11/11/2023
बुद्ध महाबिर हिन्दु होइनन् बरु बुद्ध महायानबाट हिन्दु जन्मिएका हुन् । चन्द्र प्रकाश बानियाँ ।
एकजना मित्रले "बुद्ध र महावीर दुबैजना क्षत्रीवंशी हुन भने बुद्धभन्दा अगाडि हिन्दू धर्म रहेछ भन्ने प्रमाणित भएन र?" भनेर सोध्नु भएको थियो । उसो त धर्ममध्ये को जेठो को कान्छो भन्ने कुरासंग मेरो कुनै सरोकार छैन । तैपनि मेरो जवाफ सार्वजनिक गर्न मनलाग्यो ।
पाली प्राकृत भाषामा खत्ती वा खत्तीय शब्द प्रयोगमा छ । संस्कृत भाषामा क्षत्रीय भन्ने शब्द छ । पाली प्राकृतमा मूलत: धम्म लिपिको प्रयोग भएको छ । धम्म अर्थात ब्राह्मी लिपिमा क्ष र त्र दुबै अक्षर छैनन । त्यसैले क्षत्री लेख्नै सकिन्न ।
भन्नुको मतलब पाली भाषामा खत्तीय भन्नु र संस्कृत भाषामा क्षत्रीय भन्नु एउटै हो भनेर बुझ्नु गलत हुन्छ । पालीको खत्ती र संस्कृतको क्षत्री पर्यायवाची शब्द होइनन ।
संस्कृत शब्दकोशले क्षत्रीयको अर्थ शासक, शस्त्रधारी, युद्धविशारद भनेको छ । पाली भाषामा खत्तीयको अर्थ खेती गर्ने, ठूलो जमिनको मालिक, जमिन्दार हुन्छ । ।
त्यसैले क्षत्री र खत्ती भनेको एउटै होइन । खत्ती भनेको किसान हो, क्षत्री भनेको योद्धा हो । त्यस अर्थमा बुद्ध र महावीर क्षत्री होइन कृषक थिए भन्ने अर्थ लाग्छ ।
अब आफै बुझ्नुहोस बुद्ध र महावीर क्षत्रीवंशी थिए कि थिएनन ? अथवा खत्तीयवंशी भएको आधारमा महावीर र बुद्धभन्दा अगाडी हिन्दू वर्ण व्यवस्था थियो भन्ने तर्कमा कति दम होला ?
उसो त अनुसन्धाताहरुले पछिल्ला इतिहास अनुसन्धानबाट सनातन धर्म बुद्ध धर्मकै महायानी शाखा हो भनेर मान्नुपर्ने गरी प्रमाण र साक्षहरु प्राप्त भैसकेका छन भन्छन ।कपि