Bardaghat

Bardaghat Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bardaghat, Social service, Lumbini.

नव दुर्गा भवानीको आशिर्वादले दु:ख कस्ठ नाश होस्, सुख, शान्ती तथा समृद्धि छाओस्,विजया दशमीको मंगलमय शुभकामना !!!
02/10/2025

नव दुर्गा भवानीको आशिर्वादले दु:ख कस्ठ नाश होस्, सुख, शान्ती तथा समृद्धि छाओस्,
विजया दशमीको मंगलमय शुभकामना !!!

आज देशले पहिरन भन्दा पहिचान खोजको छ !तस्बिर: राज अधिकारी
26/09/2025

आज देशले पहिरन भन्दा पहिचान खोजको छ !

तस्बिर: राज अधिकारी

ऋषि पन्चमीको शुभकामना ।बिशेश गरि नारिहरुले बिहानै उठेर स्नानादि नित्यकर्म सकेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नक...
28/08/2025

ऋषि पन्चमीको शुभकामना ।

बिशेश गरि नारिहरुले बिहानै उठेर स्नानादि नित्यकर्म सकेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पीना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् । नेपालमा बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ । रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन छ ।

27/08/2025

दर्ता नभए प्रतिबन्ध लाग्ने सामाजिक सन्जाल सूची:
१. फेसबुक
२. युट्युब
३. इन्स्टाग्राम
४. व्हाट्सएप
५. टिकटक (नविकरण नगरे)
६. वीच्याट
७. मेसेन्जर
८. टेलिग्राम (प्रतिबन्ध लगाइसकेको )
९. लिंक्डइन
१०. स्न्यापच्याट
११. थ्रेड्स
१२. रेडिट
१३. पिन्टरेस्ट
१४. एक्स
१५. डोउइन
१६. क्वाईशौ
१७. वेइबो
१८. क्युक्यू
१९. क्यूजोन
२०. क्वोरा
२१. जोश
२२. टिम्स
२३. तिएबा
२४. भाइबर (नविकरण नगरे)
२५. इमो
२६. डिस्कोर्ड
२७. ट्विच
२८. लाइन
२९. लाइक
३०. पिक्सआर्ट
३१. भिभो
३२. टम्बलर
३३. सिग्नल
३४. जूम
३५. गुगल मिट
३६. आइमेसेज
३७. रेडनोउट
३८. लेमन८
३९. क्ल्यापर
४०. ट्रिलर
४१. स्न्यापच्याट स्पटलाईट
४२. स्काइप
४३. क्यूक्यू म्युजिक
४४. डोउइन लाइट
४५. माईक्रोब्लग
४६. फेगु
४७. वीच्याट मोमेन्ट
४८. फिल्टोन
४९. बम्बल
५०. हिन्ता
५१. मीटअप
५२. गुगल च्याट
५३. याहु म्यासेन्जर
५४. वीमेओ
५५. फिक्री
५६. हाउसपार्टि
५७. सोन्गक्लाउड
५८. हुप्स
५९. एम्बर
६०. जेइन्ट
६१. फिल्टर
६२. रिफ्लेक्ट
६३. बेस्टटाइम
६४. स्न्यापफुड
६५. बेजु
६६. मिक्स
६७. प्लर
६८. पेपर
६९. ग्लो
७०. रोमी
७१. टिगर
७२. हायड
७३. सर्कल
७४. क्लास
७५. स्पोट
७६. भेग
७७. पल्स
७८. मिंट
७९. ग्रुपमि
८०. फोरम
८१. शेयरच्याट
८२. जिन
८३. कोबा
८४. रिलाय
८५. हब
८६. लिंकअप
८७. साइन
८८. चाटस्पेस
८९. कनेक्ट
९०. इन
९१. फ्यान क्लब
९२. मीट
९३. क्लबहाउस
९४. मिडियापार्ट
९५. बबल
९६. ट्रेन्ड
९७. हाइप
९८. फन
९९. जोइन
१००. कम्युनिटी

बाँकी थप्दै जानुस् .......

कुशेऔंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो ।कुशाग्रैस्तर्पयेद्देवान् मनुष्यान् क...
23/08/2025

कुशेऔंसी
सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो ।

कुशाग्रैस्तर्पयेद्देवान् मनुष्यान् कुशमध्यतः
द्विगुणीकृत्य मूलाग्रैः पितॄन् संतर्पयेद्विजः ।।

अर्थात् 'देवतालाई कुशको अग्रभाग ( अगाडि ) बाट, बीचको भागबाट ऋषिगणलाई र जराबाट पितृहरूलाई तर्पण दिनुपर्छ ।' एकाक्षरीकोशका अनुसार 'कु' को अर्थ पृथ्वी र ‘श'को अर्थ सुत्नु हुन्छ । जसमा पृथ्वी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ । पृथ्वीलाई सत्यले थामेको छ। कुशमा सत्यताको तागत, चेतना जगाउने शक्ति छ । पृथ्वीको सारस्वरूप एउटा कुशभित्र अटाउने भएकाले आध्यात्मिक, व्यावहारिक, बौद्धिक, शारीरिक लाभका दृष्टिले कुशलाई अत्यन्त उपयोगी र पवित्रतम मानिएको हो ।
हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन्

आज नाग पञ्चमीअब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ ।...
29/07/2025

आज नाग पञ्चमी

अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो ।

श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, पद्यम्, महापद्म, तक्षक, कर्कट, कुलीर, शङ्ख, (कालिया, तक्षका आदि) यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।

यिनै नागहरु अकिंत चित्र र डोराहरु लिएर ब्राह्मण पुरोहितहरु आ-आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।

नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे ।

उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षका बाहेक अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्षक पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् ।

यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

काग (crow) यस्तो चराहरुमा पर्दछ जसले मानिसको अनुहार पहिचान गर्न सक्छ।यदि कसैले कागलाई दुःख दिएको छ भने, त्यो कागले उक्त ...
24/07/2025

काग (crow) यस्तो चराहरुमा पर्दछ जसले मानिसको अनुहार पहिचान गर्न सक्छ।
यदि कसैले कागलाई दुःख दिएको छ भने, त्यो कागले उक्त मानिसको अनुहार चिन्ने मात्र होइन, उसप्रति रिस र बदला लिने भावना पनि राख्छ। अझ रोचक कुरा त के भने, ती कागहरुले यो कुरा अन्य कागहरू र आफ्ना बच्चाहरुलाई पनि सिकाउँछन्।🙏

"एक दशकको पर्खाइ : सहसचिव छोराको बाटो हेर्दै आमाबाबु अझै टोलाइरहेका छन्"💔शरीर थाकेको छ, मन गलेको छ,” तीलकुमारी आमा भन्छि...
24/07/2025

"एक दशकको पर्खाइ : सहसचिव छोराको बाटो हेर्दै आमाबाबु अझै टोलाइरहेका छन्"💔शरीर थाकेको छ, मन गलेको छ,” तीलकुमारी आमा भन्छिन्, “तर छोरो आउने आशा मरेको छैन।”❤️

-चितवनको भरतपुरदेखि १० किलोमिटर दक्षिण–पश्चिममा पर्छ, ब्रह्मपुरी गाउँ। सादा जीवन, सरल मनका किसान दम्पती—मधुविलास घिमिरे र तीलकुमारी घिमिरेको एकमात्र सहारा थिए, उनका सुपुत्र तीर्थराज घिमिरे।

आफ्नो मेहनत, लगनशीलता र बुद्धिको भरमा तीर्थराजले सहसचिवसम्मको सरकारी पद हासिल गरे। तर २०७२ सालको भदौ १७ गते, एक बिहान अचानक उनी बेपत्ता भए- यसरी कि १० वर्ष बितिसक्दा पनि उनले न त फर्किने खबर दिए, न त कसैले उनलाई देखेको दाबी गर्‍यो।

"राति सुत्नु अघि हरेक दिन फोन आउँथ्यो," ७६ वर्षीय बाबु मधुविलासको स्वर भाँच्चिन्छ, "त्यो भदौ १६ गतेको फोन अन्तिम भयो। भोलिपल्टदेखि आजसम्म छोराको आवाज सुन्न पाएका छैनौं।"

छोरीजस्तै बुहारी राधा पनि त्यो दिनको अन्तिम भेट सम्झँदै रोइहाल्छिन्। “गाडीबाट झरेर तीर्थ कार्यालयको गेटतर्फ लागेका थिए,” उनी भन्छिन्, “त्यही नै अन्तिम पल थियो—त्यसपछि कहिल्यै फर्किएनन्।”

सधैं परिवारसँग संवादमा रहने, देशसेवाको सपना बोकेका तीर्थराज बेपत्ता हुँदा सिंगो परिवार अन्धकारमा डुब्यो। न सरकारबाट यथोचित खोजबिन भयो, न कानुनी प्रक्रिया अन्तिमसम्म पुग्यो। उनी कार्यालयको गेटसम्म त पुगे, तर त्यो गेट कहिल्यै पार गरेनन्।

बुहारीले थाहा पाइन्—त्यो दिन तीर्थ कार्यालय प्रवेशै नगरेका रहेछन्। पसलबाट मोबाइल रिचार्ज कार्ड किनिएको थियो, तर त्यसपछि उनी कहाँ गए—कोही जान्दैन।

मोबाइल फोन बेपत्ता भएको केही दिनपछि ‘स्विच अन’ देखियो, लोकेसन थियो चितवनकै दासढुंगा। त्यो ठाउँ त छोरी लिएर उनी सानो हुँदा चितवन झरेको ठाउँ नजिकै हो। तर त्यही पनि अन्तिम पत्ता मात्रै बन्यो।

बुबा मधुविलास भन्छन्, “सरकारका लागि काम गर्ने व्यक्ति अचानक बेपत्ता हुँदा पनि खोजबिन अगाडि नबढ्नु पीडादायक कुरा हो।” आफ्नै खर्चमा काठमाडौं आएका उनी त्यतिबेला प्रधानमन्त्री सुशील कोइरालासमक्ष पुगे। कोइरालाले निर्देशन त दिए, तर समयसँगै आशा हराउँदै गयो।

तर बाबुआमा अझै पनि तीर्थ एकदिन फर्किन्छन् भन्ने आशामा छन्। “शरीर थाकेको छ, मन गलेको छ,” तीलकुमारी आमा भन्छिन्, “तर छोरो आउने आशा मरेको छैन।”

दश वर्षपछि परिवारले फेरि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई गुहारेका छन्। प्रविधिको सहायतामा घटनाक्रम विश्लेषण गर्ने आश्वासनले सानो आशा पलाएको छ। “कतैबाट आएको केही सूचनालाई पत्ता लगाउँदैछौं,” तीर्थका दाइसमाना सोमनाथ घिमिरेले भने।

यसरी आफ्नै घरको आँगनमा छोराको पर्खाइमा हरेक साँझ आँखा टोलाउने मधुविलास र तीलकुमारीका लागि तीर्थ अझै ‘फर्किन्छन्’ भन्ने विश्वास छ।

हो, उनी सहसचिव थिए—तर त्यसभन्दा पहिला उनी कसैको एक्लो छोरा थिए। र त्यो नाता अहिलेसम्म अडिएको छ—एक अदृश्य आशाको डोरमा।

कथा जस्तो लाग्ने यो वास्तविकता हो। तीर्थराज घिमिरेको खोजी आज पनि अधुरो छ। यदि तपाईंलाई केही सूचना छ भने सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।❤️🙏

#साभार

CTEVT अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ ।अब...
24/07/2025

CTEVT अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ ।

अब एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरिएको हो ।

हाल देशभर ६३ वटा संस्थाले पीसीएल नर्सिङ पढाउन स्वीकृति पाएका छन् । प्रत्येक संस्थामा ४० जनाको कोटा तोकिएको छ । जसमा ३ जना छात्रवृत्तिका र ३७ जना पेइङ (पैसा तिरेर पढ्ने) विद्यार्थीका लागि व्यवस्था गरिएको छ ।

नयाँ प्रणालीले अघिल्लो वर्षमा देखिएको सेटिङ, पहुँचका आधारमा विद्यार्थीको नाम निकाल्न हुने चलखेलको अन्त्य हुने दाबी गरिएको छ ।

14/06/2025

नुहाउँदा नुहाउदै पसिना आउने ठाउँ लाई
बर्दघाट भनिन्छ😒🤦

14/06/2025

पानी पर्छ एकदिन शित्तल अर्काे दिन देखि अवस्था उही
गार्हो छ हो

आज  बिश्वकर्मा पूजा!आखिर विश्वकर्मा भगवान को हुन्?भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै ज...
17/09/2024

आज बिश्वकर्मा पूजा!
आखिर विश्वकर्मा भगवान को हुन्?
भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी दिएका थिए!
सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए!
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ!
उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे!
भगवान विश्वकर्माको महत्व यो कुराले पनि सम्झिन सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ!
उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन्!
जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन्!
सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ!

उनीहरु सबैको मुल विश्वकर्मा हो!
त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ!

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Bardaghat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category