30/05/2026
विदुर नगरपालिका–२ स्थित भैरवी भजन मण्डली देवीस्थानको आयोजनामा प्रसिद्ध भैरवी मन्दिर परिसर सितलपाटीमा सञ्चालन गरिएको पुरुषोत्तम महात्म्य (पूजापाठ)विदुर नगरपालिकाको नगरप्रमुख श्री राजन श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । यसको साथै भैरवीदेवी मन्दिरको दर्शनार्थ आउने भक्तजनको लागी सहजतालाई मध्येनजर गर्दै जल तथा पिउने पानी उपलब्ध गराउने उद्देष्यका साथ अक्षय कोष स्थापना गर्न आर्थिक तथा भौतिक सहयोग पुर्याउनुहुने महानुभावहरुलाई नगरप्रमुख ज्यू मार्फत सम्मान समेत गरिएको छ ।
मितिः २०८३ जेठ १६ गते ।