Narayanghat

Narayanghat rokkin place

Kelme chitwan showroom Bigbazar narayangarh 056596157
25/05/2023

Kelme chitwan showroom
Bigbazar narayangarh
056596157

❤️❤️ # #9855064032

Hurry
20/09/2019

Hurry

SALE ! SALE !! SALE !!!

जाडो लागेको नै हो त
22/11/2018

जाडो लागेको नै हो त

smart stylist bigbazar shop no 41,429855064032
08/08/2017

smart stylist
bigbazar shop no 41,42
9855064032

Visit for chitwan
18/03/2016

Visit for chitwan

New talika
16/03/2015

New talika

just for you
17/10/2014

just for you

14/04/2014

Happy new year 2071

ब्राजिलमा हुने विश्वकपको उपाधि कुन् देशले जित्ला ?, अनुमान लगाउनुस् ।ब्राजिलमा हुने विश्वकपको ड्र सार्वजनिक इङ्ल्याण्ड र...
07/12/2013

ब्राजिलमा हुने विश्वकपको उपाधि कुन् देशले जित्ला ?, अनुमान लगाउनुस् ।

ब्राजिलमा हुने विश्वकपको ड्र सार्वजनिक इङ्ल्याण्ड र जर्मनी कठिन समूहमा

२२ मंसिर, काठमाडौं । सन् २०१४ मा ब्राजिलमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको समूह चरणको खेल तालिका गयराति सार्वजनिक भएको छ । ब्राजिलमा भएको एक भव्य कार्यक्रमकाबीच विश्वकपको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको समूह चरणको खेल तालिकाअनुसार युरोपका सशक्त ४ वटा देशहरुले समूह चरणमै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

world cupदक्षिण अफ्रिकामा भएको सन् २०१० को विश्वकपको उपाधि भिडन्तमा पराजित नेदरल्याण्डले समूह चरणमै विश्व विजेता स्पेनसँग भिड्नुपर्ने भएको छ । समूह ‘बी’ मा रहेका स्पेन र नेदरल्याण्डसँगै चिली र अष्ट्रेलिया रहेका छन् ।

यो विश्वकमाा समूह ‘जी’ लाई गु्रप अफ डेथ मानिएको छ । यो गु्रपमा जर्मनी र पोर्चुगलको भेट समूह चरणमै हुने भउको छ । यो ग्रुपमा जर्मनी र पोर्चुगलसँगै अमेरिका र अफ्रिकन ड्राक हर्स घाना पनि रहेको छ ।

पछिल्लो समय कम्जोर पर्दशन गरिरहेको इङ्ल्याण्डले पनि समूह चरणमै कडा प्रतिद्वन्द्वी पाएको छ । समूह ‘डी’ माा रहेको इङ्ल्याण्डले इटली, सन् ०१० को विश्वकपको सेमिफाइनलिस्ट उरुग्वे र कोष्टारिकासँग भिड्नुपर्ने भएको छ ।

यो विश्वकपको दाबेदारका रुपमा हेरिएको आयोजक ब्राजिलले समूह चरणमा केही सहज प्रतिद्वन्द्वी पाएको छ । समूह ‘ए’ मा रहेको उसले क्रोएसिया, मेक्सिको र क्यामरुनसँग प्रतिस्पर्धा गर्नुपर्ने तालिका सार्वजनिक भएको छ ।

एसियाको महाराथि जापान समूहमा ‘सी’ मा रहेको छ । उसले कोलम्बिया, ग्रिस र आईभोरीकोष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । समूही ‘ई’ मा रहँदै सन् २००२ को विश्वविजेता फ्रान्सले स्वीटजरल्याण्ड, इक्वेडर र होन्डुरससँग भिड्ने भएको छ ।

विश्वकप छनौट चरणका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै यो विश्वकपको अर्को दावेदारका रुपमा हेरिएको दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिनले पनि समूह ‘एफ’ मा रहँदै सहज प्रतिस्पर्धी भेटाएको छ । अर्जेन्टिनाले समूह चरणमा बोस्निया हर्जगोभिना, एसियाली मुलुक इरान र नाइजेरियासँग प्रतिस्पर्धा गर्ने भएको हो ।

केही वर्षयता उत्कृष्ट खेलाडीहरुले प्रभाव जमाइरहेको युरोपेली मुलुक बेल्जियम समूह ‘एच’ मा रहेको छ । बेल्जियमसँग एसियाको अर्को सशक्त देश दक्षिण कोरियाले समूह चरणमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । समूह ‘एच’ मा बेल्जियम र दक्षिण कोरियासँगै रसिया र अल्जेरिया रहेका छन् ।

ब्राजिलका १२ सहरमा अर्को वर्ष जुन १२ देखि हुने विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राजिल र क्रोएसियाबीच साओ पाउलोमा हुनेछ ।

05/12/2013

ल्यापटप र मोवाइल हराएमा यसरी खोजौं
********************************
– मोबाइल र ल्यापटप अहिलेको व्यस्त अनि आधुनिक जीवनको अपरिहार्य नै बनेको छ । मोबाइल र ल्यापटपविना हिजोआज धेरै काम गर्न कठिन हुन्छ ।

यदि त्यही अत्यावश्यकीय कुरा हरायो वा चोरी भयो भने पैसा मात्रै होइन त्यसभित्र राखिएका थुप्रै सूचना, सम्पर्क नम्बर तथा आफ्ना प्रोजेक्टहरु पनि गुमाउनुपर्ने हुन्छ । तर चिन्ता नलिनुस्, यी एप्लिकेसन तथा सफ्टवेयर तपाइँले आफ्नो मोबाइल तथा ल्यापटपमा राख्नुभयो भने तपाइँले सजिलै हराएका मोबाइल तथा ल्यापटप फिर्ता पाउन सक्नुहुन्छ ।

विन्डोज ल्यापटप प्रयोगकर्ताले लोकेट माई ल्यापटप नामक सफ्टवेयर locatemylaptop.com बाट निशुल्क डाउनलोड गर्न सक्छन् । यसले गुगल म्यापको माध्यमबाट ल्यापटपलाई लोकेट गरिदिन्छ र तपाइँको हराएको ल्यापटप कहाँ प्रयोग भैरहेको छ भन्ने जानकारी दिन्छ । यस्तै www.lalarm.com बाट एलआर्लाम पनि फ्रिमा पाउनसक्नुहुन्छ । यदि तपाइँको ल्यापटप लक भयो वा ल्यापटपबाट कुनै पावर कार्ड वा युएसबी फ्ल्यास ड्राइभ हटाइयो भने आलार्म बज्ने गर्दछ ।

यस्तै एप्पलको म्याक ल्यापटकमा लागि एप्पलको आफ्नै फाइन्ड माई म्याक नामक एन्टी थेफ्ट सल्युसन रहेको छ । युजरले आई क्लाउड एकाउन्टबाट यसमा साइनइन गरेपछि यो आफै सक्रिय हुन्छ । यसबाट ल्यापटपलाई ट्रयाक गर्न, डाटा डिलिट गर्न वा आलार्म बज्ने किसिमको पनि बनाउन सकिन्छ ।

एन्ड्रोइड फोनका लागि यसको आफ्नै ट्याकिङ फिचर रहेको छ, जसलाई www.google.com/android/devicemanager बाट पाउन सकिन्छ । यसले युजरको गुगल आईडीसँग सम्बन्धित कुनै पनि एन्ड्रोइड डिभाइसलाई ट्याक गर्न सक्छ । यस्तै म्यापमा लोकेसन हेर्न, त्यसलाई लक गर्न, डाटा डिलिट गर्न साथै फोन गर्न पनि सकिन्छ ।

एप्पलले आइओएस डिभाइसका लागि आफ्नै एन्टी थेफ्ट ऐप फाइन्ड माई आईफोन सुविधा दिएको छ । यसको सेटअफ निकै सजिलो छ र सिंगल एप्पल एकाउन्टबाट सबै डिभाइसलाई व्यवस्थापन गर्न सकिन्छ । आईक्लाउड एकाउन्डमा लग इन गरेपछि कुनै पनि ब्राउजरबाट डिभाइसलाई लोकेट गर्न सकिन्छ । यसपछि फोनमा म्यासेज पठाउन, लक गर्न साथै डाटा डिलिट गर्न पनि सकिन्छ । आइओएस प्रयोगकर्ताले आफ्नो फोन पुन पाउनका लागि सिक्युरिटी वा आईलास्टफाइन्डर पनि प्रयोग गर्न सक्छन् ।

ब्लाकबेरीले पनि एन्टिथेफ्ट सल्युसनका लागि ब्लाकबेरी प्रोटेक्ट सुविधा उपलब्ध गराएको छ । यसलाई ब्लाकबेरी एकाउन्टबाट ब्लाकबेरी डिभाइसमा सेट गर्न सकिन्छ । यो एक्टिभ भएपछि सम्पर्क नम्बरहरु, क्यालेन्डर एन्ट्री तथा बुकमार्कहरुको अटो ब्याकअप बनाइदिन्छ । प्रोटेक्ट बेभसाइटमा लगइन गरेपछि डिभाइसको लोकेसन ट्रयाक गर्न सकिन्छ भने म्यासेज पठाउन, लक गर्न र डाटा डिलिट गर्न पनि सकिन्छ ।

विन्डोज फोनको एन्टी थेफ्ट फिचर फाइन्ड माई फोन हो । प्रयोगकर्ताले विन्डोज स्मार्टफोनमा प्रयोग गर्ने आइडीबाट नै windowsphone.com मा साइन इन गर्न सक्छन् । त्यसपछि ब्राउजरमा रहेको म्यापमा फोनको लोकेसन देख्न सकिन्छ । यस ब्राजउरबाट फोनमा ठूलो आवजमा रिङ बजाउन र आवश्यक डाटा डिलिट गर्न पनि सकिन्छ ।

01/11/2013

शुभ दीपावली

12/10/2013

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार २६ गते शनिबार महाअष्टमी र कालरात्रि पूजा तथा २७ गते आइतबार महानवमीको पूजाको साइत छ। आश्विन २८ गते सोमबार विजयादशमीका दिन बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन गर्ने साइत छ भने बिहान ९ बजेर ५७ मिनेट जाँदा टीकाको उत्तम साइत जुरेको छ। विजयादशमीको दिन बिहान देवी अपराजिताको पूजा गरी नवदुर्गा विसर्जन गरेर गुरु, पिता, माता तथा मान्यजनहरूबाट टीका ग्रहण गर्नु उत्तम हुन्छ। यद्यपि यसपटक उक्त दिन टीका लगाउन साइत नै पर्खनु नपर्ने पनि समितिले जनाएको छ।

नवदुर्गा भवानीको पूजा विसर्जन गर्दा पढ्नुपर्ने मन्त्र

ॐ जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।।

जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवी कालरात्रि नमोऽस्तुते।।

नवरात्रिभरि स्थापना गरिएको कलशको जलले अभिषेक गरी पढ्नु पर्ने वैदिक मन्त्र-

ॐ श्रीर्वर्चस्वमायुष्मारोग्यमा भिधात्पवमानं महियते ।

धनं धान्यं पशंु बहुपुत्र लाभं सतम् संवत्सरं दीर्घमायुः ।।

ॐ मन्त्रार्थाः सफला सन्तु पूर्णा सन्तु मनोरथाः ।

शत्रुणां बुद्धि नाशोऽस्तु मित्राणामुदयस्तव ।।

अव्याधिना शरीरेण मनासाच निराधिना ।

पूरयन्नर्थिनामाशस्त्वं जीव शरदां शतम् ।।

मान्यजनले टीका लगाई दिँदा पढ्नुपर्ने मन्त्र

आयुर्दरोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।

ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्ती सुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसिदतु ।

तुष्यन्तु मां सदा देवाः संपद सन्तु सुस्थिराः।।

Address

Bigbazar Shop No.41.42
Narayangarh

Website

Alerts

Be the first to know and let us send you an email when Narayanghat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share