देश र दुनियाँ

19/02/2026

रवि लामिछानेले चुप्पा बुढालाई भाेट आफुलाई मागेकाे जनताले उल्टाे बझेछन् जस्तो छ ।

17/02/2026

एक मिनेट ल । ४३ वर्ष पढाउने, ५२ वर्ष प्रेम गर्ने, ८१ वर्ष बाँच्ने मान्छेको अन्तिम विदाईमा – जम्मा छ जना ।

म उबर चलाउँछु । प्रायः मेरो रातिको सिफ्ट हुन्छ । अघिल्लो हप्ताको कुरा हो, झन्डै साँझ ११ बजे तिर एकजना बुढा मान्छे मेरो प्यासेन्जर भएर आए । उनी मेरो ट्याक्सीमा बस्ने बित्तिकै भने — "आजको रात तपाईंले मलाई पाँच ठाउँमा पुर्‍याउनु पर्छ । म तपाईंलाई ५०० डलर दिन्छु, नगदै । के काम हो म काम सकिएपाछि मात्र भन्छु ।"

ति मान्छेले पाँचवटा ठेगाना दिए ।

पहिलो स्टप — नगरपालिकाको एउटा घरमा लागे । उनी गाडीमै बसे, ओर्लिएनन् । दस मिनेटसम्म त्यो घरतर्फ चुपचाप हेरिरहे । त्यो घर हेरिरहँदा उनको आँखामा आशु छचल्किरहेको थियो । त्यसपछि उनले अब अर्को ठाउ जाउ भने । मैले ट्याक्सी चलाएँ ।

दोस्रो स्टप — नजिकैको प्राथमिक विद्यालय । रति त्यो अँध्यारो र खाली थियो । यो पटक उनी गाडीबाट झरे । स्कूलको ग्राउण्डमा हिँडे । पिङ्गमा बसे । १० मिनेट त्यहीँ बसेर फर्किए । ट्याक्सीमा चढेर उनि बोले, "म यहाँ पढाउँथेँ । ४३ वर्ष पढाइ । मेरो आत्माले मन पराएको काम थियो यो ।"

तेस्रो स्टप — एउटा रेष्टुरेन्ट । उनि सरासर भित्र गए र एक कप कफी अर्डर गरे । एक्लै बस्ने बूथमा बसे ।तातो कफी आयो तर उनले कफी छोएनन्, वस्, बसिरहे, वरिपरिको हेर्दै । १५ मिनेटपछि फर्किए र भने, "मेरो श्रीमती र म पहिलो पटक यहाँ डेटमा आएका थियौँ ।"

चौथो स्टप — चिहानघाट । उनी चिहानघाटमा झरे । एउटा चिहानतर्फ हिँडे । उभिएर एक्लै फत्फताउँदै कसैसँग कुरा गरे । के बोल्दैछन्, मैले प्रष्ट सुनिन । ३० मिनेटपछि फर्किँदा उनका आँखाका डिल आशुले भरिएको थियो, रातो भएको थियो । उनले बोले, "मेरो श्रीमती । आज तीन वर्ष भयो ।"

पाँचौँ स्टप — अस्पताल । "यो अन्तिम स्टप हो," उनले भने । उनले मलाई पार्क गर्न भने । मलाई हेरेर भने, "मैले तिमीलाई किन यी पाँच ठाउ लैजानु भने म कारण अब भन्छु । मलाई क्यान्सर भएको रहेछ, त्यो पनि स्टेज फोर को । सायद मेरो जीवन केही हप्ता मात्र बाँकी होला । वा शायद केही दिन मात्र । आजको रात म मेरो जीवन फेरि एकपटक हेर्न चाहन्थेँ । जबसम्म म सक्थेँ ।"

यो सुनेर मलाई नरमाइलो लग्यो । उनि बोल्दै गए
"त्यो घर – जहाँ मैले छोराछोरी हुर्काएँ । त्यो विद्यालय – जहाँ मैले आफ्नो उद्देश्य भेटेँ । त्यो रेष्टुरेन्ट – जहाँ म प्रेममा परेँ । त्यो चिहानघाट – जहाँ मैले बिदाइ दिएँ । र, यो अस्पताल – जहाँ आज रात म भर्ना हुँदैछु । र, यही अस्पताल नै मेरो अन्तिम गन्तव्य हुनेछ । सायद म घर फर्किँने छैन ।"

उनले गोजीमा हात हाले र ५०० डलर मलाई थमाए, "मेरो जीवनमार्गमा अन्तिम यात्रा गरिदिनु भयो । अन्तिमपटक कसैको दयालु व्यवहार पाउन चाहन्थेँ । तपाईंले मलाई त्यो दिनुभयो ।"

तर मलाई पैसा लिन शंकोच लाग्यो "म यो पैसा लिन सक्दिनँ।"

तर उनले भने "प्लिज, मेरो लागि दिन कोही बाँकी छैन । मेरा छोराछोरी बोल्दैनन् । साथी पनि छैनन् । तपाईंले मलाई तीन घण्टा दयालुता दिनुभयो । त्यो ५०० डलरभन्दा धेरै मूल्यवान् छ ।"

उनी झरे। सानो सुटकेश लिए। फर्केर सोधे:
"तपाईको नाम ?"
"मार्कस ।"
"धन्यवाद, मार्कस । अन्तिममा राम्रो कुरा बनेका लागि ।"

उनी अस्पतालभित्र हिँडे । म गाडीमै बसेर घोत्लिरहे । उनकै बारे सोचिरहेँ ।

भोलिपल्ट विहान भयो । मललाई किन किन उनलाई फेरी भेट्न मन भयो । यसैले उनलाई छोडेको अस्पताल फूल लिएर गएँ । उनको क्याविनको ढोका ढक्ढक्याएँ । उनी खाटमै थिए । मलाई देखेर मुस्कुराए ।

"मार्कस, तिमी फर्कियौ ।"
"त्यसरी अन्त्य गर्न सकिनँ। ठीक त हुनुहुन्छ ?"
"मर्दैछु । तर हिजो रात आफ्नो जीवन हेर्न पाएँ । त्यसैले, हो, ठीक छु ।"

हामी दुई घण्टा गफियौँ । उनकी श्रीमती, उनका विद्यार्थी, उनलाई बिर्सने पुगेका आफ्नै छोराछोरी, उनका जीवनबारे । म दुई हप्ता हरेक दिन गएँ । कफी लगेँ । समाचार पढिदिएँ । कहिले चुपचाप बसेँ । उनी सबै कुरा सुनाउँथे । पछुतो, खुसी, पुनःजीवन गर्न चाहने क्षणहरू ।

"म एक्लै मर्छु भनेर सोचेको थिएँ," एकदिन भने "तर तिमी छौ । अन्तिम दिनमा परिवारजस्तै बनेको एक अपरिचित । यो ठूलो उपहार हो ।"

मैले उनको हात समाएँ, "तपाईं एक्लै मर्नुहुन्न अब ।" उनी रोए।

त्यो दिन पनि आयो । मिस्टर प्याटरसन मङ्गलबारको दिन बिहान ३:१७ बजे सधैको लागि बिते । त्यो दिन मैले उनको हात समाइरहेको थिएँ । उनले अन्तिम शब्द बोलेका थिए — "मानिसहरूलाई भनिदेउ कि अपरिचितलाई हेर्नू । साँच्चिकै हेर्नू । सबै मर्दैछन् । कोही छिटो, कोही ढिलो । सबैसँग दयालु हुनु । जसरी तिमी दयालु भयौ ।"

उनले आँखा बन्द गरे।
हार्ट मोनिटर ठिक्क भयो।
एक घण्टा बसेँ । छोड्न सकिनँ ।
उनी कसैसँगै मरे । त्यो महत्वपूर्ण थियो ।
उनको अन्तिम संस्कारमा छ जना मात्रै थिए ।
म, तीनजना नर्स, एक वकिल, र एउटा पूर्व-विद्यार्थी जसले मृत्यु–सूचना देखेको थियो ।
बस् ।

४३ वर्ष पढाउने, ५२ वर्ष प्रेम गर्ने, ८१ वर्ष बाँच्ने मान्छेको अन्तिम विदाईमा – जम्मा छ जना ।

फ्युनेरलको अन्तिम दिन मैले बोलेँ — "मिस्टर प्याटरसनले मलाई दुई हप्तामा एउटा कुरा सिकाए । हरेक अपरिचित कसैको पूरै संसार हुन सक्छ । हरेक उबर यात्रुको एउटा कथा हुन्छ । हरेक यात्रु अन्तिम यात्रा गरिरहेको हुन सक्छ । हरेक अपरिचित अन्तिम बिदाइ दिइरहेको हुन सक्छ । त्यसैले, म अब फरक तरिकाले चलाउँछु। म सोध्छु, सुन्छु, हेर्छु । जसरी एउटा बुढा मान्छेले अन्तिम न्यानो रात खोज्यो, र एक अपरिचितले साथ दियो । तपाई पानी त्यो अपरिचित बन्ने प्रयास गरिदिनुस् । प्लिज ।"

23/11/2025

यही कारणले पिटाइ खाएछन् यी केटाले

चीनमा एउटा तस्वीरले संसारलाई नै भावुक बनायो—दुई जना सर्जन अस्पतालको भुइँमा लडिरहेका देखिन्छन्, ३२ घण्टासम्म लगातार गरिएक...
20/11/2025

चीनमा एउटा तस्वीरले संसारलाई नै भावुक बनायो—दुई जना सर्जन अस्पतालको भुइँमा लडिरहेका देखिन्छन्, ३२ घण्टासम्म लगातार गरिएको मस्तिष्क शल्यक्रियापछि उनीहरू पूर्ण थकित भएका थिए।

यो शल्यक्रिया फुजियान मेडिकल विश्वविद्यालयको पहिलो संलग्न अस्पतालमा सम्पन्न भएको थियो। डा. डाई र डा. तियान नामक दुई न्युरोसर्जनले जीवनरक्षक प्रयास गर्दै गम्भीर मस्तिष्क धमनी फुलावट (aneurysm) रोक्न दिनरात बिना आराम काम गरे।

अन्ततः शल्यक्रिया सफल भएपछि र बिरामीको अवस्था स्थिर भएपछि उनीहरू थकानले भुइँमै ढले। त्यो एक तस्वीर नै साँचो चिकित्सकीय वीरताको प्रतीक बन्यो—विश्वभर फैलिँदै प्रत्येक सेतो कोटभित्रको त्याग, करुणा र मानवीय शक्ति सम्झाउने सन्देश बन्यो।

आजको समयमा समाचारले प्रायः दैनिक नायकहरूलाई बेवास्ता गर्ने भए पनि यो क्षणले देखायो—समर्पण र मानवता अझै पनि आधुनिक चिकित्साको आधार हो। यी चिकित्सकहरूले प्रशंसा खोजेनन्; उनीहरूको सन्तुष्टि जीवन बचाउन सक्नुमा थियो।

यो केवल चिकित्सकहरूको कथा मात्र होइन—यो दृढता, उद्देश्य, र ती मौन योद्धाहरूको कथा हो, जो आराम नगरी उपचार गर्छन । Following

16/11/2025

तोरिको तेल खान हुँदैन है ( पूरा पढ्नुहोस कसरि गुम्यो स्वस्थ हुने अवसर )

सानो बेलामा जब दशैं तिहार नजिकिन्थ्यो आमाले बोराभरी तोरि बोकेर तोरि पेल्ने मिलमा लैजानुहुन्थ्यो । तोरि पेल्न म पनि पछि पछि लागेर जान्थें र तोरि पेल्दैगर्दा त्यसबाट आउने बास्ना सारै मनपर्थ्यो ।

तोरिबाट निक्लने छोक्रा ( पिना ) बिरुवालाई लगाईदिए मल र भिटामिन केही नचाहिने, १० गुणा बढी सप्रने र फल्ने, गाईलाई खुवाएको दिन १.५% बढी दूध बढेको देख्ने र भोग्ने हामी नै थियौं ।

त्यहिँबाट थाहा थियो कि यसमा धेरै नै तागत रहेछ ।

कुनैदिन काँचो तोरिको तेलमा मुछेर भात खाएको, कहिले उसिनेको मकै , यो अझै पनि ताजै छ दृष्य आँखामा तर अचम्म यसरी खाएर पनि कोहि रोगी भएन बरु उल्टै बलिया भए ..

अब बजारमा हल्ला आयो ! तोरिको तेल त खान नै हुँदैन , खायो कि मरिन्छ, यो त कोलेस्ट्रोलको जड हो नि, मुटु त ध्वस्तै हुन्छ ।

अनि बजारमा आयो सनफ्ल्वार तेल !

त्यसपछी पनि आमाले पत्याउनुभएन तर छिमेकी धेरैले पत्याए , सनफ्लावर खानेजत्ती प्रेसर, सुगर , क्यान्सर बोकेर थलिए, तोरिकै तेल काँचै पिउने आमा ७५ कट्दा पनि उस्तै नै हुनुभयो ।।

अब मैले अधय्यन नगरी भएन !! के रहेछ तोरिको तेलको वास्तविकता ??

- कानमा दुई थोपा तोरिको तेल हाल्नु भनेको nowax भन्ने चिजको बच्चालाई कहिल्यै आवश्यक नहुनु र कान दुख्ने रोग नआउनु रहेछ त्यही nowax नबिक्ने समस्या रोक्नलाई र हस्पिटलमा भिड बढाउनलाई डाक्टरले तोरिको तेल बच्चालाई कानमा नहालिदिनु है भन्दा रहेछन ।

- तोरिको तेलले बच्चाको मालिस गरेर घाम तपाउँदा उसलाई निमोनिया र पेटको रोग नआउने रहेछ त्यही भएर डाक्टरहरुले तोरिको तेल मालिस नगर्नु है हुन्न नि हुन्न johnson ले मालिस गर्नुपर्छ भन्दा रहेछन जबकी johnson मा क्यान्सर गराउने तत्व रहेछ ।

- तोरिको तेलमा कोलेस्ट्रोल शून्य हुने मात्र हैन जसलाई कोलेस्ट्रोल।उच्च छ उसले , जसलाई सुगर र प्रेसर छ उसले तोरिको काँचो तेल एक एक चम्चा पिउने हो भने यी सबै निको हुने रहेछ त्यसैले पो यो खान नै हुँदैन भन्दा रहेछन डाक्टरहरु किनकी सधैं औषधि जो खुवाउनुपर्ने छ ।

- कस्तो अचम्म हो ? तोरिको smoking point 250 degree अनि sunflower को smoking point 230 degree

- अर्थात !! थोरै तापमा पनि sunflower तेल बिग्रन्छ भने त्यही तापमा तोरिको तेल बिग्रदैन ।

- अर्को भ्रम पनि त्याग्नुस !! जबसम्म तेलबाट धुँवा आउँदैन , तेल मज्जाले पुग्नेगरी हालेर, धुँवा आउनुअघी नै तरकारी ओईइरिएर वा काँचो तेल सेवन गर्ने हो भने त्यसले स्वास्थ्यलाई अद्भुत फाईदा गर्छ तर तेल शुद्ध तोरि हुनुपर्यो ।

- यहाँ उसिनेर खाने र तेल त्याग्नेहरु केही वर्षमा झनै रोगी हुने पक्का छ किनकि यो जापान हैन यो नेपाल हो । तोरि हामिलाई प्रकृत्तिले स्वस्थ रहनलाई दिएको हो ।

- हरेक दिन सुत्नेबेला तोरिको तेलले मालिस गर्दा उसको आयु लामो हुन्छ ।

- तोरिको तेल आँखामा लगाउँदा आँखाको कमजोरी हट्छ र कपालमा लगाउँदा कपाल बलियो, कालो, लामो हुन्छ ।

- तोरिको तेल जिउभरी लगाएर बिहान घाममा १५ मिनेट बस्दा भिटामिन डि को कमि र शरिरको क्याल्सियम कमि समेत हराएर जान्छ ।

अब भन्नुस यस्तो बहुगुणको तोरि फेरि नेपालकै मात्र हो । इन्डिया , रुस, युक्रेनबाट आउने तोरिमा केही गुण हुन्छ तर यो सबै गुण हुँदैन ।

यी कुराको प्रचार धेरै गरौं र हामिलाई फ्याँकिएका भ्रमलाई चिरौं ।

नोट : प्याकेटको तोरिको तेल खराब हो, refined तेल खराब हो । शुद्द तोरि नै ल्याएर पेलेको तेल मात्र तोरिको तेल हो । अरु सबै नक्कली हो ।त्यसको कुनै फाईदा छैन ।

#साभार

An interview with Bejuna Joshi, Lecturer, Northwest Community College, Canada (Daughter in law of Satya Mohan Joshi, wel...
31/10/2025

An interview with Bejuna Joshi, Lecturer, Northwest Community College, Canada (Daughter in law of Satya Mohan Joshi, well known writer, cultural expert and historian)

द एजुकेशन The Education An interview with Bejuna Joshi, Lecturer, Northwest Community College, Canada (Daughter in law of Satya Mohan Joshi, well known write...

क्यालिफोर्निया  विश्वविद्यालयमा गणितको एउटा कक्षा चलिरहेको थियो। त्यही बेला एक विद्यार्थी कक्षामै निदायो। जब ऊ ब्यूँझियो...
24/10/2025

क्यालिफोर्निया विश्वविद्यालयमा गणितको एउटा कक्षा चलिरहेको थियो। त्यही बेला एक विद्यार्थी कक्षामै निदायो। जब ऊ ब्यूँझियो, उसले देख्यो कि प्राध्यापकले बोर्डमा दुईवटा समस्या लेखेका थिए। उसले सोचेको थियो — यी त गृहकार्य (होमवर्क) हुन्। त्यसैले उसले ती समस्या नोटबुकमा लेख्यो र घर लिएर गयो।

जब उसले ती समस्याहरू हल गर्न थालेको थियो, ऊ चकित भयो — ती प्रश्नहरू असाध्यै कठिन थिए। तर उसले हार मानेन। घण्टौँसम्म पुस्तकालयमा बसेर पुस्तकहरूको सहयोगमा अध्ययन गर्‍यो र अन्ततः तीमध्ये एक समस्या हल गर्न सफल भयो — यद्यपि यो निकै चुनौतीपूर्ण थियो।

पछिल्लो कक्षामा जब प्राध्यापकले गृहकार्यबारे केही पनि सोधेनन्, ऊ अचम्ममा पर्‍यो र उभिएर सोध्यो,
“सर, अघिल्लो लेक्चरमा दिएको असाइनमेन्टबारे केही किन सोध्नु भएन?”

प्राध्यापक मुस्कुराउँदै बोले,
“असाइनमेन्ट? ती त मैले केवल उदाहरणका रूपमा लेखेका थिएँ — ती समस्या त अहिलेसम्म कुनै पनि वैज्ञानिकले समाधान गर्न सकेका छैनन्।”

विद्यार्थी अचम्ममा पर्‍यो र भन्यो,
“तर मैले त तीमध्ये एक समस्या हल गरें! मैले यसबारे चारवटा अनुसन्धान–पत्र पनि लेखें।”

पछि उसको यस असाधारण उपलब्धिलाई मान्यता दिइयो, र आज पनि कोलम्बिया विश्वविद्यालयमा उसका ती चारवटा पेपर प्रदर्शित छन्।

यस कथाको सबैभन्दा महत्वपूर्ण पक्ष के थियो भने —
उसले कहिल्यै सुनेको थिएन कि “यी समस्याहरूको कुनै समाधान छैन।”
उसले मात्र यो मानेको थियो कि यी कठिन प्रश्न हुन्, जसलाई हल गर्नुपर्छ।
उसले सम्पूर्ण मन, समय र श्रम लगायो — र अन्ततः सफल भयो।

यो कथा हामी सबैलाई सम्झाउँछ —
कसैको कुरा नमान, जो भन्छ तिमीले गर्न सक्दैनौ।
आजको पुस्ता धेरैजसो निराशा र नकारात्मकताले घेरिएको छ।
केही मानिसहरू जानाजान अरूको मनमा असफलताको बीउ रोप्छन्।

तर, तिम्रो भित्र असीम शक्ति छ —
तिम्रो लक्ष्यमा पुग्ने साहस,
बाधा पार गर्ने दृढता,
र आफ्ना सपनालाई यथार्थमा रूपान्तरण गर्ने सामर्थ्य।

बस, आफैंमाथि विश्वास राख
र निरन्तर प्रयास गर्दै अघि बढ।

त्यो विद्यार्थीको नाम थियो — जर्ज ड्यान्टजिग (George Dantzig)
र यो कथा Math Stack Exchange बाट लिइएको हो।

डटजीओभी डटएनपीको सट्टा जिमेललाई प्राथमिकता दिँदै अन्तरिम सरकार, राष्ट्रिय सुरक्षामा प्रश्न !डटजीओभी डटएनपीको सट्टा जिमेल...
19/10/2025

डटजीओभी डटएनपीको सट्टा जिमेललाई प्राथमिकता दिँदै अन्तरिम सरकार, राष्ट्रिय सुरक्षामा प्रश्न !
डटजीओभी डटएनपीको सट्टा जिमेललाई प्राथमिकता दिँदै अन्तरिम सरकार, राष्ट्रिय सुरक्षामा प्रश्न !

काठमाडौँ । १९ असोज २०८२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबारे जानकारी दियो । प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खुल्ने क्रम बढेपछि सरकारले आधिकारिता प्रस्ट्याउन खोजेको थियो, तर त्यही विज्ञप्तिले एउटा नयाँ र गम्भीर बहस सिर्जना गर्‍यो । विज्ञप्तिमा प्रधानमन्त्रीको सामाजिक सञ्जालका लागि आइडेन्टिफायर ईमेलको रूपमा ‘[email protected]’ उल्लेख थियो ।

देशको कार्यकारी प्रमुखको कार्यालयबाट सार्वजनिक प्रयोजनका लागि निजी कम्पनीको ईमेल सेवा प्रयोग भएको विषयले सामाजिक सञ्जालदेखि प्रविधि विज्ञसम्मको ध्यान खिच्यो र सरकारी निकायको डिजिटल अभ्यास, डेटा सुरक्षा र राष्ट्रिय सार्वभौमसत्तामाथि गम्भीर प्रश्नहरू खडा गर्‍यो ।

यो कदमले सामाजिक सञ्जालमा तत्कालै चर्को आलोचना निम्त्यायो । प्रयोगकर्ताले राष्ट्रिय सुरक्षा, गोपनीयता र सरकारी निकायको गैरजिम्मेवारीपनमाथि प्रश्न उठाए । फेसबुकमा केशव पौड्यालले लेखे, “देशको प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल सरकारी आधिकारिक ईमेलबाट हैन, .com बाट बनाइएको छ, यसलाई कसरी आधिकारिक मान्ने ?”

राजेन्द्रप्रसाद पौडेलले फेसबुकमा आफ्नो असन्तुष्टि पोख्दै लेखे, “देशले सूचना प्रविधिको क्रान्तिमा गर्व गर्न सक्दैन ! प्रधानमन्त्री कार्यालयले फेसबुक पेज खोल्न ‘[email protected]’ लाई आधिकारिक ईमेलको रूपमा प्रयोग गरिरहेको छ । हे भगवान ! तपाईंहरू किन सूचना प्रविधि व्यवस्थापन प्रणाली (IDMS) का प्राविधिक अधिकृतबाट ‘[email protected]’ जस्तो आधिकारिक ईमेल बनाउन सक्नुहुन्न ? आईडीएमएस डेटा सेन्टरमा त्यस्ता ईमेल बनाउनका लागि धेरै सुविधाहरू छन् ।”

एक्समा पनि यस्तै आलोचना देखियो । सिर्जन नामका प्रयोगकर्ताले लेखे, “प्रधानमन्त्रीको ईमेल अकाउन्ट त .np हुनु पर्ने होइन ? gmail किन ? गोपनीयता उल्लङ्घन भएन ?”

टेकजङ्ग महतले प्रधानमन्त्रीको सचिवालयलाई लक्षित गर्दै भने, “के प्रधानमन्त्रीले यी खाता खोल्न जिमेल प्रयोग गरिरहनुभएको छ ? तपाईंको होस ठेगानमा छैन ? तपाईंहरू राष्ट्रिय सुरक्षाका मुद्दाबारे कसरी सोच्न सक्नुहुन्न ? के तपाईंसँग .gov ईमेल छैन ? यो देश र यसका आधिकारिक च्यानललाई मजाक जसरी नचलाउनुहोस् ।”

त्यसैगरी अर्जुन नामका प्रयोगकर्ताले लेखे, “यो देश अब एउटा मजाक बनेको छ ! प्रधानमन्त्रीको आईटी टोलीमा डिजिटल साक्षरता खोइ ? देशको प्रधानमन्त्रीको आधिकारिक ईमेलका रूपमा ‘.com’ प्रयोग भइरहेको छ ।”

पीआरपी नामक प्रयोगकर्ताले एक्समा लेखे, “gov.np किन प्रयोग नगरेको ? अनि प्रमको ह्यान्डल त जसरी पनि लिनु पर्‍यो नि । व्यक्तिको जुनसुकै हुन सक्छ तर संस्थाको एउटै ह्यान्डल हुनुपर्छ ।”

समिर पौडेलले थपे, “साँच्चै यो जिमेलको प्रयोग त्यो पनि प्रधानमन्त्री जस्तो ओहोदाको, लाजको पसारो । बरु अर्को ईमेल नै प्रयोग गर्नु परे पनि .gov.np कै प्रयोग गरेर अर्को बनाउनु नि ।”

आर्जन बासकोटाले पनि आफ्नो धारणा राख्दै भने, “Gmail.com आधिकारिक मेल ठेगाना हुनुहुँदैनथ्यो । हामी किन ‘.gov.np’ अन्तर्गत अर्को ठेगाना बनाउन सक्दैनौँ ? उहाँलाई एक जेन-जी प्राविधिक सल्लाहकार चाहिएको जस्तो छ ।”

यो बहस केवल सामाजिक सञ्जालको पहिचानमा सीमित रहेन । २६ असोजमा ‘जेन-जी’ आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गर्न गठित जाँचबुझ आयोगले प्रमाण पठाउनका लागि ‘[email protected]’ नामक ईमेल सार्वजनिक गर्‍यो । संवेदनशील प्रमाण र व्यक्तिगत विवरण सङ्कलन गर्नुपर्ने जिम्मेवार आयोगले समेत सरकारी डोमेन ‘.gov.np’ को सट्टा जिमेल प्रयोग गरेपछि सरकारी निकाय आफ्नै सूचना प्रविधि पूर्वाधारप्रति कति अविश्वासी छन् भन्ने प्रश्न थप बलियो बन्यो ।

सरकारी निकायले किन आफ्नै प्रणाली प्रयोग गर्दैनन् त ? सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीका अनुसार विभागसँग सरकारी ईमेल बनाउने क्षमता छ तर कहिलेकाहीँ समन्वयको अभाव र छिटोछरितोका लागि निजी सेवा प्रयोग हुने गरेको देखिन्छ । उनले भने, “सजिलो लागेको भएर हो कि जिमेल प्रयोग गर्नु भएको ? हामीसँग आधिकारिक ईमेल लिने केही कुरा भएको थियो । उहाँहरूले किन लिनु भएन थाहा भएन ।”

सूचना विभागका एक इन्जिनियरका अनुसार चालू आर्थिक वर्षदेखि सूचना प्रविधि विभागले सरकारको केन्द्रीय ईमेल प्रणाली व्यवस्थापन गरिरहेको छ । सरकारसँग हाल २० हजार ईमेल बनाउन सक्ने क्षमता छ । तर, कोटा सकिएकाले बल्कमा ईमेल बनाउन अहिले सम्भव छैन । “तर, हामी काम नलाग्ने ईमेल आर्काइभ गरेर केही नयाँ ईमेल उपलब्ध गराउन सक्छौं,” विभागका एक इन्जिनियरले टेकपानासँग भने । उनका अनुसार वर्तमान सरकारले विभागसँग सरकारी ईमेल प्रयोग गर्न कुनै छलफल गरेको छैन । जाँचबुझ आयोगले पनि आधिकारिक ईमेलका लागि कुनै अनुरोध गरेन ।

साइबर सुरक्षा विज्ञहरू यसलाई सामान्य त्रुटिका रूपमा मात्र हेर्दैनन् । उनीहरूका अनुसार यस्तो अभ्यासले अनेकौं जोखिम निम्तिन सक्छन् । साइबर सुरक्षा कम्पनी बगभीका सञ्चालक नरेश लामगादे भन्छन्, “जब सरकारी निकायले सार्वजनिक रूपमा जिमेल प्रयोग गर्छ, यसले फिसिङ र स्क्यामरलाई लक्षित आक्रमण गर्न सजिलो बनाउँछ । उनीहरूले उस्तै देखिने ईमेल बनाएर सर्वसाधारणलाई भ्रममा पार्न सक्छन् । सरकारी ईमेल भए सरकार परिवर्तन हुँदा हस्तान्तरण गर्न सकिन्छ, तर जिमेल व्यक्तिगत सम्पत्ति जस्तो भयो । भोलि त्यो कसको हातमा पुग्छ र त्यसमा भएका प्रमाणको के हुन्छ भन्ने कुनै निश्चितता हुँदैन ।”

आज सरकारी कामकाजका लागि जिमेल डटकम एक्सटेन्सनको ईमेल प्रयोग हुँदा भोलि यस्तो ईमेल जोसुकैले बनाउन सक्ने भएकाले जोखिम बढी हुने लामगादे सुनाउँछन् । त्यस्तै थर्ड पार्टी ईमेल प्रदायकको ईमेल सेवा प्रयोग गरिरहँदा र भोलि यो कसरी व्यवस्थापन हुन्छ भन्ने स्पष्ट नहुँदा त्यसको दुरुपयोग हुने जोखिम रहेको उनको बुझाइ छ ।

यसले देशको डेटामाथिको नियन्त्रण र सार्वभौमिकताको प्रश्न अर्का सूचना प्रविधिविज्ञ सुनाउँछन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) का कार्यकारी सदस्य रिचन श्रेष्ठका अनुसार गुगलजस्ता ठुला कम्पनीको सुरक्षा प्रणाली बलियो भए पनि राष्ट्रिय दृष्टिकोणबाट सरकारी डेटा आफ्नै पूर्वाधारमा राख्नु अनिवार्य हुन्छ । उनी भन्छन्, “राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट हेर्दा, सरकारी स्तरका डेटा हामीले हाम्रै नियन्त्रणमा राख्नुपर्छ । भोलि कुनै विदेशी कम्पनीले दबाबमा आएर डेटा चुहावट गरिदिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।”

सरकारी निकायले जिमेलजस्ता निःशुल्क सेवा प्रयोग गर्नुले अन्तर्राष्ट्रिय स्तरमा देशको प्राविधिक क्षमता र डिजिटल साक्षरतामाथि पनि नकारात्मक सन्देश जाने विज्ञहरूको तर्क छ ।

पछिल्लो

आन्दोलनका नाममा आगो सल्काउने TOB कमाण्डरको नागरिकता नक्कली ठहरजन आस्था‘मलाई मेरो देश फिर्ता ले’ भन्ने चर्को नारा लगाउँदै...
19/10/2025

आन्दोलनका नाममा आगो सल्काउने TOB कमाण्डरको नागरिकता नक्कली ठहर
जन आस्था

‘मलाई मेरो देश फिर्ता ले’ भन्ने चर्को नारा लगाउँदै जेनजी प्रदर्शन र विध्वंशको क्रममा टिओबी अर्थात् टिबेटन ओरिजिनल ब्लड लेखिएको कालो ज्याकेट लगाएर सरकार ढाल्न तोडफोडमा संलग्न तेन्जिन दावा लामाको नागरिकता नक्कली ठहरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ कार्यालयमा शनिवारका दिन जन्म दर्ता गरेर उनलाई नागरिकता सिफारिस गरिएको थियो । उक्त सिफारिस फर्जी ठहरिएको रिपोर्ट प्रहरीले भर्खरै प्राप्त गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जन्मेको १० बर्षपछि ०६३ साल चैत १० गते शनिवारको नक्कली जन्मदर्ताका आधारमा बनाइदिएको नक्कली नागरिकताको सिफारिस जनाउने ढड्डा भदौ २४ को आगलागीमा डढाइएको छ तर काठमाण्डौ महानगरपालिकाले सो सिफारिस आफूले नगरेको पत्र काठमाण्डौ प्रहरी परिसरलाई पठाएको बुझिएको छ । अर्थात तेन्जिङ्गलाई नागरिकता दिलाउन टेकिएको आधार नै गलत ठहरिएको छ । यसवारे सोध्दा उनले आमाले के,कसरी सिफारिस बनाइदिनुभयो आफू जानकार नरहेको बयान दिएका छन् ।

स्रोतका अनुसार तेन्जिङ्गले सोही नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानीसमेत बनाइसकेका छन् । सोही राहदानी बोकेर उनी अष्ट्रेलिया जाने तयारीमा थिए ।

"जेनजीका नाममा बनेको वर्तमान सरकारले अनुग्रहित हुँदै यस्ता देशघाती पात्रप्रति उदारता देखायो भने,न्यायाधीशहरुले पहिले झैं यी प्रकरणमा पनि मन कमलो बनाइदिए भने चाहिँ फेरि पनि अदालत डढ्ने खतरा टड्कारो देखिन्छ ।"

यसबाट नेपालमा लुकिछिपी बसेर कर्मचारीलाई घुस खुवाउँदै नेपाली नागरिकता फुत्काउने र छिमेकीविरोधी गतिविधि सन्चालन गर्ने मात्र नभई शरण दिने देशमै बिध्वँश मच्चाउन उध्यत पात्रहरु नेपालभित्र हज्जारौंको संख्यामा रहेको र तिनीहरूबाट कोही पनि सुरक्षित नरहेको प्रमाणित भएको छ ।

तेन्जिङ्गलाई प्रहरीले किन यसरी नक्कली कागजात बनाइस् भनेर वयान लिने क्रममा उनले मलाई सबैले तिब्बती तिब्बती भनेर उडाएपछि म नेपाली नै हो नि भनेर चिनाउन टिकटक बनाएको र यो नै आफ्नोलागि आत्मघाती कदम ठहरिएको दुःखेसो पोखेका छन् ।

यसरी नागरिकता र राहदानी फुत्काउने प्रत्येक शंकास्पद पात्र र घुसमा बिक्ने कर्मचारीमाथि कडा कार्वाही नगरे देशले अझै महङ्गो मूल्य चुकाउनु पर्ने पक्का छ । आज निज समातिएको ७ दिन पुगेको छ । २५ दिनभित्र अनुसन्धान सकाएर अदालतमा मुध्दा बुझाइसक्नुपर्ने म्याद रहन्छ । जेनजीका नाममा बनेको वर्तमान सरकारले अनुग्रहित हुँदै यस्ता देशघाती पात्रप्रति उदारता देखायो भने,न्यायाधीशहरुले पहिले झैं यी प्रकरणमा पनि मन कमलो बनाइदिए भने चाहिँ फेरि पनि अदालत डढ्ने खतरा टड्कारो देखिन्छ ।

Address

Lalitpur Metropolitan
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when देश र दुनियाँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to देश र दुनियाँ:

Share