Santosh Raj Poudel Page

Santosh Raj Poudel Page स्वस्थ जीबन शैली ,सकारात्मक भावना र जीबन सन्तुस्टी हम्रो चाहना 🌺

26/08/2026

आज भोटेकोशीमा पानी मात्रै बगेन,
धेरै परिवारका सपना, खुसी र आफ्ना मान्छे पर्खिने आशा पनि बग्यो।
बाढी रोकिएला, पानी घट्ला, तर आजको पीडा
धेरै परिवारको मनबाट कहिल्यै मेटिने छैन।
भगवान् सबै बेपत्तालाई सकुशल फर्काइदिऊन्। 🙏💔

26/08/2026

रसुवा-भोटेकोशी बाढी : update
१. मानवीय क्ष'ति:
• हालसम्म ७० श'व फेला, सनाखत हुन बाँकी ।

२. सम्पर्कविहीन विवरण:
• ७९ सुरक्षाकर्मी सम्पर्कविहीन - जसमा नेपाल प्रहरी २६, सशस्त्र प्रहरी ९ र नेपाली सेना ४४ जना ।
• पर्यटन बोर्डको प्रारम्भिक विवरण अनुसार ३८४ पर्यटक/यात्रु सम्पर्कमा आउन बाँकी - २९१ विदेशी र ९३ नेपाली । बाढीमा बेपत्ता भएको पुष्टि होइन, प्रमाणीकरण जारी रहेको ।
• लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन ।
• नेपाल विद्युत प्राधिकरणका ३५ जना कर्मचारी सम्पर्कविहीन ।

३. भौतिक तथा पूर्वाधार क्षति:
• ११ वटा हाईड्रोपावरमा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रणाली बाहिर ।
• १९ पुल र ४० किमि सडक क्षतिग्रस्त, यातायात ठप्प ।
• रसुवादेखि मलखुसम्म २० वटाभन्दा बढी झोलुङ्गे र मोटरेबल पुल बगेको, जसमा धादिङबेसी जोड्ने पुल समेत ।
• आधा दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाका कार्यालय बगेको ।
• २५ भन्दा बढी दूरसञ्चार साइट प्रभावित - टिमुरे, स्याफ्रुबेँसी तथा नुवाकोट क्षेत्रमा NTC र Ncell का टावर/साइट तथा अप्टिकल फाइबर, चीनसँग जोडिने NTC को फाइबर लाइन समेत क्षतिग्रस्त ।
• रसुवा, धादिङ र नुवाकोटका ६ स्थानका बाढी पूर्वसूचना प्रणालीमा क्षति ।
• नुवाकोट विदुर न.पा.-६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन र नेपाल प्रहरी सुरक्षा एकाइको भवनमा क्षति, बाहिरी पर्खाल र गाडीमा क्षति - तर सबै ८०० कैदीबन्दी सुरक्षित ।

४. वर्तमान जोखिम चेतावनी:
• लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको - चीनबाट प्राप्त सूचनालाई उद्धृत गर्दै गोरखापत्रले जनाएको। भोटेकोशी-त्रिशूली क्षेत्रमा थप बाढीको जोखिम बाँकी ।

५. सरकारी कदम:
• प्रधानमन्त्रीज्युको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसेको ।
• सबै सरकारी संयन्त्रलाई खोजी, उद्धार, राहत, स्वास्थ्य र सुरक्षा व्यवस्थापनमा परिचालन गरिएको - परराष्ट्रमन्त्रीज्युद्वारा संसदलाई जानकारी ।
खोज-उद्धारलाई उच्च प्राथमिकतामा राखिएको ।

६ जिल्ला विपद् संकटग्रस्त घोषणा

• बाढिबाट ११ वटा हाईड्रोपावरमा क्षती र ४३१ मेगावाट विजुली उत्पादन प्रणाली बाहिर
• बाढिबाट ९ जनाको मृत्यु भएको परराष्ट्रमन्त्रीले जानकारी दिएका ।
•२९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक सम्पर्क विहिन
• आधा दर्जन भन्दा बढी बैंक तथा वित्तिय संस्थाका कार्यालय बगे ।
• नेपाल प्रहरीका २६, सशस्त्र प्रहरीका ९ र नेपाली सेनाका ४४ जना सम्पर्क विहिन ।
• केन्द्रीय कारागारका सबै ८ सय कैदीबन्दी सुरक्षित, बाहिरी पर्खाल र गाडीमा क्षति
• रसुवा, धादिङ र नुवाकोटका ६ स्थानका बाढी पूर्वसूचना प्रणालीमा क्षति
• रसुवा बाढी: १९ पुल र ४० किमि सडक क्षतिग्रस्त, यातायात ठप्प
• ६ जिल्ला विपद् संकटग्रस्त घोषणा: उद्धारमा बिनाअनुमति ड्रोन प्रयोग गर्न पाइने
• लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन,
• नेपाल विद्युत प्राधिकरणका ३५ जना कर्मचारी सम्पर्कविहीन
• रसुवादेखि मलखुसम्मका २० वटाभन्दा बढी झोलुङ्गे र moterable bridge बाढीले बगाएको छ, यसमा धादिङबेसी जोड्ने पुलदेखि अरू महत्त्वपूर्ण पुलहरू पनि परेका छन् ।

 #गौथली एउटी युवतीको सपना हुन्छ- पढ्ने, आफ्नै खुट्टामा उभिने र आफ्नो जीवनको निर्णय आफैं गर्ने । तर उसका अगाडी प्रश्न खडा...
22/08/2026

#गौथली
एउटी युवतीको सपना हुन्छ- पढ्ने, आफ्नै खुट्टामा उभिने र आफ्नो जीवनको निर्णय आफैं गर्ने । तर उसका अगाडी प्रश्न खडा हुन्छ- ‘छोरीले धेरै पढेर के गर्छे ?’

यिनै प्रश्नबाट सुरु हुने गौंथलीको संघर्ष अन्ततः विवाह, घरेलु हिंसा, सामाजिक मर्यादा र पितृसत्तात्मक नियन्त्रणको घेरासम्म पुग्छ ।

कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ यही घेराभित्र एउटी महिलाले आफ्नो अस्तित्व र सपनाका लागि गर्नु परेको संघर्षको कथा हो ।

फिल्ममा २०६० सालअघिको ग्रामीण सामाजिक परिवेशलाई पृष्ठभूमि बनाइएको छ । गौंथली पढ्न चाहन्छे । अगाडि बढ्न चाहन्छे । तर त्यसको बाधक हुन्छ, त्यति बेलाको समाज र पितृसत्तात्मक सोच । त्यही मानसिकताले उसको सपनालाई रोक्छ । ऊ त्यो घेराबाट उम्केर अगाडि बढ्न त खोज्छे तर सक्दिन ।

अन्ततः उसको इच्छाविपरीत बिहे हुन्छ । विवाहपछि मात्र उसले आफूले विवाह गरेको व्यक्ति ‘अटिजम’ भएका हुन् भनेर थाहा पाउँछे । त्यसपछि सुरु हुन्छ गौथलीको नयाँ घर, नयाँ सम्बन्ध र सामाजिक अपेक्षाबीच आफ्नो अस्तित्व र सपनाको खोजी ।

फिल्मको सुरुवाती हिस्सामा देखिने गौंथली र ठूलेबीच देखिने मतभेद र असहजता पीडादायी छन् । तर विस्तारै समयसँगै ठूलेले गौंथलीप्रति गरेको सहयोग र देखाएको माया, आत्मीयताले उनीहरुको सम्बन्धलाई फरक अमायाम दिन्छ । यहीँबाट फिल्मले अटिजम भएका व्यक्तिलाई केवल ‘असामान्य’ भनेर हेर्ने सामाजिक दृष्टिकोण र सामाजिक भाष्यमाथि प्रश्न उठाउँछ । ठूलेको चरित्रले गौथलीलाई प्रेम, संवेदना र स्वीकार्यताको अर्थलाई पनि फरक ढंगले प्रस्तुत गरेको देखिन्छ ।

तर फिल्मको कथा अघि बढ्दै जाँदा अटिजमसँग सम्बन्धित कथाभन्दा गौंथलीले भोग्ने महिला हिंसा र पितृसत्तात्मक नियन्त्रण बढी प्रभावशाली भएर आउँछ ।

विशेषगरी गौथलीकी सासूको व्यवहारले घरेलु हिंसाको निकै डरलाग्दो पाटो देखाउँछ । गौंथलीप्रति कुनै पनि ठाउँमा माया र भावनाको सम्बन्ध नदेखाउनु, हरेक कुराको दोष गौंथलीकै टाउकामा थुपार्नु, सासूलाई आफ्नो इच्छा व्यक्त गर्दासमेत ‘बाठी बन्न नखोज्, मेरो ठूले सोझो छ’ भन्ने जवाफ फर्काउनु जस्ताचरित्रले सासूमा देखिन्छ । गौथलीले मृत शिशु जन्माएपछि भने कथा अझ पीडादायी मोडमा पुग्छ । त्यस्तो समय सबैको अपेक्षामा परिवारको माया, हेरचाह र भावनात्मक साथ पाउनुपर्ने ठाउँमा उल्टै दोषको चाङ थुपारिन्छ । अन्तत: ऊ घरबाट निकालिन्छे । यस समय दर्शकको आँखामा सासूप्रति आक्रोश, गौंथलीप्रति समवेदनाको भावना पैदा हुन्छ ।

फिल्ममा गौंथलीलाई पढ्नका लागि हौसला दिने शिक्षकहरुको भने राम्रो भूमिका देखिन्छ । फिल्मको महत्वपूर्ण पक्ष ठूलेको चरित्र हो । ‘अटिजम’ भएका व्यक्तिलाई समाज र परिवारले कसरी बुझ्छन्, विवाह र सम्बन्धमा उनीहरूको अधिकार तथा स्वीकार्यताको प्रश्न के हो भन्ने विषयलाई फिल्मले उठाउने आधार बनाएको छ । तर अन्त्यसम्म आइपुग्दा यो पक्ष कम महिला हिंसा र पितृसत्तात्मक संरचनामाथिको टिप्पणी बढी हाबी हुन्छ । त्यसले अटिजमलाई केन्द्रमा राखेर फिल्म हेर्न जाने दर्शकका लागि यही पक्ष केही हदसम्म अपूरो लाग्न सक्छ ।

सासूको चरित्रमार्फत महिलाले नै अर्को महिलामाथि पितृसत्तात्मक मूल्य–मान्यता लागू गरिरहेको देखाइन्छ । तर यहाँ एउटा प्रश्न पनि उठ्छ- महिला हिंसाको जरो महिलामै छ कि महिलालाई पनि त्यही पितृसत्तात्मक संरचनाले हिंसा पुनरुत्पादन गर्न सिकाएको हो ? फिल्मले यो प्रश्नलाई अझ गहिराइमा लैजान सकेको भए यसको सामाजिक टिप्पणी थप प्रभावकारी बन्न सक्थ्यो ।

अभिनयतर्फ सिम्रन खड्काको गौंथलीको चरित्र फिल्मको महत्वपुर्ण आधार बनेको छ । संघर्ष, पीडा, डर र आशाबीचको भावनात्मक यात्रा उनले प्रभावकारी रूपमा बोकेकी छन् । ठूलेको भुमिकामा रहेका अरुण क्षेत्री पनि संवादभन्दा हाउभाउ,क्रियाकलाप, व्यवहारमार्फत चरित्र स्थापीत गर्ने चुनौतीलाई प्रभावकारी अभिनयमार्फत सम्हालेका छन् ।

फिल्मको संगीतले भावनात्मक पक्षलाई बलियो बनाउने प्रयास गरेको छ । चाहे त्यो गौंथलीको बिहे हुने समयको होस् वा कथाका संवेदनशील मोडहरुमा ।

‘गौंथली’ले पुरानो नेपाली समाजको एउटा कठोर चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ । महिला हिंसा, शिक्षा, बालविवाह र फरक क्षमताका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोणजस्ता महत्वपूर्ण विषयलाई एउटै कथाभित्र ल्याएर समाजलाई सन्देश भने दिएको देखिन्छ ।

अटिजम, बालविवाह वा महिला शिक्षाको कथा मात्रको फिल्म मात्र नभएर गौंथली महिला हिंसा र पितृसत्तात्मक सोचले घेरिएको समाजको चित्रण पनि हो ।

समग्रमा, ‘गौँथली’ एउटा महिलाको व्यक्तिगत संघर्षको कथा हुँदै पितृसत्तात्मक समाजको कठोर अनुहार देखाउने फिल्म बनेको छ । शिक्षा, बालविवाह, घरेलु हिंसा र अटिजमप्रतिको सामाजिक दृष्टिकोणजस्ता विषयलाई एउटै कथामा जोड्ने प्रयास फिल्मको बलियो पक्ष हो । गौंथली र ठूलेबीच विस्तारै विकसित हुने आत्मीयताले कथालाई केवल पीडा र हिंसाको कथामा सीमित हुन दिँदैन । यद्यपि, अटिजमलाई महत्वपूर्ण विषय बनाएर अघि बढेको कथा पछिल्लो चरणमा महिला हिंसा र पितृसत्तात्मक संरचनातर्फ बढी मोडिँदा अटिजमसम्बन्धी पक्ष केही अधुरो महसुस हुन्छ ।

गौंथलीको संघर्षले एउटा प्रश्न भने छाडेर जान्छ- महिलाको सपना र स्वतन्त्रतामाथि समाजले अझै कति समयसम्म ‘मर्यादा’को नाममा छेकबार लगाइरहने

मेसीले आफ्ना बुबाको मृत्युपछि लेखेका केही शब्दबुवा, मलाई अझै पनि विश्वास लाग्दैन कि तपाईं जानुभएको छ। मलाई विश्वास लाग्द...
12/08/2026

मेसीले आफ्ना बुबाको मृत्युपछि लेखेका केही शब्द
बुवा, मलाई अझै पनि विश्वास लाग्दैन कि तपाईं जानुभएको छ। मलाई विश्वास लाग्दैन कि म तपाईंलाई अब भेट्ने छैन, हामी अब कुरा गर्ने छैनौं। मलाई थाहा छ तपाईं पीडामा हुनुहुन्थ्यो र त्यो नै सबैभन्दा राम्रो कुरा हो, तर तपाईं धेरै चाँडै जानुभयो। हामीसँग अझै पनि सँगै रमाइलो गर्न धेरै बाँकी थियो।

तपाईंले सधैं मलाई पछिल्लो विश्वकप र यो सुरु हुनुभन्दा केही दिन अघि खेल्न भन्नुभएको थियो, त्यतिबेला तपाईं झनै खराब हुनुभयो। यो पहिलो पटक थियो जब तपाईं कुनै प्रतियोगितामा हुनुहुन्नथ्यो, तर आमाले मलाई भन्नुभएको थियो कि तपाईं ठीक हुनुहुनेछ र तपाईं यात्रा गर्न ठीक हुनुहुनेछ। मैले तपाईंलाई भनेको थिएँ कि हामी फाइनलमा पुग्नेछौं र तपाईं खेल हेर्न सक्नुहुन्छ।

म तपाईंकहाँ आएको थिएँ किनभने म के भयो भन्ने सबै कुराको बारेमा कुरा गर्न सक्दिनथें। तपाईं केहि पनि आनन्द लिन सक्नुहुन्नथ्यो। हामी च्याम्पियन थिएनौं, तर तपाईंलाई कहिल्यै थाहा थिएन कि हामीले प्रत्येक खेल कसरी आनन्द लियौं। फेरि एक पटक, तपाईं सही हुनुहुन्थ्यो: तपाईं त्यहाँ हुनुपर्थ्यो र खेल्नुपर्थ्यो।

म तपाईंलाई यो भन्छु किनभने यो एक मात्र कुरा थियो जसको बारेमा हामी कुरा गर्न सक्दैनथ्यौं, किनकि अरू सबै कुरा तपाईंलाई पहिले नै थाहा छ। हामी हरेक दिन कुरा गर्थ्यौं र मेरा प्रतिबद्धताहरूका कारण एकअर्कालाई भेट्थ्यौं।

मलाई थाहा छैन म तिमी बिना के गर्ने छु, मलाई थाहा छैन कसरी अगाडि बढ्ने। मैले भर्खरै फुटबल खेलेको थिएँ र अब मलाई धेरै शंका छ कि म यो धेरै समयसम्म गरिरहनेछु। तिमी सुरुदेखि नै मेरो छेउमा थियौ, अन्त्यसम्म यति नजिक। तिमी किन अलि बढी समयसम्म थिच्न सकेनौ र हामी सँगै सक्न सक्थ्यौं?

मलाई थाहा छ तिम्रो खुशी तिम्रो परिवार, तिम्री श्रीमती, तिम्रा बच्चाहरू, र सबैभन्दा माथि, अरूले थाहा नपाई, मलाई खेलिरहेको देख्दा थियो... 😉

म सानो हुँदादेखि नै यस्तै थियो। तिमीले कामबाट घर आउने बित्तिकै सबै तालिम सत्रहरूमा मलाई लग्यौ। काम गरिरहेको हुनाले म तिमीमध्ये धेरैलाई आमाको घरमा लगें।

स्पष्ट रूपमा, तिमीले कुनै पनि खेल छुटाउन सकेनौ। तिमीले मलाई देखेर कति दुःख पायौ र तिमीले कति आनन्द उठायौ, यद्यपि तिमीले मलाई कहिल्यै धेरै प्रशंसा गरेनौ।

तिमी बुबा, साथी र प्रतिनिधि थियौ। तपाईं सधैं त्यो व्यक्ति हुनुहुन्थ्यो जुन तपाईं हरेक क्षणमा हुनुहुन्थ्यो र तपाईंले कहिल्यै गल्ती गर्नुभएन। केही निन्दा वा झगडा बाहेक, तपाईं सधैं सही हुनुहुन्थ्यो। अन्तमा, यो सबै तपाईंले भनेको कुरामा निर्भर रह्यो।

म तपाईंलाई धेरै सम्झनेछु, तर तपाईं सधैं उपस्थित हुनुहुनेछ, र विशेष गरी मेरा बच्चाहरूको शिक्षामा, किनकि म तिनीहरूलाई तपाईंले मलाई जस्तै सिकाउँछु र शिक्षित गर्छु।

शान्तिमा आराम गर्नुहोस् र माथिबाट हाम्रो हेरचाह गर्नुहोस् जसरी तपाईंले यहाँ गर्नुभयो। सबै कुराको लागि धन्यवाद।

म तपाईंलाई माया गर्छु, बुबा। ❤️

03/08/2026

#मरेपछि

महामानव  #बिपी_कोइराला अनी मृत्यु गिरिजाप्रसाद कोइरालाले यसरी सुनाए बीपीको मृत्युको खबर, यसरी भयो प्रथम जननिर्वाचित प्रध...
25/07/2026

महामानव #बिपी_कोइराला अनी मृत्यु

गिरिजाप्रसाद कोइरालाले यसरी सुनाए बीपीको मृत्युको खबर, यसरी भयो प्रथम जननिर्वाचित प्रधानमन्त्रीको शवयात्रा...

आजैका दिन ४४ वर्षअघि नेपाली राजनीतिका शीर्ष व्यक्तित्व,प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको निधन भएको थियो। उनको मृत्युको कारण थियो, लामो समयदेखिको फोक्सो र घाँटीको क्यान्सर।

उनको मृत्यु जगबागेश्वरी (चावहिल) स्थित भाई तारिणीप्रसाद कोइरालाको निवासमा भएको थियो।

मृत्युपूर्व उनका अन्तिम दिनहरु कसरी बितिरहेका थिए र मृत्युको घोषणा कसरी भएको थियो भन्ने बारेमा मैले चार वर्ष अघि लामो स्टोरी लेखेको थिएँ।

बीपीले जीवनका अन्तिम दिन बिताएको तारिणी निवासको माथिल्लो तलाको कोठाबाहिर एउटा सानो बार्दली थियो।

बीपीका कान्छा भाई गिरिजाप्रसाद कोइरालाले त्यही बार्दलीमा उभिएर ४४ वर्षअघि, आजैका दिन बीपीको निधन भएको पहिलो खबर निवासमा उपस्थित कार्यकर्ताहरुलाई दिएका थिए।

त्यसपछि बीपीको निधन भएको खबर देश–विदेशमा फैलियो।

लामो बाहुला भएको सेतो सर्ट र खैरो पाइन्ट लगाएका गिरिजाको अनुहार बीपी रहेको कोठाबाट निस्कँदा मलिन भएपनि संयमित थिए।

मलिन अनुहारमा बीपीको कोठाबाट साँझ ६ बजेतिर निस्केका गिरिजातर्फ उपस्थित सबैको ध्यान केन्द्रित भयो।

गिरिजाले बार्दलीमा उभिएर गिरिजाप्रसादले छोटो सम्बोधन गरे। ‘सान्दाजु अब रहनुभएन’ गिरिजाले यत्तिमात्र भन्नसके।


बीपी राष्ट्रिय मेलमिलापको नीतिका साथ १६ पुस २०३३ मा भारत प्रवासबाट स्वदेश फर्केका थिए। युवाकालदेखि नै रहेको उनको क्यान्सर त्यसपछि झन् बल्झियो। डा. मृगेन्द्रराज पाण्डेलगायतका चिकित्सकहरुले विदेश लगेर उपचार नगर्ने हो भने बीपी धेरै समय नबाँच्ने कुरा राजालाई सुनाएपछि बीपीलाई उपचारका लागि विदेश पठाइएको थियो।

उपचारका लागि विदेश जान राजा वीरेन्द्रले बीपीालई नागार्जुन दरबारमै बोलाएर कर गरेका थिए। त्यसपछि बीपी उपचारका लागि अमेरिका गए। उपचार गरे। तर क्यान्सर पूर्णरुपमा निको हुन सकेन। त्यसपछि पनि बीपी उपचारका लागि कहिले बम्बई त कहिले ब्याङ्कक गइरहन्थे।

पूर्वमन्त्री जयप्रकाश गुप्ता बीपीका अन्तिम दिनहरूमा जयबागेश्वरीस्थित कोइराला निवासमै रहन्थे।

गुप्ताका अनुसार, बम्बईबाट उपचार गरेर फर्कनुअघिसम्म बीपी घामको झुल्कोसँगै जगवागेश्वरी निवासस्थित कोठाबाट बाहिर निस्कन्थे। त्यहाँको बरण्डामा एउटा छुट्टै सामान्य कुर्सी राखिएको थियो, त्यो कुर्सी बीपीका लागि थियो।

पार्टीका नेता–कार्यकता र शुभेच्छुकहरु बिहान ८ नबज्दै बीपीलाई भेट्न पुगिसकेका हुन्थे।उनीहरुलाई बीपी आफ्ना कुरा भन्थे, उनीहरुका कुरापनि सुन्थे।

गुप्ताका अनुसार, सामान्य अवस्थामा रहँदा बीपी बिहानै ४ बजे उठिसकेका हुन्थे। त्यसपछि नुहाईधुवाई गरेर परिवारसँग चिया खाँदै पारिवारिक–राजनीतिक विषयमा कुराकानी गर्थे। त्यसपछिको समय नेता–कार्यकर्ता र शुभेच्छुकलाई दिन्थे।

‘रोगले च्याप्दै लगेपछि भने त्यो स्थिति रहेन, धेरै मानिससँग भेट्दा क्यान्सर देखिएका फोक्सो र घाँटीमा ‘इन्फेक्सन’ बढ्ला भनेर पूर्ववत् भेटघाट बन्द गरियो’ गुप्ताका अनुसार, ‘त्यसपछि सीमित मानिसलेमात्र बीपीसँग भेटघाट गर्न पाए।’

त्यसरी भेटघाट गर्न पाउने सीमित भाग्यमानीहरुमा एक जना वरिष्ठ अधिवक्ता गणेशराज शर्मा थिए।

राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किंदा बीपीविरुद्ध विभिन्न मुद्दा खेपेका बीपीलाई शर्माले कानुनी सहयोग प्रदान गरेका थिए। बीपीको जीवनी लेखनका लागि मौखिक विवरण रेकर्ड गरिरहेका कारण क्यान्सर अन्तिम अवस्थामा पुग्दासमेत वरिष्ठ अधिवक्ता शर्माले उनीसँग निरन्तर भेट गर्न पाए।

निधनभन्दा ५ दिन अघि बीपीको बाक्य बन्द भएको थियो। त्यसअघिसम्म निवासमा रहने अन्यले पनि बीपीसँग भेटघाटको अवसर पाउँथे। तर बोली बन्द भएपछि पत्नी सुशीला, छोरा–छोरी, भाइ गिरिजा, सुशील कोइराला, उपचारमा संलग्न चिकित्सक र परिवारका सीमित सदस्यबाहेकले बीपीको कोठामा जाने अनुमति पाएनन्।

शर्माले उल्लेख गरेअनुसार बीपीलाई आफू लामो समय बाच्दिनँ भन्ने कुरा २०३८ कात्तिकमै थाहा भइसकेको थियो। अघिल्लो दिन केमोथेरापी लिएका बिरामीको पछिल्लो दिन मृत्यु देखेको तथा आफ्नै जीवन लामो समय जाँदैन भन्ने थाहा पाए पनि बीपी मानिससँग कुराकानी गर्दा भने निकै सहज देखिन्थे।

‘केमोथेरापी लिने दिन बिहानैदेखि उहाँ आफ्नो पीडा उद्विग्नतालाई रमाइलो र हँसिलो पाराले ढाक्नुहुन्थ्यो,’ शर्माले ‘आत्मवृत्तान्त’को भूमिकामा भनेका छन्, ‘सुई लिएको दिन इन्तु न चिन्तु भएर पल्टिरहनुहुन्थ्यो, केही खान नसक्ने हुन्थ्यो। भोलिपल्ट हेर्न जाँदा तकियाबाट टाउको उठाउन नसकेकोमा पनि हाँस्नुहुन्थ्यो।’

जीवनको अन्तिम अवस्था आइरहँदासमेत पीडा सहने बीपीको अजीव आत्मबल गुप्ताले पनि नजिकैबाट देखे।

‘कुराकानीका बेला बीपीलाई आफू बिरामी छु भन्ने नै लाग्दैनथ्यो,’ गुप्ता सम्झन्छन्, ‘घाँटीको क्यान्सर भएकाले डाक्टरहरू धेरै नबोल्न अनुरोध गर्थे। तर बीपी ती डाक्टरहरूलाई आफू बोल्न किन जरुरी छ भनेर ‘कन्भिन्स’ गरिदिनुहुन्थ्यो।’

‘तकियाबाट टाउको उठाउन नसक्ने अवस्थामा, खोकी र दम बढेर निसासिने स्थितिमा पनि मैले उहाँको मुखबाट ऐय्या, आत्थु वा कहरिएको कुनै शब्द सुनिनँ,’ शर्माले भनेका छन्, ‘उहाँमा यस प्रकारको दुःख खप्न सक्ने इच्छा–शक्ति अन्तिम क्षणसम्म प्रबल रहिरह्यो। यही इच्छा–शक्तिको बलमा उहाँले आफ्ना मृत्युशय्याका प्रत्येक क्षणहरू जनता र मानवताका लागि प्रयोग गर्ने प्रसंगमा यो वृत्तान्त तयार भएको हो।’

मृत्यु सन्निकट रहेका बीपीको अद्भुत आत्मबलको साक्षी बन्ने अवसर काठमाडौंवासीले पाचौं राष्ट्रिय मेलमिलाप दिवस (१६ पुस, २०३८) का दिन पाए। त्यस दिन नेपाली कांग्रेसले खुलामञ्चमा आमसभा गरेको थियो।

क्यान्सरबाट थलिएका बीपी प्रमुख वक्ता थिए। आमसभास्थल पुग्नुअघि जीर्ण शरीरका बीपी गणेशमान सिंहका साथ जिपमा चढेर सहर घुम्दै, काठमाडौंवासीको अभिनन्दन फर्काउँदै खुलामञ्च पुगेका थिए। जीवनको करिब अन्तिम अवस्थामा रहेका बीपीले काठमाडौंवासीप्रति उस्तै सम्मान प्रकट गरे, अभिनन्दन फर्काए।

आमसभा र बीपीले गणेशमानका साथ गरेको सहर परिक्रमाको रिपोर्टिङका लागि वरिष्ठ पत्रकार किशोर नेपाल पनि पुगेका थिए। मञ्चको अगाडि रहेका उनले कार्यक्रम अवधिभर बीपीको मुखाकृति हेर्दै टेप रेकर्डरमा उनको सम्बोधन रेकर्ड गरे। खासमा त्यो आमसभा नै बीपीको जीवनको अन्तिम आमसभा थियो।

‘बीपीलाई आफ्नो मृत्यु नजिकै छ भन्ने थाहा भइसकेको थियो,’ वरिष्ठ पत्रकार नेपालले त्यो रिपोर्टिङको क्रममा मसँग भनेका थिए, ‘‘त्यस्तो अवस्थामा पनि बीपीको अनुहारको आभामण्डल चम्किलो थियो। म लामो समय बाच्दिनँ भन्ने चिन्ता उहाँमा कहीँकतै देखिँदैनथ्यो।’

निधन हुनु्भन्दा ५ दिनअघि बीपीको वाक्य नै बन्द भएको समाचार जब सार्वजनिक भयो, देशभरका नेता–कार्यकर्ता काठमाडौं आउन थाले। बीपीको स्वास्थ्यलाभको कामनाका लागि उपत्यका ओइरिएका कांग्रेस नेता–कार्यकर्ता र शुभेच्छुकले चाबहिल–मित्रपार्कदेखि गौशालासम्मका चियापसल भरिन थाल्यो।

तर पनि ६ साउन (२०३९) को साँझ बीपी अनन्त यात्राका लागि महाप्रस्थान गरे। पारिवारिक सदस्य र शुभेच्छुकले बीपीको पार्थिव शरीरलाई उनी रहेको कोठाबाट भुइँतलाको बरण्डामा ल्याए, भोेलिपल्ट (७ साउन २०३९) दिउँसोसम्म त्यहीँ राखे। त्यहीँ पुगेर हजारौं शुभेच्छुकहरुले उनीप्रति अन्तिम श्रद्धाञ्जली प्रकट गरे।

७ साउनको मध्याह्नपछि बीपीको शवयात्रा सुरु भयो। ‘ट्रकको पछिल्तिर ‘क्यारिअर’माथि एउटा सानो खाटमाथि बीपीको पार्थिव शरीर राखिएको थियो। उनका जेठा छोरा प्रकाश कोइराला, कान्छा भाइ गिरिजाप्रसाद कोइराला बीपीको पार्थिव शरीर नजिकै बसेका थिए।

जयबागेश्वरीबाट पशुपति आर्यघाट नजिकै भए पनि नेपाली राजनीतिक शीर्ष नायकप्रति काठमाडौंवासीले अन्तिम श्रद्धान्जली प्रकट गरुन् भनेर राजधानीका प्रमुख स्थानहरूमा शवयात्रा गरिएको थियो। ​

जयबागेश्वरीबाट सुरु गरिएको शवयात्रा गौशाला–बत्तीसपुतली–पुरानो बानेश्वर–मैतिदेवी–डिल्लीबजार–पुतलीसडक–न्युरोड–कमलपोखरी हुँदै पशुपति आर्यघाटतर्फ फर्केको थियो। शवयात्रामा हजारौं नरनारी सहभागी भए। काठमाडौंवासीले घरका छतबाट पनि फूलमाला र अबिर चढाएर बीपीप्रति सम्मान प्रकट गरे।

पूर्वप्रधानमन्त्रीका हैसियतमा समेत पञ्चायती सत्ताले बीपीप्रति कुनै सम्मान प्रदान नगरेपनि नेपाली नागरिकले भने नेपाली राजनीतिका शीर्ष पुरुषप्रति श्रद्धा प्रकट गर्न कुनै कसर बाँकी राखेनन्।

मूल सहर परिक्रमा गरेर शवयात्रा साँझ (७ साउन) पशुपति आर्यघाट पुग्यो। पहिल्यै तयार पारिएको आर्यघाटको चितामा बीपीलाई राखियो।

‘बीपीको शवलाई जेठा छोरा प्रकाश कोइरालाले दागबत्ती दिनासाथ त्यहाँ एकत्रित जनसमूहले फेरि गगनभेदी नारा लगायो, वीर विश्वेश्वर अमर रहुन्।'

तीन पटक विश्वकप फाइनलसम्म देशलाई पुर्‍यायौ, एक पटक विश्वकप जितायौ। हारले तिम्रो महानता कहिल्यै घटाउँदैन।तिमी सधैंका लागि...
21/07/2026

तीन पटक विश्वकप फाइनलसम्म देशलाई पुर्‍यायौ, एक पटक विश्वकप जितायौ। हारले तिम्रो महानता कहिल्यै घटाउँदैन।
तिमी सधैंका लागि हाम्रो GOAT हौ। 🐐🇦🇷❤️
जितमा साथ दिने धेरै हुन्छन्, हारमा साथ दिने नै साँचो समर्थक हुन्छन्।
मेस्सी, तिमी हार्यौ होला, तर हाम्रो मन कहिल्यै हार्दैन।
You are the Greatest of All Time. 👑
ट्रफीले मात्र महानता तय गर्दैन। इतिहास, समर्पण र प्रेरणाले महान बनाउँछ।
त्यसैले मेस्सी, तिमी सधैं GOAT नै रहनेछौ। 🐐❤️
एक हारले वर्षौँको संघर्ष मेटिँदैन।
फुटबलले धेरै महान खेलाडी देख्यो, तर मेस्सीजस्तो कथा धेरै कम लेख्यो।
You are the Greatest of All Time. 🇦🇷🐐

विश्वकप जितेपछि पनि महान थियौ, आज हारेपछि पनि महान नै छौ।
किनकि तिमीले फुटबल मात्र खेलेनौ, एउटा युग बनायौ।
Love you, Messi. ❤️
🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷

एन्जेल डि मारिया: अर्जेन्टिनाका महान नायकएन्जेल फाबियन डि मारिया आधुनिक फुटबलका उत्कृष्ट विंगरमध्ये एक हुन्। उनको जन्म १...
16/07/2026

एन्जेल डि मारिया: अर्जेन्टिनाका महान नायक
एन्जेल फाबियन डि मारिया आधुनिक फुटबलका उत्कृष्ट विंगरमध्ये एक हुन्। उनको जन्म १४ फेब्रुअरी १९८८ मा अर्जेन्टिनाको रोजारियो शहरमा भएको हो। सामान्य परिवारमा हुर्किएका डि मारियाले सानैदेखि फुटबलप्रति असाधारण लगाव देखाएका थिए। कठिन संघर्षका बीच उनले आफ्नो प्रतिभालाई निखार्दै विश्व फुटबलमा विशेष पहिचान बनाउन सफल भए।
डि मारियाले आफ्नो व्यावसायिक फुटबल यात्रा रोजारियो सेन्ट्रलबाट सुरु गरेका थिए। त्यसपछि उनी पोर्चुगलको बेन्फिका, स्पेनको रियल म्याड्रिड, इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, फ्रान्सको पेरिस सेन्ट-जर्मेन (PSG) र इटालीको युभेन्टसबाट खेले। उनले जहाँ खेले पनि आफ्नो गति, उत्कृष्ट ड्रिब्लिङ, सटिक पास र निर्णायक गोलका कारण टोलीका महत्त्वपूर्ण खेलाडी बने।
रियल म्याड्रिडबाट उनले २०१३–१४ सिजनमा यूईएफए च्याम्पियन्स लिग जितेका थिए। त्यसपछि पीएसजीमा पनि उनले धेरै घरेलु उपाधि जित्दै सफल करियर निर्माण गरे।
अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि डि मारियाको योगदान झन् अविस्मरणीय छ। सन् २०२१ को कोपा अमेरिका फाइनलमा ब्राजिलविरुद्ध उनले गरेको एकमात्र गोलले अर्जेन्टिनालाई २८ वर्षपछि ठूलो अन्तर्राष्ट्रिय उपाधि दिलायो। त्यसपछि सन् २०२२ फिफा विश्वकप फाइनलमा फ्रान्सविरुद्ध पनि उनले गोल गर्दै अर्जेन्टिनाको ऐतिहासिक विश्वकप यात्रामा महत्त्वपूर्ण भूमिका खेले। उनले सन् २०२४ मा कोपा अमेरिका जित्ने टोलीमा पनि योगदान दिए।
डि मारिया केवल उत्कृष्ट खेलाडी मात्र होइनन्, कठिन परिस्थितिमा टोलीका लागि निर्णायक प्रदर्शन गर्ने खेलाडीका रूपमा पनि चिनिन्छन्। ठूला प्रतियोगिताका महत्त्वपूर्ण खेलमा गोल गर्ने क्षमताका कारण उनलाई अर्जेन्टिनाका "बिग–गेम प्लेयर" भनेर सम्मान गरिन्छ।
आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले १४५ खेल खेल्दै ३१ गोल गरेका छन्। राष्ट्रिय टोलीबाट अवकाश लिएपछि पनि उनी क्लब फुटबलमा सक्रिय छन् र आफ्नो बाल्यकालको क्लब रोजारियो सेन्ट्रलबाट खेलिरहेका छन्।
एन्जेल डि मारियाको जीवन संघर्ष, समर्पण, अनुशासन र सफलताको प्रेरणादायी उदाहरण हो। उनी अर्जेन्टिनाका महान फुटबलरमध्ये एक मात्र होइन, विश्व फुटबल इतिहासमा पनि सधैं सम्मानका साथ सम्झिने नाम बनेका छन्।

किन अर्जेन्टिनाका मानिसहरू लियोनेल मेस्सीलाई भगवान् जस्तै सम्मान गर्छन्? सन् २०१६ मा अर्जेन्टिना फुटबल संघ (AFA) गम्भीर ...
14/07/2026

किन अर्जेन्टिनाका मानिसहरू लियोनेल मेस्सीलाई भगवान् जस्तै सम्मान गर्छन्?

सन् २०१६ मा अर्जेन्टिना फुटबल संघ (AFA) गम्भीर आर्थिक र प्रशासनिक संकटमा फस्यो। संघसँग आफ्ना कर्मचारीहरूको तलब दिनसमेत पैसा थिएन। राष्ट्रिय टोलीका सुरक्षाकर्मीहरूले लगातार ६ महिनासम्म तलब पाएका थिएनन्।

ब्राजिलविरुद्धको खेलअघि ती सुरक्षाकर्मीहरूले मेस्सीलाई आफ्नो पीडा सुनाए। यो कुरा थाहा पाएपछि लियोनेल मेस्सीले तुरुन्तै आफ्नै पैसाबाट उनीहरूको बाँकी तलब भुक्तानी गराउने व्यवस्था गरेका थिए।

यति मात्र होइन, आर्थिक संकटका कारण AFA ले राष्ट्रिय टोलीको यात्रा र व्यवस्थापन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो। त्यस समयमा मेस्सीसहित केही वरिष्ठ खेलाडीहरूले आफ्नै खर्चमा यात्रा र अन्य आवश्यक व्यवस्थापन खर्चसमेत बेहोरेका थिए, ताकि राष्ट्रिय टोलीको तयारी र खेल प्रभावित नहोस्।

सबैभन्दा प्रेरणादायी कुरा के थियो भने, मेस्सीले यी सहयोगहरू प्रचारका लागि होइन, चुपचाप गरेका थिए। उनी चाहन्थे कि यसले टोलीको ध्यान नभंग होस् र फुटबल संघ थप अप्ठ्यारोमा नपरोस्। पछि मात्र अर्जेन्टिनाका पत्रकारहरूले यो घटना सार्वजनिक गरेका थिए।

यही कारणले अर्जेन्टिनाका लाखौं मानिसहरू मेस्सीलाई केवल महान् फुटबलर मात्र होइन, असल हृदय भएका साँचो देशभक्तका रूपमा पनि सम्मान गर्छन्। उनले आफ्नो देशका लागि विश्वकप जिताए, कठिन समयमा आफ्नै धन खर्च गरेर राष्ट्रिय टोलीलाई साथ दिए, र कहिल्यै त्यसको प्रचार खोजेनन्। त्यसैले अर्जेन्टिनामा मेस्सीप्रतिको प्रेम केवल गोल, ट्रफी वा रेकर्डका कारण होइन, उनको विनम्रता, त्याग, नेतृत्व र देशप्रतिको समर्पणका कारण पनि हो।

साँचो महानता केवल मैदानमा होइन, कठिन समयमा अरूका लागि उभिन सक्नुमा पनि हुन्छ। त्यसैले मेस्सी करोडौं समर्थकका लागि केवल खेलाडी होइन, प्रेरणा हुन्।

🇦🇷🇦🇷🇦🇷🇦🇷
🇳🇵🇳🇵🇳🇵🇳🇵

"ती आँसुमा सिङ्गो देशको सपनाको बोझ थियो"२-० ले पछि परेको टिम, पेनाल्टी मिसको अकल्पनीय निराशा, र काँधमा सिङ्गो देशको भारी...
09/07/2026

"ती आँसुमा सिङ्गो देशको सपनाको बोझ थियो"

२-० ले पछि परेको टिम, पेनाल्टी मिसको अकल्पनीय निराशा, र काँधमा सिङ्गो देशको भारी। जब लियोनल मेस्सीले इजिप्टविरुद्धको अन्तिम सिट्ठीपछि मैदानमा घुँडा टेकेर आँसु बगाए, त्यो दृश्यले स्टेडियममा मात्र होइन, विश्वभरका खेल दिग्गजहरूको मुटुमा कम्पन पैदा गर्‍यो। अन्तराष्ट्रिय खेल मिडियाका पानाहरू तिनै दिग्गजहरूका शब्दले सजिएका छन्, जसले मेस्सीको यो 'कमब्याक'लाई केवल एउटा जित मात्र नभई 'मानवीय दृढताको चरम नमुना' मानेका छन्।

थियरी हेनरी: "ती आँसुमा सिङ्गो देशको सपनाको बोझ थियो"
फ्रान्सका महान् स्ट्राइकर तथा मेस्सीका पूर्व सहकर्मी थियरी हेनरीले मेस्सीको प्रदर्शन र भावुकतालाई निकै मार्मिक ढङ्गले विश्लेषण गरेका छन्। उनले मेस्सीलाई एक मेसिनका रूपमा नभई एक जिम्मेवार नायकका रूपमा अर्थ्याए:

"मानिसहरू मेस्सीको खुट्टाको जादु, उनका गोल्डेन बुट र ट्रफीहरू मात्र देख्छन्। तर, आज मैदानमा झरेका ती आँसुले एउटा अदृश्य सत्य बोलेका छन्—उनले सिङ्गो देशको आशा, सपना र अस्तित्वको लडाइँ आफ्नो एक्लो काँधमा बोकेका छन्। पेनाल्टी मिस गरेपछिको त्यो डरलाग्दो मानसिक दबाबबाट उठेर टोलीलाई पुनर्जीवन दिनु कुनै 'एलियन' को होइन, बरु एक सच्चा 'मानव' को सबैभन्दा सुन्दर र साहसिक रूप थियो।"

टम ब्रेडी: "असम्भवलाई सम्भव बनाउने मास्टरक्लास"
अमेरिकी फुटबल (NFL) का सर्वकालीन महान् खेलाडी टम ब्रेडी, जो आफैं असम्भव जितहरू (Comebacks) का लागि चिनिन्छन्, मेस्सीको यो जादुबाट अछुतो रहन सकेनन्। ब्रेडीले यो जितलाई खेलकुदको दुर्लभ 'मास्टरक्लास' को संज्ञा दिँदै एक च्याम्पियनको मानसिकता कस्तो हुन्छ भनेर प्रस्ट पारे:

"जब तपाईंका सारा हतियारहरू भुत्ते साबित भइरहेका हुन्छन् र समयले तपाईंलाई गिज्याइरहेको हुन्छ, त्यतिबेला च्याम्पियनहरू जन्मन्छन्। दबाबको बीचमा शान्त रहेर खेलको कथा नै बदल्ने मेस्सीले आज जे गरे, त्यो खेलकुद इतिहासकै सबैभन्दा महान् र प्रेरणादायी कमब्याक मध्ये एक हो।"

ग्यारी लिनेकर: "अविनाशी जादुगरको अन्तिम नृत्य"
बेलायती फुटबल लिजेन्ड तथा प्रख्यात खेल विश्लेषक ग्यारी लिनेकरले मेस्सीको उमेर र जादुको तुलना गर्दै अत्यन्तै भावुक र काव्यात्मक प्रतिक्रिया दिएका छन्:

"३९ वर्षको उमेरमा, जब धेरै खेलाडीहरू सम्झनामा सीमित हुन्छन्, यो मान्छे अझै पनि विश्वकपको मञ्चमा मृत्युशैयामा पुगेको टिमलाई एक्लै डोर्‍याएर स्वर्ग पुर्‍याइरहेको छ। ३ गोलमा प्रत्यक्ष संलग्नता र त्यो नेतृत्व... मेस्सी फुटबलका लागि एक अनुपम वरदान हुन्।"
खेल दिग्गजहरूको नजरमा इजिप्टविरुद्धको यो जित केवल तथ्याङ्कको पानामा थपिएको अर्को अङ्क होइन। यो त एउटा यस्तो जीवित कविता हो, जहाँ नायकले आफ्ना कमजोरी (पेनाल्टी मिस) लाई स्वीकार गर्दै, पीडालाई शक्तिमा बदलेर अन्त्यमा असम्भवलाई सम्भव बनाएरै छाड्छ। मेस्सीको यो जादुमयी रातलाई खेलकुदको इतिहासले लामो समयसम्म एक सुनौलो अध्यायको रूपमा कण्ठस्थ राख्नेछ।

Address

गण्डकी प्रदेश
Pokhara

Telephone

+34610852904

Website

Alerts

Be the first to know and let us send you an email when Santosh Raj Poudel Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Santosh Raj Poudel Page:

Shortcuts

Share

Category