Lalbandi,Sarlahi

Lalbandi,Sarlahi • Wellcome To Sarlahi🙏❤️

• If you would like to advertise, please contact us. ❤️‍🩹

30/08/2026

⚽ लालबन्दीमा फुटबलको महासंग्राम! 🔥
लालबन्दी जिल्ला स्तरीय फुटबल प्रतियोगिता।।
जिल्लाका उत्कृष्ट टिमहरू र खेलाडीहरूको भिडन्त अब हाम्रो आफ्नै सहरमा। खेलप्रेमीहरू सबैलाई हौसला दिन मैदानमा उपस्थित भई उत्साह बढाइदिनुहोन हार्दिक अनुरोध गर्दछौं!
स्थान: लालबन्दी-६, सर्लाही

29/08/2026

आफ्नो आमा-बुवा गुमाएर, आफ्ना आफन्त र आफ्नो संसार नै गुमाएर यहाँ आइपुगेका करिब ३०० जना विद्यार्थीहरूलाई रेस्क्यु गरेर राखिएको रहेछ।

यहाँको म्यानेजमेन्ट टिमले उहाँहरूका लागि खानेकुरा बनाउने, खुवाउने र आवश्यक हेरचाह गर्ने काम गरिरहनुभएको रहेछ। अधिकांश बच्चाहरू भित्र बसिरहेका थिए। बाहिर भने चार जना साना नानीहरू चकलेट खाँदै बसिरहेका थिए।

मैले उनीहरूसँग केही प्रश्नहरू सोध्दै गर्दा उनीहरूले दिएको जवाफ सुनेपछि... मन थाम्न सकिनँ। आँसु झार्नुबाहेक मसँग अरू कुनै उपाय नै रहेन।

यति ठूलो पीडा बोकेर पनि ती नानीहरूको अनुहारमा देखिएको त्यो निर्दोष मुस्कानले मन झन् भारी बनायो।

हजुरहरूले देखाउनुभएको माया, साथ र सहयोगका लागि हृदयदेखि नै Thank you so much.

हजुरहरूको यो माया र मानवता हामी कहिल्यै बिर्सने छैनौँ।

वाउ ! रवीन्द्र ढाँट UFC Season 5 को  फाइनलमा प्रवेश गरेका छन् ! 🥊🔥
28/08/2026

वाउ ! रवीन्द्र ढाँट UFC Season 5 को फाइनलमा प्रवेश गरेका छन् ! 🥊🔥

27/08/2026

लालबन्दी बाट गोसाइँकुण्ड यात्रामा गएका उहाँ हरु सम्पर्कबिहीन ।।
Video by Arjun Bhusal/अर्जुन भुसाल

26/08/2026

महाबिपत्ती मा भाग्यले बाचेका हरुको चि*त्कार

26/08/2026

Rest in peace 🕊️😥

गोसाइँकुण्ड हिँडेका लालबन्दीका पाँच जना सम्पर्कविहीन।।लालबन्दी नगरपालिका–५ का चार जना स्थानीयसहित पाँच जना गोसाइँकुण्ड ज...
26/08/2026

गोसाइँकुण्ड हिँडेका लालबन्दीका पाँच जना सम्पर्कविहीन।।

लालबन्दी नगरपालिका–५ का चार जना स्थानीयसहित पाँच जना गोसाइँकुण्ड जाने क्रममा सम्पर्कविहीन भएका छन् । बुधबार बिहान आफ्नै गाडीमा गोसाइँकुण्डतर्फ हिँडेका उनीहरू बिहान साढे ९ बजेसम्म आफन्तको सम्पर्कमा थिए ।

नुवाकोटको बट्टारमा उनीहरू पछिल्लो पटक सम्पर्कमा रहेको आफन्त सफलता खरेलले जानकारी दिइन् । खरेलका अनुसार त्यसपछि फोन गर्दा सुरुमा सम्पर्क हुन नसकेको र पछि मोबाइल फोनसमेत स्विच अफ भएको थियो ।

बेपत्ता हुनेमा लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका डंगोल र चिरञ्जीवी खतिवडासहित काठमाडौंका माधव काफ्ले छन् । उनीहरूसँगै एक जना बालक पनि रहेको र उनको नाम खुलेको छैन ।

आज बिहान तिब्बततर्फबाट त्रिशूली नदीमा आएको भीषण बाढीका कारण उनीहरू प्रभावित भएको हुन सक्ने आशंका गरिएको छ । उनीहरूको अवस्था यकिन हुन सकेको छैन ।

उनीहरूको खोजी तथा अवस्थाबारे थप जानकारीका लागि आफन्त र सम्बन्धित निकायले पहल गरिरहेका छन् ।

26/08/2026

टिमुरे बाढीबाट बाँचेका सन्जीव श्रेष्ठ भन्छन्ः झण्डै ७५ प्रतिशत मानिसलाई बगायो ...😥

26/08/2026

भीषण बाढी पछिको टिमुरे बजार।।😥

लालबन्दीमा मुस्लिम समुदायको महत्वपूर्ण पर्व मोहम्मद जयन्ती (ईद–ए–मिलाद/मिलाद–उन–नबी) को अवसरमा मुस्लिम धर्मावलम्बीहरूले ...
26/08/2026

लालबन्दीमा मुस्लिम समुदायको महत्वपूर्ण पर्व मोहम्मद जयन्ती (ईद–ए–मिलाद/मिलाद–उन–नबी) को अवसरमा मुस्लिम धर्मावलम्बीहरूले सडक र्‍याली निकालेका छन्।।

Address

Lalbandi
Patharkot
4001

Alerts

Be the first to know and let us send you an email when Lalbandi,Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lalbandi,Sarlahi:

Shortcuts

Share