श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चा ओखलढुङ्गा

  • Home
  • Nepal
  • Okhaldhunga
  • श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चा ओखलढुङ्गा

श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चा ओखलढुङ्गा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चा ओखलढुङ्गा, Government Organization, Okhaldhunga.

विद्यालयको वर्षे विदा सम्वन्धि सुचना।
14/07/2026

विद्यालयको वर्षे विदा सम्वन्धि सुचना।

श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चाले मिति २०८३-०२-२७ गते  प्रकाशीत गरेको सूचना बमोजिम सविक उ.मा.वि भौतिक वि...
09/07/2026

श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चाले मिति २०८३-०२-२७ गते प्रकाशीत गरेको सूचना बमोजिम सविक उ.मा.वि भौतिक विज्ञान विज्ञापन नं. ०३-२०८२/०८३ र सहायक प्रशिक्षक विज्ञापन नं. ०४-२०८२/०८३ अनुसार दरखास्त दिई छनौट हुनु भएका निम्नानुसारका उम्मेदवारहरको परीक्षा निम्न सूचनाको मिति, समय र स्थानमा हुने भएको ब्यहोरा सबै सरोकारवालाहरुमा जानकारीका लागि अनुरोध गरिन्छ ।

श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ मा शै.सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा तल दिइएको सूचनाको समय र मिति अनुसार हु...
29/06/2026

श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ मा शै.सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षा तल दिइएको सूचनाको समय र मिति अनुसार हुने ब्यहोरा सरोकारवाला सबैमा जानकारीको लागि अनुरोध छ ।

यस विद्यालयमा शैक्षिक सत्र २०८२ को कक्षा ११ मा अध्ययनरत दुबै समुह (प्राविधिक र साधारण) समुहका विद्यार्थीहरुको २०८३ साल ज...
12/06/2026

यस विद्यालयमा शैक्षिक सत्र २०८२ को कक्षा ११ मा अध्ययनरत दुबै समुह (प्राविधिक र साधारण) समुहका विद्यार्थीहरुको २०८३ साल जेठ १८ गते देखि जेठ २६ गते सम्म सञ्चालित परीक्षाको नतिजा निम्न अनुसार प्रकाशन गरिएको ब्यहोरा सरोकारवाला सबैमा जानकारी गराइन्छ ।

यस श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चामा २ जाना करार शिक्षकको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली ...
11/06/2026

यस श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चामा २ जाना करार शिक्षकको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले समयमै सम्पर्क गर्नुहोला । थप जानकारीको लागि तलको सूचना र दिइएको सम्पर्क नं. वाट जानकारी प्राप्त गर्न सकिने छ।

श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चामा शैक्षीक सत्र २०८३ को लागि कक्षा ११ मा साधारण समुहको विभिन्न विषयहरु र ...
20/05/2026

श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चामा शैक्षीक सत्र २०८३ को लागि कक्षा ११ मा साधारण समुहको विभिन्न विषयहरु र प्राविधिक धार (सिभिल इन्जिनियरिङ) मा नयाँ भर्ना खुलेको छ । अनुभवी शिक्षक, कम्प्युटर ल्याव, इन्जिनियरिङ ल्याव, पुस्तकालय , सि.सि.क्यामेराको निगरानीमा अध्ययन अध्ययापन गराइने , इन्जिनियरिङ तर्फ प्रयोगात्मकको राम्रो ब्यावस्था भएको यस विद्यालयमा समयमा नै भर्ना भई सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ ।

श्री शिवदूती मा.वि. ले शै.सत्र २०८२  कक्षा ११ मा अध्ययनरत दुवै समुह (प्राविधिक र साधारण) को परीक्षा यसै सुचनाको मिति र स...
20/05/2026

श्री शिवदूती मा.वि. ले शै.सत्र २०८२ कक्षा ११ मा अध्ययनरत दुवै समुह (प्राविधिक र साधारण) को परीक्षा यसै सुचनाको मिति र समय तालिका अनुसार हुने ब्यहोरा सम्वन्धित सवै सरोकारवालाहरुमा जानकारी गराइन्छ। यो सुचना सकेसम्म कक्षा ११ मा अध्ययनरत सवै विद्यार्थी समक्ष जानकारी पुगोस ।

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचनाकाठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक...
13/05/2026

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

तालिका :
१) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
: २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि

२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म

३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
: २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म

४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
: माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।

पुनश्च : विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ।

शैक्षिक सत्र २०८२ सालको वार्षिक परीक्षा मिति २०८२-१२-०८ देखि कक्षा १-५ र कक्षा ९ को मिति २०८२-१२-१० देखि कक्षा वालविकास ...
24/03/2026

शैक्षिक सत्र २०८२ सालको वार्षिक परीक्षा मिति २०८२-१२-०८ देखि कक्षा १-५ र कक्षा ९ को मिति २०८२-१२-१० देखि कक्षा वालविकास देखि कक्षा १२ सम्मको (कक्षा १० बाहेक) को परीक्षा बिहान ११ः०० वजे देखि दिउसो २ः०० वजे सम्म संचालन भईरहेको छ । यस परीक्षाको अनुगमन मोलुङ गा.पा. अध्यक्ष श्री उत्तम राई, मोलुङ गा.पा. वडा नं. ५ का सचिव श्री मित्र प्रसाद पोखरेल , वि.ब्या.स. अध्यक्ष श्री मित्र बहादुर सुनुवार लगायतले परीक्षाको अनुगमन गर्नु भएको थियो।
.......... परीक्षा सम्वन्धि केहि तस्विरहरु ..............

हाम्रो विद्यालय श्री शिवदूती मा.वि.काे शै. स. २०८२ काे SEE  परीक्षामा साधारण तथा प्राविधिक समुहबाट सहभागी हुनुहुनेसम्पूर...
15/03/2026

हाम्रो विद्यालय श्री शिवदूती मा.वि.काे शै. स. २०८२ काे SEE परीक्षामा साधारण तथा प्राविधिक समुहबाट सहभागी हुनुहुने
सम्पूर्ण बिद्यार्थी भाइ बैनीहरुलाइ उच्चतम ग्रेड हासिल गरि सफल हुन उज्वल भविष्य तथा थप प्रगति प्राप्तिको लागि राम्रोसँग पढेर आगामी परीक्षामा राम्रो सफलता हासिल गर्नु होला भन्ने हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
प्र.अ. राम कुमार ढकाल तथा
श्री शिवदूती मा.वि. परिवार

Address

Okhaldhunga
PRAPCHA

Alerts

Be the first to know and let us send you an email when श्री शिवदूती माध्यमिक विद्यालय मोलुङ ५ प्राप्चा ओखलढुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share