तीन कन्या युवा क्लब

तीन कन्या युवा क्लब Welcome to the page of Teen Kanya Youth Club, located at Marsyangdi-9, Bhalamchaur Mirche, Lamjung.

01/06/2026

ठहीं छ्योलिङ गुम्बा निर्माणार्थ दुज्योम ठोमा नाग्मो अर्थात दुज्योम क्रोधीकाली महागाण चक्र पूजाको केही झलकहरु

ठहीं छ्योलिङ गुम्बा,
मर्स्याङ्दी ९, भलामचौर मृचे,
लमजुङ।

31/05/2026

ठहीं छ्योलिङ गुम्बा निर्माणार्थ दुज्योम ठोमा नाग्मो अर्थात दुज्योम क्रोधीकाली महागाण चक्र पूजा।

ठहीं छ्योलिङ गुम्बा,
मर्स्याङ्दी ९, भलामचौर मृचे,
लमजुङ।

दोस्रो TKYC CUP खुल्ला पुरुष फुटबल प्रतियोगिताको पावन अवसरमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान आदरणीय सावित्रा ...
12/04/2026

दोस्रो TKYC CUP खुल्ला पुरुष फुटबल प्रतियोगिताको पावन अवसरमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान आदरणीय सावित्रा भण्डारी “साम्बा” ज्यूले नेपाली महिला फुटबल क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च सम्मानस्वरूप यो सम्मान–पत्र प्रदान गर्न पाउँदा हामी तीनकन्या युवा क्लब परिवार अत्यन्त गौरवान्वित भएका छौँ।

साम्बा ज्यू उपस्थित हुन असमर्थ रहनु भएकाले उहाँको तर्फबाट उहाँका बुबाद्वारा सम्मान–पत्र ग्रहण गरिएको क्षण।
Sabitra Bhandari

मिति २०८२ चैत्र २३ देखि सुरु दोस्रो TKYC CUP खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८२ चैत्र २८ गते समापन भएको छ।उक्त प्रतियोग...
12/04/2026

मिति २०८२ चैत्र २३ देखि सुरु दोस्रो TKYC CUP खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८२ चैत्र २८ गते समापन भएको छ।

उक्त प्रतियोगितामा खुल्ला तर्फ २१ टिम र भेट्रान्स तर्फ ५ टिम सहभागी भएको थियो। सर्वप्रथम त सम्पूर्ण सहभागी टिमलाई हार्दिक धन्यवाद प्रकट गर्दछौं।

भेट्रान्स तर्फको विजेता तीनकन्या युवा क्लब (भेट्रान्स) र उप-विजेता खसु रोधी युवा क्लब खासुर हुन सफल भएको छ।

खुल्ला तर्फको विजेता तीनकन्या युवा क्लब र उप-विजेता MAHESH FC हुन सफल भएको छ।

भेट्रान्स तर्फको विजेता, उप-विजेता र खुल्ला तर्फको विजेता, उप-विजेतालाई हामी आयोजक हार्दिक बधाई तथा अगामी दिनको शुभकामना प्रकट गर्दछौं।

यस प्रतियोगिता संचालनको दौरान आयोजक बाट केही कमीकमजोरी भएमा क्षमा माग्दै आउने दिनहरूमा कमीकमजोरी सुधार्ने वाचा गर्दछौं।

अन्त्यमा, यस दाेस्राे TKYC CUP खुल्ला पुरुष फुटबल प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्ण आर्थिक सहयोगी दाताहरु, भोलिन्टियर मित्रहरू, आमा समूह, बुद्धिजीवी वर्ग, रेफ्री, अनलाइन मिडिया, दर्शक महानुभावहरू, र सम्पूर्णमा हार्दिक कृतज्ञ व्यक्त गर्दछौं। तपाईंहरुको साथ नै हाम्रो प्रेरणाको स्रोत हो।

फेरि पनि सबैलाई धन्यवाद। फेरि भेटौँला।
तीनकन्या युवा क्लब परिवार,
मर्स्याङ्दी - ९, भलामचौर मृचे, लमजुङ।

10/04/2026

भोलि हुने SF को खेल:
१. Kanya Jyoti Vs TKYC A

र, भेट्रान्स तर्फको र खुल्ला तर्फको फाइनल खेल पनि भोलि नै हुनेछ।

10/04/2026

आज भएको QF को खेलहरु:

१. Mahesh FC won Lamagaun B on Tie-Breaker
२. TKYC A (3) Vs Tango FC (0)
३. TKYC C Vs Naulo Collection [ Both disqualified ]
४. Kanya Jyoti won Segle on Tie-Breaker.

तीनकन्या युवा क्लबद्वारा आयोजित दोस्रो T.K.Y.C CUP खुल्ला पुरुष फुटबल प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल बनाउनका निम्त...
09/04/2026

तीनकन्या युवा क्लबद्वारा आयोजित दोस्रो T.K.Y.C CUP खुल्ला पुरुष फुटबल प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल बनाउनका निम्ति यस क्लबका पूर्व खेलाडी एवम् सदस्य श्री देव प्रसाद गुरुङ र घि माया गुरुङ ज्यूबाट यस क्लबलाई नगद रु. ६,१०० |- सहयोग प्राप्त भएको छ।

तीनकन्या युवा क्लब परिवार तपाईं र तपाईंको सम्पूर्ण परिवारलाई सुस्वास्थ्य, दीर्घायु, र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद प्रकट गर्दछौं।

तीनकन्या युवा क्लबद्वारा आयोजित दोस्रो T.K.Y.C CUP खुल्ला पुरुष फुटबल प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल बनाउनका निम्त...
09/04/2026

तीनकन्या युवा क्लबद्वारा आयोजित दोस्रो T.K.Y.C CUP खुल्ला पुरुष फुटबल प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल बनाउनका निम्ति यस क्लबका पूर्व खेलाडी एवम् सदस्य श्री जमिन गुरुङ ज्यूबाट यस क्लबलाई नगद रु. ६,१०० |- सहयोग प्राप्त भएको छ।

तीनकन्या युवा क्लब परिवार तपाईं र तपाईंको सम्पूर्ण परिवारलाई सुस्वास्थ्य, दीर्घायु, र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद प्रकट गर्दछौं।

09/04/2026

भोलि हुने QF खेलहरु:

१. Mahesh FC Vs Lamagaun B
२. Tango FC Vs TKYC A
३. Naulo Collection Vs TKYC C
४. Kanya Jyoti Vs Segle

09/04/2026

आज भएको खेलको नतिजा:

१. Mombho FC (1) Vs TKYC A (4)
२. Segle Veterans (1) Vs Padam FC (3)
३. Lamagaun A (0) Vs Segle (1)
४. Naulo Collection (1) Vs Ekata (0)
५. Kanyajyoti (6) Vs Dhad (0)

Address

Lamjung
066

Website

Alerts

Be the first to know and let us send you an email when तीन कन्या युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category