Rameshwor Yuwa Club

Rameshwor Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rameshwor Yuwa Club, Social service, Pokhara.

15/10/2023
स्वदेश तथा विदेश मा रहनु भएका नेपाली आमा बुवा दाजुभाई दिदीबहिनीहरुमा नेपाली नयाँ वर्ष २०८० साल को पावन अवसरमा सुस्वास्थ्...
14/04/2023

स्वदेश तथा विदेश मा रहनु भएका नेपाली आमा बुवा दाजुभाई दिदीबहिनीहरुमा नेपाली नयाँ वर्ष २०८० साल को पावन अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।🙏🙏

गणेश ढुंगाना
अध्यक्ष
रामेश्वर युवा क्लब परिवार
पोखरा १७-बिरौटा पावरहाउस

29/03/2023

अनिवार्य बैठकमा उपस्थितिका लागि जानकारी सम्वन्धमा
मिति २०७९/१२/१६ गते बिहीबार ०७:०० बजे राममन्दिर बाट राम नवमी को अवसरमा झाँकी सहित र्यालीमा सहभागी हुने कार्यक्रमको लागि हाम्रो क्लवलाई निमन्त्रणा प्राप्त भएको, स्थानीय आमा समुह, यूवा क्लव, टोल, लगायत एकसाथ एकै ब्यानरमा रामेश्वर समुहको ब्यानरमा सहभागी हुने कुरा जानकारी मा आएको हुँदा तोकिएको समयमा आई के किराना रामेश्वर मार्ग अगाडि सम्भव भए दौरा सुरुवाल नभए क्लव को ड्रेसमा यस रामेश्वर युवा क्लबका सम्पुर्ण कार्य समिति सदस्य, सल्लाहाकार सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
स्थान: श्री राम मन्दिर परिसर विरौटा १७
मिति:२०७९/१२/१६
समय:०७:०० बजे

नबराज आचार्य गणेश ढुंगाना
सचिब अध्यक्ष
श्री रामेश्वर युवा क्लब,पोखरा १७

Send a message to learn more

03/03/2023

भाबपुर्ण श्रद्धाञ्जली तथा समबेदना ।
यस रामेश्वर युवा क्लब की कार्यसमिती सदस्य श्री अप्सरा कार्की का श्रीमान श्री राजु गोदारको असामयिक निधनले हामी सम्पुर्ण स्तब्ध भएका छौं । दुखको यश घडिमा स्वर्गीय राजु गोदार को बैकुण्ठबासको कामना गर्दै महाप्रस्थानको यात्रा सहज होस भनी भगवान संग सतत प्रार्थना गर्दछौ।
साथै सबै शोकसन्तप्त परिवारजनमा क्लव साथीहरुको उपस्थितिमा शोकलाइ शक्तिमा बदल्ने उर्जा प्राप्त होस भन्ने कामना गर्दै गहिरो समबेदना प्रकट गर्ने कार्यक्रम राखिएकोले आज मिति २०७९/११/१९ बेलुका ५:०० बजे निजको निवास मा उपस्थित हुन संपूर्ण पदाधिकारि तथा कार्यसमिती सदस्य ज्युलाई अनुरोध गर्दछौं।

नबराज आचार्य
सचिव
रामेश्वर युवा क्लब, पोखरा १७

धन्यवाद समाचार पाटी।
06/02/2023

धन्यवाद समाचार पाटी।

पोखरा, २१ माघ । पोखरा महानगरपालिका वडा नं. १७ पावर हाउसमा रहेको रामेश्वर युवा क्लबको आयोजनामा भएको खुल्ला रक्तदान ...

"रक्तदान जीवनदान जीवनदान महादान" भन्ने मुल नाराका साथ ५१ युनिट रगत सहित कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा उपस्थित प्रमु...
04/02/2023

"रक्तदान जीवनदान जीवनदान महादान" भन्ने मुल नाराका साथ ५१ युनिट रगत सहित कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,बिशेश अतिथि ,कार्यक्रम संयोजक ,क्लब का पदाधिकारी तथा सदस्य ज्यु हरु,सल्लाहकार ज्यु हरु,रक्तदान गरि सहयोग गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभाबहरु ,पत्रकार ज्युहरु, टोलबासि बुवा मुवा ,दाजुभाइ तथा दिदिबहिनी हरु, तथा सहयोगदाता ज्युहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।

गणेश ढुंगाना
अध्यक्ष
रामेश्वर युवा क्लब
पोखरा १७बिरौटा, रामेश्वर मार्ग

नेपालीहरूको माहान् चाड विजय दशमी, शुभदिपावली, नेपाल संम्वत एवं छठ पर्व-२०७९ को पावन अव सरमा देश तथा विदेश मा रहनु हुने स...
02/10/2022

नेपालीहरूको माहान् चाड विजय दशमी, शुभदिपावली, नेपाल संम्वत एवं छठ पर्व-२०७९ को पावन अव सरमा देश तथा विदेश मा रहनु हुने सम्पूर्ण आमाबुवा,दाजुभाई,तथा दीदीबहिनी हरुमा सुखशान्ति तथा दीर्घायु को हार्दिक मंगलमय सुभकामना ।🎉🎉🎉🎉

गणेश ढ़ूंगान
संस्थापक अध्यक्ष
[ रामेश्वर युवा क्लब१७ पोखरा ]

जानकारी सम्वन्धमा:1st गुप्तेश्वर महादेव कप 2079 9A side Footbal tournament मा भोलि २०७९/०१/११ गते यस रामेश्वर युवा क्लव ...
23/04/2022

जानकारी सम्वन्धमा:
1st गुप्तेश्वर महादेव कप 2079 9A side Footbal tournament मा भोलि २०७९/०१/११ गते यस रामेश्वर युवा क्लव र कमलपोखरी बझापाटन FC बीच भोली बिहान ९:१५ बजे खेल हुने हुँदा खेलाडि साथीहरु तयारी अवस्थामा रहिदिनुहुन अनुरोध साथ आगामी खेलमा पनि क्लब मा आबद्ध सम्पूर्णलाई Tibetan tasiling camp ground छोरेपाटन १७ मा गई खेलाडी हरुलाई हौसला प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

श्री रामेश्वर युवा क्लब, पोखरा १७

आज २०७९/०१/०९ गते यस रामेश्वर युवा क्लव र आयोजक डेविड फल युवा क्लब बीच भएको खेलमा हाम्रो क्लबले २>१ को अन्तरमा जीत हात प...
22/04/2022

आज २०७९/०१/०९ गते यस रामेश्वर युवा क्लव र आयोजक डेविड फल युवा क्लब बीच भएको खेलमा हाम्रो क्लबले २>१ को अन्तरमा जीत हात पार्न सफल भएको छ। खेलाडी साथीहरुले राम्रो खेल प्रदर्शन गर्नु भएको छ। आगामी खेलमा पनि विजयको अग्रिम शुभकामना सहित अर्को खेल आगामी आईतबार हुने हुँदा सम्पुर्ण क्लबमा आबद्ध साथीहरु आज जसरिनै 1st गुप्तेश्वर महादेव कप 2079 9A side Footbal tournament लाई Tibetan tasiling camp ground छोरेपाटन १७ मा गई खेलाडी हरुलाई हौसला प्रदान गरिदिनु हुन अनुरोध गर्दछौं।

श्री रामेश्वर युवा क्लब, पोखरा १७

सूचना सूचना सूचनायस रामेश्वर युवा क्लवमा आबद्द साथीहरु तथा खेल प्रेमी साथी हरु हाम्रो छिमेकी युवा क्लब  डेबीजफल युवा क्ल...
21/04/2022

सूचना सूचना सूचना
यस रामेश्वर युवा क्लवमा आबद्द साथीहरु तथा खेल प्रेमी साथी हरु हाम्रो छिमेकी युवा क्लब डेबीजफल युवा क्लबको आयोजनामा आज मिति २०७९/०१/०८ बाट सुरु हुन गइरहेको 1st गुप्तेश्वर महादेव कप 2079 9A side Footbal tournament मा हाम्रो यस रामेश्वर युवा क्लबका खेलाडीको पनि सहभागिता रहने हुँदा Tibetan tasiling camp ground छोरेपाटन १७ मा गई खेलाडी हरुलाई हौसला प्रदान गरिदिनु हुन अनुरोध गर्दछौं।
श्री रामेश्वर युवा क्लब, पोखरा १७

18/03/2022

रामेश्वर युवा क्लब को मैत्रीपुर्ण फूटबल

रामेश्वर युवा क्लब को होलि
18/03/2022

रामेश्वर युवा क्लब को होलि

Address

Pokhara

Telephone

+9779856033298

Website

Alerts

Be the first to know and let us send you an email when Rameshwor Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category