01/03/2026
मलाई नागरिकता सोभियत खड्का टोलि प्रमुखले दिनु भएको हो ।
मेरो नागरिकतामा उहाँकै हस्ताक्षर छ । म उहाँप्रति ऋणी छु, आभारी छु ।
उहाँले त्यो हस्ताक्षर नगर्नु भएको भए
मेरो नाममा सिम हुन्थेन,
बैंकमा खाता हुन्थेन,
मेरो विवाह दर्ता हुन्थेन,
छोराछोरीको जन्म दर्ता हुन्थेन ।
राज्यका ढोकामा म अदृश्य नै रहन्थेँ ।
त्यो एउटा हस्ताक्षरले
मलाई “मान्छे” बनायो ।
यो पढेपछि तपाईंको मनमा के आयो??
नागरिकता दिनु कुनै व्यक्तिको निजी दान होइन, त्यो राज्यको संवैधानिक कर्तव्य हो। नेपालको संविधानले दिएको अधिकार हो। कुनै कर्मचारी वा पदाधिकारीले आफ्नो काम गरे—त्यो “गुन” होइन, जिम्मेवारी हो।
यदि हामी त्यही कर्तव्य पूरा गर्ने व्यक्तिलाई “भगवान्” भन्न थाल्यौं भने, त्यसले नागरिक र राज्यको सम्बन्धलाई उल्टो बनाउँछ—
जहाँ अधिकार माग्ने नागरिक कमजोर हुन्छ,
र कर्तव्य पूरा गर्ने अधिकारी देवता जस्तै देखिन्छ।
यो स्टाटस पढ्दा मलाई लाग्यो—
भावनामा सच्चाई छ, तर सोचमा थोरै “व्यक्तिपूजा”को छायाँ छ।
हामीले व्यक्ति होइन, प्रणाली बलियो बनाउने सोच राख्नुपर्छ।
हो ठ्याक्कै यहि कुरा आयो हैन तपाईंको मनमा ?
अब यस्लाई बिकास निर्माण संग तुलना गरौ त ।
आखिर जिम्मेवारीमा पुगेपछि जस्ले गरे पनि गर्नुपर्ने यस्तै हैन र ?? अनि दल र नेताले जस लिने कि जिम्मेवारी पूरा गर्ने ? बाकि केही छ भन्नू ??
तेसैले सहि भोट्को प्रयोग गरौ असल नेता छानौ । cp