17/02/2026
एक मिनेट ल । ४३ वर्ष पढाउने, ५२ वर्ष प्रेम गर्ने, ८१ वर्ष बाँच्ने मान्छेको अन्तिम विदाईमा – जम्मा छ जना ।
म उबर चलाउँछु । प्रायः मेरो रातिको सिफ्ट हुन्छ । अघिल्लो हप्ताको कुरा हो, झन्डै साँझ ११ बजे तिर एकजना बुढा मान्छे मेरो प्यासेन्जर भएर आए । उनी मेरो ट्याक्सीमा बस्ने बित्तिकै भने — "आजको रात तपाईंले मलाई पाँच ठाउँमा पुर्याउनु पर्छ । म तपाईंलाई ५०० डलर दिन्छु, नगदै । के काम हो म काम सकिएपाछि मात्र भन्छु ।"
ति मान्छेले पाँचवटा ठेगाना दिए ।
पहिलो स्टप — नगरपालिकाको एउटा घरमा लागे । उनी गाडीमै बसे, ओर्लिएनन् । दस मिनेटसम्म त्यो घरतर्फ चुपचाप हेरिरहे । त्यो घर हेरिरहँदा उनको आँखामा आशु छचल्किरहेको थियो । त्यसपछि उनले अब अर्को ठाउ जाउ भने । मैले ट्याक्सी चलाएँ ।
दोस्रो स्टप — नजिकैको प्राथमिक विद्यालय । रति त्यो अँध्यारो र खाली थियो । यो पटक उनी गाडीबाट झरे । स्कूलको ग्राउण्डमा हिँडे । पिङ्गमा बसे । १० मिनेट त्यहीँ बसेर फर्किए । ट्याक्सीमा चढेर उनि बोले, "म यहाँ पढाउँथेँ । ४३ वर्ष पढाइ । मेरो आत्माले मन पराएको काम थियो यो ।"
तेस्रो स्टप — एउटा रेष्टुरेन्ट । उनि सरासर भित्र गए र एक कप कफी अर्डर गरे । एक्लै बस्ने बूथमा बसे ।तातो कफी आयो तर उनले कफी छोएनन्, वस्, बसिरहे, वरिपरिको हेर्दै । १५ मिनेटपछि फर्किए र भने, "मेरो श्रीमती र म पहिलो पटक यहाँ डेटमा आएका थियौँ ।"
चौथो स्टप — चिहानघाट । उनी चिहानघाटमा झरे । एउटा चिहानतर्फ हिँडे । उभिएर एक्लै फत्फताउँदै कसैसँग कुरा गरे । के बोल्दैछन्, मैले प्रष्ट सुनिन । ३० मिनेटपछि फर्किँदा उनका आँखाका डिल आशुले भरिएको थियो, रातो भएको थियो । उनले बोले, "मेरो श्रीमती । आज तीन वर्ष भयो ।"
पाँचौँ स्टप — अस्पताल । "यो अन्तिम स्टप हो," उनले भने । उनले मलाई पार्क गर्न भने । मलाई हेरेर भने, "मैले तिमीलाई किन यी पाँच ठाउ लैजानु भने म कारण अब भन्छु । मलाई क्यान्सर भएको रहेछ, त्यो पनि स्टेज फोर को । सायद मेरो जीवन केही हप्ता मात्र बाँकी होला । वा शायद केही दिन मात्र । आजको रात म मेरो जीवन फेरि एकपटक हेर्न चाहन्थेँ । जबसम्म म सक्थेँ ।"
यो सुनेर मलाई नरमाइलो लग्यो । उनि बोल्दै गए
"त्यो घर – जहाँ मैले छोराछोरी हुर्काएँ । त्यो विद्यालय – जहाँ मैले आफ्नो उद्देश्य भेटेँ । त्यो रेष्टुरेन्ट – जहाँ म प्रेममा परेँ । त्यो चिहानघाट – जहाँ मैले बिदाइ दिएँ । र, यो अस्पताल – जहाँ आज रात म भर्ना हुँदैछु । र, यही अस्पताल नै मेरो अन्तिम गन्तव्य हुनेछ । सायद म घर फर्किँने छैन ।"
उनले गोजीमा हात हाले र ५०० डलर मलाई थमाए, "मेरो जीवनमार्गमा अन्तिम यात्रा गरिदिनु भयो । अन्तिमपटक कसैको दयालु व्यवहार पाउन चाहन्थेँ । तपाईंले मलाई त्यो दिनुभयो ।"
तर मलाई पैसा लिन शंकोच लाग्यो "म यो पैसा लिन सक्दिनँ।"
तर उनले भने "प्लिज, मेरो लागि दिन कोही बाँकी छैन । मेरा छोराछोरी बोल्दैनन् । साथी पनि छैनन् । तपाईंले मलाई तीन घण्टा दयालुता दिनुभयो । त्यो ५०० डलरभन्दा धेरै मूल्यवान् छ ।"
उनी झरे। सानो सुटकेश लिए। फर्केर सोधे:
"तपाईको नाम ?"
"मार्कस ।"
"धन्यवाद, मार्कस । अन्तिममा राम्रो कुरा बनेका लागि ।"
उनी अस्पतालभित्र हिँडे । म गाडीमै बसेर घोत्लिरहे । उनकै बारे सोचिरहेँ ।
भोलिपल्ट विहान भयो । मललाई किन किन उनलाई फेरी भेट्न मन भयो । यसैले उनलाई छोडेको अस्पताल फूल लिएर गएँ । उनको क्याविनको ढोका ढक्ढक्याएँ । उनी खाटमै थिए । मलाई देखेर मुस्कुराए ।
"मार्कस, तिमी फर्कियौ ।"
"त्यसरी अन्त्य गर्न सकिनँ। ठीक त हुनुहुन्छ ?"
"मर्दैछु । तर हिजो रात आफ्नो जीवन हेर्न पाएँ । त्यसैले, हो, ठीक छु ।"
हामी दुई घण्टा गफियौँ । उनकी श्रीमती, उनका विद्यार्थी, उनलाई बिर्सने पुगेका आफ्नै छोराछोरी, उनका जीवनबारे । म दुई हप्ता हरेक दिन गएँ । कफी लगेँ । समाचार पढिदिएँ । कहिले चुपचाप बसेँ । उनी सबै कुरा सुनाउँथे । पछुतो, खुसी, पुनःजीवन गर्न चाहने क्षणहरू ।
"म एक्लै मर्छु भनेर सोचेको थिएँ," एकदिन भने "तर तिमी छौ । अन्तिम दिनमा परिवारजस्तै बनेको एक अपरिचित । यो ठूलो उपहार हो ।"
मैले उनको हात समाएँ, "तपाईं एक्लै मर्नुहुन्न अब ।" उनी रोए।
त्यो दिन पनि आयो । मिस्टर प्याटरसन मङ्गलबारको दिन बिहान ३:१७ बजे सधैको लागि बिते । त्यो दिन मैले उनको हात समाइरहेको थिएँ । उनले अन्तिम शब्द बोलेका थिए — "मानिसहरूलाई भनिदेउ कि अपरिचितलाई हेर्नू । साँच्चिकै हेर्नू । सबै मर्दैछन् । कोही छिटो, कोही ढिलो । सबैसँग दयालु हुनु । जसरी तिमी दयालु भयौ ।"
उनले आँखा बन्द गरे।
हार्ट मोनिटर ठिक्क भयो।
एक घण्टा बसेँ । छोड्न सकिनँ ।
उनी कसैसँगै मरे । त्यो महत्वपूर्ण थियो ।
उनको अन्तिम संस्कारमा छ जना मात्रै थिए ।
म, तीनजना नर्स, एक वकिल, र एउटा पूर्व-विद्यार्थी जसले मृत्यु–सूचना देखेको थियो ।
बस् ।
४३ वर्ष पढाउने, ५२ वर्ष प्रेम गर्ने, ८१ वर्ष बाँच्ने मान्छेको अन्तिम विदाईमा – जम्मा छ जना ।
फ्युनेरलको अन्तिम दिन मैले बोलेँ — "मिस्टर प्याटरसनले मलाई दुई हप्तामा एउटा कुरा सिकाए । हरेक अपरिचित कसैको पूरै संसार हुन सक्छ । हरेक उबर यात्रुको एउटा कथा हुन्छ । हरेक यात्रु अन्तिम यात्रा गरिरहेको हुन सक्छ । हरेक अपरिचित अन्तिम बिदाइ दिइरहेको हुन सक्छ । त्यसैले, म अब फरक तरिकाले चलाउँछु। म सोध्छु, सुन्छु, हेर्छु । जसरी एउटा बुढा मान्छेले अन्तिम न्यानो रात खोज्यो, र एक अपरिचितले साथ दियो । तपाई पानी त्यो अपरिचित बन्ने प्रयास गरिदिनुस् । प्लिज ।"