17/10/2024
संवेदनहीनताका बीच अमिलिएको मनले मनाईएको दशैं समाप्त भयो !
_______________________________________________
दशैंको संघारमा आएको बर्षा र बाढीले मुलुकको आधा जनसंख्या प्रभाबित भनिएको छ। बाँकी जनसंख्याले नमज्जा मानीमानी संघारमा आईपुगेको चाड मनाए, आजबाट सकियो। तर पछिल्ला बर्षहरुमा राज्य-संयन्त्रले देखाएको अकर्मण्यता र संवेदनहीनताका निम्न ४ घटनाहरु हज्जारौं बर्ष पछीसम्म पनि नेपालीहरुले धिक्कारीरहने छन्, ति अकर्मण्य संवेदनहीनहरुका सन्ततीले नै लज्जित बनीरहनु पर्ने छ:
प्रकरण१:
प्रकोपहरु घटित हुन्छन्, जनधनको क्षेति हुन्छ तर राजधानीको माझमा ४ घण्टा सम्म एक परिबार अचानकको बाढीले घेरिएर आबासको छानामा उक्लेर हार-गुहार गरिरहँदा र अन्तत: बाढीले बगाउँदै गर्दाको हृदयविदारक दृष्य प्रत्यक्ष प्रशारित भईरहँदा राज्यसंयन्त्रको बेवास्ता, एक साहसी युवा चाणिक तामाङद्वारा भेलबाट २को उद्धार, १ जना बगेर बेपत्ता,
प्रकरण२:
मोफसलबाट मिटरब्याजी पिडितहरुको राजधानी सम्मको १०-११ दिने पैदल गुहार-मार्च, राज्यसंयन्त्रबाट कानून बनाउने फोस्रो आश्वाशन पछी निराश भई फिर्ता, तरकारी बेच्नेलाई २०% बढी नाफा खाएको भनेर कार्बाही तर दशैंको छेकोमा ३००% बढी भाडा लिने हवाई व्यापारीलाई? यो २०% माथिको नाफाको कानून बलियालाई नलाग्ने??
प्रकरण३:
दक्षिणी संधियारको अतिक्रमणमा घर-जमिन गुमाएपछी राज्य भेट्नका लागि पैदलै राजदानी आईपुगेका सुस्ताबासीले राज्य भेट्न नपाएपछी रुँदै घर फिर्ता,
प्रकरण४:
कोरोनाकालमा स्वदेश फर्किएकाहरुलाई सिमामा प्रबेश रोकेपछी भोक-भोक्कै सिमानामै अकाल ज्यान फालेका र राजधानी देखि पैदलै घर फर्किन कैलाली पुगीसकेकाहरुलाई समतेर पुन: थानकोट ल्याई छाड्दाको राज्य-संवेदनहीनताको पराकाष्टा ! सत्ता वर्गीय हुन्छ तर यतिसम्म? अब यस्तो कहिल्यै नहोस् !