हाम्रो समाज पाटन ३ गुराली

  • Home
  • Nepal
  • Patan
  • हाम्रो समाज पाटन ३ गुराली

हाम्रो समाज पाटन ३ गुराली इस्ट्कुल देव ले सबै को रछा गरून्
जय बाबा ३३ कोटि महाराज 🙏🙏🙏

03/09/2026

के कति उपलब्धि भयो ? अनि के कति हाम्रो दायित्व रह्यो ? ? ?

सेवा नै धर्म हो सहयोगको लागि हार्दिक अपिल!!बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ०३ टिल्लेक घर भई हाल कञ्चनपुरको शुक्लाफा...
05/08/2026

सेवा नै धर्म हो
सहयोगको लागि हार्दिक अपिल!!
बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ०३ टिल्लेक घर भई हाल कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं. ११ बसोबास गर्नु हुने वर्ष ४४ का धन बहादुर बिस्ट विगत लामो समयदेखि विभिन्न गम्भीर स्वास्थ्य समस्याहरू (एपेन्डिक्स, आन्द्रा, फोक्सो तथा कलेजोसम्बन्धी रोग) बाट पीडित हुनुहुन्छ।
उहाँले भारतका विभिन्न अस्पतालहरूमा उपचार गराउनु भए तापनि अत्यधिक खर्चका कारण हाल एक महिनादेखि नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिसिन (पुरानो नर्सिङ होम) मा उपचाररत हुनुहुन्छ। हालसम्म उहाँको ३ वटा अपरेशन भइसकेका छन् भने अझै एक पटक आन्द्रासम्बन्धी थप शल्यक्रिया गर्नु पर्ने अवस्था रहेको छ। डाक्टरको सल्लाह अनुसार कम्तीमा ३ महिना अस्पतालमै बस्नुपर्ने भएको छ।
उपचारका क्रममा आफ्नै स्रोत तथा आफन्त–नातागोता सँग सरसापट गरी हालसम्म करिब १२–१३ लाख रुपैयाँ खर्च भइसकेको छ। अब थप उपचार गर्न आर्थिक अभावका कारण अत्यन्तै कठिन अवस्था सिर्जना भएको हुँदा उहाँको जीवन रक्षा गर्नका लागि उनको श्रीमती र दाजुले सम्पूर्ण मनकारी दाताहरूसँग सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्नु भएको छ।
आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले बिरामी धन बहादुर बिस्टका श्रीमती राधा बिस्टको मुक्तिनाथ विकास बैंकको तल उल्लेखित खातामा वा QR मार्फत सहयोग गर्न सक्नुहुनेछ:
खाता धनिको नाम: राधा बिस्ट
बैंक: मुक्तिनाथ विकास बैंक
खाता नम्बर: 15221201216233000001
सम्पर्क नम्बर: 9868830154
भारतको लागि राधा बिस्टको भदैनी मनिसा जोसि को canara bank को फोन पे (QR)
तपाईंको सानो सहयोगले एक जनाको जीवन बचाउन ठूलो सहयोग पुग्नेछ। सहयोगको लागि हृदयदेखि धन्यवाद।

01/12/2025

निवेदन

श्रीमान वडा अध्यक्ष ज्यु,
पाटन नगरपालिका वडा नं.– ३
गुरालि

तथा गुरालि क्षेत्रका सम्पूर्ण सम्मानित उपभोक्ता तथा सरोकारवाला महानुभावहरू,
वडा नं.–३, पाटन नगरपालिका

विषय: गुरालि स्थित सिचाइको कच्चि कुलो स्थायी निर्माण तथा संरक्षणका सम्बन्धमा।

महोदय,

यो निवेदनमार्फत हामी गुरालि क्षेत्रमा रहेको अत्यन्त महत्वपूर्ण कच्चि कुलो सम्बन्धी ध्यानाकर्षण गराउन चाहन्छौँ ।

उक्त कुलो सिचाइका लागि १००% प्रयोग हुने अत्यन्तै महत्वपूर्ण स्रोत हो, जसबाट मासन फागला, गौताडी, खर्क हुँदै गुरालि सम्मका सबै कृषक तथा घरधुरीहरूले सिचाइको सुविधा पाउँदै आएका छन् ।

तर वर्षौंदेखि यो कुलो कच्चै अवस्थामा रहेको, वर्षायाममा भत्किने र स्थानीयवासीले हरेक वर्ष आफ्नै खर्च र श्रमबाट बनाउनु पर्ने बाध्यता रहेको सच्चाइ सबैलाई थाहा छ। यस विषयमा न कसैले पहल गरेको छ, न कसैले ध्यान दिएको छ, जसले गर्दा कृषकहरू निरन्तर कष्ट र आर्थिक क्षतिमा पर्न बाध्य छन्।

यदि यो कच्चि कुलो स्थायी रूपमा निर्माण, सुरक्षा तथा स्तरोन्नति गरिने हो भने गुरालि क्षेत्रको कृषक वर्गलाई दीर्घकालीन राहत मिल्नेछ, कृषि उपजमा गुणात्मक वृद्धि हुनेछ, र नगरपालिकाको समग्र कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्नेछ।

त्यसैले, गुरालि क्षेत्रका सम्पूर्ण उपभोक्ता तथा कृषकहरूको तर्फबाट यस कच्चि कुलोको स्थायी निर्माण, दिगो व्यवस्थापन तथा बजेट व्यवस्था गरी दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
उपभोक्ता समिति र स्थानीय बासिन्दाहरू पनि समन्वय, श्रमदान र सहयोगका लागि पूर्ण रूपमा तत्पर रहेको कुरा अवगत गराइन्छ।

हाम्रो दीर्घकालीन समस्यामा सम्मानित वडा कार्यालयले यथाशीघ्र पहल गरी व्यावहारिक समाधानको प्रक्रिया सुरु गरिदिनुहुनेछ भन्ने पूर्ण आशा राखेका छौँ।



कुलो स्थायी निर्माण तथा संरक्षणबाट प्राप्त हुने प्रमुख फाइदाहरू
1. हाल कच्चि कुलो वर्षमा एकपटक मात्र चल्ने स्थिति छ, तर स्थायी निर्माण गरेपछि १२ महिना वर्षभरि सिचाइको सुविधा उपलब्ध हुनेछ।
2. सिचाइ नियमित भएपछि जमिनमा सागसब्जी तथा मौसमी तरकारी प्रशस्त मात्रामा उत्पादन गर्न सकिनेछ।
3. मौसम अनुसारका तरकारी उत्पादन गर्न पाउने भएकाले कृषकको आर्थिक आयमा वृद्धी हुने।
4. प्रत्येक वर्ष मर्मत तथा श्रमदानको झन्झटबाट मुक्त भइ दीर्घकालीन राहत मिल्ने।
5. कुलो लामो दूरीमा पुगेको हुँदा हाल पानी सबै ठाउँमा समान रूपमा नपुग्ने समस्या छ— स्थायी निर्माणपछि सबै कृषि क्षेत्रसम्म समान रूपमा पानी पुगी उपयोगिता बढ्ने।
6. कृषि उत्पादन बढेपछि स्थानीय बजारमा तरकारी आपूर्ति बढ्ने, कृषक आर्थिक रूपमा सबल हुने, र नगरपालिकाको कृषि अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुग्ने।



ध्यानाकर्षणका लागि धन्यवाद।

सादर,
जनक बिष्ट
गुरालि, पाटन नगरपालिका–३
(उपभोक्ताहरूको तर्फबाट)

Address

Patan Baitadi
Patan

Telephone

+9779765320801

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो समाज पाटन ३ गुराली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो समाज पाटन ३ गुराली:

Shortcuts

Share