06/04/2025
कोइरालाफाँट कप २०८१ को उपाधी ज्वाला देवीलाई भने ढाफेदी दोस्रो हुन सफल भयो साथै भेट्रान्सको प्रथम आयोजक र दोश्रो गोरसे ढुंगा कानेस्वरा,वास्पानी हुन सफल हुनुभयो।
समापन कार्यक्रमको सभापतित्व सुजन कोइरालाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश,वन तथा वातावरण मन्त्री माननीय भेष बहादुर पौडेल हुनुहुन्थ्यो। विशिस्ट अतिथि सु.न.पा.-१० का वडा अध्यक्ष,मन्त्री ज्युको धर्मपत्नी,सोकिय सचीव लगायत अन्य सम्पूर्ण विशेष अतिथी,अतिथी लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो। सचिव टेकबहादुर दुराले सहजीकरण गर्नुभएको कार्यक्रममा क्लबका सह-सचिव विज्ञान कोइरालाले स्वागत मन्तव्य राखेका थिए।
यहि मिति २०८१ चैत्र १८ गते बाट २३ गते सम्म २६ औं वार्षिकोत्सबको अवसरमा आयोजित स्व.सु.मे.टेकबहादुर दुरा, धनश्री दुरा र कालिमाया दुराको स्मृतिमा पन्ध्रौं कोइरालाफाँट 7 A Side खुल्ला फूटबल खेल प्रतियोगिता साथै स्व. चन्द्रमाया अधिकारीको स्मृतिमा प्रथम 7 A Side खुल्ला भेट्रान्स कप फूटबल खेल प्रतियोगितामा खुल्ला तर्फ ज्वाला देविका किपर रोहन राना मगरले प्रप्त गरे भने सर्वाधिक गोलकर्ता ज्वाला देवीकै खेलाडी अनुज भण्डारी ले प्राप्त गरे उनले खेल अवधि भरी ६ गोल गर्न सफल भए अनि उकृष्ट खेलाडी ढाँड फेदीका शिशिर घति मगर भए।
खेलको मुख्य प्रायोजक,स्थानीय जयबहादुर दुरा,अनिल दुरा र परिवारजन हुनुहुन्थ्यो र सह प्रायोजकमा तोक बहादुर दुरा र रेखा दुरा तेस्तै गरि भेट्रान्स तर्फका मुख्य प्रायोजक सुजित अधिकारी र रामहरी अधिकारीले प्रथमको खसी र दितियको बोका साथै मेडल ट्रफी हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रम सन्चालन गर्दा खेल संयोजक पवन कोइराला लगायत प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग गर्ने युवा साथीहरू, देश विदेशबाट आर्थिक सहयोग गर्ने सम्पूर्ण मनहरुको हामी सधै उचित सम्मान,इतिहास कायम , एवम् मुल्यांकन गर्नेछौं ।
थप सल्लाह ,सुझाव र सहयोगको लागि सम्पर्क न.
अध्यक्ष: श्री सुजन कोइराला ९८४९९११७२६ सचीव: श्री टेक बहादुर दुरा ९८६१७१३८४९ उपाध्यक्ष : श्री तेज बहादुर अधिकारी९८०६६४६४६१ कोषाध्यक्ष : कमला विस्ट ९७६५६५४७३१
क्लबको facebook message मा अथवा [email protected] मा email पनि गर्न सक्नुहुनेछ ।
धन्यवाद ।