नेपाललाई तीव्र गतिमा विकास गर्न केन्?
Address
Pokhara
33700(WRPD),33702,33704,33706,33708,33713
General information
नेपाललाई तीव्र गतिमा विकास गर्न केन्द्रीकृत तथा एकात्मक राज्य व्यवस्था बाधक भएको परिपेक्षमा नेपालको संविधान, (२०७२) ले अंगीकार गरेको संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणालीका लागि विभिन्न चरणमा निर्वाचन भै सवै प्रदेशका सवै निकायमा सरकार गठन भएको छ । जस अनुरुप प्रदेश नं. ४ को अस्थायी राजधानी प्राकृतिक सौन्दर्यले भरीपूर्ण सुन्दर नगरी पोखरामा मिति २०७४ साल फाल्गुन ४ गते माननीय मुख्यमन्त्री, श्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पहिलो चरणमा ३ सदस्यीय प्रदेश मन्त्रिमण्डल गठन भएको । यस प्रदेशको समग्र विकासका लागि मुख्यमन्त्रीको कार्यालय सहित ७ वटा मन्त्रालयहरु रहेका छन् ।त्यस मध्ये प्रदेशमा शान्ति सुरक्षा अमन चयन कायम गर्दै यस प्रदेशलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आवश्यक पर्ने कानून निर्माण गर्ने, सञ्चार सम्बन्धी प्रदेशको क्षेत्राधिकार भित्र रहेर प्रदेशको प्रत्येक स्थान एंव जनस्तरसम्म पुग्ने गरी सञ्चार मैत्री वातावरण बनाउने, प्रदेशलाई शीघ्राधी शीघ्र सम्वृद्धितर्फ लैजान यो मन्त्रालयको २०७४ साल माघ १८ गते स्थापना भएको हो । २०७४ साल फाल्गुन ४ गते माननीय आन्तरिक मामिला तथा कानून मन्त्री, श्री हरि बहादुर चुमानले पद वहाली गरी निरन्तररुपमा कार्य गरिरहनु भएको अवस्थामा प्रदेशमा भ्रष्ट्राचारमुक्त समाजको सृजना भई बहुजाति, बहुभाषि, बहुधार्मिक, बहुसाँस्कृतिक, विविधतायुक्त भौगोलिक अवस्थितीमा रहेका प्रदेशवासीहरुले संविधानले अंगालेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई सफलिभूत बनाउन विविधता बीचको एकताको सूत्रमा गाँसिएर समग्र प्रदेशको विकासमा प्रदेश सरकारलाई साथ र सहयोगको अपेक्षा राख्दै जनमूखी नीति लिन यो मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्ने छ । यस मन्त्रालयको कार्य जिम्मेवारी देहाय बमोजिम रहेको छ । मुख्य कार्य जिम्मेवारी शान्ति सुरक्षा प्रदेश प्रहरी प्रदेश अनुसन्धान ब्यूरो विपद्व्यवस्थापन द्वन्द व्यवस्थापन कानून, न्याय तथा प्रदेश सभा मामिला सञ्चार बृहत्तर कार्य जिम्मेवारी प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसंगको समन्वय र सहकार्य संघीय र प्रदेश सुरक्षा निकायसंगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय संघीयकानून बमोजिम प्रदेश प्रहरी संचालन, व्यवस्थापन र नियमन प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रण तथा समन्वय कानून, न्याय तथा प्रदेश सभा मामिला सम्वन्धी प्रदेश सभामा पेश हुने बिधेयक तर्जुमा र प्रमाणीकरण सम्वन्धी अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग आधारभूत मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा तथा प्रबर्द्धनमा सहयोग प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरूको मानव अधिकारको संरक्षण र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी सामुदायिक प्रहरी प्रदेशभित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन प्रदेशभित्र न्यायिक र अर्ध न्यायिक निकायले गरेका फैसला कार्यान्वयन प्रदेशभित्रका गैरसरकारी संघ, संस्थाहरुको अभिलेख र समन्वय प्रदेशभित्रका गैरसरकारी संघ, संस्थाहरुको अभिलेख र समन्वय गुनासोर विवाद व्यवस्थापन संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन फौजदारी कार्यविधि कानूनको कार्यान्वयन अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति निवारक नजरबन्द र स्थानहद सम्बन्धी अन्तरप्रदेशसम्बन्ध सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण तथा सम्पत्ति प्राप्ति सम्बन्धी प्रादेशिक नीतितथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन तथा जग्गा विवाद समाधान स्थानीय प्रशासनको सन्चालन, व्यवस्थापन र समन्वय पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन विपद व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र संचालन, स्थानीय विपद् कोषमा सहयोग, तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान, विपद् जोखिम क्षेत्र नक्शाँकन र बस्ती स्थानान्तरण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन उपाधि,सम्मानतथा विभूषणको सिफारिस प्रदेशस्तरमा सार्वजनिक बिदा, उत्सव, उर्दी आदिको व्यवस्थापन प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनस्थापन सम्वन्धी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्ति सम्वन्धी प्रदेशस्तरको विद्युतीय संचार माध्यम संचालन सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन तथा अनुमति, इजाजत र नवीकरण प्रदेशस्तरमा तारयुक्त र ताररहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमन प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्धन, सूवना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन प्रदेशभित्र टेलिसेन्टर संचालन, व्यवस्थापन र नियमन प्रदेशस्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित संचार माध्यमको दर्ता, अभिलेख, अनुमति, नविकरण, अनुगमन र नियमन साइवर सुरक्षा अनुगमन छापा संचार माध्यमको दर्ता, अनुमति, आचार संहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, बर्गीकरण, सञ्चालन र नियमन प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण श्रमजीवि सञ्चार कर्मीहरुको न्यूनतम पारिश्रमिक अनुगमन प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी केबुल वितरणको इजाजत, नवीकरण र नियमन सूचनाकोहक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन चलचित्र निर्माण,हल संचालन तथा प्रदर्शन अनुमति र नियमन
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when कानून, सञ्चार तथा प्रदेश सभा म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Organization
Send a message to कानून, सञ्चार तथा प्रदेश सभा म:
Shortcuts
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं चार