School Liaison Program DPO Chitawan

School Liaison Program DPO Chitawan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from School Liaison Program DPO Chitawan, Police station, Bharatpur, 10, Narayangarh.

बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न:-सामुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७७ मंसिर १७ गते १३;०० बजे ईलाका प्रहर...
03/12/2020

बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न:-
सामुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७७ मंसिर १७ गते १३;०० बजे ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको आयोजनामा जिल्ला चितवन र.न.पा. ८ स्थित श्री माध्यामिक विद्यालय चित्रसारीका प्रधानाध्यापक सूर्य प्रसाद लामिछानेको अध्यक्षतामा २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म लैङ्गिक हिंसा न्यूनिकरणका लागी ब्यक्ति, समाज र सबैको ऐक्यवद्दता भन्ने राष्ट्रिय नाराका साथ श्री माध्यामिक विद्यालय चित्रसारीका कक्षा ९ र १० मा अध्ययनरत जम्मा ५६ जना विद्यार्थीहरुलाई सामाजिक दुरी कायम गरी सुरक्षा सजगतालाई ध्यानमा राखी लैङ्गिक हिंसा, न्यूनिकरणका उपायहरु, कानूनी प्रावधान तथा साईबर सुरक्षा सम्बन्धमा कार्यालय प्रमुख प्रहरी निरीक्षक रोशन खड्काले प्रशिक्षण दिनु भई उक्त सचेतनामूलक कार्यक्रम ऐ.ऐ. १४;१५ बजे समापन भएको ।

लागुऔषध विरुद्धको सचेतनामुलक प्रशिक्षण संचालनः- समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६।११।१६ गते १२:०० बजे ईला...
29/02/2020

लागुऔषध विरुद्धको सचेतनामुलक प्रशिक्षण संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६।११।१६ गते १२:०० बजे ईलाका प्रहरी कार्यालय माडी चितवनको आयोजना एवं श्री दिवाकर स्मृती मा.वि. माडी चितवनको समन्वयमा लागुऔषध विरुद्धको सचेतनामुलक प्रशिक्षण संचालन भएको, जिल्ला चितवन माडी नगरपालिका वडा नं. ५ स्थित श्री दिवाकर स्मृती मा.वि. रमाईलोडाँडाको सभाहलमा सोही विद्यालय कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरु तथा शिक्षक प्रतिनिधि समेत अन्दाजी १२० जनाको सहभागितामा ईलाका प्रहरी कार्यालय माडीका कार्यालय प्रमुख प्रहरी निरीक्षक हर्क बहादुर बिश्वकर्माले लागुऔषध दुर्व्यसन, यसका असरहरु र नानूनी व्यवस्था सम्बन्धमा प्रशिक्षण दिनु भई उक्त सचेतनामुलक प्रशिक्षण कार्यक्रम ऐ.ऐ. १३:३० बजे समापन भएको ।

सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण संचालनः-समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भविश्यका कर्णाधार विद्यार्थीहरुलाई सडक सु...
27/02/2020

सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भविश्यका कर्णाधार विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धमा जानकारी गराई हुन सक्ने सम्भावित सवारी दुर्घटना तथा जन धनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्य अनुरुप मिति २०७६।११।१४ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बाग्मती प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयूक्त आयोजनामा जिल्ला चितवन भरतपुर महानगरतपालिका वडा नं. १० स्थित भरतपुर मा.वि.को सभाहलमा सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण संचालन भएको, दिनको १४:०० बजे देखी सञ्चालित उक्त कार्यक्रममा सोही विद्यालयका विद्यार्थीहरु तथा शिक्षक प्रतिनिधी समेत गरी जम्मा १२७ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण दिनु भई सो कार्यक्रम ऐ. ऐ. १६:०० बजे समापन भएको ।

सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण संचालनः-समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भविश्यका कर्णाधार विद्यार्थीहरुलाई सडक सु...
27/02/2020

सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भविश्यका कर्णाधार विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धमा जानकारी गराई हुन सक्ने सम्भावित सवारी दुर्घटना तथा जन धनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्य अनुरुप मिति २०७६ फाल्गुण १४ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बाग्मती प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयूक्त आयोजनामा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ०५ स्थित प्रेमबस्ती मा.वि.को सभाहलमा विद्यार्थीहरुका लागी सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण संचालन भएको, विहानको ११:०० बजे देखी सञ्चालित उक्त कार्यक्रममा सहभागी सोही विद्यालयका विद्यार्थीहरु तथा शिक्षक प्रतिनिधी समेत गरी जम्मा १६२ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण दिनु भई उक्त प्रशिक्षण कार्यक्रम ऐ.ऐ. १३:०० बजे समापन भएको ।

सडक सुरक्षा प्रशिक्षण कार्यक्रम संचालनः-समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भविश्यका कर्णाधार विद्यार्थीहरुलाई सडक सु...
26/02/2020

सडक सुरक्षा प्रशिक्षण कार्यक्रम संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भविश्यका कर्णाधार विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धमा जानकारी गराई हुनसक्ने सम्भावित सवारी दुर्घटना तथा जन धनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्य अनुरुप मिति २०७६ फाल्गुण १३ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजना एवं नारायणी बिद्या मन्दिरको समन्वयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १४ को सभाहलमा विद्यार्थीहरुका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रम संचालन भएको, बिहानको ११:०० बजे देखी सञ्चालित उक्त कार्यक्रममा उपस्थित विद्यार्थीहरु तथा शिक्षक प्रतिनिधि समेत गरी जम्मा १५६ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले सडक सुरक्षा सम्बन्धमा प्रशिक्षण दिनु भई उक्त प्रशिक्षण कार्यक्रम ऐ.ऐ. १३:०० बजे समापन भएको ।

सडक सचेतना कार्यक्रम संचालनः-समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत बिभिन्न सामाजिक संघ संस्थाहरु सँग समन्वय गरी सवारी च...
21/02/2020

सडक सचेतना कार्यक्रम संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत बिभिन्न सामाजिक संघ संस्थाहरु सँग समन्वय गरी सवारी चालक तथा आम सर्वसाधारणहरुमा सडक सभ्यता अभिवृद्धी गराई हुनसक्ने सम्भावित सवारी दुर्घटना तथा क्षतीलाई न्यूनिकरण गर्ने उद्देश्य अनुरुप मिति २०७६।११।०८ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, लायन्स क्लव अफ बालकुमारी कलेज, लियो क्लव अफ बालकुमारी कलेज र लायन्स क्लव अफ चितवन न्यू भ्वाईसको संयूक्त आयोजनामा भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोकमा सडक सचेतना कार्यक्रम संचालन भएको, दिनको १३:०० बजे देखी सञ्चालित उक्त कार्यक्रममा उल्लेखित संघ संस्थाका ४५ जना स्वयं सेवकहरुद्धारा सडक सभ्यता अभिबृद्धी सम्बन्धी सचेतनामुलक प्ले कार्ड प्रदर्शन गर्नुका साथै पैदलयात्रीहरुलाई सामुहिक रुपमा जेब्राक्रसवाट बाटो काट्न र सवारी चालकलाई जेब्राक्रसमा पैदलयात्रीले बाटो काट्दै गरेको अवस्थामा स्टप लाईनमा सवारी रोक्ने अभ्यास गराई चालक तथा यात्रुहरुलाई १२०० थान ट्राफिक सन्देशमुलक ब्रोसर समेत बितरण गरी सो सडक सचेतना कार्यक्रम ऐ.ऐ. १५:०० बजे कार्यक्रम समापन भएको ।

विद्यालय सम्पर्क कार्यक्रम संचालनः-समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६ फाल्गुण ०४ गते दिनको १४;०० बजे ईलाका...
17/02/2020

विद्यालय सम्पर्क कार्यक्रम संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६ फाल्गुण ०४ गते दिनको १४;०० बजे ईलाका प्रहरी कार्यालय दिव्यनगर चितवनको आयोजनामा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २८ जितपुर स्थित अलमाईट एकेडेमीको सभाहलमा विद्यालय सम्पर्क कार्यक्रम संचालन भएको, अलमाईट एकेडेमी, साझापुरम मा.वि. साझापुर तथा सरस्वती मा.वि. जितपुरका विद्यार्थीहरु तथा शिक्षक प्रतिनिधीहरु समेत गरी १०० जनाको सहभागितामा संचालित सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय दिव्यनगरका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सुनिल कुमार थापाले लागुऔषध दुर्व्यसन, लैङ्गिक/घरेलु हिंसा सम्बन्धमा सचेतनामुलक प्रशिक्षण दिनु भई उक्त कार्यक्रम ऐ.ऐ. १५;३० बजे समापन भएको ।

एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रम संचालनः- समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन...
17/02/2020

एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रम संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धमा जानकारी गराई हुन सक्ने सम्भावित सवारी दुर्घटना तथा क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्य अनुरुप मिति २०७६।११।०४ गते जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थित नारायणी नमुना माध्यामिक विद्यालयको सभाहलमा एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको, दिनको १३:०० बजे देखी सञ्चालित उक्त कार्यक्रममा नारायणी नमुना मा.वि. कक्षा ११ र १२ मा अध्ययनरत १९५ जना विद्यार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट र प्रहरी नायव निरीक्षक कृष्ण बहादुरज्यू ठकुरीले "सडक सुरक्षा" सम्बन्धमा प्रशिक्षण दिनु भई सो सचेतनामुलक प्रशिक्षण कार्यक्रम ऐ.ऐ. १५:०० बजे समापन भएको ।

प्रहरी संग एक दिन कार्यक्रम संचालनः- समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६ फाल्गुण ०४ गते आईतबार बिहान ११;०० ...
17/02/2020

प्रहरी संग एक दिन कार्यक्रम संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६ फाल्गुण ०४ गते आईतबार बिहान ११;०० बजे ईलाका प्रहरी कार्यालय माडी चितवनको आयोजना एवं श्री बिरेन्द्र राष्ट्रिय आधारभुत विद्यालयको समन्वयमा प्रहरी संग एक दिन कार्यक्रम संचालन भएको, जिल्ला चितवन माडी नगरपालिका वडा नं. ०६ स्थित श्री बिरेन्द्र राष्ट्रिय आधारभुत विद्यालय कक्षा ४ र ५ मा अध्ययनरत ३५ जना विद्यार्थीहरु तथा शिक्षक प्रतिनिधी समेतको सहभागितामा संचालित सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय माडी चितवनको बिभिन्न शाखाहरुको बारेमा जानकारी प्रदान गरी कार्यालयको स्थलगत अवलोकन गराउनुको साथै कार्यालयको नागरीक सहायता कक्षमा ईलाका प्रहरी कार्यालय माडी चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक हर्क बहादुर बिश्वकर्माले घरेलु/लैङ्गिक हिंसा, लागु औषध दुर्व्यसन तथा जातिय छुवाछुत सम्बन्धमा सचेतनामुलक प्रशिक्षण दिनु भई उक्त प्रशिक्षण कार्यक्रम ऐ.ऐ. १२;३० बजे समापन भएको ।

एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रम संचालनः-समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भविश्यका कर्णाधार विद्यार्थीहरुलाई ...
15/02/2020

एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रम संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत भविश्यका कर्णाधार विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धमा जानकारी गराई हुनसक्ने सम्भावित दुर्घटना तथा क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले मिति २०७६।११।०२ गते जिल्ला चितवन कालिका नगरपालिका वडा नं. ४ स्थित पदमपुर शिक्षा निकेतनमा एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रम संचालन भएको, पदमपुर शिक्षा निकेतन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयूक्त आयोजनमा पदमपुर शिक्षा निकेतनका प्राचार्य श्री नविन थापाज्यूको अध्यक्षता तथा जि.ट्रा.प्र.का. चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टको प्रमुख आतिथ्यतामा १३:०० बजे देखी सञ्चालित उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरु समेत अ. १५६ जनाको सहभागितामा प्रहरी निरीक्षक दयाकृष्ण भट्ट र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर ज्यूठकुरीले सहभागिहरुलाई सुरक्षित सडक प्रयोग बिधि सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रमको अन्तमा विद्यालयका प्राचार्य श्री नविन थापाले ट्राफिक नियम मानिस को लागि आधारभुत आवस्यकता जस्तै भईसकेकोले प्रशिक्षणमा सिकेका कुराहरु पुर्ण रुपमा पालना गर्नको लागि विद्यार्थीहरुलाई अनुरोध गर्नु भई उक्त कार्यक्रम ऐ.ऐ. १६:०० बजे समापन भएको ।

लागु औषध दुर्व्यसन विरुद्धको सचेतनामूलक प्रशिक्षण:-समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६ माघ २८ गते दिनको १४:...
12/02/2020

लागु औषध दुर्व्यसन विरुद्धको सचेतनामूलक प्रशिक्षण:-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६ माघ २८ गते दिनको १४:०० बजे ईलाका प्रहरी कार्यालय माडी चितवनको आयोजना एवं श्री जनकल्याण मा.वि. कल्यणपुरको समन्वयमा विद्यालय सम्पर्क कार्यक्रम संचालन भएको, जिल्ला चितवन माडी नगरपालिका वडा नं. ०६ स्थित श्री जनकल्याण मा.वि. कल्यणपुर कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु ९० जना तथा शिक्षक प्रतिनिधी समेतलाई सोही विद्यालयको सभाहलमा ईलाका प्रहरी कार्यालय माडीका कार्यालय प्रमुख प्रहरी निरीक्षक हर्क बहादुर बिश्वकर्माले लागु औषध दुर्व्यसन, यसका असरहरु तथा कानूनी प्रावधान सम्बन्धमा सचेतना प्रशिक्षण दिनु भई उक्त सचेतनामूलक प्रशिक्षण कार्यक्रम ऐ.ऐ. १५:३० बजेको समयमा समापन भएको ।

प्रहरी संग एक दिन कार्यक्रम संचालनः-समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६ माघ २३ गते दिनको १३;३० बजे वडा प्रह...
08/02/2020

प्रहरी संग एक दिन कार्यक्रम संचालनः-
समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत मिति २०७६ माघ २३ गते दिनको १३;३० बजे वडा प्रहरी कार्यालय नारायणगढ चितवनको आयोजना एवं सामुदायिक सेवा केन्द्र नारायणगढको समन्वयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ०१ देवघाट स्थित श्री सिताराम संस्कृत मा.वि. कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई अस्थाई प्रहरी पोष्ट देवघाटमा ल्याई प्रहरी संग एक दिन कार्यक्रममा सहभागी गराईएको, उक्त कार्यक्रममा श्री सिताराम संस्कृत मा.वि. कक्षा ९ मा अध्यनरत ३० जना विद्यार्थीहरु, शिक्षक प्रतिनिधी, से.के.नारायगढका प्रतिनिधी लगाएत ३५ जनाको सहभागितामा व.प्र.का. नारायणगढका कार्यालय प्रमुख प्रहरी निरीक्षक रविन वावु रेग्मीले प्रहरी सेवा प्रवाह, प्रहरीको काम कर्तव्य, साईबर सुरक्षा र न्यूनिकरणका उपायहरु लगाएतका समसामायिक बिषयमा सचेतनामुलक प्रशिक्षण दिनु भई सो कार्यक्रम ऐ.ऐ. १५;०० बजे समापन भएको ।

Address

Bharatpur, 10
Narayangarh

Telephone

9855090422

Website

Alerts

Be the first to know and let us send you an email when School Liaison Program DPO Chitawan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category