राप्ती बघौडा स्वयंसेवक संजाल बाँके

  • Home
  • Nepal
  • Nepalganj
  • राप्ती बघौडा स्वयंसेवक संजाल बाँके

राप्ती बघौडा स्वयंसेवक संजाल बाँके public post

राप्ती बगौडा बाँकेमा आइपर्ने आपदबिपद तथा अन्य समस्या हरु को व्यवस्थामा स्वयम् सेवकिय रूपमा काम गर्ने बाँके को समग्र विषय वस्तु हरुमा खबर आदान प्रदान गर्ने थलो l १.अध्यक्ष श्री तिलक चौधरी २.उपाध्यक्ष श्री प्रेमकला गोसाई सललाहजार समिति ३.सचिव श्री उषा कु. बि. क. १.अध्यक्ष श्री दिपक ब. शाही

४.उप सचिव श्री डम्मर खड्का २.कानुनी स.श्री पदम शाही ५.कोषाध्यक्ष श्री प्रकाश शाही। ३.वरिष्ठ स.श्री भरत शाही
६.उप कोषाध्यक्ष श्री ममता शाही ४. सदस्यश्री धनिराम चौधरी ७.सदस्य श्री दिलीप चन्द ५.सदस्य श्री गिरिजा खड्का ८.सदस्य श्री जगदिश गोडीया ६.सदस्य श्री बिर सिंह टमटा ९.सदस्य श्री नरहरि नाथ योगी ७.सदस्य श्री अफसर अलि मु १०.सदस्य श्री प्रेम सार्की ८.सदस्य श्री दशरथ चन्द ११.सदस्य श्री आरिफ अलि नाउ ९.सदस्य श्री राम धन यादव १२.सदस्य श्री अनिल दीक्षित १३.सदस्य श्री आनन्द गिरी
१४.सदस्य श्री सूर्य विक्रम थारु
१५.सदस्य श्री संगीता हमाल

29/08/2022

तुरुन्तै हेर्नुहोस Nepal ...

आज आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती र गुरुपुर्णिमाको हार्दिक मंगलमय शुभकामना ।।
13/07/2022

आज आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती र गुरुपुर्णिमाको हार्दिक मंगलमय शुभकामना ।।

25/06/2022

रवि लामिछानेमा मैले ईमान्दारिताको खडेरी महशुस गरें है...। जस्तो : ६२-६३ पछिको जुन कथित परिवर्तन भनिएको छ त्यो परिवर्तनको बारे प्रसस्त तथ्य बाहिरिएको छ , यो परिवर्तनको पृष्ठभूमि तयार गर्ने भारतिय सहायक पात्रहरुले नै प्रसस्त तथ्य ओकलेका छन , मुख्य पात्रले खुलस्त पार्ने कुरा भएन त्यसैले धेरै नेपालिहरुमा प्रसस्त भ्रान्ती रहनु स्वभाविक हो।
संघियता , धर्म निरपेक्षता र गणतन्त्र बारे तत्कालीन आन्दोलनकारी दल भित्रकै दिग्गज नेताहरुले वैदेशिक हस्तक्षेप बाट घुसाइएको भन्दैछन । यो संविधान घोषणा गर्दा लक्ष्मण घिमिरे नेपाली काँग्रेसका प्रमुख सचेतक थिए तर उनले नै संविधानमा धर्म निरपेक्षता कसरी घुस्यो आफुले पत्तो नै नपाएको बताउँदै आएका छन । गणतन्त्र घोषणा ताकाका सभामुख रहेका कुल बहादुर गुरुङ्गले पनि धर्म निरपेक्षता भन्ने चिज कहाँ बाट कतिखेर घुस्यो आफुले चाल नपाएको बताईरहेका छन । यहाँ सम्म कि त्यो बेला शिखर राजनितिक व्यक्तित्व रहेका गिरिजाले नै धर्म निरपेक्षता बारे अनभिज्ञता प्रकट गरेका छन । ओलिको निकट रहेका नेताहरु नै बेलाबेला अदृश्य दवावमा धर्म निरपेक्षता र संघियता स्विकार्न परेको बताउँदै आएका छन ।
६२ को आन्दोलनको सहभागी म पनि हो , त्यो आन्दोलनमा सहभागी हरेकलाई सोधपुछ गर्दा थाहा हुन्छ उक्त आन्दोलनमा धर्म निरपेक्षता र संघियता बारे कसैलाई अनुमान पनि थिएन , माग हुने त कुरै भएन । यहाँ सम्म कि तत्कालीन राजा ज्ञानेन्द्रले संसदवादी दलहरुले राखेको सम्झौताको प्रस्तावलाई बाराम्बार लत्याएर धर्म र आफ्नो नाम नाम नै परिवर्तन गरेर देश छोडेर श्रीलंका गएका तुलसी गिरिलाई मन्त्रीपरिषदको मुखिया र कमल थापा जस्तो बदनाम पात्रहरुलाई जिम्मेवार मन्त्री बनाएकोमा राजा प्रती आक्रोश थियो तर गणतन्त्रकै माग चाहिँ थिएन । तर यी सब एजेन्डा संविधानमा वैदेशिक शक्तिको ईसारामा जस्केला बाट घुसाइएको तथ्य धेरैको बुझाईमा आईसकेको छ , रवि जत्तिको स्थापित संचारकर्मिलाई यो सब तथ्य बारे सूचना छैन र अनाडी छन भन्ठान्नु मूर्खता हो । मेरो धारणा त के छ भने यी सब कथित परिवर्तनको वास्तविक पृष्ठभूमी थाहा नहुनेहरुले यी परिवर्तन लाई नेपालिहरुको आफ्नै बलबुताबाट प्राप्त महान उपलब्धिको भ्रान्ती पाल्नु त्यति गलत होईन , अपराध पनि होइन ; एउटा अन्धाले हात्तिको पेट छामेर पहाड भन्छ भने त्यो उसको गल्ती हुँदैन तर यो सब बुझेर पनि , यी तथ्यलाई ढाकछोप गर्दै आत्मसात गर्नु चाहिँ फट्याइँ र दलाली हो ; यस भित्र गम्भीर स्वार्थ लुकेको कुरा बुझ्न कठिनाई हुँदैन ।
रवि लामिछानेले समृद्धिको कुरा गरेका छन, र संघियता प्रती आस्था पनि देखाएका छन , के यती सानो देशमा यत्रा प्रदेश बनाएर र विकास बजेट जति संघियता धान्न खर्च गरेर र त्यसले पनि नपुगेर वैदेशिक ऋण र सहयोगको भरथेगमा संघियता धानेर समृद्धी हासिल हुन्छ ? विदेशिले बोकाएको भारिले विदेशिको भलो गर्छ कि देशको भलो गर्छ ?
रवि लामिछाने अमेरिका बसेर आएका हुन , त्यसैले उनले अगाडि सारेका केही बुँदाहरु अमेरिकाको कानुन व्यवस्था बाट सापटी लिएका छन । उनले धर्म निरपेक्षताको वकालत पनि गरेका छन, रवि अमेरिका बसेर यो चाल पाए कि पाएनन कि अमेरिकामा ईसाइ बाहेक अरु राष्ट्रपती हुन पाउँदैनन , बाईबिल माथी हात राखेर सपथ खान जरुरी छ । अमेरिकामा जति कर उठछ त्यसको एउटा हिस्सा चर्चमा जान्छ । नेपालमा धर्म निरपेक्षता धार्मिक स्वतन्त्रताको लागि होईन कि धर्म परिवर्तन स्वतन्त्रता र ईसाइकरणको लक्ष राखेर घुसाइएको सहज अनुमान गर्न सकिन्छ । जस्तो : ओलि प्रधानमन्त्री हुँदा उनि एकपटक पशुपती गए तब त नारायण वाग्ले, ठगेन्द्र संग्रौला लगाएतका प्रायोजित बुद्धिजिविहरुको जमातले भोलिपल्टै सभा गरेर ढोल पिटन थाले : धर्म निरपेक्ष देशको प्रधानमन्त्री मन्दिर जाने ? यिनको नियतले खोजेको धर्म निरपेक्ष के रहेछ भने हिन्दु परिवारको कोहि प्रधानमन्त्री , मन्त्री मन्दिर गएमा त्यसलाई धर्म निरपेक्षताको मर्म विपरितको काम मानियोस र मन्दिर जान हतोत्साहित गरियोस । अमेरिकाको राष्ट्रपती चर्च जान्छन कि जाँदैनन ?भारत पनि धर्म निरपेक्ष देश हो , मोदि नियमित मन्दिर जान्छन , बंगलादेश पनि धर्म निरपेक्ष देश हो त्यहाँको प्रधानमन्त्री शेख हसिनाले मुश्लिम परम्परा मान्छन कि मान्दैनन ? ईरानका राष्ट्रपती मस्जिद जान्छन कि जाँदैनन ? यिनको नियत र सोंच कतिसम्म जहरिलो र खतरनक छ त हँ ! नेपालमा यी बाहुनका छाउराहरु यति सम्म जहरिलो र खतरनाक कसरी भए हँ ! मलाई ताज्जुव लाग्छ ! यिनले खोजेको के हो ? धर्म निरपेक्षता बारे यिनको नियत र उद्देश्य भनेको यहाँको रैथाने धर्म समाप्त गरेर ईसाइकरण गर्न सहजीकरण गर्न थोपरिएको एजेन्डा हो भन्ने कुरा बुझ्न गार्हो छैन र यस हेतु हजारौं Ingo हरु मार्फत पत्रकार, बुद्धिजिवी , लेखक , अधिकारवादिको भेषमा हजारौं दलालहरुको संजाल बिछाइएको छ । रविलाई यत्ती कुरा थाहा छ कि छैन होला ???? मजाले छ ... तर ????
अर्को कुरा पंचायत र राजसंस्थाले नेपालि जनताको भलो नगरेको , प्रजातान्त्रिक अधिकार खोसेको भएर नेपालिको भलोको लागि र अधिकार दिलाउनको लागि विदेशी शक्तिले पंचायत र राजसंस्था फाल्न विभिन्न आन्दोलनमा सहयोग गरेको भ्रान्ती धेरैलाई थियो मलाई पनि थियो , तर खासमा चुरो कुरो पंचायत र राजसंस्था तिनको स्वार्थमा बाधा भएकोले आन्दोलनलाई सहयोग गरेका रहेछन । यसको अर्थ यो होईन कि दरबार बाट जनताको अधिकारमा अंकुश लागेको थिएन , तर यहि कारणले तिनले आन्दोलनलाई सघाएको चाहिँ होइन । पंचायतकालमै खुल्लमखुल्ला ईसाइकरण गर्न दरबारलाई दर्जनौंपटक दबाब आएको रहेछ , दरबारले पनि शक्तिकेन्द्रलाई धेरै नचिढाउने र विदेशी सँग सन्तुलन मिलाउने नाममा प्रशस्त छुट दिएका रहेछन , यहाँ सम्म कि पशुपतिनाथ गुठिको जग्गामा चर्च बनाउन दिइएछ जुन अहिले कालोपुल नजिक छ । तर तिनलाई नांगो छुट चाहियो , जसको परिणाम हो अहिलेको संघियता , धर्म निरपेक्षता र गणतन्त्र ।
एउटा कुरा : भ्रष्टाचारको बिरोध त ठगेन्द्र , संग्रौला , नारायण वाग्ले , सिके राउत , सिकेलाल ले पनि त गर्छन ! भ्रष्टाचारको बिरोध कसले गर्दैन ??? आज सम्म कसैले भ्रष्टाचार खुल्लमखुल्ला हुनुपर्छ भनेर माग गरेको उदाहरण छ ? भ्रष्ट्राचार हुनुपर्छ भन्ने कुनै दल छ ? भने पछि रवि लामिछाने कुन अर्थमा भिन्न छन ?
नेपालको परिवेशमा निकै तितो सत्य , नेपालको आन्तरिक स्थिती गहिराईमा बुझ्ने सबैलाई थाहा भएको तर सार्वजनिक नभएको एउटा तथ्य राख्छु जुन कि पत्यार गर्न मुश्किल हुन्छ तर अकाट्य तथ्य हो । चुरो कुरो के छ भने नेपालको प्रधानमन्त्री , सभामुख , अख्तियार प्रमुख , प्रधान न्यायाधिस , प्रहरी प्रमुख लगायतका संवैधानिक पदहरु अमेरिका , युरोपेली युनियन , चीन , भारत लगाएतका शक्तिराष्ट्रले भागबन्डा गरेर लिन्छन , तिनले सोझै नियुक्त गर्दैनन ; हल्लुडहरुको जमातमा राजनेता , जननेता , क्रान्तिनायक भई टोपलिएका यहाँका खेतलाहरु मार्फत नियुक्त गर्छन । जब ती शक्ति राष्ट्रहरु बिच लेनदेनको स्वार्थमा गडबडी हुन्छ तब यहाँ पनि गडबडी हुन्छ , यहाँ खेतलाहरु ईसारा अनुसार ङ्यारङ्यार र ङ्गुरङुर गर्दै भिडछन , यहि तालसुरमा झोलेहरु विभाजित भएर लडछन तर खास लडाई अर्कैको हुन्छ ।
धेरैलाई ख्याल छैन , भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि नेपाल मामिला बारे चुईक्क बोल्दैनन र नेपाल सम्बन्ध बारे नेपालको नेतृत्व सँग कुनै सरोकार राख्दैनन । उनले नेपाल बारे कुनै कुरा राख्न पर्यो भने अमेरिका र चीन समक्ष सम्पर्क गरेर राख्छन किनकी मोदिले यहाँ राजनेता भई टोपलिएका तोर्पेहरुको खास हैसियत चाल पाएका छन ।
यी तथ्यहरु रवि लामिछानेलाई थाहा छ कि छैन होला अनुमान गर्नोस , र ढुक्क हुनोस उनलाई पुरै जानकारी छ तर बोल्दैनन । मेरो कुनै व्यक्तिगत स्वार्थ छैन र इमान्दारितापूर्वक उल्लेख गर्दिएँ तर रवि जि ले सक्दैनन ।
रविले भ्रष्टाचार नियन्त्रण र बेथितिको अन्त्य गर्ने उदघोष गरेका छन र धेरैले भरोसा पनि गरेका छन तर यहाँको खेतला प्रयोग गरेर विदेशिको कोटामा नियुक्त हुने अख्तियार प्रमुख , प्रधान न्यायाधीश , न्यायाधिस , प्रहरी प्रमुखको भरथेगमा भ्रष्टाचार र बेथितिको अन्त्य होला ? विदेशिको कृपा बाट नियुक्त पात्र देश र जनता प्रती इमान्दार हुन्छन?
अब रविले विदेशिहरुले आफ्नो स्वार्थ साँध्न भिराइदिएको भारी लाई अपनत्व गर्दै , त्यसलाई देशले प्राप्त गरेको उपलब्धिको रुपमा व्याख्या गरेर आत्मसात गर्दै देशको कायापलत गर्ने कुरा गर्दैछन ।
रोगको निदान गर्न रोगको मुल जरो ठम्याउन अति जरुरी हुन्छ नत्र गलत उपचार भएर थप हानी हुन्छ , रविले समृद्धी र बेथिती अन्यको कुरा त राखेका छन तर निकै सतहमा राखेका छन जसको कि मूल जरो सँग कुनै सम्बन्ध छैन ।
कस्तुरिले आफैं बाट प्रवाहित भएको बास्ना खोज्दै हिंडछ , उसलाई उक्त बासना आफै भित्र रहेको भेउ हुँदैन , सर्प को विष झार्न त्यही विषको प्रयोग हुन्छ , Cord blood को बारे प्राय नेपालिहरु जानकार र जागरुक छैनन तर विकसित देशहरुमा निकै प्रचलन हुन थालेछ र प्रसस्त Cord blood Bank हरु छन । बच्चा जन्मे लगत्तै बच्चाको नाभि काट्दा नाभिमा रगत हुन्छ , त्यो रगत Cord blood Bank मा सुरक्षित राखिन्छ , त्यो बच्चा बढेर वयस्क वा वृद्ध भए पछि शरिरमा रक्त वा अन्य प्रकारको गम्भीर स्वास्थ्य समस्या आएमा यहि cord blood को Stem Cell मार्फत उपचार गरिन्छ । निश्चय नै यो देशमा गम्भीर समस्याहरु छन यो समस्याको सामाधानको शूत्र यहिं छ , यहाँको समस्या आफ्नै खालको छ , अमेरिकाको नीति नक्कल गरेर सामाधान हुँदैन । आज सम्म यहि मूर्खता दोहोरिरह्यो , समस्या यहाँ छ , यहाँको आफ्नै खाले छ तर खैरेहरुको नक्कल गरेर सामाधान खोजिन्छ । आफ्नो भूमी , सभ्यता , संस्कृती र सामाजिक मनोविज्ञानको विशेषता नबुझी मार्क्सवाद वा अन्य विदेशी वादको सिद्धान्त छादेर समस्याको हल खोजिन्छ । ६ दशक यताका शाषकहरुले यहि मूर्खता दोहोर्याइरहे र रविले यसैको निरन्तरता दिंदैछन जानेर हो वा नजानेर हो उनी आफैं जानुन ।
लिच्छविकालमा हामी एशियामै समृद्ध थियौं , भारत वर्षको आर्थिक र सामरिक हिसावले निकै शक्तिशाली राष्ट्र हो यो । मल्लकालमा पनि हामी समृद्ध थियौं , तिब्बतको मुद्रा हामिले बनाउँथ्यौं । जंङ्ग बहादुरको समय सम्म आईपुग्दा सम्म पनि हामिले बेलायत र चीन लाई चुनौती दिएकै हौं .. आज यो हालत कसरी भयो ??? लिच्छविकाल र मल्ल कालमा हामी समृद्ध हुनुको खास कारणहरु गहिराईमा केलाउँदै जाँदा सामाधानको शूत्रहरु भेटिन्छ , अमेरिका - युरोप तिर खोज्ने मूर्खता गर्न पर्दैन । ताज्जुबलाग्दो र उदेकलाग्दो कुरा के छ भने जुन कारण र आधारले हामी लिच्छविकाल र मल्लकालमा समृद्ध भएका थियौं ती आधारहरुलाई हामी क्रमश एक एक गरि भत्काउँदैछौं , अर्को अचम्म : यसलाई अग्रगमनको रुपमा व्याख्या गरिन्छ ।
लिच्छविकाल र मल्लकाल सम्म हामी समृद्ध हुनुको कारणहरु पहिल्याउँदै जाँदा लामो विवरण हुन्छ , केबल एउटा पक्ष उल्लेख गरौं । त्यो बेला सम्म हाम्रो सभ्यता र समाज केही नैतिक आदर्श बाट निर्देशीत थियो हाम्रो शरिरको प्रत्यक कणमा यी नैतिक मूल्य र मान्यता प्रवाहित थियो , ती मध्यको एक हो : राजस्व , शिवस्व र व्रम्हस्व चोरेर खानु अपराध हो । अब यसलाई गहिरिएर बिचारौं । आज जनताले तिरेको कर र ६० लाख युवाले पठाएको रेमिटेन्स चप्काउन लाखौं हुँडारहरुको हानथाप छ , राजनितिमा देखिने अस्वस्थ प्रतिस्पर्धालाई ठगहरुले सिद्धान्त र आदर्शको लेपन लगाए पनि खासमा यहि कर र रेमिटेन्स माथिको लुछाचुँडी हो । मन्दिर र सम्पदाहरुको जमिन लुटपुट्याउन , भगवानको नाममा चढाईएको सम्पत्ती हात पार्न लुछाचुँडी हुन्छ । उपत्यकामा मात्र विभिन्न सम्पदाहरुको ४० हजार रोपनी भन्दा बढी जग्गा गायब छ । सम्पदाको जमिन चप्काएर न्यूयोर्कमा घर बनाएर ठाँटका साथ बस्ने ठगहरु सयौं रहेछन । मार्क्स र लेनिनको सिद्धान्त र आदर्श मिल्काएर , विदेशी वाद र दर्शन लात हानेर यत्ती एउटा नैतिक मूल्य आत्मसात गरेर हेरौं त के परिणाम आउँछ ! जनताले तिरेको कर र युवाले पठाएको रेमिटेन्समा गिद्धले झैं हानालुछ गर्यो , सम्पदा र मन्दिरको जग्गा माफियालाई पोसेर पैसा कुम्लायो अनि पैसा जति हुन्डी मार्फत विदेश थुपार्यो , अनि मार्क्स , लेनिन , साम्यवाद , जनवाद , समाजवाद , क्रान्ती , अग्रगमनको गफ छादेर दुनियाँलाई बेबकुफ बनाएर ठग्दै डुल्यो । मल्लकाल सम्म हाम्रो सभ्यता , संस्कृति र समाजमा स्थापित नैतिक मूल्य र मान्यता के के थिए सबै केलाएर ती सबलाई पालना गरौं त ! तर यिनलाई यी सब नैतिक मूल्य र मान्यता रुढिवाद र अन्धविश्वास लाग्छ , अग्रगामी क्रान्तिकारी हुन नि त भुस्याहाहरु !
विद्यमान राजनितिक दलहरुको भ्रष्ट्र गतिविधि र लूटको धन्धाले चरम निराश भएका लाखौं नागरिकहरु रवि लामिछाने बाट आश गरेको देखियो। मलाई लाग्छ : बर्तमानका काँग्रेस , एमाले , माओवादी , राप्रपा , मधेसवादी सबै अयोग्य साबित भएका छन जसको विकल्प खोज्नु जरुरी छ तर खोलामा माछा नपाएको झोंक र आतुरिमा भ्यागुतो खाने मुर्खता पनि गर्न हुँदैन । यो देशको समृद्धिको आधार यो देश भित्रै खोजिनुपर्छ र छ , वाह्य सिद्धान्त र मोडेल नक्कल गरेर यहाँको समस्या सामाधान गर्न दुस्साहस गर्नु मूर्खता हुन्छ , किनकी तिनको र हाम्रो समस्या , समाज , सामाजिक व्यवस्था , भूगोल र मनोविज्ञान विलकुल फरक छ । रविले पुरानै दलहरुको शैलि र मोडलमा सामाधानको उपाए सुझाएका छन जसमा कुनै नविनता छैन । रविले यो देशको विशेषता , नैतीक मूल्यको आधार र सभ्यताको विरासत बुझ्ने कोसिस गरेको देखिएन जसले दिने भनेको पुरानै परिणाम हो ।

असल समाज सेवि नेत्री, राप्ति बघौडा स्वयंसेवक सञ्जाल की उपाध्यक्ष प्रेमकला गोसाई  जि को आज पर्न गएको जन्म दिन को हार्दिक ...
22/06/2022

असल समाज सेवि नेत्री, राप्ति बघौडा स्वयंसेवक सञ्जाल की उपाध्यक्ष प्रेमकला गोसाई जि को आज पर्न गएको जन्म दिन को हार्दिक मंगलमय अनगिन्ती शुभकामना ।।

हजूर ले चालेका हरेक कदम हरु ले सफलता पाउन सधैं प्रगति उन्नति गर्दै जानु । आफ्नो जीवन लाई हरेश अनि हार कहिल्यै नमान्नु होला सधैं उच्चाबिचार का साथ अघि बढ्नु होला ।

जीवन जिउने क्रममा बाधा अड्चनरु हरु आउन सक्छन् त्यसलाई एउटा शिक्षा स्वरूप ग्रहण गर्नु होला मान्छे ले त्यही बाधा अड्चन बाट नै हो जीवन जिउने सिक पाइने । त्यही बाधा अड्चन पछि नै हो सफलता पाउने त्यसैले जीवन मा कहिल्यै हरेश नखानु होला ।
सम्पूर्ण राप्ती बघौडा स्वयंसेवक सञ्जाल परिवार को तर्फ बाट जन्म दिन को धेरै - धेरै शुभकामना ।। HAPPY BIRTHDAY 🎉🎉🎂🎂🎂🎂 TO YOU

बाँके मा यो वर्ष ठूलो मनसून हुनसक्ने सम्भावना जिल्ला विपद् व्यवस्थापन समिति बाँके ले जानकारी गराएको छ ।जिल्ला विपद् व्यव...
11/06/2022

बाँके मा यो वर्ष ठूलो मनसून हुनसक्ने सम्भावना जिल्ला विपद् व्यवस्थापन समिति बाँके ले जानकारी गराएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँके ले यो वर्षको विपद् बाट १० हजार घर परिवार को ५० हजार मानिस हरु प्रभावित हुनसक्ने पूर्वानुमान गरेको छ ।

सचेत रहौं सजग रहौं ।
राप्ती बघौडा स्वयंसेवक सञ्जाल बाँके ।

01/06/2022

म भन्दा माथि मेरो देश , म भन्दा प्यारो मेरो देश , 🇳🇵🇳🇵जुन देश मा नेता धूर्त कार्यकर्ता मूर्ख र मतदाता विवेकहीन हुन्छन् त्यहाँ दलाल हरु ले राज गर्छ, बुद्धिजिवि ले गुलामी गर्छ र जनता ले सधैं दुख पाइरहन्छन् ।
स्वर्गीय राजा वीरेन्द्र ~
आज जेठ १९ गत्ते ऐतिहासिक कालो रात दरबार हत्या काण्ड त्यो दुखत अनि कहाली लाग्दो रात । आज २१ वर्ष भएछ दरबार हत्याकाण्ड भयको । दिवंगत आत्मा हरु प्रति हार्दिक स्रद्धान्जली 🙏🙏🙏🙏🙏 श्रदा सुमन राज दरबार परिवार

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when राप्ती बघौडा स्वयंसेवक संजाल बाँके posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राप्ती बघौडा स्वयंसेवक संजाल बाँके:

Share