02/09/2026
आ.ब. २०८२।८३ को जिल्लास्तरीय बार्षिक समीक्षा कार्यक्रममा कपिलवस्तुका गाउँपालिकाहरूमध्ये बिजयनगर गाउँपालिका प्रथम स्थान र स्वास्थ्य क्षेत्र डिजिटलाइजेशन अन्तर्गत डिजिटल हेल्थ टेक्नोलोजीमा उत्कृष्ट हुन सफल भएको छ । यस उपलब्धिको पछि दिनरात नभनी सेवामा खटिने स्वास्थ्यकर्मीहरू र FCHV हरुको मेहनत, सीमित स्रोत–साधनका बीच पनि उत्कृष्ट सेवा दिने सम्पूर्ण स्वास्थ्य संस्थाको टिम र स्वास्थ्य क्षेत्रमा निरन्तर साथ र सहकार्य गर्ने जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरूलाई धेरै धेरै धन्यवाद 🙏
यो सफलता र यो सम्मान हामी सबैको हो ।