02/06/2026
https://www.facebook.com/share/1CVWQZRrsx/
रिब्दीकोटमा अध्यक्ष तथा उपाध्यक्ष कप गाउँपालिका स्तरीय भलिबल तथा क्रिकेट प्रतियोगिता सुरु
-“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित रिब्दीकोट गाउँपालिकाको आयोजनामा अध्यक्ष तथा उपाध्यक्ष कप गाउँपालिका स्तरीय भलिबल तथा क्रिकेट प्रतियोगिता–२०८३ सुरु भएको छ। मिति २०८३ जेठ १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रम रिब्दीकोट गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक दिपक थापा पचभैयाको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रतियोगिताको उद्घाटन रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पानसमा दीप प्रज्वलन गरी भव्य समारोहका बीच गरेका हुन्। उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी, कर्मचारी, खेलाडी तथा सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रिब्दीकोट गाउँपालिका वडा नं. ७ स्थित डबका खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिता सभ्य, भव्य र उत्साहजनक वातावरणमा अघि बढिरहेको छ। उद्घाटन समारोहमा वडा नं. ७ का वडा अध्यक्ष दान बहादुर कुँवरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख राजाराम भाटले गरेका थिए।