Nepal Police Province Office Mahendranagar, Kanchanpur

Nepal Police Province Office Mahendranagar, Kanchanpur नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरको आधिकारिक फेसबुक पेज
(1)

03/06/2026

अब उजुरी गर्न प्रहरी कार्यालय नै धाउनुपर्दैन ! तपाईँहरू घरमै बसेर पनि नेपाल प्रहरी मोबाइल एपमार्फत उजुरी दर्ता गर्न सक्नुहुन्छ । आवश्यक प्रक्रिया तथा सेवा सम्बन्धी जानकारीका लागि यो भिडियो हेर्न सक्नुहुनेछ ।
आजै Nepal Police Mobile App डाउनलोड गरी डिजिटल प्रहरी सेवासँग जोडिनुहोस् ।

अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम ==============================आज मिति २०८३।०२।१९ गते यस नेपाल प्रहरी प्रदेश कार्यालय...
02/06/2026

अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम
==============================
आज मिति २०८३।०२।१९ गते यस नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र बहादुर साउद द्वारा इलाका प्रहरी कार्यालय बेल्डाँडी को अपराध अनुसन्धान शाखामा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई “अपराध अनुसन्धान व्यवसायिक क्षमता अभिवृद्धिका लागी प्राविधिक सहायता सम्बन्धि (Operational Data तथा साइवर अपराध अनुसन्धान)” अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम प्रदान गरिएका केही झलकहरू............

CAP अनुगमन तथा निरीक्षण सम्पन्न***********************************आज मिति २०८३।०२।१९ गते यस कार्यालयका कार्यालय प्रमुख श...
02/06/2026

CAP अनुगमन तथा निरीक्षण सम्पन्न
***********************************
आज मिति २०८३।०२।१९ गते यस कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र शाही ज्युद्वारा इलाका प्रहरी कार्यालय बेल्डाँडी कञ्चनपुरको अनुगमन तथा निरीक्षण गर्नु भई कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन बिद्यमान ऐन कानूनको पालनामा कडाई गर्न गराउन निर्देशन दिनु भई नागरीक मैत्री सेवा प्रवाह गरी जनमानसमा सुशासनको प्रत्याभुति हुने किसिमले कार्य सम्पादन गर्न समेत निर्देशन दिनु भयो ।

“भिड नियन्त्रणलाई व्यवस्थित बनाउन र परिस्थितिलाई नियन्त्रण गर्न न्यूनतम बल प्रयोग, संयमता, स्पष्ट आदेश र भिड नियन्त्रणमा...
01/06/2026

“भिड नियन्त्रणलाई व्यवस्थित बनाउन र परिस्थितिलाई नियन्त्रण गर्न न्यूनतम बल प्रयोग, संयमता, स्पष्ट आदेश र भिड नियन्त्रणमा खटिनुको उद्देश्य, अपनाउनुपर्ने सुरक्षाका मापदण्ड, व्यक्तिको मानव अधिकारको सम्मानका साथै स्थानीय र अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै भिडलाई व्यवस्थित गर्ने सम्बन्धमा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नयाँ निकासा भई आएका भिड नियन्त्रणका साधनहरुको प्रयोगका साथै भिड नियन्त्रण सम्बन्धि अभ्यास गरियो ।

01/06/2026

🚨 सावधान ! 🚨
⚠️ Free Offer को बहानामा बैंक खाताबट रकम चोरी गर्ने ठगहरुप्रति सचेत रहौं ।
⚠️ "Free Worldcup र सिनेमा" भन्दै आउने शंकास्पद APK File Download नगर्नुहोस् ।
⚠️ एउटै गलत 'Permission' ले तपाईंको बैंक खाता ह्याक हुने र रकम चोरी हुन सक्दछ !
​❌ जथाभाभी App डाउनलोड नगरौँ।
🔐 कुनै पनि App Download गर्दा सधैं आधिकारिक Google Play Store वा Apple App Store मात्र प्रयोग गर्नुहोस् !
​सजग बनौँ, अनभिज्ञता र लापरबाहीबाट हुन सक्ने अनलाइन ठगीबाट बचौँ !

“गणतन्त्र दिवस २०८३” को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना
29/05/2026

“गणतन्त्र दिवस २०८३” को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना

27/05/2026

तपाईंको SIM Card, ATM र चेकबुक तपाईंको निजी सम्पत्ति मात्र होइन, यो तपाईंको कानुनी पहिचान हो !
त्यसैले, निम्न कुराहरूमा विशेष ध्यान दिनुहोस्:
❌ चेकबुक र एटीएम कार्ड: "मोटो रकम वा कमिसन आउँछ" अथवा "तपाईंको खातामा पैसा जम्मा गरिदिन्छु" भन्ने जस्ता प्रलोभनमा परी आफ्नो खाली चेकबुक, ATM Card र यसको पिन (PIN) कोड कहिल्यै पनि अरूलाई नदिनुहोस्।
❌ SIM Card: आफ्ना कागजातहरू (नागरिकता, राहदानी आदि) प्रयोग गरी निकालिएको SIM Card अरू कसैलाई प्रयोग गर्न नदिनुहोस्।
❌ पासवर्ड र OTP: आफ्नो मोबाइल बैंकिङ्गको पासवर्ड र OTP (One Time Password) कहिल्यै कसैलाई सेयर नगर्नुहोस्।
याद राख्नुहोस्:
सजगता नै साइबर सुरक्षाको पहिलो कडी हो।
आफ्नो डिजिटल पहिचान सुरक्षित राखौँ, साइबर अपराधको मतियार बन्नबाट बचौँ।

26/05/2026
26/05/2026

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको ६ महिनाको कार्य उपलब्धि
#नेपालप्रहरी

प्रहरी जवान (जनपद) पदको अन्तर्वार्ता सुचारु हुने सम्बन्धी सूचना (२०८३-०२-११)
25/05/2026

प्रहरी जवान (जनपद) पदको अन्तर्वार्ता सुचारु हुने सम्बन्धी सूचना (२०८३-०२-११)

Address

Mahendranagar

Telephone

+9779858425900

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Police Province Office Mahendranagar, Kanchanpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share