30/09/2025
समस्त प्राणीकाे उद्वार , राष्ट्रकाे कल्यान र
विश्वमा शान्तिहाेस साथै बडा दशैंकाे नाममा
निरीह पशुपन्छीहरुकाे बली हत्य बाट मृत्यु
भएका प्रणीहरुकाेआत्माकाे चिरशान्ति काे कामना
प्रत्येकसाल दशैंकाे सन्दर्भमा २०३६ साल
देखि संघकाे गुम्बाहरुमा ३ दिने ञ्युङने उपबास व्रत:
सन्चालन गर्दै आएकाे सर्व बिदितैछ। सोहि बमोजिम यस अहिंसावादी टाशीफुन्छाेगलिङ बौद्ध गुम्बामा निम्न अनुसारको ञ्युङने कार्यक्रम सञ्चालन भै रहेको व्यहोरा सबैमा जानकारी गराइन्छ ।
कार्यक्रम:-
१,मिति:२०८२/०६/१३फुलपातीमा सम्पूर्ण जम्माभै छाेग्मार्मे पाठ पूजा गर्ने ।
२,मिति:२०८२/०६/१४मा साेगज्याेङ उपबास व्रत:।
३,मिति:२०८२/०६/१५मा ङागचे माैन व्रतः ।
४,मिति:२०८२/०६/१६मा वाङ अभिषेक ञ्युङने व्रत:समापन। यताे व्रत: तताे जय: ओं मनिपद्मेहूं ह्री:
जय बुध्द, धर्म,संघ, जय विश्वशान्ति जय:जय:जय:
साथै समापनको दिन मिति २०८२/०६/१६ गते ञ्युङने समापन तथा वाङअभिषेक कार्यक्रम दिउँसो १ बजे देखि २ बजे हुने व्यहोरा सबैमा जानकारी गराउदै उपस्तिथिको लागि अनुरोध छ ।