अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस पोखरा

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस पोखरा This is an official page of the great student's union in Prithvi Narayan Campus ANNFSU अनेरास्ववियू

अनेरास्ववियू सदैव विद्यार्थीहरुको हक हित , राष्ट्रिय , राष्ट्रियता को पक्षमा ,शैक्षिक क्षेत्रका बिकृती र बिसङ्गती विरुद्...
16/05/2025

अनेरास्ववियू सदैव विद्यार्थीहरुको हक हित , राष्ट्रिय , राष्ट्रियता को पक्षमा ,शैक्षिक क्षेत्रका बिकृती र बिसङ्गती विरुद्ध लड्दै अइरहेको विरासतपुर्ण ईतिहास बोकेको संगठन रहेको कुरा सबैलाइ अवगत नै छ।

पृथ्वी नारायण क्याम्पस जस्तो देशको ठुलो प्राज्ञिक संस्था का जिम्मेवार उप-प्राध्यापक देविलाल शर्मा बाट MBA को भ्रमणको क्रममा आफ्नै बिद्यार्थी माथि गरिएको बिभेदपुर्ण अभिब्यक्ति अत्यन्तै खेदपुर्ण छ र सोहि बमोजिम उहालाई अनुसन्धान प्रमुख बाट हटाई थप कारवाहिका लागी अगाडी बढाईएको छ । यसरी शैक्षिक जगत भित्रबाटै बिभेद ल्याउन खोज्ने जो कोहिलाई कडा भन्दा कडा कानुनी कारवाहिको जोडदार माग गर्दछौ ।

साथै हामी कानुनी राज्यमा छौ, त्यसकारण हरेक अपराधको निराकरणको लागी कानुनी बाटो रोज्ने हो खुनको बदला खुन भन्दै हिड्ने हो भने एकदिन यो संसारनै रित्तिन्छ, क्याम्पस प्रमुखकै कार्यकक्षमा नवनिर्वाचित स्ववियुका सचिव र सदस्य हरूद्वारा उप प्राध्यापक माथि गरिएको मुक्का र लात्ती प्रहार जस्तो अभद्र ब्यबहार बाट स्ववियुले दिन खोजेको सन्देश के हो ? आम बिद्यार्थीहरूले स्ववियु संग के अपेक्षा गर्ने ? यस्तो अपरिपक्कता कहिले सम्म यसको स्पष्टिकरण स्ववियु संग माग गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौ ।
शैक्षिक संस्था अत्यन्तै मर्यादित थलो हो । हजारौ बिद्यार्थीहरुको भाग्य र भविष्य जोडिएको छ । यहाको शैक्षिक वातावरण बिगार्न खोज्ने जुकसुकै तत्वलाई पनि निस्तेज पार्ने चेतावनी दिदै पृथ्वीनारायण क्याम्पसलाई शान्तिपुर्ण ,भयरहित र मर्यादित बाताबरणको शैक्षिक ज्योतीपुन्जको रुपमा बिकास गर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौ ।

14/03/2025

सयुक्त बिद्यार्थी प्यानलमा मतदान ❤️❤️

13/03/2025

Happy holi ❤️

13/03/2025

मिसन चैत्र ५
अनेरास्ववियू जिन्दावाद ✊❤️

संयुक्त प्यानलका उम्मेदवारहरुलाई अत्याधिक मतले बिजयी गराऔ। #मिसन_चैत्र_०५
13/03/2025

संयुक्त प्यानलका उम्मेदवारहरुलाई अत्याधिक मतले बिजयी गराऔ।
#मिसन_चैत्र_०५

अनेरास्ववियूले २०७९ श्रावण ४ गते ज्ञापनपत्र र भाद्र ३० गते स्मरणपत्र वुझाउदै सम्पूर्ण सरकारी र सामुदायिक विद्यालय तथा क्...
08/03/2025

अनेरास्ववियूले २०७९ श्रावण ४ गते ज्ञापनपत्र र भाद्र ३० गते स्मरणपत्र वुझाउदै सम्पूर्ण सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई अस्पतालहरुमा ओ.पि.डी. सेवा निशूल्क र सवैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गरियोस् भन्ने जोडदार माग राखेको थियो । हाम्रो मागलाई सम्वोधन गर्दै २०७९ असोज ९ गते स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओ.पि.डी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागु हुने भएको छ । अनेरास्ववियूले यसलाई विद्यार्थी आन्दोलनको उपलव्धीको रुपमा लिएको छ र यसका लागि नेपाल सरकार, स्वास्थ्य मन्त्री माननीय भवानी खापुङ र स्वास्थ्य राज्य मन्त्री माननीय हिरा के.सी.लाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
नेपाली विद्यार्थी आन्दोलन माथि विभिन्न खालका प्रश्नहरु उठी रहेको वेला आम विद्यार्थी समुदायको पक्षमा भएको यो निर्णयले विद्यार्थी आन्दोलनको औचित्य पुर्न पुष्टी भएको छ । आज सम्म मुलुकमा भएका हरेक राजनितिक व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको अग्रणी भुमिका रहेको तथ्य घाम जत्तिकै छर्लङ्गै छ । विद्यार्थी आन्दोलन जहिले पनि दवाव, जागरण र प्रतिपक्षीय भुमिकामा रहेको हुन्छ । विद्यार्थी अधिकार प्राप्ति यसको रक्षा र विकाशको लागि विद्यार्थी आन्दोलन आज पनि सान्दर्भिक र अति आवश्यक रहेको छ । हिजो हामीले विद्यार्थी आन्दोलनकै जगमा यातायातमा सहुलियत प्राप्त गरेका थियौ र आज स्वाथ्य उपचारमा सहुलियको एजेण्डाको नेतृत्व पनि हामीले र हाम्रो गौरवशाली संगठनले गरेको छ।
हार्दिक अभिवादन सहित !

विज्ञान प्रविधिको युगमा झन्झटिला भर्ना प्रकृया र प्रशासनिक कार्यहरूलाई आधुनिक सरल र अनलाईन बनाउने हाम्रो प्रतिबद्धता ❤️✊...
06/03/2025

विज्ञान प्रविधिको युगमा झन्झटिला भर्ना प्रकृया र प्रशासनिक कार्यहरूलाई आधुनिक सरल र अनलाईन बनाउने हाम्रो प्रतिबद्धता ❤️✊✊✊

05/03/2025

पृथ्वीनारायण क्याम्पस पोखरामा
प्रारम्भिक नामावली अनुसार
९ हजार २ सय ६९ मतदाता रहनुभएको छ ।

03/03/2025

त्रि . बि को स्ववियू निर्वाचनको लागी पृथ्वी नारायण क्याम्पसमा अनेरास्ववियू दोस्रो नम्बरमा मा दर्ता गरेको कुरा सम्पुर्ण बिद्यार्थी साथीहरूलाई हरूलाई जानकारी गराउदछौ ।

अनेरास्ववियू पृथ्वी नारायण क्याम्पस कमिटि सदस्य तथा कानुन समन्वय समिति संयोजक अभिप्सा संगम पौडेल तेस्रो सेमेष्टरमा समेत ...
02/03/2025

अनेरास्ववियू पृथ्वी नारायण क्याम्पस कमिटि सदस्य तथा कानुन समन्वय समिति संयोजक अभिप्सा संगम पौडेल तेस्रो सेमेष्टरमा समेत टपर बन्न सफल भएकोमा हार्दिक बधाई तथा थप सफलताको शुभकामना ।

२०५७ साल देखि TU मा स्नातक (Bachelor) वा स्नातकोत्तर(master) अध्ययन गरी पास हुन नसकेकाको लागि मौका परीक्षा (Chance exam)...
06/02/2025

२०५७ साल देखि TU मा स्नातक (Bachelor) वा स्नातकोत्तर(master) अध्ययन गरी पास हुन नसकेकाको लागि मौका परीक्षा (Chance exam) को Form भर्ने बारे सूचना !

ज्ञानको दिब्य ज्योती  फैलाउने देवी सरस्वतीको कृपा हामी सबैलाई  प्राप्त होस्। विद्या, बुद्धि, र सृजनशीलताको यस पवित्र अवस...
03/02/2025

ज्ञानको दिब्य ज्योती फैलाउने देवी सरस्वतीको कृपा हामी सबैलाई प्राप्त होस्। विद्या, बुद्धि, र सृजनशीलताको यस पवित्र अवसरमा सम्पुर्णमा शुभकामना!

Address

Bagar
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस पोखरा:

Share