29/05/2026
आज मिति २०८३ साल जेठ १५ गते गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक श्री भगौती यादवज्यूको अध्यक्षता, प्रदेशसभा सदस्य माननीय श्री बैजनाथ कलवार (जैसवाल)ज्यूको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी श्री दिपक राज नेपालज्यूको विशेष आतिथ्यता, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख एवम् सुरक्षाकर्मी, नागरिक समाज, राजनीतिक दल तथा भद्रभलादमीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन भई पृथ्वीचन्द्र अस्पतालमा उपचाररत विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण एवम् रामग्राम नगरपालिका वडा नं.५ मा अवस्थित आदर्श मा.वि.मा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई पोशाक वितरण गरी गणतन्त्र दिवस २०८३ भव्यरुपमा सम्पन्न गरियो ।