राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची RSP Melamchi

  • Home
  • Nepal
  • Pati Bhanjyang
  • राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची RSP Melamchi

राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची RSP Melamchi ब्याप्त बेथिति र भ्रष्टाचार अन्त्य भै थिती बसेको देख्न चाहने मेलम्ची नगरवासी सम्पूर्णमा स्वागत छ !

जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना।
28/08/2026

जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना।

विज्ञप्ति भोटेकोसी नदीमा आएको आकस्मिक बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा लगायत विभिन्न जिल्लामा...
27/08/2026

विज्ञप्ति
भोटेकोसी नदीमा आएको आकस्मिक बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा लगायत विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची नगरपालिका समिति गहिरो दुःख व्यक्त गर्दछ । यस विपद्का कारण प्रभावित स्थानमा जनजीवन प्रभावित हुनुका साथै धेरै नागरिक सम्पर्कविहीन भएको जानकारीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
विशेषगरी रोजगारीका लागि सो क्षेत्रमा पुग्नुभएका तथा गोसाईँकुण्ड तिर्थाटनमा जानुभएका सिन्धुपाल्चोक जिल्ला तथा मेलम्ची नगरपालिकाका नागरिकसमेत सम्पर्कविहीन भएको अवस्थामा उहाँहरूको अवस्था तत्काल पहिचानका लागि खोज तथा उद्धार कार्यलाई तीव्रता दिन हामी नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह, विपद् व्यवस्थापनसँग सम्बन्धित निकाय तथा सबै सरोकारवाला संघसंस्थाहरूलाई तत्काल समन्वय गरी प्रभावकारी खोज तथा उद्धार अभियान सञ्चालन गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विपद्को यस घडीमा राज्यको सम्पूर्ण संयन्त्र नागरिकको जीवनरक्षामा केन्द्रित हुनुपर्ने हाम्रो स्पष्ट धारणा छ । खोज तथा उद्धार कार्यमा ढिलाइ हुँदा मानवीय क्षति थप बढ्न सक्ने भएकाले सम्भावित सबै स्रोत, साधन र जनशक्ति तत्काल परिचालन गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।

आगामी दिनमा पनि अन्यत्र यस्ता घटना भइहालेमा न्युनतम क्षती हुने अवस्था निर्माण गर्न भौगोलिक अध्ययन, द्रुत्ततर सूचना प्रणाली, खोज तथा उद्धार, तालिमप्राप्त जनशक्ति लगाएत विषयमा पुर्वतयारी गर्न समेत सरकारको ध्यानकर्षण गराउँदछौं ।

घटनामा ज्यान गुमाउनु हुने मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । विपद्बाट प्रभावित नागरिक तथा परिवारजनप्रति ऐक्यबद्धता व्यक्त गर्दै सम्पर्कविहीन सबै नागरिकको सकुशल उद्धारको कामना गर्दछौँ । राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा नगर समिति आफ्नो क्षमताअनुसार आवश्यक सहकार्य र समन्वय गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ । रन्जित थापा , नगर सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी ,
मेलम्ची नगरपालिका समिति, सिन्धुपाल्चोक

25/08/2026

सूचना / अपील

विषय: उम्मेदवारी सम्बन्धी भ्रम र अफवाहमा नपर्नुहुन अनुरोध।

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,

हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आगामी निर्वाचनका लागि पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायतका पदहरूमा मेरो उम्मेदवारी तय भइसकेको भन्दै केही स्थानहरूमा भ्रमपूर्ण चर्चा वा पोस्टहरू भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

यस विषयमा वस्तुस्थिति स्पष्ट पार्न चाहन्छु:

उम्मेदवारी दाबी सम्बन्धी: रास्वपाको कुनै पनि उम्मेदवारी क्लब वा आधिकारिक सूचीमा मैले पालिका अध्यक्ष, उपाध्यक्ष वा वडा अध्यक्षको रूपमा उम्मेदवारी दिएको वा मेरो नाम निश्चित भइसकेको भन्ने कुरामा कुनै सत्यता छैन।

टिकट सम्बन्धी भ्रम: यदि कसैले "म टिकट दिन्छु", "मैले टिकट ल्याइदिन्छु" वा "उम्मेदवारी पक्का भइसक्यो" भनेर दाबी गर्छ भने त्यो पूर्ण रूपमा भ्रामक (Fake) हो। पार्टीको आफ्नै विधान, पारदर्शी प्रक्रिया र प्रणाली अनुसार मात्र उम्मेदवारको चयन हुने गर्छ।

त्यसैले, कुनै पनि व्यक्ति वा समूहले फैलाएको यस्ता अनर्गल, असत्य र भ्रामक समाचारको पछि नलाग्न र समाजमा भ्रम नफैलाइदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।

पार्टीका आधिकारिक निर्णय र सूचनाहरू सम्बन्धित निकाय वा आधिकारिक माध्यमबाट मात्र प्राप्त हुने भएकाले सचेत रहन सबैमा अपील छ।

अमृत लामिछाने
नगर सचिव
राष्ट्रिय स्वतन्त्र पार्टी

धन्यवाद!

📸 नगर समिति बैठक सम्पन्नमेलम्ची नगर समितिको बैठकमा संगठनको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा संगठनलाई थप सुदृढ र प्रभा...
25/08/2026

📸 नगर समिति बैठक सम्पन्न

मेलम्ची नगर समितिको बैठकमा संगठनको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
बैठकमा उपस्थित सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद। 🙏

संगठन सुदृढीकरण | सहकार्य | सक्रियता
मेलम्ची नगर समिति

नागरिक, नीति र नेतृत्व१. पृष्ठभूमिलोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो...
16/08/2026

नागरिक, नीति र नेतृत्व

१. पृष्ठभूमि
लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो। यसै यथार्थलाई मनन गर्दै, जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि "नागरिक, नीति र नेतृत्व" नामक कार्यक्रम सुरु गर्दै छ।

२. कार्यक्रमको अवधारणा
यस कार्यक्रमले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्नेछ।
यस कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन्।

३. कार्यक्रमको स्वरूप र कार्यतालिका
निर्धारित दिनको साँझ ५:०० बजेदेखि सुरु हुने यस कार्यक्रमलाई देहायबमोजिम दुई चरणमा सञ्चालन गरिनेछ:
पहिलो चरण: नागरिक संवाद
साँझ ५:०० देखि ६:०० बजेसम्म एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहनेछ। मन्त्रीले सीधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नेछन्। यसले नेतृत्वलाई भुइँको यथार्थसँग जोडी राख्न मद्दत गर्नेछ।

दोस्रो चरण: नेतृत्व संवाद
साँझ ६:०० बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयहरूमा यस चरणमा सघन छलफल हुनेछ।

४. कार्यक्रमका मुख्य उद्देश्यहरू
साझा रणनीति निर्माण: नागरिक, सरकार (मन्त्री), व्यवस्थापिका (प्रतिनिधि ‌ सभा सदस्य ) र संगठन (केन्द्रीय समिति) बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने साझा रणनीति तय गर्ने।

जवाफदेहिता प्रवर्द्धन: मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने।
यथार्थपरक नीति: नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने।

प्रभावकारी समन्वय: नागरिक, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा गएका प्रतिनिधिबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने।

🌾 हार्दिक धन्यवाद तथा शुभकामना 🙏🔔राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची नगर समितिको कृषि विभाग प्रमुख पदमा नियुक्त हुनुभएका...
08/08/2026

🌾 हार्दिक धन्यवाद तथा शुभकामना 🙏🔔
राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची नगर समितिको कृषि विभाग प्रमुख पदमा नियुक्त हुनुभएका श्री अभिषेक ढकाल ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
कृषकका समस्या, कृषि क्षेत्रको विकास र संगठन विस्तारमा यहाँको सक्रिय, इमानदार र जिम्मेवार भूमिकाको अपेक्षा राख्दै, पार्टीप्रतिको योगदान र जिम्मेवारी स्वीकार गर्नुभएकोमा हार्दिक धन्यवाद। 🙏🔔
राष्ट्रिय स्वतन्त्र पार्टी
मेलम्ची नगर समिति, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्ला अधिवेशनबाट निर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना|🙏🌹जय घण्टी 🔔🇳🇵
08/08/2026

सिन्धुपाल्चोक जिल्ला अधिवेशनबाट निर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना|🙏🌹
जय घण्टी 🔔🇳🇵

हार्दिक बधाई तथा शुभकामना माया गुरुङ ज्यू। 🙏🌹पार्टी स्थापना भएदेखि नै सुख–दुःख नभनी, आफ्नो ठाउँबाट सकेको समय, साथ र माया...
08/08/2026

हार्दिक बधाई तथा शुभकामना माया गुरुङ ज्यू। 🙏🌹
पार्टी स्थापना भएदेखि नै सुख–दुःख नभनी, आफ्नो ठाउँबाट सकेको समय, साथ र माया दिँदै पार्टीलाई यहाँसम्म ल्याउन तपाईंले गर्नुभएको योगदान साँच्चिकै सम्झनलायक छ। धेरै कुरा सहनुपर्‍यो, धेरै अप्ठ्यारा दिन पनि आए, तर पार्टीप्रतिको माया र विश्वास कहिल्यै कम हुन दिनुभएन।
आज त्यही निरन्तरता, मेहनत र योगदानको सम्मानस्वरूप पुनः राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोक जिल्ला सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई।
अबको जिम्मेवारी झन् ठूलो छ। सबै साथीहरूलाई साथमा लिएर, मन मिलाएर संगठनलाई अझ बलियो बनाउँदै अगाडि बढ्नुहोस्। तपाईंको नेतृत्वमा सिन्धुपाल्चोकमा पार्टीले अझ राम्रो उचाइ लियोस् भन्ने शुभकामना।
सफल कार्यकालको हार्दिक शुभकामना। 🙏🔔
मेलम्ची नगर कमिटी, सिन्धुपाल्चोक

30/07/2026

Address

Pati Bhanjyang

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी, मेलम्ची RSP Melamchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share