Besishahar Municipality - बेसीशहर नगरपालिका Offical Page

  • Home
  • Nepal
  • Lamjung
  • Besishahar Municipality - बेसीशहर नगरपालिका Offical Page

Besishahar Municipality - बेसीशहर नगरपालिका Offical Page Besishahar Municipality
Besishahar, Lamjung
Gandaki, Nepal

“स्वस्थ माटो, स्वस्थ बेसीशहर” भन्ने ध्ययका साथ बेसीशहर नगरपालिका कृषि विकास शाखाद्बारा बृहत रूपमा माटो परीक्षण शिविर मित...
05/06/2026

“स्वस्थ माटो, स्वस्थ बेसीशहर” भन्ने ध्ययका साथ बेसीशहर नगरपालिका कृषि विकास शाखाद्बारा बृहत रूपमा माटो परीक्षण शिविर मिति २०८२ साल फागुन १०, ११ र १२ गतेका दिन सञ्चालन गरिएको थियो। सोही नतिजाको आधारमा ती २८ वटा माटोको नमूनाहरूको लागि जम्मा ३८२५ के.जि. कृषि चुन ५० प्रतिशत अनुदानमा २५ जना कृषकलाई उपलब्ध गराइएको छ। ।कृषि चूनको प्रयोगले अम्लिय माटोको सुधार, पौष्टिक तत्वहरूको उपलब्धतामा बढावा, विषालु तत्वहरूको क्षययीकरण, सूक्ष्म जीवहरूको क्रियाशीलता वृद्धि सँगै माटोमा कार्बनको उपलब्धता बढाई माटोको भौतिक, रासायनिक एवम् जैविक गुणमा उल्लेख्य मात्रामा सुधार आउनेछ। जसमार्फत माटोको उचित संरक्षण, सम्बर्द्धन र व्यवस्थापनमा उल्लेख्यरुपमा टेवा पुगी भूमीको उत्पादनशीलता र उर्वरशीलता दीगो रूपमा बच्न गई बालीको उत्पादन र उत्पादकत्व वृद्धि हुनेछ।

"प्रविधिसँगै गुणस्तरीय शिक्षा, सिकाइमा नवीनता र प्रभावकारिता।" विषयमा प्रविधिमैत्री शिक्षण सिकाइ र अनुगमन कार्यक्रम कार्...
04/06/2026

"प्रविधिसँगै गुणस्तरीय शिक्षा, सिकाइमा नवीनता र प्रभावकारिता।" विषयमा प्रविधिमैत्री शिक्षण सिकाइ र अनुगमन कार्यक्रम कार्यान्वयन भएका विद्यालयका प्रधानाध्यापक र Midas e class का प्रतिनिधिबीच मिति २०८३ जेठ २० गते भएको अन्तरक्रिया, छलफल एवम् प्रस्तुतीकरण कार्यक्रमका केही प्रतिनिधिमूलक तस्वीरहरू

मिति २०८३ जेठ १८ र १९ गते  बेसीशहर नगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारी...
03/06/2026

मिति २०८३ जेठ १८ र १९ गते बेसीशहर नगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरूका लागि आयोजित दुई दिने सहकारिता तथा सहकारी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सञ्चालन सम्बन्धी तालिम सम्पन्न भएको छ।
तालिममा सहभागीहरूलाई सहकारीका आधारभूत सिद्धान्त तथा COPOMIS प्रणालीको प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिममा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, कम्प्युटर अपरेटर रेशम घिमिरे तथा नेफ्स्कून लमजुङका सन्देश घिमिरेले सहजीकरण गर्नुभएको थियो।
तालिमले सहकारी संस्थाहरूको अभिलेख व्यवस्थापन, तथ्याङ्क अद्यावधिक तथा सूचना प्रणालीको प्रभावकारी प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बेसीशहर नगरपालिकाका ७ वटा स्वास्थ्य संस्थाहरू (उदिपुर स्वा.चौ., भकुण्डे श.स्वा.के., पुरानोकोट स्वा.चौ., नाल्मा स्वा.चौ.,...
03/06/2026

बेसीशहर नगरपालिकाका ७ वटा स्वास्थ्य संस्थाहरू (उदिपुर स्वा.चौ., भकुण्डे श.स्वा.के., पुरानोकोट स्वा.चौ., नाल्मा स्वा.चौ., चण्डिस्थान स्वा.चौ., धुरपुरे श.स्वा.के. र चितिथला स्वा.चौ.) मा समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CB-IMNCI) स्थलगत अनुशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।यस अनुशिक्षणले स्थानीय स्तरमा नवजात शिशु तथा बालबालिकाहरूको स्वास्थ्य उपचारलाई थप प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने विश्वास लिएका छौँ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह–२०८३ सम्पन्नबेसीशहर नगरपालिका वडा नं. ३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा...
30/05/2026

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह–२०८३ सम्पन्न
बेसीशहर नगरपालिका वडा नं. ३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको अवसरमा आयोजित “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ।

बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता, विकास तथा संरक्षण सुनिश्चित गर्दै बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ–संस्था, सरोकारवाला निकाय, अभिभावक, बालबालिका तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यस महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्‍याउनुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, साझेदार संस्था, समुदाय तथा नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनमा पनि बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी अझ जिम्मेवार र बालमैत्री समाज निर्माणमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछौं।

'प्रसुती स्याहार घरभेट कार्यक्रम' को समीक्षा तथा योजना गोष्ठी सम्पन्नबेसीशहर नगरपालिका स्वास्थ्य शाखाको आ.व २०८२/०८३ को ...
30/05/2026

'प्रसुती स्याहार घरभेट कार्यक्रम' को समीक्षा तथा योजना गोष्ठी सम्पन्नबेसीशहर नगरपालिका स्वास्थ्य शाखाको आ.व २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आज मिति २०८३/०२/१५ मा एक विशेष गोष्ठी सम्पन्न भएको छ।नगर उपप्रमुख श्री पद्म गुरुङ ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी ज्यू, र स्वास्थ्य शाखा प्रमुख श्री मनोज सिंह बोहरा ज्यूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। उक्त गोष्ठीमा नगरपालिका अन्तर्गतका १२ वटा स्वास्थ्य संस्थाका प्रमुखहरू तथा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रममा प्रसुती स्याहार घरभेट कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा आमा र शिशुको स्वास्थ्यलाई थप प्रभावकारी बनाउने योजनाहरूका बारेमा गहन छलफल गरियो।

फोहोर संकलन कार्य अस्थायी रुपमा बन्द रहने सम्बन्धी सूचना ।
29/05/2026

फोहोर संकलन कार्य अस्थायी रुपमा बन्द रहने सम्बन्धी सूचना ।

गणतन्त्र दिवस २०८३लोकतन्त्र, सुशासन, सामाजिक न्याय तथा नागरिक अधिकारको संरक्षणप्रति प्रतिबद्ध रहँदै राष्ट्रिय एकता, आपसी...
29/05/2026

गणतन्त्र दिवस २०८३
लोकतन्त्र, सुशासन, सामाजिक न्याय तथा नागरिक अधिकारको संरक्षणप्रति प्रतिबद्ध रहँदै राष्ट्रिय एकता, आपसी सद्भाव, शान्ति र समृद्धिको भावनासहित समुन्नत राष्ट्र निर्माणको साझा संकल्पका साथ गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली नागरिकमा हार्दिक मंगलमय शुभकामना।

मिति २०८३/०२/१३ गते बेसीशहर नगरपालिकाको अनुगमन समितिबाट वडा नं. ५ अन्तर्गत सञ्चालित सितलेस्वाँरा–ज्यार्खङ्ग डमरुसम्मको ब...
28/05/2026

मिति २०८३/०२/१३ गते बेसीशहर नगरपालिकाको अनुगमन समितिबाट वडा नं. ५ अन्तर्गत सञ्चालित सितलेस्वाँरा–ज्यार्खङ्ग डमरुसम्मको बाटो स्तरोन्नति आयोजना, वडा नं. २ अन्तरगत माझगाउँ टोल बाटो तथा कुलो निर्माण आयोजना, साथै पशु शाखामार्फत कार्यान्वयन भएका वडा नं. २ काे वाख्रा गोठ सुधार कार्यक्रम र होमस्टे लोकल कुखुरा प्रवर्द्धन कार्यक्रमको स्थलगत अनुगमन सम्पन्न गरिएको छ । अनुगमनका क्रममा योजनाहरूको प्रगति, गुणस्तर, प्रभावकारिता तथा स्थानीय सहभागिताको अवस्था अवलोकन गरी आवश्यक सुझाव तथा निर्देशन प्रदान गरिएको छ ।

बेसीशहर नगरपालिकाको आयोजनामा गणतन्त्र दिवस २०८३ को अवसरमा आज मिति २०८३/०२/१४ गते बेसीशहर नगरपालिका वडा नं. २ स्थित आदर्श...
28/05/2026

बेसीशहर नगरपालिकाको आयोजनामा गणतन्त्र दिवस २०८३ को अवसरमा आज मिति २०८३/०२/१४ गते बेसीशहर नगरपालिका वडा नं. २ स्थित आदर्श महिला तथा बालबालिका केन्द्रमा आश्रित बालबालिकालाई स्टेशनरी तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगर उपप्रमुख पद्म गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारी, बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेल, स्वास्थ्य शाखा प्रमुख मनोज सिंह बोहरा, महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा गुरुङ, कम्प्युटर अपरेटर रेशम घिमिरे तथा केन्द्रका सचिव हुमार गुरुङ लगायतको सहभागिता रहेको थियो।
हाल उक्त केन्द्रमा ९ जना बालबालिका आश्रित रूपमा बसोबास गर्दै आएका छन्।
बेसीशहर नगरपालिकाले आदर्श महिला तथा बालबालिका केन्द्रमा समय–समयमा विभिन्न सहयोगमूलक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ।

Address

Besishahar/8
Lamjung
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97766520204

Alerts

Be the first to know and let us send you an email when Besishahar Municipality - बेसीशहर नगरपालिका Offical Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Besishahar Municipality - बेसीशहर नगरपालिका Offical Page:

Share