Independent Living Center-ILC Lalitpur

Independent Living Center-ILC Lalitpur Independent Living Center’s main vision is for Nepal to realize and improve the rights and accessibility level for people with disabilities.

To remove all barriers that withhold persons with disabilities to live as a productive member of society.

We, the Independent Living Center Lalitpur Nepal, extend our heartfelt gratitude to the National Federation of Disabled ...
04/12/2025

We, the Independent Living Center Lalitpur Nepal, extend our heartfelt gratitude to the National Federation of Disabled Nepal (NFDN), National Disabled Fund (NDF) and 34th IDPD 2025 committee for this meaningful recognition. A huge congratulation's to our respected Secretary General and Founder of Independent Living Mvement in Nepal Mr. Krishna Gautam on receiving this prestigious honor for his regular unwavering dedication, advocacy, and commitment to improving the lives of persons with disabilities through the concept of Independent Living in Nepal. Your leadership continues to inspire us all. We are proud of you!

यस संस्था स्वावलम्बन जीवनपद्धति केन्द्र ललितपुरले बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय र ललितपुर महानगरपालिकाको संयुक्...
31/01/2025

यस संस्था स्वावलम्बन जीवनपद्धति केन्द्र ललितपुरले बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय र ललितपुर महानगरपालिकाको संयुक्त साझेदारीमा ललितपुर महानगरपालीका भित्र बसोबास गर्ने पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा नै समाबेश भई स्वावलम्बी जीवनयापन गर्न सहयोगी वा स्याहारकर्ता परीचालन गर्नका लागि तालिम प्राप्त वा दक्ष जनशक्ति आवश्यक परेको हुँदासो कार्यको लागि यस संस्थाले ३ दिनको तालिम आयोजना गर्न गईरहेको हुँदा इच्छुक बेरोजगार, विद्यार्थी र अपाङ्गताको क्षेत्रमा काम गर्न चाहाने व्यक्तिहरुले संस्थाको इमेल वा कार्यालयमा पुगी आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
सिट संख्याः १२ जना
आबेदन खुल्ला मितिः २०८१ माघ १८ गतेदेखि
आबेदन दिने अन्तिम मितिः २०८१ माघ २४ गतेसम्म
थप जानकारीका लागि सम्पर्क नं.०१५४५२७८० (१० बजेदेखि ५ बजेसम्म)
वा इमेलः[email protected]
संस्थाको ठेगानाः सानेपा २, कालिका मार्ग, ललितपुर

अपाङ्गता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवसको हार्दिक शुभकामना !!!*********************************************...
03/12/2024

अपाङ्गता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवसको हार्दिक शुभकामना !!!
*****************************************************

अपाङ्गता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवसको पावन अवसरमा अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका परिवार, अधिकारकर्मी तथा सञ्चार माध्यम,सहयोगी एबं यस अभियानमा संलग्न सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस वर्षको नारा 'समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार' भन्ने सन्देशका साथ सबैलाई समावेशी समाज निर्माणतर्फ अघि बढ्न अभिप्रेरित गरेको छ। अपाङ्गता भएका व्यक्तिहरू भित्र रहेको नेतृत्व, क्षमता र राष्ट्रलाई पुर्‍याएको योगदानले समतामूलक र दिगो समाज निर्माणका लागि यो नारा अत्यन्तै सान्दर्भिक छ।
हुन त नारा धेरै तय गरियो,दिवस प्रत्यक बर्ष मनाइयो,परिबर्तनको संकेतहरु हिजो भन्दा आज सकारात्मक देखिएको छ।संविधान,ऐन,कानून,राष्ट्रीय नीति एबं योजना बनाउन र अन्तराष्ट्रीय प्रतिबद्धतामा हाम्रो सरकार संधै अगाडि रहेको तर कार्यान्वयनको दिशामा भने कछुवा गति देखिँदा लाखौं पुर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरु घरको चौघेरामा सिमित भै आज हामिले दिवस मनाइ रहदा उनिहरुलाई न हर्ष न बिस्मत,न सुचना न नाराको महत्व र अर्थ!!!
नेपाल सरकारले बनाएको ऐन र नियमावलिलाई ब्यबहारमा कार्यान्वयन गर्न गराउन समेत नागरिक समाजले आन्दोलन गर्नु नपर्ने अवस्था सिर्जना होस र अपाङ्गता भएका ब्यक्तिहरु बिभाजित होइन एकताका साथ सबै प्रकारका अपाङ्गताको गाम्भिर्यता अनुसार भएको समस्यालाई समाधान गराउन सबैले जिम्मेवारी भुमिका निर्बाह गरौ।
अब गोष्टी,सेमिनार,जनचेतना मुलक कार्यक्रमको साथसाथै प्रत्यक अपाङ्गता भएका ब्यक्तिले आवस्यकताको आधारमा सेवा प्राप्त गर्न पाउने र स्वाबलम्बन जीवन पद्धती अवधारणाको संस्थागत बिकास र बिस्तारको अभियान अगाडि बढाउन सके मात्र सबै अपाङ्गता भएका ब्यक्तिको जिबनस्तरमा सुधार आउने छ भन्ने बिस्वास लिएका छौं।

भोजराज श्रेष्ठ
अध्यक्ष
स्वाबलम्बन जीवन पद्धती केन्द्र ललितपुर

मितिः २०८१ मंसिर १८
3rd December, 2024

स्वावलम्बन जीवनपद्धति अवधारणामा काम गर्ने संस्थाहरुको ऐक्यबद्धता सम्बन्धमा
08/05/2024

स्वावलम्बन जीवनपद्धति अवधारणामा काम गर्ने संस्थाहरुको ऐक्यबद्धता सम्बन्धमा

प्रेस विज्ञप्तीगण्डकी प्रदेश,तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका निबासी  पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपकप्रसाद...
26/03/2024

प्रेस विज्ञप्ती

गण्डकी प्रदेश,तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका निबासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपकप्रसाद भण्डारी यहि २०८० साल चैत्र ६ गतेदेखि रत्नपार्क काठमाण्डौ स्थित शान्तिबाटिकामा अनिश्चित कालिन धर्नामा बस्नु भएकाप्रती स्वावलम्बन जीवनपद्धति केन्द्र ललितपुरको गम्भीर ध्यानाकर्षण भएको छ।
राज्यबाट कानुनमा व्यवस्था भए बमोजिमको व्यक्तिगत सहयोगी सेवा र उपयुक्त सहायक सामाग्री निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने माग राख्दै मिति २०८० चैत ०६ गतेदेखि रत्नपार्कस्थित शान्तिबाटिकाको फुटपाथमा अनिश्चित कालिन धर्नामा बस्दै आउनुभएको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ र त्यसलाई कार्यान्वयन गर्न बनेको नियमावली २०७७ ब्यबहारमा लागू गर्न र नागरिकलाई कानुनमा उल्लेख भए बमोजिमको अधिकार सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो ।
विभिन्न प्रकारका पुर्णअशक्त र अतिअशक्त अपाङ्गता ब्यक्तिहरुले आफुले चाहेको समुदायमा आफुले रोजेको ब्यक्तिगत सहयोगी संग स्वतन्त्र, स्वाबलम्बी र स्वाभिमानका साथ मर्यादित जीवनयापन गर्न पाउने अधिकार स्थापित गराउन २०६३ देखि नै हामीले नेपाल सरकारसंग अधिबाचन शुरु गरेको स्मरण गराउन चाहन्छौ । फलस्वरुप २०६९/०७० मा ब्यक्तिगत सहयोगी सेवा निर्देशिका निर्माण गर्न बजेट बिनियोजन गरि उक्त निर्देशिका बनाइ महिला, बालाबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा २०७१ मै हस्तान्तरण गरेका थियौं।
पक्षराष्ट्र भई नेपालले संसदबाट सन् २००९ डिसेम्बर २७ मा सर्बसम्मत अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६ को धारा १९ र २० को आधारमा बनेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ९ र १८ एवं नियमावली २०७७ को नियम ९ मा व्यवस्था भएका प्राबधानहरू लागू गरियोस भनी दिपक भण्डारीले उठाउनु भएका मागहरुप्रति हाम्रो संस्था ऐक्यबद्धता जाहेर गर्दछ । संविधान प्रदत्त मौलिक हक अन्तर्गत कानूनमा ब्यवस्था भएको अवस्थामा राज्यले कार्यान्वयन गर्नुपर्ने प्रमुख दायित्त्वबाट पन्छिएको र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन धर्ना एबं आन्दोलन गर्नुपर्ने कुनै पनि लोककल्यणकारी राज्यको लागि शोभनिय बिषय हो भन्ने लाग्दैन । तसर्थ, सरकारले शान्तिपुर्ण यस आन्दोलनलाई नजरअन्दाज गरि बेवास्था गरे ठूलो मूल्य चुकाउनु पर्ने छ भन्ने समेत जानकारी गराउंदछौ ।
साथै उक्त मागहरू पुरा गराउनका लागि मानव अधिकारबादी संघसंस्था, अपाङ्गता सम्बन्धी काम गर्ने सम्पूर्ण संस्थाहरु, सामाजिक अभियन्ताहरु, अपाङ्गता भएका ब्यक्तिका परिवारजन, राष्ट्रसेवक कर्मचारीहरु, जनप्रतिनिधिहरु, राजनीतिक दलहरु, अधिकारकर्मीहरु, अपाङ्गता भएका व्यक्तिहरू, नागरिक समाज, पत्रकारहरु, बुद्धिजिवीहरु लगायत सबैमा सहयोगका लागि हार्दिक अपिल गर्दछौ ।
भोजराज श्रेष्ठ
अध्यक्ष
तथा
स्वावलम्बन जीवनपद्दति केन्द्र ललितपुर

Address

Jhamshikhel Lalitpur
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Independent Living Center-ILC Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Independent Living Center-ILC Lalitpur:

Share