Rashtriya Prajatantra Party - RPP

Rashtriya Prajatantra Party - RPP राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

देश बनाउन र बचाउन : राप्रपा नै रोजौं ! ‘हलो’ चिन्हमा मतदान गरौं ! जय राष्ट्रवाद !
13/02/2026

देश बनाउन र बचाउन : राप्रपा नै रोजौं !
‘हलो’ चिन्हमा मतदान गरौं !

जय राष्ट्रवाद !

आज मंसिर २३ गते काठमाडौंमा ! जय राष्ट्रवाद !
09/12/2025

आज मंसिर २३ गते काठमाडौंमा !

जय राष्ट्रवाद !

०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने ! ‼️राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ०८४ अघि नै ...
01/12/2024

०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने ! ‼️

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताउनु भएको छ ।

आइतवार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनु भएको हो ।

लिङ्देनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताउनु भयो। उहाँले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै अब मुलुकको नेतृत्व लिने समय आएको बताउनु भयो।

उहाँले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दावी गर्नुभयो।

उहाँले नेपाली कांग्रेस—नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरु खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताउनु भयो।

स्याङ्जाको गल्याङ नगरपालिका मालुङ्गा स्थित पौराणिक महत्त्व बोकेको उत्तरबाहिनी कालीगण्डकी क्षेत्रमा आयोजित मातापिता पूजन ...
14/11/2024

स्याङ्जाको गल्याङ नगरपालिका मालुङ्गा स्थित पौराणिक महत्त्व बोकेको उत्तरबाहिनी कालीगण्डकी क्षेत्रमा आयोजित मातापिता पूजन एवम् दामोदार महोत्सवमा राप्रपा अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ लगाएतको टोली सहभागी हुन जाने क्रममा स्याङ्जाको फेदीखोलाको अलगअलग तीन स्थान, पुतली बजार, वालिङ र गल्याङ लगायतका स्थानहरुमा भएका भेटघाट तथा कोण सभाहरूमा उत्साहजनक जनसहभागिता र सैयौं सङ्ख्यामा भएको पार्टी प्रवेशले हामी अत्यन्तै उत्साहित भएका छौं !

स्याङ्जाली जनता, आयोजक एवम् पार्टीका साथीहरुलाई हार्दिक धन्यवाद !

नवप्रवेशीहरूलाई हार्दिक स्वागत एवम् शुभकामना !

जय राष्ट्रवाद !

जनतालाई परिवर्तनको सपना देखाइयो, तर देश पछिल्लो दुइ दशकमा गरिखान त टाढाको कुरा बस्नलायक समेत बनेन र लाखौं युवा सामान्य र...
13/11/2024

जनतालाई परिवर्तनको सपना देखाइयो, तर देश पछिल्लो दुइ दशकमा गरिखान त टाढाको कुरा बस्नलायक समेत बनेन र लाखौं युवा सामान्य रोजगारका लागि विदेशी भूमिमा जान बाध्य बनाइयो !

अब पनि जनताले विकल्प नखोज्ने हो भने हाम्रो देश अहिलेभन्दा झन् कमजोर र खोक्रो हुने निश्चित छ !

जनताको भरपर्दो विकल्प अब राप्रपा हो र हामी विकल्प दिन सक्षम छौं !

जय राष्ट्रवाद !

Rajendra Lingden

अस्था, समाजिक एकता तथा प्रकृति पूजाको पर्व छठको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !
07/11/2024

अस्था, समाजिक एकता तथा प्रकृति पूजाको पर्व छठको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना !

नेपालीहरुको महान चाड तिहार र नेपाल सम्वत ११४५ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ त...
02/11/2024

नेपालीहरुको महान चाड तिहार र नेपाल सम्वत ११४५ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुको हार्दिक मंगलमय शुभकामना !

राष्ट्रिय प्रजातन्त्र पार्टी - राप्रपा ।

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।नेपाली चेलीहरुलाई हार्दिक बधाई एवम् शुभकाम...
27/10/2024

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
नेपाली चेलीहरुलाई हार्दिक बधाई एवम् शुभकामना !

कर्णाली यात्रा : आज छैठौं दिन मुगुको सदरमुकाम गमगढीमा । हामीले कर्णालीका कुरा सुन्यौं, हाम्रा कुराहरु पनि भन्यौं ! कर्णा...
27/10/2024

कर्णाली यात्रा : आज छैठौं दिन मुगुको सदरमुकाम गमगढीमा ।

हामीले कर्णालीका कुरा सुन्यौं, हाम्रा कुराहरु पनि भन्यौं !
कर्णालीले दिएको यथेष्ट माया र आशीर्वादले हामी उत्साहित भएका छौं ।
हामीले आयोजना गरेका सभाहरु तपाईहरुको सहभागिताले ऐतिहासिक भएका छन ! सम्पूर्णलाई हार्दिक धन्यवाद !

हिन्दु अधिराज्य नेपालको जय होस !
जय राष्ट्रवाद !

कर्णाली यात्रा : आज पाँचौँ दिन जुम्लाको गोठिजिउलामा !यो बृहत् सहभागिताको लागि हार्दिक धन्यवाद ! हिन्दु अधिराज्य नेपालको ...
26/10/2024

कर्णाली यात्रा : आज पाँचौँ दिन जुम्लाको गोठिजिउलामा !

यो बृहत् सहभागिताको लागि हार्दिक धन्यवाद !

हिन्दु अधिराज्य नेपालको जय होस !
जय राष्ट्रवाद !

कर्णाली यात्रा: चौथो दिन कालिकोटको मान्ममा !आजको कार्यक्रममा जसपा नेपालका जिल्ला अध्यक्ष माधव उपाध्याय लगायत सम्पूर्ण जि...
25/10/2024

कर्णाली यात्रा: चौथो दिन कालिकोटको मान्ममा !

आजको कार्यक्रममा जसपा नेपालका जिल्ला अध्यक्ष माधव उपाध्याय लगायत सम्पूर्ण जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको छ।
नवप्रवेशी, सहयोगी सहभागी र आयोजकहरुलाई धेरैधेरै धन्यवाद!

हिन्दु अधिराज्य नेपालको जय होस !

Address

Manma

Alerts

Be the first to know and let us send you an email when Rashtriya Prajatantra Party - RPP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share