23/12/2021
"गाउँमा नेता जाँदा चोर आयो भन्छ्न्"भनेर एक जना नेताले हालसालै भन्नू भएको थियो के भनेको होला भन्ने लागेको थियो तर आज ठिकै भनेको रहेछ भन्ने अनुभूति भयो किन भन्दा,हरिसिद्धिबाट बाटो बन्द,४ जना मान्छे सडकको छेउमा कुलो खन्दै थिए,ढल तेर्साएर,तारले बानेर मोटर साइकल सम्म छिर्न नसक्ने गरि बाटो बन्द गरेर रमिता हेरेका ,प्रहरी प्रशासन बन्दको समर्थनमा सिठी फुक्दै,बिचरा बटुवा मौन, आवाज उठाउने हिम्मत कसैमा छैन,भाडाका गाडीवाला दङ्ग क्यान्सर हस्पिटल बाट सातदोबाटो रु २० ,यही हो चोर तन्त्र,चोरहरुको राज्य, नेता कार्यकर्ता,प्रहरी,प्रशासन सबै चोर!जनताका आहतमा राहत दिने कोही छैन,मनोमानी मनपरी तन्त्र,जनतालाई दुख दिएर बाटो बन्द गर्ने अधिकार कर्मीहरु ठैब र हरिसिद्धिका केही दरिद्र मानसिकता भएका ब्यक्तिहरु,ठेकेदार्सँग,प्रशासन सँग,सडकबिस्तार आयोजना सँग झगडा गर तर निरीह जनतालाई दुख नदेउ ,कति अस्पताल ,अफिस,स्कुल कलेज ,प्रसासनिक काममा हिडेका होलान् ,तिनले किन सास्ती भोग्ने?आफ्नो काम गर्न नपाउने? लोकतान्त्रिक ब्यबस्था नेता ,कार्यकर्ता,र प्रशाशकलाई मात्रै?गोदावरी ३ मा नेताहरुले भोज खाने! ठूलो पार्टी प्यालेस बन्यो अन्तर्राष्ट्रिय भवन का नाउमा जनतालाई उपचार गर्ने अस्पताल बनाएको भए कति सुबिधा पुग्थ्यो !यो भवन बनेर गोदावरीका जनतालाइ कति सुबिधा भयो? सडक बनाउने नाउमा जनताका जग्गा दिन दहाडै लुटियो,प्रसासन ल्याइयो घर टहरा पर्खाल जबर्जस्ती भत्काइयो ,लुटिने लुट्यालुट्ट्यै भए जबर्जस्ती गर्न नसक्नेका पहिला जस्तो अवस्था थियो तेस्तै रह्यो,ठैब हरिसिद्धी बाँडेगाउ सडक बिस्तार गर्न के ले रोक्यो,के ले छेक्यो?,गोदावरी सडक बिस्तार्ले कतिले घर बनाए,कतिले जागीर खाए,कतिले जग्गा जोडे कति उद्योगपती भए ,तर जनताको कति पैसा कति आना कति रोपनी जग्गा गयो यसको रेकर्ड कुनै छैन, मुआब्जा कुनै समयमा सर्कारले दियो भने कसको कति जग्गा गयो त कुनै आधार छैन,यहीहो त लोकतन्त्र?जनताले यसैका लागि जीवन दिएका? १७००० मान्छे मारेर ,राजा फालेर आफू राजा बन्न ल्याएको लोक तन्त्र अब जनतालाई स्वीकार हुन सक्दैन ,यो चोर तन्त्र हो !चोरतन्त्र देखि साबधान!हेर्नुहोस् एउटा चोरले भर्खरै महाधिवेशन गर्यो,अर्को चुनावमा कसरी जनताको सम्पत्ती चोर्ने भनेर,अर्को चोरको धमाधम भै रहेको छ,अर्को चोरको अब केही दिन पछि हुदैछ ,हुनत दलका कार्यकर्तालाई यो कुरा नपच्ला,चोरहरुलाई त पच्ने कुरै भएन,अब सबै राष्ट्रबादीहरु जागौ ,झोलेहरुले पनि झोला बोक्न छाडिदिए हुन्छ अब कति चोरहरुको समर्थनमा हिड्छौ?फेरि पनि चुनाव चुनाव भन्दै यिनका पछि नलागौं,बिकल्प खोजौं,नेपाल र नेपालीको जय भनौं,जय नेपाल!
तस्वीरमा यो बाटो पिच गर्न कसले छेक्यो,यो पुलको निर्माण कसले गर्ने,यो ढलेको खम्बा कसले उठाउने, सडक पेटीमा छाप्न ल्याइएको ब्लक कसले छाप्ने,सडक्मा तेर्सीएको यो पहेलो कन्टेनर कसले उठाउने ?यही हो सडक बिस्तार !
स्वतन्त्र विचार!स्वतन्त्र लेख!