Nepali Congress khokana/ नेपाली कांग्रेस खोकना

  • Home
  • Nepal
  • Lalitpur
  • Nepali Congress khokana/ नेपाली कांग्रेस खोकना

Nepali Congress khokana/ नेपाली कांग्रेस खोकना जय खोकना! जय नेपाल!

हिजो मिति २०८०/१२/०९ गते शनिबार ने.का खोकना ईकाई सभापति श्री अमुल्य डंगोल ज्यु को अध्यक्षतामा, ने .का ल.पु जिल्ला सभापति...
23/03/2025

हिजो मिति २०८०/१२/०९ गते शनिबार ने.का खोकना ईकाई सभापति श्री अमुल्य डंगोल ज्यु को अध्यक्षतामा, ने .का ल.पु जिल्ला सभापति आदरणीय जितेन्द्र श्रेष्ठ ज्युको प्रमुख अतिथ्यता र "१०० दिने बिशेष अभियान" अन्तर्गत जिल्लाबाट खोकनाका लागि प्रतिनिधि आदरणीय दिवाकर सिल्वाल ज्यु को उपस्थितमा "कृयाशिल सदस्य भेला र कृयाशिल सदस्य परिचय पत्र" बितरण तथा १०० दिने बिशेष अभियान को समापन कार्यक्रम भब्य सभ्य र सौहार्द्पुर्ण रुपमा सम्पन्न भएको छ! 🙏💐 #जय नेपाल। 💐💐

कृयाशिल सदश्यता परिचयपत्र वितरण तथा भेला कार्यक्रम मा सहभाहिताको लागि अनुरोध।नेपाली कांग्रेस ललितपुर-२१, खोकना इकाइ कार्...
20/03/2025

कृयाशिल सदश्यता परिचयपत्र वितरण तथा भेला कार्यक्रम मा सहभाहिताको लागि अनुरोध।

नेपाली कांग्रेस ललितपुर-२१, खोकना इकाइ कार्यसमितिको आयोजनामा यहि मिति २०८१ चैत्र ९ गते बिहान ७ बजे, नेपाली कांग्रेस ललितपुर जिल्ला सभापती श्री जितेन्द्र कुमार श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस खोकनाको कृयाशिल सदश्यता परिचय पत्र वितरण तथा कृयाशिल सदश्य भेला कार्यक्रम, काजिमान सिंह भ्वय् छें, खोकनामा संचालन हुनगईरहेको जानकारी गराउँदै सो कार्यक्रममा तपाईं सम्पुर्ण खोकना कांग्रेसमा कृयाशिल रहनुहुने महानुभावहरुमा अनिवार्य उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौं।

जय नेपाल!

खोकनाको ऐतिहासिक  सांस्कृतिक दाफा सम्पदा क्षेत्रका एक अमुर्त धरोहरको आज २०८१ चैत्र ४ गते, ६६ बर्षको उमेरमा असामयिक रुपमा...
17/03/2025

खोकनाको ऐतिहासिक सांस्कृतिक दाफा सम्पदा क्षेत्रका एक अमुर्त धरोहरको आज २०८१ चैत्र ४ गते, ६६ बर्षको उमेरमा असामयिक रुपमा भौतिक अवसान भएको छ।
सांस्कृतिक दाफा परम्पराका अग्रज गुरुहरु मध्य एक आदरणीय दयाराम महर्जन कुमारीको यस अकल्पनीय स्वर्गारोहणले नेपाली कांग्रेस लाई मात्र नभई सिंगो खोकनालाई अपुरणीय क्षती पुगेको महशुस हामिले गरेका छौं।

स्वर्गीय श्री दयाराम महर्जन कुमारी ज्यु, नेपाली कांग्रेस खोकनाका एक अग्रज कांग्रेसजन रहनुका साथै नेपाली कांग्रेस खोकना इकाई कार्यसमितिका निवर्तमान इकाई सभापति दुर्गाराम महर्जनज्यु (Durgaram Maharjan) का पुजनिय पिता हुनुहुन्छ।

आदरणिय बुवाको यस अकल्पनीय अवसानको दु:खद क्षणमा, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। ..💐💐🙏

Address

Khokana
Lalitpur

Telephone

+9779851314498

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress khokana/ नेपाली कांग्रेस खोकना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Congress khokana/ नेपाली कांग्रेस खोकना:

Share