Psc and Tsc Service

Psc and Tsc Service It is spacial for who are going to preparation Psc and Tsc Service in Nepal.

04/12/2023

अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।"

बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई "सोच परिवर्तनको अवधारणा" भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ।

एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको देखेर एउटा डाँंकु चिच्यायो: "कृपया सभ्य बन्नुहोस्! यो डकैती हो र बलात्कार होइन!"

यसलाई "व्यावसायिक हुनु" भनिन्छ जसले तपाईंले जे गर्न तालीम पाउनुभएको छ त्यसमा मात्र लक्षित गराउछ!

बैंक लुटेराहरू आफ्नो अड्डामा फर्केपछि एउटा एमबिए पास गरेको डाँकाले ६ कक्षा मात्र पढेको बोसलाई भन्यो: "बोस, हामीले कति पैसा लुट्न सफल भएछौं गनेर हेरौं।"

उसको बोसले हकार्दै भन्यो: "कस्तो मूर्ख कुरा गरेको? यहाँ एकदम धेरै पैसा छ जसलाई गन्न धेरै समय लाग्छ। आज हामीले कति लुट्यौं भनेर भरे टिभिमा समाचारले भनिहाल्छ नि!"

यसलाई "अनुभव" भनिन्छ। हिजोआज किताबी ज्ञानभन्दा अनुभवको महत्त्व हुन्छ।

डाँकाहरू निस्केपछि बैंकको मेनेजरले सुपरभाइजरलाई पुलिसलाई बोलाउन आदेश दियो। तर सुपरभाइजरले उसलाई जवाफ दियो: "पर्खनुस्! पहिला हामी आफ्नो लागि १० मिलियन डलर निकालौं र हामीले पहिला हिनामिना गरेको ७० मिलियन डलरको पनि हिसाब यसैमा मिलाऔं।

यसलाई "छालसँगै पौडनु" भनिन्छ। परिस्थितिलाई आफ्नो अनुकुल ढाल्नु!

सुपरभाइजरले भन्यो: "यसरी हरेक महिना डाँकाहरू आउनु नि!"
यसलाई "दिक्दारी हटाउनु" भनिन्छ। तपाईंको काम भन्दा ब्यक्तिगत खुशी बढी महत्वपूर्ण हुन्छ।

भोलिपल्ट, टिभीमा समाचार आयो कि बैंकबाट १०० मिलियन डलर लुटियो। यो खवर सुनेर डाँकाहरूले आफूले लुटेको पैसा गन्न थाल्यो। तर जति गने पनि जम्मा २० मिलियन डलर मात्र भेटियो। डाँकाहरू रीसले चुर भएर गनगनाउन थाले: "साला, हामीले ज्यान जोखिममा हालेर जम्मा २० मिलियन डलर मात्र लुट्यौं। तर बैंक मेनेजरले चुट्कीको भरमा ८० मिलियन डलर लुट्यो। चोर हुनुभन्दा त शिक्षित हुनु नै राम्रो!"

यसलाई "ज्ञान सुनजत्तिक्कै बहुमुल्य हुन्छ" भनिन्छ!

बैंक मेनेजर एकदम खुशी थियो किनभने उसले शेयरमार्केटमा लगानी गरेर डुबाएको पैसा त्यो डकैतीबाट पुर्ति गर्‍यो।

यसलाई "मौकामा चौका दाउ हान्नु" भनिन्छ। जोखिम मोल्न सक्ने!

अब यहाँ वास्तविक डाँकाहरू को हुन्?

#साभार Facebook

Tsc बढुवा बिषयगत प्रश्न पत्र 2080
25/11/2023

Tsc बढुवा बिषयगत प्रश्न पत्र 2080

World cup cricket 2023
20/11/2023

World cup cricket 2023

15/09/2023
Old is gold बिनि 2079
21/08/2023

Old is gold बिनि 2079

🦃 मिस नेपाल २०२३ का ताज पहिरिनेहरू :- 🐥श्रीच्छा प्रधान : मिस नेपाल वर्ल्ड । 🐥प्रसिद्धि शाह : मिस नेपाल इन्टरनेसनल ।🐥रैना...
28/05/2023

🦃 मिस नेपाल २०२३ का ताज पहिरिनेहरू :-
🐥श्रीच्छा प्रधान : मिस नेपाल वर्ल्ड ।
🐥प्रसिद्धि शाह : मिस नेपाल इन्टरनेसनल ।
🐥रैना मजगैया : मिस नेपाल अर्थ ।

पहिलो पोइट आईडल नेपाल विजेता ✓निलम गुरूङ, सिक्किम
21/04/2023

पहिलो पोइट आईडल नेपाल विजेता
✓निलम गुरूङ, सिक्किम

17/03/2023

🤗नेपालको चौथो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का नेता =रामसहायप्रसाद_यादव निर्वाचित भएका छन्।
🤗यादवले कुल ३० हजार ३२८ मतभार पाएका। आयोगका अनुसार यादवले संघीय सांसद तर्फ १४ हजार ५३६ मतभार र प्रदेश सभातर्फ १५ हजार ७९२ पाएका छन्।

🤗२०७९ फाल्गुन २५ मा राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित।🤗२०७९ फाल्गुन  २९ सफथ ग्रहण ।
13/03/2023

🤗२०७९ फाल्गुन २५ मा राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित।
🤗२०७९ फाल्गुन २९ सफथ ग्रहण ।

05/03/2023

#सौर्यमण्डल_सम्बन्धि_ #जानकारी

१. सबैभन्दा ठूलो ग्रह – बृहस्पति(Jupiter)
२. सबैभन्दा सानो ग्रह – बुध (Mercury)
३. पृथ्वीको उपग्रह – चन्द्रमा (Moon)
४. सूर्यबाट नजिकको ग्रह – बुध (Mercury)
५. सूर्यबाट टाढाको ग्रह –वरूण(Neptune)
६. पृथ्वीबाट नजिकको ग्रह – शुक्र(Venus)
७. सबैभन्दा चम्किलो ग्रह – शुक्र(Venus)
८. सबैभन्दा चम्किलो तारा -साइरस (Dog Star)
९. सबैभन्दा धेरै उपग्रह भएको ग्रह -बृहस्पति(Jupiter)
१०. सबैभन्दा चिसो ग्रह – वरूण (Neptune)
११. सबैभन्दा भारी ग्रह – बृहस्पति(Jupite r)
१२. राती रातो देखिने ग्रह- मंगल (Mars)
१३. सुर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह –गैनीमेड (Gannym ede)
१४. सुर्यमण्डलको सबैभन्दा सानो उपग्रह–डीमोस (Deimos)
१५. नीलो ग्रह – पृथ्वी(Earth)
१६. बिहानको तारा – शुक्र (Venus)
१७. साँझको तारा – शुक्र (Venus)
१८. पृथ्वीको बहिनी – शुक्र(Venus)
१९. सौन्दर्यको देवता – शुक्र (Venus)
२०. हरियो ग्रह – वरूण (Neptune)
२१. विशाल रातो धब्बाको ग्रह – बृहस्पति (Jupiter)
२२.चुम्बकीय क्षेत्र नभएको ग्रह - शुक्र
२३.असफल ग्रहको उपननामले चिनिने ग्रह - बरुण
२७. Sister and twin planet of earth – शुक्र ग्रह
२८. Goddess of love and beauty – शुक्र ग्रह
२९. Planet of Misery – शुक्र ग्रह
३०.बायुमण्डल नभएको ग्रह – बुध ग्रह
३१. सजिव ग्रह – पृथ्वी ग्रह
३२. मेटर स्टार – पृथ्वी ग्रह
३३. World, Mother Earth – पृथ्वी ग्रह
३४. Water Planet – पृथ्वी ग्रह
३५. सौर्यमण्डल को ठुलो ग्रह – बृहस्पति ग्रह
३६. ग्रहहरुको राजा – बृहस्पति ग्रह
३७. सबैभन्दा बेगले घुम्ने ग्रह – बृहस्पति ग्रह
३८. पँहेलो ग्रह – शनि ग्रह
३९. घेरायुक्त ग्रह – शनि ग्रह
४०. पानिमा उत्रने ग्रह – शनि ग्रह
४१. पश्चिमबाट सुर्य उदाउने ग्रह– अरुण ग्रह
४२. असफल तारा – अरुण ग्रह
४३.भरियर्स प्लानेट – बरुण ग्रह

04/03/2023

GK
सेतो हात्तीको देश थाइल्याण्ड हो । नाइलको उपहार इजिप्ट हो । कुनै पनि युद्धमा भाग नलिएको देश स्विटजरल्याण्ड हो । राष्ट्रिय गान नभएको देश स्विटजरल्याण्ड हो । फागु खेलेर नयाँ वर्षमनाउने देश लाओस हो । विवाहको लागि ऋण प्रदान गर्ने देश साउदी अरब हो । सबैभन्दा कठोर कानून भएको देश साउदी अरब हो ।लामखुट्टे नपाइने देश फ्रान्स हो । इजिप्टको कायरो शहरलाई कहिल्यै नसुत्ने शहर भनेर चिनिन्छ ।

जापानलाई भूकम्पको देश भनेर चिनिन्छ । सूर्य उदायको देश जापान हो। पूर्वको ग्रेट ब्रिटेन भनेर जापानलाई चिनिन्छ। हजारौं हात्तीको देश लाओस हो। नेदरल्याण्डलाई पुड्काको देश भनेर चिनिन्छ। मध्यरातमा सूर्य देखिने देश नर्वे हो।रङ्गिन कपास उब्जाउने देश रसिया हो । जोगीको राज्य भनेर कोरियालाई चिनिन्छ। भूमध्य सागको साँचो भनेर जिव्राल्टरलाई चिनिन्छ । सधै वशन्त ऋतु हुने शहर क्योटो हो । भारतको बगैंचा भनेर बंगलोरलाई चिनिन्छ । मोटर कारको शहर भनेर अमेरिकाको डेट्रायट शहरलाई चिनिन्छ । बजारको शहर भनेर इजिप्टको कायरोलाई चिनिन्छ ।

मन्दिरै मन्दिरको शहर भनेर काठमाडौंलाई चिनिन्छ । चट्याङको देश उपनामले भुटानलाई चिनिन्छ ।सूयास्तको देश भनेर ग्रेट ब्रिटेनलाई चिनिन्छ। हजारौं तालको देश भनेर फिनल्याण्डलाई चिनिन्छ। सुनौलो ऊनको देश भनेर अष्ट्रेलियालाई चिनिन्छ । अध्याँरोको उपनाम पाउने महादेश अफ्रिका हो । पेपर टाइगर भनेर भारतलाई बुझिन्छ। पवित्र भूमि भनेर जेरुसेलमलाई चिनिन्छ। युरोपको खेल मैदान भनेर स्विट्जरल्याण्डलाई चिनिन्छ। अल्जियर्सलाई चाँदीको शहर भनेर चिनिन्छ। चिनीको भाँडो भनेर क्युवालाई चिनिन्छ।भारतको मुम्बईलाई सपनाको शहर भन्ने गरिन्छ ।

जेरुसेलमको ववेडमण्डललाई आँसुको ढोका भनेर चिनिन्छ । पृथ्वीको मानवीय भूमध्यरेखा भनेर हिमालयलाई चिनिन्छ । अफ्रिकालाई एड्सको महादेश भन्ने गरिन्छ । बेल्जियमलाई युरोपको कारखाना भनिन्छ । बेलायतलाई स्पिकर कर्नर भनेर चिनिन्छ । दक्षिणको ब्रिटेन भनेर न्युजील्याण्डलाई चिनिन्छ । पोप र अमर शहीदको शहर उपनाम पाउने शहर इटालीको रोम हो। सात पहाडको शहर भनेर रोमलाई चिनिन्छ। सुनौलो प्यागोडाको भूमि भनेर बर्मालाई चिनिन्छ ।सेतो शहर उपनाम पाउने शहर बेलग्रड हो। भारतको आइटी बगैचा बैंङ्लोर हो । एसियाको विरामी देश भनेर फिलिपिन्सलाई चिनिन्छ।

युरोपको विरामी देश भनेर टर्कीलाई चिनिन्छ। लडाकुहरुको देश भनेर नेपाललाई चिनिन्छ। संविधानमा नेताको नाम उल्लेख गर्ने देश चीन हो। चट्टानको शहर अर्गाडिन हो। बहराइनलाई हिराको टापु भनिन्छ। दामोधर नदीलाई बङ्गालको शोक भन्ने गरिन्छ। दरबारको शहर भनेर भारतको कोलकत्तालाई चिनिन्छ ।तिब्बतको ल्हासालाई बिर्सिएको शहर भनेर चिनिन्छ। इन्द्रेणीको देश भनेर दक्षिण अफ्रिका चिनिन्छ। अष्ट्रेलियालाई भाग्यमानी देश भनिन्छ। अल्वानीयालाई गरुडको देश भनिन्छ। नहरहरुको भूमि नेदरल्याण्ड हो। अफ्रिकाको मुटु भनेर बुरुन्डीलाई चिनिन्छ। कंगारुको भूमि भनेर अष्ट्रेलियालाई चिनिन्छ । बिहारको दुख भनेर कोशी नदीलाई बुझिन्छ ।

केकको देश भनेर स्कटल्याण्डलाई चिनिन्छ । पूर्वको भेनिस भनेर भारतको कोचिनलाई बुझिन्छ। गैंडा नपाइने देश श्रीलङ्का हो। फिल्म हल नभएको देश साउदी अरब हो। झण्डामा देशको नक्शा भएको राष्ट्र साइप्रस हो। महिलालाई स्कुल शिक्षा नदिने देश साउदी अरब हो। कागजी नोट मात्र भएको देश लाओस हो । केन्द्रीय बैंक नभएको देश पनामा हो। टेलिफोन गर्दा पैशा नलाग्ने देश कुबेत हो। प्रतिशतमा बढि महिला सैनिक भएको देश इजरायल हो। सङ्ख्यामा बढि महिला सैनिक भएको देश अमेरिका हो .
# #लोक पाटी बाट साभार

Address

Lalitpur

Telephone

+9779843637949

Website

Alerts

Be the first to know and let us send you an email when Psc and Tsc Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Psc and Tsc Service:

Share

PSC and Tsc Service In Nepal

This page is only for the who are interested to preparation Public service and Teacher service in nepal.It is also help full For the students and teacher who are interested in Gk,I.Q And Current Affairs .