पोखरा महानगरपालिका वडा नं.१७,कास्की

  • Home
  • Nepal
  • Pokhara
  • पोखरा महानगरपालिका वडा नं.१७,कास्की

पोखरा महानगरपालिका वडा नं.१७,कास्की पोखरा,कास्की,गण्डकी

पोखरा महानगरपालिका वडा नं:१७का आमा बुबा दाजुभाई दिदी बहिनीहरु आमा समूह, टोलबिकास संस्था,कल्व,टोलसुधार,बिद्यालयलगाएत सम्प...
23/04/2026

पोखरा महानगरपालिका वडा नं:१७का आमा बुबा दाजुभाई दिदी बहिनीहरु आमा समूह, टोलबिकास संस्था,कल्व,टोलसुधार,बिद्यालयलगाएत सम्पूर्ण संघ संस्थाहरू निम्नलिखित ब्यानर अनुसारको कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ!

सूचना :सूचना :सूचना 🙏
23/04/2026

सूचना :सूचना :सूचना 🙏

सहभागीता सम्बन्धमा (५ दिने उद्घोषण तालिम कार्यक्रम)!
23/04/2026

सहभागीता सम्बन्धमा (५ दिने उद्घोषण तालिम कार्यक्रम)!

सुचना  सुचना  सुचना !!राष्ट्रिय भिटामिन ए अभियान कार्यक्रम २०८३यहि बैशाख ६ र ७ गते " राष्ट्रिय भिटामिन ए " अभियान सञ्चाल...
19/04/2026

सुचना सुचना सुचना !!
राष्ट्रिय भिटामिन ए अभियान कार्यक्रम २०८३

यहि बैशाख ६ र ७ गते " राष्ट्रिय भिटामिन ए " अभियान सञ्चालन हुदैछ ! ६ महिना भन्दा माथिका र ५९ महिना भन्दा मुनिका बालबालकालाई भिटामिन ए र जुकाको औषधि पोखरा महानगरपालिका वडा १७ को तपसिलका स्थानहरूमा खुवाउने कार्यक्रम रहेकोले आफ्ना नानिबाबुहरुलाई नजिकका केन्द्रहरुमा लगिखुवाउनका लागि हार्दिक अनुरोध गर्दछौ ! 🙏

भिटामिन खुवाउने स्थानहरू :-
१ - शहरी स्वास्थ्य केन्द्र - १७ बिरौटा
२ - श्री जानकी मा.वि. महतगौडा
३ - वडा कार्यलय १७ को पुरानो भवन(पुरानो वडामा)
४- आमा समुहको भवन सिमलटुडा
५- दुर्गा मन्दिर छोरेपाटन

19/04/2026
पोखरा महानगरपालिका वडा नं.१७ को नवनिर्मित कार्यालय भवनको मङ्गलवार उद्घाटन गरिएको छ । सुविधा सम्पन्न नवनिर्मित कार्यालय भ...
15/04/2026

पोखरा महानगरपालिका वडा नं.१७ को नवनिर्मित कार्यालय भवनको मङ्गलवार उद्घाटन गरिएको छ । सुविधा सम्पन्न नवनिर्मित कार्यालय भवनको नयाँ वर्ष २०८३ को अवसरमा नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।

४ करोड ६५ लाख ८१ हजार ५०७ रुपैयाँ लागत अनुमान गरिएको उक्त भवन ३ करोड ८६ लाख १६ हजार ८९२ रुपैयाँमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रा.लिले निर्माण गरेको हो । भवनको भुइतल्ला ३०९.४७ वर्ग मिटर, पहिलो तल्ला ३०९.४७ वर्ग मिटर, दोस्रो तल्ला ३०९.४७ वर्ग मिटर र तेस्रो तल्ला ५४.१७ वर्ग मिटर गरी जम्मा ९८२.५८ वर्ग मिटर क्षेत्रफलको रहेको छ ।

भवन निर्माण कार्य २०८० आषाढ २८ गते सुरु गरी २०८२ असोज १० गते सम्पन्न भएको थियो । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा क्रममा आन्दोलनकारीहरूले उक्त भवनमा समेत आगजनी र तोडफोड गरेका थिए । भवनको पछि पुनः मर्मत सम्भार गरिएको हो । हालसम्म पोखरा महानगरपालिकाका ३१ वटा वडा कार्यालयहरू आफ्नै भवनबाट सञ्चालनमा रहेका छन् भने २ वटा भने निर्माणको क्रममा रहेका छन् ।

नगर प्रमुख आचार्यले सुविधा सम्पन्न भवनबाट सेवाग्राहीहरूलाई छिटो छरितो, चुस्त र जबाफदेही सेवा प्रवाहमा जोड दिनुभयो । नागरिकहरूलाई गुनासो रहित सेवा प्रवाह आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष राधिका शाही योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मन्जुदेवि गुरुङ, दलका नेता दिवसमान प्रधानाङ्ग, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा सदस्य विक्रम गुरुङ लगायतले महानगर तथा वडा कार्यालयहरूको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने बताउँदै सुविधायुक्त पूर्वाधारको नतिजा सेवामा देखिनु पर्ने बताउनुभएको छ ।

कार्यक्रमको सञ्चालन वडा सचिव सुरेन्द्र सापकोटाले गर्नुभएको थियो।

नयाँ बर्ष २०८३ सालको शुभकामना आदान प्रदान एबं नव निर्मित वार्ड कार्यालय भवनको समुद्घाटन कार्यक्रममा उपस्थितिको लागी वार्...
14/04/2026

नयाँ बर्ष २०८३ सालको शुभकामना आदान प्रदान एबं नव निर्मित वार्ड कार्यालय भवनको समुद्घाटन कार्यक्रममा उपस्थितिको लागी वार्डबासी लगायत सम्पूर्णमा हार्दिक निमंत्रणा गर्दछौ।

पोखरा महानगरपालिका वडा नं. १७को आयोजनामा विश्व स्वास्थ्य दिवसको अबसरमा “आमा र स्वास्थ्य सॅगसॅगै“ भन्ने उद्धघोसका साथ वडा...
08/04/2026

पोखरा महानगरपालिका वडा नं. १७को आयोजनामा विश्व स्वास्थ्य दिवसको अबसरमा “आमा र स्वास्थ्य सॅगसॅगै“ भन्ने उद्धघोसका साथ वडा नं १७का आमा दिदी बहिनीहरुलाई स्तन क्यान्सर ,पाठेघरमुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम!

निम्न ब्यानार अनुसारको कार्यक्रम मा अपस्थितिको लागी हार्दिक अनुरोध छ l
06/04/2026

निम्न ब्यानार अनुसारको कार्यक्रम मा अपस्थितिको लागी हार्दिक अनुरोध छ l

सूचना :सूचना :सूचना
05/04/2026

सूचना :सूचना :सूचना

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when पोखरा महानगरपालिका वडा नं.१७,कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share