Palanchok Bhagwati

Palanchok Bhagwati Palanchowk Bhagwati Temple is 7-km north of the mountain of Panchkhal, 15 kilometers of Dhulikhel on the Arniko Highway and, 42 kilometers from Kathmandu.

There is an idol of 3 feet high goddess Bhagawati artistically carved in a black stone. It is one of

विजया दशमीको सुरुवात सगै घटस्थापना को शुभकामना।
22/09/2025

विजया दशमीको सुरुवात सगै घटस्थापना को शुभकामना।

मातातीर्थ औंसीको हार्दिक शुभकामना।✨
27/04/2025

मातातीर्थ औंसीको हार्दिक शुभकामना।✨

तन्त्र दर्शन अनुसार आत्मालाई संसाररूपी मायासँग बाँध्ने आठ बन्धन/साङ्लाहरू छन्। जसलाई शास्त्रीय भाषामा अष्टपाश भनिने गरिन...
16/04/2025

तन्त्र दर्शन अनुसार आत्मालाई संसाररूपी मायासँग बाँध्ने आठ बन्धन/साङ्लाहरू छन्। जसलाई शास्त्रीय भाषामा अष्टपाश भनिने गरिन्छ।

यी अष्टपाशहरू निम्न प्रकारका छन्:
१. घृणा
२. लज्जा
३. भय (डर)
४. शङ्का
५. जुगुप्सा (निन्दा)
६. कुल
७. जात
८. शील (विनम्रता)

यी ८ बन्धनहरूले बाँधिएको कुनै पनि चेतनालाई जीव भनिन्छ र यी सबै बन्धनहरूबाट मुक्त भएको चेतनालाई नै सदाशिव (परम चैतन्य) भनिन्छ। (पाशोबद्ध भवेत् जीव पाशमुक्त सदाशिव)

दुर्गा सप्तशतीको ८ औँ अध्यायमा जब असुर चण्ड र मुण्डको मृत्यु हुन्छ तब असुरराजा शुम्भ क्रोधित भएर आफ्नो सेनालाई महासरस्वती रूपिणी कैशिकी माथी आक्रमण गर्न आदेश दिन्छ। असुरराज भन्छ, "हे राक्षसहरू, म असुरहरूको सबै सेनाहरू सहित ८६ उद्युध, ८४ कम्बु, ५० कोटीवीर्य, ​​१०० धूम्र, कालक, दौहृद, मौर्य र कालकेय राक्षसहरूलाई युद्धको लागि अघि बढ्न आदेश दिन्छु।"

यहाँ दुर्गा सप्तशतीले तन्त्र, ब्रह्माण्ड र मायाको एउटा ठूलो रहस्य प्रकट गर्दछ। हाम्रो अहंकारलाई प्रतिनिधित्व गर्ने राक्षस शुम्भले सत्यलाई जित्न ८ प्रकारका राक्षसहरूको नाम दिन्छ।

यी ८ प्रकारका राक्षसहरूले वास्तवमा अष्टपशालाई जनाउँदछ जसले व्यक्तिलाई मायामा बाँध्दछ। सप्तशतीमा यी ८ बन्धनहरूलाई ८ राक्षस प्रकारको रूपमा प्रतिविम्बित गरिएको छ र जब जीवले माता शक्तिलाई आह्वान गर्छ, वहाँले हामीमा भएका यी राक्षसहरूसँग लड्नुहुन्छ र यी असुरहरूले सिर्जना गरेका बन्धनहरू तोड्नुहुन्छ र हामीलाई मुक्त गर्नुहुन्छ। हामीलाई जीवबाट सदाशिव बनाउनुहुन्छ।

जसरी प्रमुख राक्षस शुम्भ (हाम्रो अहंकारको प्रतिनिधित्व) युद्ध जित्नको लागि ८ राक्षसहरूमा निर्भर हुन्छ र उसको सेना मारिएपछि उसको पनि मृत्यु हुन्छ त्यस्तै यी ८ बन्धनहरू पनि हटाइएपछि अहंकारको मृत्यु हुन्छ।

अब यी साङ्लाहरू के हुन् भनेर विस्तृत रूपमा हेरौं।

१- घृणा: घृणालाई उदययुध राक्षसले चित्रण गरेको छ। जब शुम्भले ८६ उदययुध तयार रहन भन्छ, यसले हामीलाई ८६ प्रकारका घृणाहरूको बारेमा बताउँछ जसले हाम्रो अहंकारलाई पोषण गर्छ र हामीलाई सत्यबाट टाढा राख्छ।

घृणा दुईधारे तरवार हो। यसले हामीलाई कसैलाई प्रेम नगर्न बाध्य पार्छ, यसले घृणा गरिएको वस्तु भन्दा अहंकार नै राम्रो भन्दै हाम्रो अहंकारलाई पोषण पनि गर्छ। अहंकारले ८६ तरिकाले घृणा गर्न सक्छ त्यसैले ८६ उदययुध राक्षसहरू सप्तशतीमा वर्णित छन्।

जीवमा १० अंग र ४ अन्तकर्ण हुन्छन्। यी १४ अंग र अन्तकरणले चार प्रकारका जीवित प्राणीहरू (रुखहरू, सरीसृपहरू/कीराहरू, जनावरहरू र मानवहरू) प्रति घृणा उत्पन्न गराउँदछ।

यसरी जागृत अवस्थामा अहंकारमा कुल ५६ प्रकारका घृणा हुन्छन्। सपनाको अवस्थामा, अंगहरू अनुभवमा अस्तित्व विहिन हुन्छन् त्यसैले ४ अन्तकर्णहरूले ४ प्रकारका जीवित प्राणीहरूको लागि यो घृणा उत्पन्न गराउछन् र स्वप्नहीन अवस्थामा अहंकारले १० अंग र ४ अन्तकरणहरू प्रती नै घृणा गर्छ जसले गर्दा सबै ८६ प्रकारका घृणा हुन्छन्।

यी राक्षसहरूले अहंकारलाई सन्तुष्ट र शक्तिशाली राख्छन्। माता शक्तिलाई जब जागृत गरिन्छ, उहाँले यी ८६ घृणाहरूलाई मार्नुहुन्छ र हाम्रो अहंकारलाई "घृणा" भनिने एउटा बन्धनबाट मुक्त गर्नुहुन्छ।

२- लज्जा : यो बन्धनलाई कम्बु राक्षसहरूले चित्रण गरेका छन्। कम्बु शब्द शंखको लागि पनि हो जसले अरूबाट आफूलाई बचाउन कडा कवच पछाडि लुक्ने जनावरलाई जनाउँछ। यहाँ लज्जा वा आफ्नो कमजोरीबाट आफूलाई लुकाउने र आफ्नो आत्मसम्मान बचाउन अरूबाट टाढा रहनु हो। यो पनि आत्मामाथिको एक प्रकारको बन्धन हो।

आत्माले आफूलाई ६ शरीर, १० अंग र चार अन्तःकर्णहरू भित्र लुकाउँछ, त्यसैले कम्बुको संख्या ८४ वर्णन गरिएको छ जसले ८४ प्रकारका लज्जालाई दर्शाउने गर्छ।

यहाँ दुर्गा सप्तशती धेरै साहसका साथ घोषणा गर्दछ कि यी राक्षसहरू पनि आमाको प्रकटीकरण मात्र हुन् ।

या देवी सर्व भूतेषु लज्जा रूपेण संस्थाथा नमस्तशाये नमस्तशाये नमोह नमः (सबै जीवमा लज्जाको रूपमा प्रकट हुने आमा कृपया मेरो सम्मान स्वीकार गर्नुहोस्)

३. भय (डर): यो तेस्रो बन्धन कोटीवीर्य राक्षसले चित्रण गरेको छ। मृत्युको डर, सम्मान गुमाउने वा नजिकिने डरले अहंकारलाई मायामा व्यस्त राख्छ र ठूलो जागरूकतातर्फको बाटोमा बाधा पुर्‍याउँछ। दुर्गा सप्तशतीले कोटीवीर्यलाई ५० अंकित गरेको बताउँछ। दश अंग र शरीरका ५ कोष त्यो ठाउँ हो जहाँ भय उत्पन्न हुन्छ जसले गर्दा कोटीवीर्य राक्षसहरूको संख्या ५० हुन्छ।

४. शङ्का: यो चौथो बन्धनलाई धौम्र राक्षसको रूपमा देखाइएको छ। सबै शंकाहरू विकृत वा गलत ज्ञानको कारणले उत्पन्न हुन्छन्।

हाम्रा १० अंगहरू र १० महाभूतहरू (पृथ्वी, पानी, वायु, अग्नि, आकाश - ५ स्थूलमा र ५ सूक्ष्ममा) शंकाका आधार हरु हुन्। यिनै अंगहरू र महाभुतबाट जब हामी सत्य बुझ्न खोज्छौँ तब अज्ञानको सिकार बन्छौँ। त्यसैले शुम्भले युद्ध जित्न १०० धौम्र राक्षसहरूलाई बोलाउँछन्। जसले १०० प्रकारका शंकालाई जनाउँदछ। शङ्काले अहंकारलाई व्यस्त राख्छ जसले गर्दा यसलाई मायामा फसाई राख्छ।

५. जुगुप्सा (निन्दा): जब हामी गलत ज्ञानको कारणले अरूलाई हामीभन्दा फरक देख्छौँ, हामी आफूलाई सही साबित गर्न अरूको निन्दा गर्छौं। यसलाई पनि आत्माको पाँचौँ बन्धनको रूपमा लिईन्छ। माथिको अनुच्छेदमा जस्तै तिनीहरू पनि १०० प्रकारका छन्।

६. कुल: दौहद्री राक्षसले आफ्नो जन्मसँग सम्बन्धित भएकोमा गर्व गर्ने घमण्डलाई जनाउँछ। धेरै पटक ब्रह्मज्ञान सुनेपछि पनि निश्चित कुलको जन्ममा अभिमानको यो बन्धनले हामीलाई छोड्दैन। केवल आमाको दयाले मात्र यो राक्षसलाई मार्न सक्छ र हामीलाई यो साङ्लोबाट मुक्त गर्न सक्छ। तिनीहरू पनि १०० प्रकारका हुन्छन्।

७. जात: राक्षस कालकेयले जातको अहंकारलाई जनाउँछ। झूटो ज्ञानको कारण, जीव आफ्नो शरीर विशेष भएकोमा गर्व गर्दछ (जस्तै मानव शरीर, सेतो वा कालो)। यो बन्धन धेरै शक्तिशाली छ र भगवानको कुनै पनि सैद्धान्तिक ज्ञानले यसलाई हटाउन सक्दैन। मानव आत्माहरू बारम्बार पुनर्जन्म लिन्छन्; मुख्यतया यस बन्धनको कारणले। तिनीहरू पनि १०० प्रकारका हुन्छन्।

८. शील (विनम्रता): यो बन्धनलाई राक्षस मौर्यले जनाउँछ। विनम्रता भनेको जीवको प्रकृति हो। जीवले आफ्नो धेरै जन्महरूको क्रममा आफू र ब्रह्माण्डको बारेमा बनाउने विचार; यो बन्धनलाई रुद्र-ग्रन्थी पनि भनिन्छ। आध्यात्मिकताको उच्च चरणहरू प्राप्त गरेपछि पनि, व्यक्ति यस बन्धनबाट मुक्त हुँदैन र यो बन्धनलाई हटाउनाले मात्र अद्वैत (ईश्वरसँगको मिलन) मा स्थापित हुन्छ।

के यी ८ वटा साङ्लाहरू / अष्टपाश (७२० प्रकारमा विभाजित) यति सजिलै हटाउन सजिलो छ? त्यसो भए बाहिर निस्कने बाटो के हो त ? हो यस अषटपाशबाट पनि मुक्त हुन सकिन्छ। केवल आमाप्रति पूर्ण समर्पणले नै हामी यी सबै बन्धनहरूबाट मुक्त हुन सक्छौँ ।
@ उत्सब खाती

नयाँ वर्ष २०८२ सालको सम्पूर्ण नेपाली मा हार्दिक मंगलमय शुभकामना!यो नयाँ वर्ष तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि, स्व...
14/04/2025

नयाँ वर्ष २०८२ सालको सम्पूर्ण नेपाली मा हार्दिक मंगलमय शुभकामना!
यो नयाँ वर्ष तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस् ।
यो नयाँ वर्षलाई प्रेम, सद्भाव, र एकता संग मनाऔं।
शुभ–नयाँ वर्ष २०८२!

Palanchok Bhagwati MATA 🇳🇵🙏🏻🙏🏻🙏🏻
05/04/2025

Palanchok Bhagwati MATA 🇳🇵🙏🏻🙏🏻🙏🏻

पलाञ्चाेक भगवती माई कि जय।राजधानी शहर काठमाडौंबाट करिब ५५ कि.मि. पूर्व काभ्रेपलाञ्चोक जिल्लामा पर्ने मन्दिरहरूमा सबैभन्द...
24/03/2025

पलाञ्चाेक भगवती माई कि जय।
राजधानी शहर काठमाडौंबाट करिब ५५ कि.मि. पूर्व काभ्रेपलाञ्चोक जिल्लामा पर्ने मन्दिरहरूमा सबैभन्दा ठूलो मन्दिर पलाञ्चोक भगवतीको रहेको छ। यस मन्दिरमा रहेको मूर्ति करिब एक मिटर अग्लो र कालो चिल्लो ढुंगामा कँुदिएको छ। भगवतीको मूर्ति हेर्दा अलिकति बाङ्गिएको आकृतिमा देखिन्छ। अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी यी भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख छ। भगवतीको पाउले दायाँ र बायाँ चण्ड एवं मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको देखिन्छ। एक हातको तीरले दैत्यलाई रोपेको छ। ढोकाको दायाँ–बायाँ प्रस्तर र धातुका सिंहहरू छन्। सुनको जलप लगाइएको पित्तलको गजुर भएको प्यागोडा शैलीको तीनतले यस मन्दिरका दुवै छाना तामाका छन् भने टँुडाल र झ्यालहरू भने कलात्मक काठका रहेका छन्। धातुले नै मोडिएका ढोकाहरू छन्। मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण छ। यी भगवती हिन्दूहरूकी आराध्यदेवी भए पनि यस मन्दिरमा वैदिक विधिअनुसार मन्त्रोच्चारण गरी पूजाआजा नभई बौद्ध तान्त्रिक विधिअनुसार पूजा अर्चना गरिन्छ। यिनलाई बौद्धमार्गीहरूले पनि हिन्दूहरूले जस्तै श्रद्धाभक्तिले पूजा, अर्चना गर्दछन्। यस मन्दिरमा दर्शनार्थ काठमाडौंलगायत नेपालका विभिन्न स्थानबाट प्रत्येक शनिबार र मंगलबार श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ। पलाञ्चोक भगवती, नक्साल भगवती, नाला भगवती र शोभा भगवती चार दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने किंवदन्ती छ।
यस मन्दिरको स्थापना लिच्छवि राजा मानदेवले विक्रम संवत् ४२५ मा गरेको कुरा लिच्छविकालीन अभिलेखहरूबाट थाहा पाउन सकिन्छ। नेपालका अभिलेखहरूमध्ये यहाँको अभिलेखलाई पुरानो मानिएको छ। यो मन्दिर अनुपम् कलाकौशलले चमकदारपूर्ण तथा आकर्षित रहेको छ। मध्यकालको प्रारम्भमा यस जिल्लाका सात वटा स्थानहरू– चण्डेश्वरीनजिको बनेपुर बनेपा, प्रयाग तीर्थनेर पानवती (पनौती), नाला भगवतीनेर (नाला), नारायण तीर्थनेर धौखेल (धुलिखेल), धनेश्वरनजिकै श्रीखण्डपुर (खड्पु), चकोट ऋषिको आश्रमनेर (चौकोट) र नासिकास्थान पीठनेर (साँगा)ले विशेष महत्व पाई विकसित हुने अवसर पाएका थिए।
मानदेव प्रथमको शासनकालमा स्थापित पलाञ्चोक भगवती मन्दिर मध्यकालमा एउटा प्रमुख गढको रूपमा थियो। जयसिंह राय वर्धनलाई जयस्थिति मल्लले सामन्त अर्थात् शासक बनाएपछि उनको परिवारको प्रभुत्व कायम भयो। उनको भतिजा शक्तिराम वर्धन त्यहाँको सामन्त रहेका बेला चीनका बादशाहले निजलाई वांग पदवी दिएर दौत्यसम्बन्ध कायम गरे। यक्ष मल्ल परलोक भएपछि उनका छोराहरूले राज्य टुक्र्याउन थाले। त्यसैले रण मल्लद्धारा बनेपामा एउटा स्वतन्त्र राज्य खडा गरियो। यसरी निजको मृत्युपछि सो राज्य भादगाउँअन्तर्गत गाभिएकाले सात गाउँ नै भक्तपुरको अधीनमा गयो। केही भाग मात्र कान्तिपुरअन्तर्गत रह्यो।
वि.सं. २०३२ मा तत्कालीन सरकारले यस पलाञ्चोक भगवती मन्दिरको जीर्णोद्धार गरेको थियो। यस मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन्। वि.सं. १९९० मा केही भाग भत्केकोमा स्थानीय बासिन्दाबाट मर्मत भएको थियो। यो मन्दिर यस स्थानमा कसरी स्थापना भयो भन्ने रोचक लोकोक्तिहरू छन्।
एक दिन काभ्रे जिल्लाको बुचाकोटका बासिन्दालाई सपनामा भगवती स्वयं उपस्थित भई मलाई यहाँबाट उत्तरतिर लैजाऊ भनिछन्। स्थानीयले सोही बमोजिम भगवतीको शिलालाई बोकेर ल्याउँदा हालको भगवती स्थानमा बास पर्यो। भोलिपल्ट बिहानै पलाञ्चोक भगवतीलाई बोकेर यहाँबाट लैजाँदा मानिनन्। त्यसपछि त्यहाँ नै भगवतीको मन्दिर बनाएर राखियो। त्यस्तै अर्को रोचक तथा घोचक भनाइ के छ भने, एक स्थानीय अज्ञात पहरी थरका व्यक्तिले भोटबाट नेपालमा नून व्यापार गर्ने गर्दथे। उनले एक दिनको व्यापारबराबर नाफा भएको खण्डमा भगवतीलाई केही चढाउने बाचा गरेका थिए रे। सोही बाचाअनुरूप उनले भोलिपल्ट आफ्नो नूनको बोरामा हेर्दा पाथीभरि चाँदीको मोहोर भएको पाए। आफ्नो मनोकामना पूरा भएको हुँदा पलाञ्चोक भगवती मन्दिरभन्दा पूर्वपट्टि छेउमा ठूलो घन्टा स्थापना गरेका थिए। सो घन्टामा लेखिएको कुरा आजसम्म पनि सजिलैसँग पढ्न सकिन्छ। भगवतीको दिदी कालिकाको स्थान त्यहाँबाट केही पर छ। उनको पहिले दर्शन गरेर मात्र भगवतीको दर्शन गर्नुपर्ने जनधारणा आजसम्म पनि यथावत् कायम छ।
वि.सं. २०२४⁄२५ तिर तत्कालीन सहायक मन्त्री स्व. रन्नप्रसाद खरेलको सक्रियतामा लामिडाँडादेखि पलाञ्चोक भगवतीसम्मको दश कि.मि. बाटो रेखांकित भयो। त्यसकारण उहाँकै नामबाट उक्त बाटोको नामकरण रन्नमार्ग राखियो। वि.सं.२०४० मा उक्त बाटोलाई फराकिलो पार्ने कार्य भई २०४२ सालदेखि उक्त स्थानमा मिनिबस सेवा सञ्चालन भएको छ। हाल आएर यस स्थानमा काठमाडौंबाट दैनिक चार पटक बससेवा सञ्चालन भएको छ। यस मन्दिरदेखि पूर्वपट्टि डाँडागाउँमा पहरी थरका जनजातिहरू बसोबास गर्छन्। यिनीहरू नेवार जातिबाट अपभ्रंश भई पहरी जातमा आएको भन्ने भनाइ छ। यो डाँडालाई भगवतीको फूलबारी भनिन्छ। यहाँका प्रत्येक पहरीले दैनिक आलोपालो मिलाई भगवतीलाई फूलको गुच्छा प्रत्येक बिहानीमा चढाउनुपर्ने प्रचलन छ। यस मन्दिरमा सबैभन्दा ठूलो मेला बडादशैं र चण्डीपूर्णिमा (बुद्ध जयन्ती)का दिन लाग्छ। बुद्ध जयन्ती मेला लाग्नुभन्दा एक दिनअगावै देउता बैराउने भनिन्छ। त्यस दिन त्यहाँका पहरीहरूबाट नै भगवतीको रथ चलाउने परम्परा छ। यसरी यहाँ वर्षको दुई पटक रथ घुमाइन्छ।
यस मन्दिरमा जानको लागि राजधानीबाट करिब तीन घन्टा मोटरमा बसेर कोदारी राजमार्गको बनेपा, धुलिखेल, पाँचखाल र लामिडाँडा हुँदै उतरतर्फ उकालो चढ्दै जानुपर्दछ। मन्दिरको नजिकै सानो बजार, मा.वि., प्रहरी चौकी, टेलिफोन आदि छ। त्यस्तै यात्रुवर्गको हितलाई ध्यानमा राखेर बिजुली र खानेपानी मन्दिरको वरपर पुर्याइएको छ। यस स्थानको उचाइ समुद्र सतहबाट करीव ५,१२५ फिट रहेको अनुमान छ। मन्दिरको बाहिरी रूप हेर्दा निकै आकर्षक देखिन्छ। मन्दिरभित्र झन्डै एक मिटर कालो ढुंगामा कँुंदिएको भगवतीको सुन्दर मूर्ति छ। भनिन्छ, पलाञ्चोक भगवती दाहिने हातबाट, नक्साल भगवती देब्रे हातबाट र शोभा भगवती खुट्टाबाट कुँदिएको र तीनै मूर्ति बनाउने कलाकार एउटै थिए। यस्तो बहुचर्चित मूर्ति बनाउने कलाकारले तत्कालीन अवस्थामा सजायँबापत आफ्नो हात गुमाउनुपरेको कुरा निकै चर्चा हुने गर्छ।
काठमाडौं मखनटोलवासी वज्राचार्यहरूलाई परापूर्वकालदेखि नै यस मन्दिरकोृ पूजाआजाको लागि पुजारीको रूपमा राख्ने परम्परा आजसम्प पनि जस्ताको तस्तै रहेको छ। मन्दिरको पूर्वतर्फ रमणीय खरेलथोक गाउँ रहेको छ। खरेलहरूले देवीको नित्य पूजाको अलावा हिन्दूहरूको महान् पर्व बडादशैंको फूलपातीदेखि नवमीसम्म भगवतीलाई प्रत्येक वर्ष एक–एक वटा बोका बलि दिने प्रचलन अद्यावधि कायमै छ।
कुनै अनिष्ट हुने भएमा पलाञ्चोक भगवतीको मुहारमा पसिना आउने गर्छ। वि.सं. २०४५ भाद्र ५ गते भूकम्प जानुअघि भगवतीको अनुहारबाट पसिना आएको थियो रे। वि.सं. २०२९ मा एउटा सैनिक विमान धुलिखेल डाँडाको खोल्सामा दुर्घटनाग्रस्त हुनुभन्दा अगाडि पनि देवीको अनुहारबाट पसिना आएको थियो भनिन्छ। यसले गर्दा परापूर्वकालदेखि नै भगवतीप्रति जनआस्था र विश्वास बढ्दै आएको छ। यो मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
Hamrokavre.com

10/03/2025

पलाञ्चोक भगवतीले चराचर जगतको रक्षे गरुन!

काठमाडौं उपत्यकाका चारवटा प्रमुख भगवतीहरूमा पलाञ्चोक भगवती, नक्साल भगवती, शोभा भगवती र नाला भगवतीको प्रख्याति अत्यन्त व्...
18/01/2025

काठमाडौं उपत्यकाका चारवटा प्रमुख भगवतीहरूमा पलाञ्चोक भगवती, नक्साल भगवती, शोभा भगवती र नाला भगवतीको प्रख्याति अत्यन्त व्यापक रहेको छ । तान्त्रिक प्रतीमालक्षणको अनुपम कौशल बोकेका उपरोक्त मूर्तिहरू नेपालमण्डलका मूर्तिहरूमा विशेष दर्शनीय छन् । महिषासुर, चण्डमुण्डादि दैत्यहरूको संहार गर्दै गरेको विभिन्न अवस्थामा रहेको महिषमर्दिनीको प्रस्तुत मूर्तिहरू उग्रचण्डीको हो । शाक्त तान्त्रिक उपासनाको मूलस्थल नेपालमण्डलमा प्राप्त यी मूर्तिहरूसँग जोडिएका तन्त्रसाधना र अन्य अमूर्त पक्षहरूको बारेमा अनुशीलन गर्न जरूरी छ ।
Nepālī Sarvāmnāya Ta**ra नेपाली सर्वाम्नाय तन्त्र

फूलपातीको शुभकामना ❤️🙏
10/10/2024

फूलपातीको शुभकामना ❤️🙏

पलाञ्चोक भगवतीले चराचर जगतको रक्षे गरुन!
17/08/2024

पलाञ्चोक भगवतीले चराचर जगतको रक्षे गरुन!

Address

Kavrepalachok
Panchkhal

Website

Alerts

Be the first to know and let us send you an email when Palanchok Bhagwati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share