Scouting in Lalitpur

Scouting in Lalitpur Scouting is: Education for life; A movement for youth; International growing; Open to all; Fun with a purpose. It is also a challenge for adults; Voluntary

✨शुभ भाइ टीका २०८२🌸मायाले रङिएको नाता, टीकाले बलियो बनेको सम्बन्ध ❤️
23/10/2025

✨शुभ भाइ टीका २०८२🌸
मायाले रङिएको नाता, टीकाले बलियो बनेको सम्बन्ध ❤️

22/10/2025

🌸 न्हूदँया भिंतुना तथा नेपाल संवत् ११४६ को हार्दिक मंगलमय शुभकामना 🌸
नयाँ वर्षले सबैमा शान्ति, समृद्धि र खुशी ल्याओस् 🙏

20/10/2025

लक्ष्मी पूजाको मंगलमय शुभकामना। 🙏✨समृद्धि, सौभाग्य र शान्तिका देवी लक्ष्मीको कृपा सधैं रहोस्! 🪔

20/10/2025

हार्दिक शुभकामना ।

आदरणिय स्काउट परिवार
साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरु ।

आस्थाको उज्यालो, प्रकृतिप्रति समर्पण र पारिवारिक ममताको अनुपम प्रतीक “तिहार” त्यसैगरि नेपाल सभ्याताको नववर्षको आरम्भदायी उत्सव “नेपाल संवत्” को पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण स्काउट सदस्यहरू, स्काउट प्रशिक्षक, स्वयंसेवक, अभिभावक, सरोकारवाला शुभेच्छुकहरू तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरु प्रति सद्भाव, सुस्वास्थ्य, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

तिहार केवल चाड मात्र होइन, यो भातृत्व, भगिनीत्त्व, आपसी सम्मान, सामाजिक सद्भाव र प्रकृति प्रेमको जाज्वल्यमान सन्देश दिने उत्सव हो । पाँच दिनसम्म मनाइने यो सांस्कृतिक उत्सवले हामीलाई आस्था, परम्परा र सम्बन्धहरूको सुदृढीकरण गर्ने गहिरो अवसर प्रदान गर्दछ । स्काउट अभियानले अवलम्बन गरेका मूल्यहरू कर्तव्य, सेवा र अनुशासन, तिहार पर्वको मूल भावनासँग गहिरो रूपमा प्रतिध्वनित हुन्छन् ।

यस अवसरमा, सम्पूर्ण स्काउटहरूमाझ भातृत्व र भगिनीत्त्वको भावना अझ प्रगाढ बनोस्, अज्ञानता, भय र नकारात्मकताका झुण्डहरूलाई परास्त गर्ने साहस, विवेक र सामर्थ्य हामी सबैमा विकास होस् । नेपाल विविध जात–जाति, धर्म, भाषा र संस्कृतिहरूको जीवित संग्रहालय हो । यस साझा धरोहरलाई अझ रंगीन, समुन्नत र सहिष्णु बनाउने कार्यमा हामी स्काउटहरूको अग्रणी भूमिका सदैव उदाहरणीय रहँदै आएको छ । त्यसैगरि, नेपाल संवत् हाम्रो मौलिकता, स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको प्रतीक हो । यसले हामीलाई हाम्रो सभ्यातको उत्पत्ति, पहिचान र साँस्कृतिक एवं सामाजिक दायित्व स्मरण गराउँछ ।

यस पटकको तिहार र नेपाल संवत् ११४६ को सन्दर्भमा हामी सबैले समर्पण, सहकार्य र सेवा भावनालाई जीवनको मूल मन्त्र बनाउँदै सशक्त, सुसंस्कृत र समावेशी समाज निर्माणको दिशामा अझ दृढतापूर्वक अघि बढ्ने संकल्प गरौँ ।
पुनः एक पटक, शुभ तिहार (दीपावली) तथा नेपाल संवत् ११४६ को हार्दिक मंगलमय शुभकामना !

जय देश !
जय स्काउट !

09/10/2025
✨🙏 महा अष्टमी २०८२ को मंगलमय शुभकामना 🙏✨शक्ति, शान्ति र समृद्धिले जीवन सदैव उज्यालो बनाओस्। 🌸🌺
30/09/2025

✨🙏 महा अष्टमी २०८२ को मंगलमय शुभकामना 🙏✨
शक्ति, शान्ति र समृद्धिले जीवन सदैव उज्यालो बनाओस्। 🌸🌺

"फूलपाती २०८२ को मंगलमय शुभकामना 🌸🙏यस दशैंले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।बडा दशैंको हार्दिक शुभकामना।"
28/09/2025

"फूलपाती २०८२ को मंगलमय शुभकामना 🌸🙏
यस दशैंले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
बडा दशैंको हार्दिक शुभकामना।"

सम्पुर्ण स्काउटरज्यु हरुमा निमन्त्रणा ।।
26/09/2025

सम्पुर्ण
स्काउटरज्यु हरुमा निमन्त्रणा ।।

22/09/2025

नेपालीहरूको महान चाड बडा दशैंको पहिलो दिन घटस्थापना को हार्दिक मंगलमय शुभकामना । 🙏

22/09/2025

𝗟𝗲𝘁’𝘀 𝘁𝗲𝘀𝘁 𝘆𝗼𝘂𝗿 𝗸𝗻𝗼𝘄𝗹𝗲𝗱𝗴𝗲 𝗳𝗲𝗹𝗹𝗼𝘄 𝗦𝗰𝗼𝘂𝘁𝘀!

Before we pack our gear for the 33rd Asia-Pacific Regional Scout Jamboree, let’s test your knowledge real quick.

Blast the comments and flex your Scouting knowledge!



Address

Lagankhel
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Scouting in Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share