग बिरुद्धको खोप लगाईएको भेडाबाख्राको नमुना परिक्षण गरि खोपको प्रभावकारिता अध्ययन गरिएको छ । म्याग्दे गा.पा को कुल नमुना ८१, बन्दिपुर को १०८, आँबुखैरेनीको १०५ र व्यास न.पा को कुल नमुना ५८ गरि जम्मा ३५२ वटा नमुना परिक्षण गर्दा २८६ वटा पशुमा खोपले प्रभावकारी रुपले कार्य गरिरहेको नतिजा प्राप्त हुन आएको छ । अर्थात् समग्रमा खोप कार्यको प्रभावकारिता ८१.२५ % भएको देखिन्छ।

08/08/2026

ग्राफ्टिङ बिरुवा रोप्दै हुनुहुन्छ वा रोपिसक्नुभएको छ र रुटस्टक र सायन जोडेको ठॉंउमा बाधेको प्लाष्टिक हटाउनु भएको छैन भने यथाशिघ्र हटाइहाल्नुहोला।

05/08/2026

हाल गण्डकी प्रदेशका केही स्थानमा गोलभेडाको डाँठको गुदी कुहिने रोग देखा परेको छ। यस रोगका कारण, बोट ओइलाउने, डाँठको भित्री गुदी खैरो वा कालो भई कुहिने, डाँठलाई थिच्दा कुहिएको भाग बाहिर निस्कने तथा अन्ततः बोट सुक्ने समस्या देखिएको छ। यो रोग लागेको शङ्का लागेपछि समयमै रोग लागेको बोट हटाउनुहोस्, खेत सफा राख्नुहोस्, अत्यधिक नाइट्रोजन मलको प्रयोग नगर्नुहोस्, र प्लाष्टिक घरमा राम्रो हावा चल्ने व्यवस्था मिलाउनुहोस् साथै यो रोग देखिएका बोटको डाँठको गुदीलाई डाँठ चिरेर निकाल्नुहोस र १ लिटर पानीमा १०० ग्राम कपर अक्सिक्लोराइड मिसाइ पेष्ट बनाएर चिरिएको भागको भित्र दल्नुहोस् र बोक्रा जोडिने गरी डोरीले तल देखि माथि सम्म ठाडो हुने गरी बाँध्नुहोस्। यस प्रक्रियाबाट डाँठको गुदी कुहिने रोगको रोकथाम गर्न तथा थप क्षति रोक्न सकिन्छ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना (NAFHA Project), गण्डकी प्रदेश पोखराबाट प्रकाशित सुचनाहरु ।
05/08/2026

पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना (NAFHA Project), गण्डकी प्रदेश पोखराबाट प्रकाशित सुचनाहरु ।

Address

6X9J+74R पोखरा
Pokharia
33700

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97761467885

Alerts

Be the first to know and let us send you an email when कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश:

Shortcuts

Share