रातो मच्छिन्द्रनाथ- करूणामय- बुङ्ग द्य जात्रा

  • Home
  • Nepal
  • Lalitpur
  • रातो मच्छिन्द्रनाथ- करूणामय- बुङ्ग द्य जात्रा

रातो मच्छिन्द्रनाथ- करूणामय- बुङ्ग द्य जात्रा रातो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म मनाइन्छ।

सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय; पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ। ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रत

िस्थापन गरिन्छ। विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरेपछि वैशाख कृष्ण प्रतिप्रदामा श्री करुणामयको न्हवं (स्नान) कार्य गरिन्छ। वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतियाका दिन गौदान सहितको शान्ति स्वस्तीपश्चात् चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्र नाथको रथयात्रा आरम्भ गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुगमतीमा लगेर राखिन्छ।

यस प्रकारले मनाउने मत्स्येन्द्रनाथको जात्राको सुरूआत र नेपाल मण्डलमा पदार्पण कुन रूपमा भएको थियो भन्ने कथन अनुसार मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भन्ने भनाइ छ। यिनीहरूले आपसमा सरसल्लाह गरी श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् ६ महिना बु·मतीमा राखेर श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र पाटनमा राख्ने निधो गरे। पाटनबाट दक्षिणायण उक्त ठाउँ बुगमती रहेको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बु·मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अद्यापि छ।सम्भवतः वि.सं. १६७८मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषीबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६/६ महिना पाटन र बुगमतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ। रातो मत्स्येन्द्रनाथको स्थानान्तरण गरिएको प्रमाण स्वरूप मार्गशीर्ष योमहि्रः पुन्ही र पाटनको मगलबजारमा गाइने मेघः मल्हार राग र श्री करुणामय बुंगद्यबाट बुझ्न सकिन्छ। मत्स्येन्द्रनाथ बुगमतीबाट पाटनमा ल्याइँदा चौधौं शताब्दीमा बनाइएको मच्छिन्द्रवहाल (तःवहाल)को मन्दिरमा राखिन्छ र पाटनबाट बुगमती लैजाँदा सहरबाट अलि पर रहेको जलमा अवस्थित चौधौं शताब्दीतिरै बनाइएको शिखर शैलीको मन्दिरमा राखिन्छ।

प्रत्येक १२/१२ वर्षमा रातो मच्छिन्द्रनाथको रथजात्रा बुङ्ग्मतिबाट शुरु हुदै - भैसेपाटी - नख्खु - जावलखेल पुल्चोक - गावहाल - सुन्धारा - लगनखेल - जावलाखेल हुँदै बुङ्ग्मतिमै लगेर भोटो देखाई समापन गरिन्छ।

23/04/2026
21/04/2026

Important: आज दिउँसो २ बजेपछि ललितपुर दमकलमोड क्षेत्रमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुने भएकाले दमकलमोड, पुल्चोक र गावहाल क्षेत्रमा भिडभाड हुने छ भने उपत्यका ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
Alternative routes:
1). थापाथली - जावलाखेल: थापाथली चोक, कुपण्डोल, इनारमोड, हरिहरभवन, सुजुकी मोड, ओपेरा होटल, सेन्ट मेरिज स्कुल चोक, सुमेरु अस्पताल, अल्का अस्पताल हुँदै जावलाखेल चोक!

2). जावलाखेल - थापाथली: जावलाखेल चोक, खरीबोट, अल्का अस्पताल, भनिमण्डल चोक, सरस्वती मन्दिर, झम्सिखेल चोक, अरुण थापा चोक, ब्रिटिश स्कूल, सुमित होटल, कानदेवतास्थान, कुपण्डोल हुँदै थापाथली चोक!

Photo.

03/01/2026

“Mero Hajura” From the world of “Radha”, a Nepali Folk(lok) song 2026, Presented by : The Yatra Events UK.Lyrics : Tanka (Radha...

29/11/2025

जुन सुकै भाषामा पनि न्हय्‌गां जात्रा / बखुमल: जात्रा / बखुमद: जात्रा नै हो । कसैले बुझ्दैन भन्दैमा सबै भाषामा जात्राको मौलिक नामलाई अनुवाद गरिराख्न जरुरी हुँदैन । भाषा मार्ने काम नगरौं । उदाहरणको लागि कसैको नाम नेत्र मणि कटुवाल छ भने उसको नाम जुनै भाषामा पनि नेत्र मणि कटुवालनै हुन्छ, कसैले सो नामको अर्थ थाहा नपाऊलान भनेर Eye Gem Underwear Wall नाम त अनुवाद गरी राख्दैन होला पक्कै पनि। त्यसैले नामलाई अनावश्यक अनुवाद गर्न बन्द गर्नुहोस् , न्हय्‌गां जात्रा / बखुमल: जात्रा / बखुमद: जात्रा नै भन्ने गर्नुहोस् । 🙏
न्हय्‌गां जात्राको शुभकामना!
जय श्री भैरबनाथ! 🙏

14/11/2025

अबदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने भए....

Address

Bungamati
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when रातो मच्छिन्द्रनाथ- करूणामय- बुङ्ग द्य जात्रा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रातो मच्छिन्द्रनाथ- करूणामय- बुङ्ग द्य जात्रा:

Share