वडा प्रहरी कार्यालय नारायणगढ चितवन

  • Home
  • वडा प्रहरी कार्यालय नारायणगढ चितवन

वडा प्रहरी कार्यालय नारायणगढ चितवन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वडा प्रहरी कार्यालय नारायणगढ चितवन, Government Organization, .

09/01/2024

१३ किलो लागुऔषध गाँजा सहित १ जना नियन्त्रणमा ।
*********************************************
वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलिले प्राप्त सूचनाको आधारमा मिति २०८०।०९।२२ गते १५:२० बजेको समयमा जिल्ला चितवन माडी न.पा. वडा नं. २ घर भई जिल्ला चितवन भ.म.न.पा. वडा नं. ३ स्थितमा डेरा कोठा गरि बस्ने बर्ष ४३ कि दुर्गा अधिकारीले आफू बस्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा १३ किलो फेला परेको हुँदा निजलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

09/01/2024

“चितवनको मिलनचोक स्थित कल्भर्टमा दुई वटा बोरामा महिला र पुरूषको शव फेला परेको सम्बन्धमा”

मिति २०८०/०८/०६ गते (22 Nov.2023) अं. १२:५० बजेको समयमा जिल्ला चितवन, भरतपुर म.न.पा.- १२ मिलन चोक स्थित सडक कल्भर्ट मुनी शङ्कास्पद रूपमा रहेको २ वटा जुटको बोरामा अन्दाजी २४/२५ बर्ष उमेरको जस्तो देखिने पुरूष व्यक्ति र अन्दाजी ३०/३१ बर्ष उमेरको जस्तो देखिने महिलाको शव, मुखमा टेप लगाएको, घाँटीमा सल जस्तो रातो कपडाले कसेको, दुवै शवको दुवै हात र खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमा समेत बाँधी डल्लो बनाई बोरा भित्र राखेको अवस्थामा फेला परेको लाशको अनुसन्धानको सिलसिलामा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय चितवन समेतको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, सूचना संकलन समेतको विश्लेषण गरी सफलतापूर्वक अनुसन्धान गरी निम्न तथ्य स्थापित गर्न सफल भएको ।

निम्न:

- मिति २०८०/०८/०६ गते (22 Nov.2023) अन्दाजी १२:५० बजेको समयमा जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. १२ मिलन चोक स्थित सडक कल्भर्टमा दुई वटा बोरामा महिला र पुरूषको शव फेला परेको सम्बन्धमा मृतकहरुको सनाखत गरिएको ।

- मृतकहरु नेपालमा तरकारी, फलफुल व्यापारको लागि पटक पटक आउने जाने गरेको र निजहरु अन्तिम पटक २०८० सालको दशैं पश्चात नेपाल आई चितवनको मिलनचोक स्थित मृत्तक पुरुषको काका नाता पर्नेको कोठा नजिकै कोठा लिई बस्दै आई रहेको ।

- मृत्तक पुरुष (ऋषभ कुमार कुशवाहा) र मृतक महिला (अस्मिता भन्ने सन्जु देवी) को बीचमा रहेको सम्बन्धका कारण अस्मिता भन्ने सन्जु देवीको श्रीमान अखिलेश भगतले शंका गरी सो विषयलाई लिएर मृतकहरुसँग झै- झगडा गर्ने गरेको ।

- अनुसन्धानको क्रममा मिति २०८०/०८/०२ गते ऋषभ कुमार कुशवाहा र अस्मिता भन्ने सन्जु देवीलाई अखिलेश भगतले निजहरु बस्ने गरेको भाडाको कोठामानै कर्तव्य गरी दुवै लाशलाई २ वटा जुटको बोरामा बन्द (प्याक) गरी मिति २०८०/०८/३ गते ००:४५ बजेको समयमा र ०१:१२ बजेको समयमा अखिलेश भगतले उक्त लाशहरुलाई २ पटक गरी साईकलमा राखि लाश फेला परेको कलभर्ट तर्फ लगेको CCTV Footage मा देखिएको ।

सनाखत भएको मृतकहरुको विवरण:

१. नाम थर: ऋषभ कुमार कुशवाहा
उमेर: १९ बर्ष
ठेगाना: भारत, मोतिहारी फुलबारीया, सुगौली
बुवाको नाम: मुकेश कुमार कुशवाहा

२. नाम थर: अस्मिता भन्ने सन्जु देवी
उमेर: ३० बर्ष
ठेगाना: भारत, बिहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारण
श्रीमान: अखिलेश भगत

हत्या संलग्न फरार व्यक्ति :
१. नाम थर: अखिलेश भगत
उमेर: ३३ बर्ष
ठेगाना: भारत, बिहार सुगांव डीह, सुगौली, पूर्वी चम्पारण
बाबु: बाबुलाल भगत

घटना लगत्तै मिति २०८०/०८/१६ गते निज अखिलेश भगत कोहि कसैलाई जानकारी नगराई भारत तर्फ भागि गएकोले भारतिय प्रहरीसँग समन्वय गरि खोजतलास गर्दा निजउपर भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धि FIR दर्ता भई मिति २०८०/०९/१६ गते निज अखिलेश भगतलाई भारतीय प्रहरीले पक्राउ गरि अनुसन्धानका लागी हाल भारतको केन्द्रीय कारागृहमा मोतिहारीमा राखीएको र भारतीय प्रहरीको समन्वयमा निजलाई अनुसन्धान तथा सोधपुछ गर्दा निजले नेपालको चितवनमा भतिजा नाता पर्ने ऋषभ कुमार कुशवाहा र आफ्नो श्रीमती अस्मिता भन्ने सन्जु देवीलाई हत्या गरी आएको भन्ने स्वीकार गरेको भन्ने बुझिएको ।

05/01/2024
05/01/2024
03/12/2023
29/11/2023
22/11/2023

तपाईले देख्नु, सुन्नु र थाहा पाउनुभएको घटना नेपाल प्रहरीलाई जानकारी गराउनुहोस् ।

Address


Alerts

Be the first to know and let us send you an email when वडा प्रहरी कार्यालय नारायणगढ चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to वडा प्रहरी कार्यालय नारायणगढ चितवन:

  • Want your organization to be the top-listed Government Service?

Share