Voice of Makawanpur

Voice of Makawanpur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Voice of Makawanpur, Gadhi VDC, Makwanpur Garhi.

संघीय संसद प्रतिनिधि सभामा निर्वाचित सदस्यलाई शपथका लागि उपस्थित हुने बारे सूचना ! 🔥
20/03/2026

संघीय संसद प्रतिनिधि सभामा निर्वाचित सदस्यलाई शपथका लागि उपस्थित हुने बारे सूचना ! 🔥

अफ्रिकन स्वाइन फिभर सम्बन्धी बकैया गाउँपालिकाको अत्यावश्यक सूचना ।
19/03/2026

अफ्रिकन स्वाइन फिभर सम्बन्धी बकैया गाउँपालिकाको अत्यावश्यक सूचना ।

𝗢𝗻𝗹𝘆 𝟯 𝗗𝗮𝘆𝘀 𝗥𝗲𝗺𝗮𝗶𝗻𝗶𝗻𝗴 | 𝗣𝗿𝗼𝗷𝗲𝗰𝘁 𝟭𝟬𝟬 𝗠𝗶𝗻𝗱𝘀 – 𝗕𝗮𝗴𝗺𝗮𝘁𝗶 𝗣𝗿𝗼𝘃𝗶𝗻𝗰𝗲 (𝗖𝗼𝗵𝗼𝗿𝘁 𝗜, 𝟮𝟬𝟮𝟲)The application window is closing soon. If ...
19/03/2026

𝗢𝗻𝗹𝘆 𝟯 𝗗𝗮𝘆𝘀 𝗥𝗲𝗺𝗮𝗶𝗻𝗶𝗻𝗴 | 𝗣𝗿𝗼𝗷𝗲𝗰𝘁 𝟭𝟬𝟬 𝗠𝗶𝗻𝗱𝘀 – 𝗕𝗮𝗴𝗺𝗮𝘁𝗶 𝗣𝗿𝗼𝘃𝗶𝗻𝗰𝗲 (𝗖𝗼𝗵𝗼𝗿𝘁 𝗜, 𝟮𝟬𝟮𝟲)

The application window is closing soon. If you’ve been thinking about applying for Project 100 Minds, this is the time to take action.

We are looking for dedicated and responsible students to take on leadership roles and contribute to a growing national initiative focused on skills, technology awareness, and student empowerment.

𝗢𝗽𝗲𝗻 𝗣𝗼𝘀𝗶𝘁𝗶𝗼𝗻𝘀:
Province Lead
Province Co-Lead
Campus Ambassadors

𝗪𝗵𝘆 𝗮𝗽𝗽𝗹𝘆:
Gain leadership and coordination experience
Work on real initiatives beyond academics
Build connections across a national student network
Contribute to meaningful impact in your community

𝗔𝗽𝗽𝗹𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗟𝗶𝗻𝗸:
https://forms.gle/tNGtCaXBKaboLeob8

𝗟𝗲𝗮𝗿𝗻 𝗺𝗼𝗿𝗲:
https://project100minds.devcommunitynepal.org/

If you are ready to step forward and take responsibility, don’t wait.

3 days left. Apply now.

गोली चल्यो ! मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार मनहरी–१ चाकरी मकारीमा घस्तीका क्रममा भएको सामान्य विवादपछि शनिश तितु...
12/03/2026

गोली चल्यो !
मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार मनहरी–१ चाकरी मकारीमा घस्तीका क्रममा भएको सामान्य विवादपछि शनिश तितुङले बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेका थिए।
प्रतिकारस्वरूप असई दिलबहादुर तामाङले १ राउण्ड फायर गर्दा हमलावर घाइते भएका छन् भने दुवै घाइतेको उपचार भइरहेको छ। स्रोत: प्रहरी।

11/03/2026

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा बिक माथि भएको बलात्कार तथा हत्या सम्बन्धी घटना बारे The Council of GEN Z, Makw...
11/03/2026

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा बिक माथि भएको बलात्कार तथा हत्या सम्बन्धी घटना बारे The Council of GEN Z, Makwanapur को प्रेस विज्ञप्ति ।

१७ भोट ल्याएका उम्मेदवारको चुनाव खर्च: १० प्लेट चाउमिन, २० प्लेट मःम !सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा ...
10/03/2026

१७ भोट ल्याएका उम्मेदवारको चुनाव खर्च: १० प्लेट चाउमिन, २० प्लेट मःम !

सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

उनले चुनाव प्रचारका क्रममा मुख्य:त चाउमिन, मःम र पेय पदार्थमा खर्च गरेका छन्।

उनको कुल चुनावी खर्च ४० हजार ७४० रुपैयाँ भएको छ। खर्चको शीर्षकमा १० प्लेट चिकेन चाउमिन, १२ प्लेट पोर्क झोल मःम, २० प्लेट चिकेन स्टिम मःम र ६ प्लेट पोर्क बारबिक्यू खाएको उल्लेख छ।

यसका साथै, ५ बोतल कोक, १५ बोतल ‘एक्सट्रिम’, १० बोतल बदाम जुस र १० बोतल पानीको खर्च विवरणमा समावेश छ । खाजा बाहेक सय छाक सादा खानामा १५ हजार र ५० लिटर पेट्रोल बापत ८ हजार २५० रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन्।

B***n replies to Indian PM Modi's post saying, "धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री  narendramodi ज्यु,  ...
10/03/2026

B***n replies to Indian PM Modi's post saying, "धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री narendramodi ज्यु, नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। "

"नेता चिडियाखाना" बारे पत्रकार Ramji Gyawali को लेख ! 🔥यो सबैले पढौं है 👇काण्ड र भ्रस्टाचारका फाइल खोल्नु अगाडी नयां सरक...
10/03/2026

"नेता चिडियाखाना" बारे पत्रकार Ramji Gyawali को लेख ! 🔥

यो सबैले पढौं है 👇

काण्ड र भ्रस्टाचारका फाइल खोल्नु अगाडी नयां सरकारलाई मेरो विशेष अनुरोध 🙏

नेपालमा मृत्युदण्डको कानुन छैन। कसैलाई मारेकै भरमा न्याय मिल्ने पनि होइन। तर एउटा ठूलो प्रश्न भने आज पनि नेपाली जनताका मनमा ज्यूँका त्यूँ छ — यो देशलाई दशकौँदेखि लुट्ने, भ्रष्टाचार गर्ने र राष्ट्रलाई कमजोर बनाउने नेताहरूलाई आखिर कस्तो सजाय दिनुपर्छ ?

वास्तविकता के हो भने, पुराना धेरै नेताहरूका काण्ड र भ्रष्टाचारका कथा जनताले पटर-पटक सुन्दै आएका छन् । तर, ती फाइलहरू कहिल्यै पूर्ण रूपमा खुल्दैनन्। किनभने नाता, सम्बन्ध र राजनीतिक स्वार्थका जालहरू यति गहिरा छन् कि, फाइल खोल्दै जाँदा कोही न कोही आफ्नै आफन्त वा पार्टीकै ठूला व्यक्तिहरू त्यसमा जोडिन पुग्छन्। यही कारणले धेरै अपराधहरू फाइलमै थन्किन्छन् र जनता निराश बन्छन्। त्यसैको रिसमा यसपटकको चुनावमा धेरै पुराना नेताहरुलाई पत्तासाफ पारिएका हुन् ।

अब समय बदलिनुपर्छ। यदि नयाँ सरकार (वालेन-रवि) ले साँच्चै परिवर्तनको वाचा गरेको हो भने, सबै नेताहरूका काण्ड र भ्रष्टाचारका फाइलहरू बिना कुनै डर र पक्षपात खोलिनुपर्छ। जो दोषी छन्, उनीहरूलाई कडा कारबाही हुनुपर्छ — चाहे उनी जुनसुकै पार्टीका किन नहोस्। आफन्त किन नहोस् । आफ्नै बाउ किन नहोस् !

भन्दा अलिकती रोचक र व्यंग्यात्मक सुनिन्छ । तर, यो कन्सेप्टमा ती सबै राष्ट्रघाती र भ्रष्ट नेताहरूलाई एउटै ठाउँमा राख्ने र उनीहरुलाई संसारले हेर्न मिल्ने व्यवस्था गर्दा पनि राम्रै हुन्छ - उनीहरुलाई समातेपछी जेलमा गोप्य रुपमा नराखौं । केही बिघा जमिनमा एउटा विशेष ‘चिडियाखाना’ वनाऔं । त्यहाँ जनावर होइन, देश लुट्ने भ्रष्ट नेताहरूलाई कोठा–कोठामा राख्ने व्यवस्था गरौं ।

कोठाको अगाडि उसको नाम, उसको काण्ड, उसले देशलाई गरेको नोक्सानीको विवरण लेखिएको बोर्ड पनि राखौं । नेपाली जनताले उनीहरुलाई नजिकबाट हेर्न सक्ने व्यवस्था गरौं । त्यसपछि यस्तो नियम बनाइयोस्— नेपाली नागरिकका लागि ५ रुपैयाँ टिकट
विदेशी पर्यटकका लागि १००० रुपैयाँ ! विदेशीहरुले या नेपाली जो कसैले पिएचडी गर्न पनि काम लाग्न सक्छ - देशलाई भित्रभित्रै खाइरहेका मान्छे नामका ‘धमिरा’ कस्ता हुन्छन् भनेर।

आजसम्म किताबमा पढेका भ्रष्टाचारका कथा, समाचारमा सुनेका काण्डहरू, त्यो सबैका पात्रहरूलाई जनताले आफ्नै आँखाले देख्न पाउंदा खुसी पनि हुनेछन् ।

देश लुट्नेहरूलाई लुकाएर होइन, जनताको सामु राखेर लज्जित बनाइनुपर्छ। यस्तो ‘नेता चिडियाखाना’ बनेपछि त्यहाँ पर्यटन पनि बढ्न सक्छ। देश–विदेशबाट मानिसहरू त्यहाँ घुम्न आउन सक्छन्।

त्यसबाट उठेको पैसाले देशभित्र उद्योग, कलकारखाना खोल्न सकिन्छ, रोजगारी सिर्जना गर्न सकिन्छ। आज नेपालबाट हजारौँ युवा रोजगारीका लागि विदेश जान बाध्य छन्। यदि त्यही पैसालाई देशमै लगानी गर्न सकियो भने, धेरै युवाले आफ्नै देशमा काम पाउने सम्भावना बढ्छ।

त्यहां राखिएका नेताहरूलाई दिनमा एक छाक मात्रै खाना दिऔं, २ छाक दिनुहुंदैन । कम्तिमा यसो गर्दा भ्रष्टाचार गरेर वर्षौँसम्म फुलाएको पेट अलि घट्ला कि!

अहिलेसम्म जेलमा गोप्य रुपमा राख्दा राज्यले उनीहरूलाई पाल्नुपर्छ, खर्च गर्नुपर्छ। तर यदि ‘चिडियाखाना मोडेल’ बनाइयो भने — उनीहरूबाटै देशले आर्थिक फाइदा लिन सक्छ।

यदि यस्तो योजना गुल्मीमा बनाउने हो भने, म आफ्नो तर्फबाट
मेरो करिब २ रोपनीभन्दा बढी जग्गा यो परियोजनाका लागि दिन तयार छु। आवश्यक परे अरू खरबारी जग्गा किनेर सहयोग गर्ने प्रतिबद्धता र घोषणा पनि गर्दछु ।

यदि यस्तो ‘नेता चिडियाखाना’ बन्यो भने, तपाईँ जानुहुन्थ्यो कि हुन्न ? कमेन्ट गर्नुस् है 🙏

नोट - पोस्ट लेख्दा घण्टौं लाग्छ - शेयर गरौं है 🙊🙏

मकवानपुर क्षेत्र नम्बर - १ बाट निर्वाचित प्रकाश गौतमले सोमवार हेटौंडा अस्पतालको अनुगमन गरी अस्पतालका कर्मचारीहरूसँग छलफल...
09/03/2026

मकवानपुर क्षेत्र नम्बर - १ बाट निर्वाचित प्रकाश गौतमले सोमवार हेटौंडा अस्पतालको अनुगमन गरी अस्पतालका कर्मचारीहरूसँग छलफल गर्नुभएको छ । 🙏

08/03/2026

हेटौंडा १४ मा मकवानपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रकाश गौतमको भव्य स्वागत ! 🔥

08/03/2026

पुराना दलहरुको गढ भत्काउँदै घण्टी घन्काउँदै हेटौंडा १४, मयुरधाप । 🔔

Address

Gadhi VDC
Makwanpur Garhi
44100

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Makawanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share