ललितपुर महानगरपालिका वडा नं. १

  • Home
  • Nepal
  • Lalitpur
  • ललितपुर महानगरपालिका वडा नं. १

ललितपुर महानगरपालिका वडा नं. १ Official page of Lalitpur Metropolitan City Ward No. 1 015420209

27/05/2026
सूचना ! सूचना !! सूचना !!!गर्मी मौसम सुरु भएसँगै डेङ्गु ज्वरो फैलाउने लामखुट्टेको वृद्धि भई डेङ्गु सङ्क्रमण देखिन थालेको...
21/05/2026

सूचना ! सूचना !! सूचना !!!

गर्मी मौसम सुरु भएसँगै डेङ्गु ज्वरो फैलाउने लामखुट्टेको वृद्धि भई डेङ्गु सङ्क्रमण देखिन थालेको छ। वडाबासीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आधारभूत स्वास्थ्य सेवा केन्द्र–१, कोपुण्डोलद्वारा मिति २०८३ जेष्ठ ११ र १२ गते बिहान ८ बजेबाट वडा नं. १ मा “खोज र नष्ट गर” डेङ्गु नियन्त्रण अभियान सञ्चालन गरिने भएको छ।

अतः सम्पूर्ण वडाबासी तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ।

• प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घर तथा वरपर सरसफाइ गरौँ।
• पानी जम्ने सामग्री जथाभावी नफालौँ।
• समुदाय मिलेर डेङ्गुलाई नियन्त्रण गरौँ।

यस स्वास्थ्य सेवा केन्द्रमा डेङ्गुको निःशुल्क रगत परीक्षण सेवा उपलब्ध छ।

12/05/2026

📢 सूचना!! सूचना!!

ललितपुर महानगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सरको HPV DNA परीक्षण तथा स्तन क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुँदैछ।

📅 मिति: २०८३ वैशाख ३१ गते, बिहीबार
⏰ समय: बिहान ८:०० बजे देखि
📍 स्थान: वडा नं. १ कार्यालय प्राङ्गण, कोपुण्डोल

🎯 ३० वर्ष वा सोभन्दा माथिका महिलाहरूलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउनुहुन अनुरोध गरिन्छ।

ललितपुर महानगरपालिका वडा नं. १ लाई २३ महिनामुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लगाउनुपर्ने सम्पूर्ण खोपको पूर...
07/05/2026

ललितपुर महानगरपालिका वडा नं. १ लाई २३ महिनामुनिका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लगाउनुपर्ने सम्पूर्ण खोपको पूर्ण मात्रा प्राप्त गरेको सुनिश्चित गर्न हाल घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराइन्छ।
यस क्रममा ५ वर्षमुनिका कुनै पनि बालबालिका नियमित खोप लगाउन छुटेका भए, उनीहरूका लागि यही वैशाख २८ गते सोमबार आधारभूत स्वास्थ्य सेवा केन्द्र–१, कोपुण्डोल मा खोप लगाउने व्यवस्था गरिएको छ ।
आफ्ना बालबालिकाको खोप स्थिति सुनिश्चित गरी समयमै खोप लगाइदिनुहुन तथा यस वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने अभियानमा सहयोग र सक्रिय सहभागिताका लागि सबैमा हार्दिक अनुरोध गरिन्छ।

04/05/2026

📢 सूचना! सूचना!! सूचना!!!
आधारभूत स्वास्थ्य सेवा केन्द्र–१, कोपुण्डोलको आयोजना, नेपाल डाइबिटिज एसोसिएसनको सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठान को प्राविधिक सहयोगमा मधुमेह भएका व्यक्तिहरूका लागि निःशुल्क आँखा परीक्षण (Diabetic Retinopathy Screening) कार्यक्रम सञ्चालन हुने भएकोले ललितपुर महानगरपालिका वडा नं. १ मा बसोबास गर्ने सम्पूर्ण मधुमेहका बिरामी महानुभावहरूलाई उक्त स्वास्थ्य शिविरमा सहभागी भई आफ्नो आँखा जाँच गराउनुहुन हार्दिक अनुरोध गरिन्छ।
तपसिलः
📅 मिति: २०८३ वैशाख ३० गते, बुधबार
⏰ समय: बिहान ८:०० बजे देखि दिउँसो १:०० बजेसम्म
📍 स्थान: आधारभूत स्वास्थ्य सेवा केन्द्र–१,
ललितपुर महानगरपालिका, वडा नं. १ को कार्यालय, कोपुण्डोल

04/05/2026

सूचना !! सूचना !! सूचना!!!

ललितपुर महानगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र–१, कोपुण्डोलमा देहाय बमोजिम स्थान, मिति र समयमा एकदिने महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरको HPV DNA विधिबाट गरिने परीक्षण तथा स्तन क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुने भएकोले ललितपुर महानगरपालिका वडा नं. १ मा स्थायी रूपमा बसोबास गर्नुहुने ३० वर्ष वा सोभन्दा माथिका महिलाहरूलाई उक्त शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउनुहुन हार्दिक अनुरोध गरिन्छ।

तपशील:
स्थान: ललितपुर महानगरपालिका वडा नं. १ कार्यालय प्राङ्गण

मिति: २०८३/०१/३१ गते (बिहीबार)

समय: बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म

लक्षित समूह: ३० वर्ष वा सोभन्दा माथिका महिला

थप जानकारीका लागि:
महेन्द्र गिरी
ज. स्वा. नि.
मोबाइल: ९८६९८४४३०६

Address

Kupondole
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when ललितपुर महानगरपालिका वडा नं. १ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ललितपुर महानगरपालिका वडा नं. १:

Share