08/06/2026
दुःखद पल !
यस प्रतिष्ठानका संस्थापक सदस्य श्री गणेश तमुकी ममतामयी आमा श्रीमती चन्द्रमाया तमुको ७७ वर्षको उमेरमा भएको दुःखद निधनले सम्पूर्ण प्रतिष्ठान परिवारलाई मर्माहत एवं दुःखी तुल्याएको छ। यस शोकपूर्ण घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
श्रीजंग तमु
अध्यक्ष तथा
तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार ।