प्राथमिक स्वास्थ केन्द्र ,पाटन,बैतडी

  • Home
  • Nepal
  • Pali
  • प्राथमिक स्वास्थ केन्द्र ,पाटन,बैतडी

प्राथमिक स्वास्थ केन्द्र ,पाटन,बैतडी स्वास्थ्य सेवामा समर्पित हामी ।।पाटन अस्पतालको रुपमा बिकास हुँदै।team of dedicated health professionals for 24 hr health services

30/04/2021

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध - डा. रवीन्द्र पाण्डे
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ |
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |
३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला | आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ |
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला | यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ | तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला | छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ | कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ |
५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला | अक्सिजनले रोग निको गर्दैन | चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ | अक्सिजन उपचार हैन | धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ |
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ | तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला | अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ |
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला | प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन | यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ |
८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला |
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ |
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला |
११. पानीको बाफ लिंदा आराम हुन्छ |
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला |
१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला |
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला | नआत्तिनुहोला |
१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला | सामाजिक संजाल नहेर्नुहोला | अनधिकृत समाचारले तनाव बढाउँछ |
१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला | त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला |

09/03/2021

CORONA VACCINE : कोरोना भाइरसविरुद्धको खोप लगाउन आउने बुवाआमाको मनमा खोपबारे धेरै द्विविधा पाइयो । खोपले काम गर्छ-गर्दैन वा लगाउँदा कुनै असर देखिन्छ कि देखिँदैन भन्नेभन्दा पनि भिन्नै सवालहरु उहाँहरुले उठाउनु भयो । खोप लगाउन आउनु भएका बुवाआमा र परिवारका सदस्यको जिज्ञासा र जवाफ बुँदामा हेर्नोस् है त:

१. Asprin एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न?
- ढुक्क भएर लगाउन मिल्छ
२. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ?
- आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।
३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन?
- लगाउन मिल्छ ।
४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ?
- सकिन्छ ।
५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?
- मिल्छ ।
६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ?
- मिल्छ ।
७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ?
- मिल्छ ।
८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ?
- मिल्छ ।
९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं?
- निर्धक्क खोप लगाउने ।
१०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ?
- लगाउने ।
११. मेरो ममालाई दम छ, लगाउन मिल्छ ?
- मिल्छ ।
१२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?
- कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौं ।
१३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?
- लगाउन जरुरी छ ।
१४. मैले बाथको दबाई खाइरहेको छु के गरौं?
- खोप लगाउने ।
१५. मलाई कोभिड पोजिटिभ भएको २ महिना भयो, खोप लगाउनुपर्छ अब?
- लगाउनुपर्छ ।
१६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?
- खोप लगाउने ।
१७. मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?
- खोप लगाउने ।
१८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ?
- मिल्छ ।
१९. मैले डायलाइस गर्दै छु, के गरौं?
- खोप लगाउने ।
२०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?
- लगाउने ।
२१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु?
- धेरै अवस्थामा लगाउन मिल्ने , तर लगाउनुपूर्व आफुले उपचार गराइ रहेको डाक्टरसँग परामर्श लिनु होला।

29/11/2020

धुर्व विष्ट, बैतडी: बैतडीको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आयुर्वेदिक चिकित्स

23/11/2020

2077/8/15 मा परिवार नियोजन camp महिला/पुरुस स्थायी बन्ध्याकरण सिबिर तथा Implant\IUCD सेवा यस् संस्था बाट प्रदान गरिने हुँदा सेवा लिइ दिन हुन अनुरोध छ ।

https://www.infokhabar.com/30684/
01/06/2020

https://www.infokhabar.com/30684/

बैतडी : बैतडीका कोरोना संक्रमित युवक पाटन नगरपालिकाका रहेको खुलेको छ। पाटन नगरपालिका – ८ का ४२ वर्षीय पुरुषमा कोर....

प्राथमिक स्वास्थ केन्द्र पाटन बैतडीका अति नै मिलनसार र लगनशिल अ हे ब अनिल सर समायोजन भै आफ्नै गृह जिल्लामा जान लाग्नुभये...
04/10/2019

प्राथमिक स्वास्थ केन्द्र पाटन बैतडीका अति नै मिलनसार र लगनशिल अ हे ब अनिल सर समायोजन भै आफ्नै गृह जिल्लामा जान लाग्नुभयेकोमा हार्दिक बधाई तथा आगामी कार्येकालको शुभकामना।

जोरायल गाउपालिका डोटिमा समायोजन भइ जानलाग्नुभयेको अनमी चन्द्रा नेयौपानेलाई हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको कामना।मेहने...
30/09/2019

जोरायल गाउपालिका डोटिमा समायोजन भइ जानलाग्नुभयेको अनमी चन्द्रा नेयौपानेलाई हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको कामना।मेहनेती र इमानदार स्वास्थ्यकर्मिको रुपमा प्रा स्वा के परिवार हजुरलाई सधै सम्झिरहनेछ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीको भौतिक येबम गुणस्तरीय सेवाको निमित्त अहोरात्र खटिनुभयेका हे अ lokendra ayer  केही...
23/09/2019

प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीको भौतिक येबम गुणस्तरीय सेवाको निमित्त अहोरात्र खटिनुभयेका हे अ lokendra ayer केही समयेको भुमेस्वोर बसाई पछि शुक्लाफाटा नगरपालिकामा समायोजन भइ जानलाग्नुभयेकोमा हार्दिक बधाई तथा सफल कार्येकालको शुभकामना।

17/09/2019
11/09/2019
10/09/2019

DENGUE
~~~~~~
डेन्गु वा अन्य ज्वरो मा हुन सक्ने रक्तस्राब न्यूनिकरण गर्न अहिलेको सिजन मा ज्वरो आएमा आईबुप्रोफेन वा अन्य NSAID मिसिएको औषधी नखानुहोस e.g. flexon...., प्यारासिटामोल खानुस! साथै प्रशस्त पानी पिउनुहोस। ज्वरो बढ्दै र टाउको धेरै दुख्दै गएमा स्थानीय चिकीत्सक सँग परामर्श लिनुहोस।

डेन्गुको एक मात्र रोकथाम भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो।

Address

Pali

Website

Alerts

Be the first to know and let us send you an email when प्राथमिक स्वास्थ केन्द्र ,पाटन,बैतडी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share