पोखरा महानगरपालिका वडा नं. १४,कास्की Pokhara Metropolitan City -14,Kaski

  • Home
  • Nepal
  • Pokhara
  • पोखरा महानगरपालिका वडा नं. १४,कास्की Pokhara Metropolitan City -14,Kaski

पोखरा महानगरपालिका वडा नं. १४,कास्की Pokhara Metropolitan City -14,Kaski Official page of Pokhara Metropolitan City Ward no.14
वडा अध्यक्ष: बोध बहादुर कार्की

02/05/2026

4 likes. "प्रथम वडा अध्यक्ष वडास्तरीय दौड प्रतियोगिता २०८३"

02/05/2026
30/04/2026

📢 सूचना ! सूचना!! सूचना!!!

पोखरा महानगरपालिका वडा नं. १४ को आयोजनामा,
Urwor Bhumi Nepal (उर्वर भूमि नेपाल) को सहयोग तथा
श्री ॐ शिवशक्ति मन्दिर, बेलचौतारा टोल, समाज सुधार महिला उत्थान आमा समूह केन्द्र लगायत विभिन्न टोल तथा आमा समूहहरूको व्यवस्थापनमा देशमा दिगो शान्तिको स्थापना तथा विश्व शान्तिको कामना गर्दै, काल-अकालबाट दिवंगत आत्माहरूको चिरशान्तिको कामना सहित शक्ति जागरण गर्ने अभिप्रायका साथ तथा पितृमोक्ष प्राप्तिका लागि १८ पुराणबाट १०८ महायज्ञ सम्पन्न गर्ने उद्देश्यले विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको छ।

सतीदेवीको मृत शरीर बोकेर श्री महादेवले पृथ्वी भ्रमण गर्न लागेका ताम्र मूर्तिलाई विभिन्न शक्तिपीठहरूमा पुयाई, रुद्री, यज्ञ, हवन, सत्यनारायण पूजा तथा चण्डी पाठ सहितको महायज्ञ सम्पन्न गरी शक्ति जागरण गराउने पवित्र उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा सम्पूर्ण वडा बासिन्दाहरू, आमा समूहहरू, टोलवासीहरू, विभिन्न मन्दिरमा आबद्ध धार्मिक व्यक्तित्वहरू, विभिन्न समाज तथा क्लबहरू लगायत सम्पूर्ण महानुभावहरूलाई सहभागिता जनाई पुण्य लाभ लिनुहुन तथा प्रसाद ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछौं !

मिति: २०८३ साल वैशाख १९ गते
बार: शनिबार
स्थान: श्री ॐ शिवशक्ति मन्दिर प्रांगण, बेलचौतारा
समय: बिहान ८:०० बजे देखि

अध्यक्ष
बोध बहादुर कार्की

तथा सम्पूर्ण वडा नं. १४ परिवार

27/04/2026

सूचना ! सूचना !! सूचना !!!

पोखरा महानगरपालिका वडा नं. १४ का सम्पूर्ण वडा बासिन्दाहरूमा जानकारी गराइन्छ कि यस वडामा पागल (रेबिज लागेको आशंका गरिएको) कुकुर प्रवेश गरी बालबालिका तथा घरपालुवा जनावरहरूलाई आक्रमण गरेको जानकारी प्राप्त भएको छ।

यस सम्बन्धमा, कुनै पनि व्यक्तिले त्यस्तो कुकुर देखेमा वा यसबारे थप जानकारी पाएमा तत्काल वडा कार्यालयमा खबर गरिदिनु हुन अनुरोध गरिन्छ। प्राप्त सूचनाको आधारमा वडा कार्यालयबाट आवश्यक कारबाही गरिनेछ।

साथै, सम्पूर्ण वडा बासिन्दाहरूलाई सजग रहनु हुन तथा आफ्ना बालबालिका र घरपालुवा जनावरहरूको विशेष ख्याल राख्नु हुन अनुरोध गरिन्छ।

वडा कार्यालय
पोखरा महानगरपालिका
वडा नं. १४
9856003014
9856032710

पोखरा महानगरपालिका–१४ मा आज बैशाख ५ गते शनिबार आयोजना गरिएको “सर्वसुलभ कृषि हाट बजार” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको ...
18/04/2026

पोखरा महानगरपालिका–१४ मा आज बैशाख ५ गते शनिबार आयोजना गरिएको “सर्वसुलभ कृषि हाट बजार” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कृषि हाट बजारको उद्घाटन पोखरा महानगरपालिका–१४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै उहाँले किसानद्वारा उत्पादित वस्तुहरू सिधै उपभोक्तासम्म पुर्‍याउने लक्ष्यका साथ वडावासीलाई ताजा तरकारी तथा फलफूल उपलब्ध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत तथा कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कृषकले उत्पादन गरेका सामग्री बिचौलिया बिना प्रत्यक्ष उपभोक्तासम्म पुग्नु अत्यन्त सराहनीय कार्य भएको उल्लेख गर्दै कार्यक्रमको प्रशंसा गर्नुभयो।साथै यस कार्यक्रमका लागि पोखरा महानगरपालिकाले रु. १,५०,००० आर्थिक सहयोग गरेको थियो। यस्ता कार्यक्रमहरूमा महानगरपालिकाले निरन्तर आर्थिक सहयोग र प्रोत्साहन गर्ने तथा असिना, हावाहुरी लगायतका प्राकृतिक प्रकोपबाट क्षति पुगेका किसानहरूलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कृषि सञ्जाल–१४ का अध्यक्ष ललित बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उमा थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव रमनाथ आचार्यले गर्नुभएको थियो।

उक्त अवसरमा २५ भन्दा बढी किसानहरूले आफ्ना उत्पादनहरू सहुलियत दरमा बजारिकरण गरेका थिए भने करिब रु. ७५,००० बराबरको कारोबार सम्पन्न भएको थियो।

यो “सर्वसुलभ कृषि हाट बजार” अब प्रत्येक शनिबार नियमित रूपमा बिहान 6:30 -8:30 सम्म सञ्चालन हुने भएकाले वडा–१४ का सम्पूर्ण वडाबासीहरूमा किनमेल गरि सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दछौं।

बोधबहादुर कार्की
वडा अध्यक्ष–१४

ललित बहादुर बानियाँ
अध्यक्ष, कृषि सञ्जाल–१४

वडा तथा कृषि सञ्जाल परिवार

पोखरा महानगरपालिका–१४  वडा कार्यालय  माता तीर्थ औँसीको हार्दिक शुभकामनाआमाको माया, स्नेह र आशीर्वाद जीवनको सबैभन्दा ठूलो...
17/04/2026

पोखरा महानगरपालिका–१४
वडा कार्यालय

माता तीर्थ औँसीको हार्दिक शुभकामना

आमाको माया, स्नेह र आशीर्वाद जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। आमाको त्याग, समर्पण र ममता बिना हाम्रो अस्तित्व अधुरो रहन्छ। माता तीर्थ औँसीको यस पावन अवसरमा जीवित आमालाई सम्मान र दिवंगत आमाको स्मरण गर्ने हाम्रो परम्पराले नेपाली संस्कृतिको गहिरो भावनालाई झल्काउँछ।

यस विशेष दिनमा, वडा अध्यक्ष बोध बहादुर कार्की तथा सम्पूर्ण वडा नं. १४ परिवारको तर्फबाट आमाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना !!

Address

Deurali Tole
Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761505019

Website

Alerts

Be the first to know and let us send you an email when पोखरा महानगरपालिका वडा नं. १४,कास्की Pokhara Metropolitan City -14,Kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share