22/01/2023
गल्ती कस्को बिमान चलाउने पाईलटकाे या काेपाईलटकाे कि एअरट्रार्फिक कन्ट्रोलकाे कि नेपाल नागरिक उड्यन प्राधिकरणको या नेपाल सरकारकाे कि एति एअरलाईन्सकाे या ATR बिमान निर्माता कम्पनीको अथवा नेपालमा हवाई यात्रा गर्नेुनै गल्ती हाे ।
गल्ती जोसुकैको होस देशले ठुलो क्षेती बेहोर्न पर्यो,
दक्ष जनशक्ति गुमायो , सुन्दर नगरी पोखराको सुन्दरता फिक्का भाे , सेती गण्डकी सुस्तायाे , माछापुच्छ्रे रोयाे सिङ्गो देशनै सोकमा डुब्याे । तर बिश्व मानचित्रमा यो हाम्रो सुन्दर चन्द्र सुर्यको आकाश कहिले सम्म अपमानित हुनेहो ।
मृत आत्माहरु प्रति हर्दिक श्रद्धांजलि बैकुण्ठबास होस्।
चार सदस्यीय छानबिन समिति गठन भएकाे छ ।
नाै सदस्यीय ATR एक्सपर्टिज फ्रान्सेली टोलि आएको छ। फ्लाइट रेकाेडर बक्स ( Black Box ) फेला परेकाे छ । याे सहि हातमा जाओस् , उचित छानबिन हास् , तथ्यवान निष्कर्ष आओस् । परिवर्तन परिवर्तन भनेर चिच्याउनेहरु सत्तामा पुगेका छन् , त्यहि परिवर्तनकाे विगुलले याे घटनाकाे तथ्य सबै माझ छर्लङ्ग हाेस् र अबका दिनमा हाम्रो आकाश राम्रो आकाश बनाेस् ।
जय चन्द्र सुर्य
जय नेपाल 🙏🏻