Sadhutar साधुटार

Sadhutar साधुटार Sadhutar is located in Phidim Municipality 8th, Panchthar District, Koshi Region (Province) of Nepal. Landmark & Historical Place

Sadhutar साधुटार को  #स्वामित्व   #इतिहास र  #संरक्षण  बारे  #स्पष्टिकरण ⤵️साधुटार आफैमा पूर्ण रूपमा निजी तथा व्यक्तिगत ...
18/01/2026

Sadhutar साधुटार को #स्वामित्व #इतिहास र #संरक्षण बारे #स्पष्टिकरण ⤵️

साधुटार आफैमा पूर्ण रूपमा निजी तथा व्यक्तिगत स्वामित्वमा रहेको जमिन हो। परापूर्वकाल देखि नै साधुटारे बाजे अर्थात स्व. श्री चेत बहादुर सुनुवार मुखिया ज्यूले यस स्थानमा २–३ जना सहयोगी राखी पशुपालन तथा खेतीपाती व्यवसाय सञ्चालन गर्दै आउनु भएको थियो।
वि.सं. २०६०/६१ तिर उहा साधुटार छोडी अन्यत्र बसाइ सर्नु भएको हो।
हाल यो जमिन उहाको जेठा छोरा श्री आश बहादुर सुनुवार मुखिया तथा माइला छोरा स्व. नर बहादुर सुनुवार मुखियाको संयुक्त गोश्वारा नाममा दर्ता रहेको छ, जसको कुल क्षेत्रफल १०१–१०–०० रोपनी रहेको छ।
साधुटार प्राकृतिक रूपमा अत्यन्तै सुन्दर भए तापनि, त्यस समयको मुख्य समस्या पानीको अभाव थियो। वि.सं. २०६०/६२ अघि सम्म मानिसहरू साधुटार घुम्न भन्दा पनि यहाँ उत्पादन हुने लेकाली आलु लिन धेरै टाढा–टाढाबाट आउने गर्दथे। रोचक कुरा के थियो भने, आलु पैसामा होइन, आफ्नो घरमा उपलब्ध धान, मकै, गहुँ, कोदो, फापर आदि अन्नसँग साटासाट गरेर लैजाने चलन थियो।
यसैले साधुटार लेकाली जमिन भए पनि यहाँ विशाल अन्न भण्डारण (गोदाम) सहितको घर रहेको थियो।
समय बिकास क्रम संगै सामाजिक सञ्जालको व्यापक प्रयोग सुरु भयो। पहिले वृद्ध–वृद्धा वा सीमित व्यक्तिहरूले मात्र चिनेको साधुटारलाई युवा पुस्ताले पनि चिन्न र बुझ्न थाल्यो।
Facebook, TikTok, YouTube, Instagram जस्ता फोटो–भिडियो केन्द्रित माध्यमहरूको आगमनसंगै साधुटारको ख्याति तीव्र रूपमा फैलिन थाल्यो। पत्रकार, सञ्चारकर्मी, युट्युबर, ब्लगर लगायतको आवागमन उल्लेख्य रूपमा बढ्न थाल्यो।
वडा, नगर, जिल्ला, प्रदेश हुदै देश–विदेश सम्म साधुटारको पहिचान फैलिनु हाम्रो लागि गर्वको विषय थियो। तर समयसंगै, निजी सम्पत्ति भएको स्पष्ट व्यवस्था र संरक्षणको अभावको कारण गम्भीर समस्याहरू देखा पर्न थाल्यो।
धेरै आगन्तुकहरूले साधुटारलाई आउन, बस्न, पकाउन, खान, नाच्न–गाउन, सुत्न–उठ्न सबै कुरा निःशुल्क र पूर्ण स्वतन्त्र रूपमा गर्न पाइने स्थान ठाने।
यसको परिणाम स्वरूप, साधुटारे बाजेको माइला छोरा, भारतीय सेनाबाट अवकाश प्राप्त सुबेदार स्व. नर बहादुर सुनुवार मुखियाले वि.सं. २०५४/५५ सालमा पाँचथर जिल्लाको तत्कालीन याङनाम गा.वि.स. अन्तर्गत आकासेको श्री राम जबेगु नामक व्यक्ति मार्फत ल्याई यहाँ लगाउनु भएको सल्ला र चियाको बिरुवाहरू प्रायः नष्ट गरियो।
बोटबिरुवा, बालीनाली र संरचनाहरू तोडफोड हुने, जथाभावी फोहोर फालिने, सवारीसाधन जहातही लैजाने, विशेषगरी सल्लाको जंगलभित्र आगो बाल्ने प्रवृत्तिको कारण धेरै सल्ला र अन्य बोटबिरुवाहरू जलेर नष्ट भयो मासिएर गयो।
जथाभावी आगो र फोहोरको कारण हरियाली नष्ट हुँदै गयो, हरियो चौर खुइलिँदै गयो। बोटबिरुवामा चढ्ने, काट्ने, भाँच्ने र त्यही दाउरा बाट आगो बालेर खाना पकाउने क्रम बढ्दै जाँदा, एक समयको शान्त, फराकिलो र सुन्दर साधुटार बिस्तारै फुस्रो र उराठ लाग्दो बन्न थाल्यो।
जो पायो त्यही, जहिले चाह्यो त्यही बेला आउने–जाने अवस्था सिर्जना भए पछि धेरैले साधुटारलाई सरकारी वा दर्ता नभएको जमिन ठान्न थाले।
परिणाम स्वरूप, साधुटार बियर तथा विभिन्न ब्रान्डको रक्सीको बोतल, चाउचाउ, बिस्कुट, चिप्सको खोल, कुखुरा–बाख्राको भुत्ला र छालाले ढाकिन थाल्यो।
त्यति मात्र होइन, साधुटारको बढ्दो ख्यातिसँगै जग्गा अतिक्रमणको प्रयास पनि बढ्न थाल्यो।
केही व्यक्तिहरूले यो नापी नभएको सरकारी वा ओइलनी जग्गा हो भनेर भ्रम फैलाए, कसैले विवादित जमिन भन्दै गलत प्रचार गरे।
यथार्थमा, यो जमिनमा कुनै पनि प्रकारको विवाद छैन।
केवल जग्गाधनीको नाम वा जात/थरमा देखिएको प्राविधिक अशुद्धता (जग्गा दर्ता धनीपुर्जा र नागरिकतामा रहेको नामको पछाडी आउने जात अनि थर त्यो पनि सरकारी निकायको त्रुटीको कारण) नापी शाखा तथा स्थानीय वडाबाट कर (राजश्व) असुलन को निम्ती प्रक्रिया पूरा नभएको भन्ने भनाइ मात्र आएको हो।
कानुनी रूपमा हामी स्पष्ट छौ— नापी भएको जग्गा घटे पनि वा बढे पनि दर्ता जग्गा लाई पूरा गरेर वा पुनः नापेर मात्र सरकारी वा ओइलनी घोषणा गर्न सकिन्छ।
आज पनि साधुटारमा लगाइएको बोटबिरुवा माथि क्षति पुर्‍याउने क्रम पूर्ण रूपमा रोकिएको छैन। अतिक्रमणको दुस्साहस घटेको छैन, तर कानुनी रूपमा हामी बलियो अवस्थामा छौ।
यस कारण, साधुटार निजी सम्पत्ति हो भन्ने यथार्थ बुझी, यसको संरक्षण, मर्यादा र दिगोपनामा सबैको जिम्मेवार व्यवहार अपेक्षित छ।
कसैले पनि गिद्धे नजर नलगाऔ।
यस पोस्टमा समावेश गरिएको तस्बिरमा वि.सं. २०३८ सालमा स्व. श्री चेत बहादुर सुनुवार मुखियाले सरकारलाई राजश्व तिरेको रसिद स्पष्ट देख्न सक्नुहुनेछ।
👉 साधुटार आउन–जान सबैलाई छुट छ,
तर अतिक्रमणको गिद्धे नजर र लापरबाहीपूर्ण गैरजिम्मेवारी त्यागेर मात्र आउनुहोला।
साधुटार कुनै विशाल वा आश्चर्यजनक स्थान होइन।
तर यो शहरको भिडबाट टाढा, पहाडको टाकुरामा अवस्थित, शान्त, फराकिलो र मनमोहक दृश्यावलोकन गर्न सकिने स्थान अवश्य हो।
आउनुहोस्, बस्नुहोस्, पकाउनुहोस्, खानुहोस्—
तर यहाँ बाट जानु अघि आफूलाई पनि एक जिम्मेवार सचेत, शिक्षित मानव भएको परिचय दिने प्रयास गर्न नबिर्सनुहोस्।
तपाईंको सोच, विचार र व्यवहार सकारात्मक र सचेत भए संसार आफैं सुन्दर देखिन्छ।
धन्यवाद।

27/12/2025

युवा युवती र बृद्धबृद्धा मात्र होइन, अबोध बालबालिकाहरूको समेत गन्तव्य बन्दैछ साधुटार।
पहाडको शिरमा फैलिएको खुला तथा समतल भूमिमा अवस्थित साधुटारबाट टाढा टाढासम्म फैलिएको हरियाली पहाडहरू र स्पष्ट मौसममा देखिने भव्य हिमालको दृश्यले जो कोहीको मन लोभ्याउँछ।
निजी स्वामित्वमा रहेको हाम्रो साधुटार साँच्चिकै सुन्दर, शान्त, शीतल र अत्यन्त आकर्षक पर्यटकीय स्थल हो।

24/12/2025

स्वर्ग अनि नर्क दुबै काल्पनिक कुराहरु हुन तर चारैतिर फैलिएको हरियाली चौर,
सामुन्ने मुस्कुराइरहेको हिमालहरू,
र प्रकृतिको मौन संगीतले nमनभित्र अनौठो शान्ति भरिदिने सुन्दर स्थान हो हाम्रो साधुटार, पाँचथर

23/12/2025

हिमाल देखिने डाँडा,
र हिमाल नै सुतेको बुद्धझैँ देखिने अद्भुत आकृति—
जहाँ कञ्चनजंघा र कुम्भकर्ण हिमालको स्वरूप
शान्त ध्यानमा लीन बुद्धझैँ अनुभूति दिलाउँछ।
टाढै क्षितिजमा चम्किरहेको
सगरमाथा (Mt. Everest) को उपस्थितिले
यस दृश्यलाई अझै दिव्य बनाएको छ।
प्रकृति, शान्ति र आध्यात्मिक सौन्दर्यको
अनौठो संगम—
साधुटार, पाँचथर 🌄✨



20/12/2025

साधुटारको नीलो पोखरीमा कञ्चनजंघा र कुम्भकर्ण हिमालको प्रतिविम्ब देखिन्छ, जसले दृश्यलाई अझ रमणीय बनाउँछ। यसबाहेक, सगरमाथा लगायतको हिमालहरू पनि यहीबाट अवलोकन गर्न सकिन्छ।
यहाँको शान्त वातावरण र ताजै हावाले आगन्तुकहरूलाई विश्राम र मनोरञ्जनको अवसर प्रदान गर्दछ। विशेष गरी वर्षा ऋतुमा यहाँ पिकनिक मनाउन धेरै आगन्तुक आउने गरेको छन र यसरी मनोरञ्जनको अनुभव अझ पूर्ण हुन्छ।
#

13/12/2025

“तपाईले सम्पर्क गर्न खोज्नु भएको व्यक्ति अहिले साधुटारमा ‘Peace Mode ON’ गरेर बसेको छ 😄📵
केही पछि पुन सम्पर्क गर्नुहोला।”

29/11/2025

एकान्तको सुन्दरतामा शितल हावा र शान्त वातावरण खोज्नेहरूको निम्ति एक उत्कृष्ट गन्तव्य हो।
तर याद रहोस यो निजी क्षेत्र हो। प्रवेश अनुमति आवश्यक नपरे पनि, कृपया निजी सम्पत्तिको सम्मान गरौ,
#साधुटार वरपरको सरसफाइमा ध्यान दिऔ र यहाको भौतिक तथा प्राकृतिक वस्तुहरूको संरक्षण–जगेर्ना गरौ।
धन्यवाद।

18/11/2025

“स्वर्ग हो कि त्यो घुम्ती हो, शान्ति अनि सुन्दरता जहा छिचोलिन्छ। उतरको हिमालको चोटी, तराइको खुला फाट, अनि हावाको मीठो सुगन्ध। यहा सूर्यको पहिलो किरणले बधाई दिन्छ र अन्तिम किरणले बिदाई, हरेक पल प्रकृतिले अँगालो हाल्छ। Sadhutar साधुटार जहा समय रोकिए जस्तो लाग्छ र मनले साँच्चै शान्ति पाउँछ।”

06/10/2025

बाढीले बगाएको केवल माटो होइन,
असंख्य सपनाहरु हुन।
पहिरोले पुरेको केवल घर मात्र होइन,
अनगिन्ती आशाहरू पनि हुन।
तर पनि हामी नेपालीहरु
फेरि उठ्नेछौ,
फेरि जुट्नेछौ,
फेरि बनाउनेछौ,
फेरि मुस्कुराउनेछौ।
सबै जना सुरक्षित रहौं, सबैलाइ साथ दिऔ,
एक अर्कोमा आशाको हात थामौ।
देशको विभिन्न ठाउहरूमा आएको बाढी–पहिरोबाट प्रभावित सम्पूर्ण परिवार प्रति हाम्रो हार्दिक समवेदना।
यो कठिन घडीमा हामी तपाइहरू सबैको साथमा छौ।
कृपया सुरक्षित रहनुहोस,
एक–अर्कालाई सम्भालौ र आशाको दियो कहिल्यै निभ्न नदिऔ।
🙏 सुरक्षित रहौं, सहयोगी बनौं।

13/08/2025

Miruna जस्तो स्वास्नी पाएर पनि बारम्बार झगडा गरेर माइत खेदाउने नालायक Dayahang स्वास्नी पाल्ने खालको मान्छे होइन रहेछ अनि यस्तो गलत कार्यमा सदैब साथ दिने Bijay Baral मलाइ पटक्कै मन पर्ने पात्रहरु होइनन तर जारी को अपार सफल्ता पछी आएको यस्को अर्को पार्ट अर्थात चाही ऋण खोजेर नै भए पनि First Day, First Show हेर्न जान मन छ मलाइ।


https://youtu.be/Lk5klPgwbCc?si=n186fSplErFtcXnU

11/07/2025

सफलता प्राप्त गर्नको निम्ती सकारात्मक सोच र दृढ संकल्प दुवै आवश्यक पर्दछ। सकारात्मक सोचले आत्म-विश्वास बढाउछ र कठिनाइहरूको सामना गर्न प्रेरणा दिन्छ जबकि दृढ संकल्पले लक्ष्यहरू प्राप्त गर्न निरन्तर प्रयास गर्न मद्दत गर्छ।




साधुटारमा बादर आतंकले हैरान पार्यो।यस्तो बादरको चकचके हरकतबाट बच्न हामीले के सावधानी अप्नाउनु पर्ला Bhupen जी?आतंकबारे ब...
08/07/2025

साधुटारमा बादर आतंकले हैरान पार्यो।
यस्तो बादरको चकचके हरकतबाट बच्न हामीले के सावधानी अप्नाउनु पर्ला Bhupen जी?

आतंकबारे बिस्तृतमा बुझ्न कमेन्टमा हेर्नुहोला।

Address

Panchthar
Phidim
3RH7+78PHIDIM,

Opening Hours

Monday 07:15 - 20:45
Tuesday 07:15 - 20:45
Wednesday 07:15 - 20:45
Thursday 07:15 - 20:45
Friday 07:15 - 20:45
Saturday 07:15 - 20:45
Sunday 07:15 - 20:45

Telephone

+9779816081132

Alerts

Be the first to know and let us send you an email when Sadhutar साधुटार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sadhutar साधुटार:

Share