12/07/2015
नवलपरासी देखि पाल्पा रामपुर सम्म जोडिने कालीगण्डकी तिरको सडक बाटो फराकिलो हुँदै
२०७२ जेठ ३१ गते आइताबार ।
नवलपरासी गैंडाकोट देखि पाल्पा रामपुर सम्म जोड्ने कालीगण्डकी तिरको सडक मोटर बाटो अहिले निर्माण कार्य भै रहेको छ । बिगत केहि बर्ष देखि तिरको मोटर बाटोमा सवारीसाधन आवतजावत गरेपनि सडक साँगुरो भएको कारण सजिलोसँग आवतजावत गर्न कठिनाई भएको छ । वर्षा लागेर पानी परेपछी धेरै पहिरो जाने र भल बगेर सडक भत्किने भएको हुँदा कच्ची सडकमा अझै बढी समस्या भएको हो । ७२ साल सुरुबाट नै कालीगण्डकी सडक निर्माण कार्यमा सडक विभागले नै जिम्मा लिएको जनाइएको छ नवलपरासी गैंडाकोट देखि पहाडी भेगका गाविस डाँडाझेरी, बुलिंगटार, अर्खला, भारतिपुर, मेथुकरम, डेढगाउँ, रकुवा, रुचांग का गाविस लगायत नवलपरासी जिल्ला पार गरी पाल्पाको गाँडाकोट हुँदै रामपुर सम्म कालीगण्डकी तिरको सडक मोटर बाटो जोडिएको छ । कच्ची सडक निर्माण गर्ने अहिलेको योजना गैंडाकोट देखि पाल्पाको गाँडाकोट गाविस सेउली बजार सम्म १० मिटर फराकिलो सडक विभागले गराउने र मर्मतका लागि दश दश किलोमिटर दुरीमा करिब आठ या दश ओटा डोजरले बिभिन्न ठाउँमा सडक खन्दै गरेको जनाइएको छ ।