03/09/2026
भोटेकोशी बाढीपीडितका लागि जनता मा.वि. तानसेनद्वारा प्रधानमन्त्री राहत कोषमा रु. ५४,४२०/- सहयोग
तानसेन, पाल्पा।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि पाल्पाको तानसेनस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थी तथा निजी शिक्षक-कर्मचारीहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरू र निजी शिक्षक-कर्मचारीहरूले आफ्नो दैनिक खाजा खर्चबाट बचत गरी संकलन गरेको रु. ५४,४२०/- (चौवन्न हजार चार सय बीस रुपैयाँ) 'प्रधानमन्त्री राहत तथा उद्धार कोष' मा जम्मा गरिएको छ।