03/11/2021
तिहारकाे बेलामा आगलागी जाेखिम बढि हुने हुँदा आगलागी हुन नदिन के गर्ने ?
ललितपुर जिल्लाका साथै अन्य जिल्लाहरूमा पनि तिहार सुरु भए संगैसंगै आगलागीका घटना ह्वात्तै बढ्ने गर्दछन ।
गत वर्ष लक्ष्मीपुजाको दिन यस ललितपुर जिल्लाका साथसाथै अन्य जिल्लाहरुमा आगलागी धेरै भएका थिए ।
गत बर्षकाे प्रतिबेदन हेर्दा दिपावली तिहारमा आगलागीकाे जाेखिम बढी हुने गरेका छन ।
यस जुद्ध वारुण यन्त्र कार्यालय ललितपुरकाे आगलागी प्रतिबेदन अनुसार तिहारकाे बेला भएका आगलागीका घटनाबाट धेरै भन्दा धेरै क्षति हुने गरेकाे पाइन्छ ।
विषेशगरि तिहारमा आगलागि जाेखिम बढी हुने गर्दछ किन ?
# प्रज्वलनशिल पदार्थ बच्चाले भेट्ने ठाउमा र घर भान्सा भित्र स्टाेर गरि राख्नाले ।
# तिहारमा लक्ष्मी पुजा गर्दा पसल, कारखाना, घर गाेठ र घरमा हुने पुजा काेठाहरुमा धुप, दियाे, मैनबत्ती र विजुलिबाट बल्ने वत्तिहरु बालि छाेड्नाले ।
# तिहारमा राेटि पकाउन चुल्हो बालेर काम सकेपछि आगाे पुर्ण रुपमा ननिभाउनाले ।
# तिहारमा विभिन्न किसिमका पटकाहरु पट्काउनाले ।
हुन नदिन के गर्ने ?
# प्रज्वलनशिल पदार्थ जस्तै पेट्रोल, डिजेल , मट्टीतेल , सलाई , लाइटर आदि बच्चाले भेट्ने ठाउमा नराख्ने र घरभान्सा भित्र स्टाेर नगर्ने स्टाेर गर्नुपर्ने भएमा सुरक्षीत स्थान छनाेट गरि राख्ने ।
# तिहारकाे बेला लक्ष्मी पुजा गर्दा पसल, कारखाना, घर गाेठ र घरमा हुने पुजा काेठाहरुमा धुप, दियाे, मैनबत्ती बाले पश्चात् पुर्ण रुपमा निभाएर सुत्नुपर्छ ।
# तिहारमा विजुलिकाे लाेड बढि हुने हुंदा विजुलि सर्ट भइ आगाे लाग्न सक्दछ। त्यसैले सुत्नु अघि पुर्ण रुपमा वत्ति बन्द गरि सुत्नुपर्छ ।
# तिहारमा खाना, राेटि पकाए पश्चात् वा भान्साकाे काम सकिए पछि ग्यासकाे लेगुलेटर बन्द गर्नु पर्दछ । यदि भान्सामा दाउरा बालि चुल्होकाे प्रयाेग गर्नु भएकाे छ भने पुर्ण रुपमा आगाे निभाइ सुत्नुहाेला ।
# तिहारमा विभिन्न किसिमका पटकाहरु पट्काउदा आफ्नाे वा अरुकाे घर गाेठ, परालकाे कुन्युमा गई आगलागि हुन सक्दछ त्यसैले पटका नपट्काउनु हाेला ।
यदि तपाइको घर, टाेल, गाउँ सहर भित्र कहि कतै आगलागी भएकाे देख्नु भएमा वा थाहा पाएकाे अवस्थामा ललितपुर महानगरपालिकाकाे जुद्ध वारुण यन्त्र (दमकल) कार्यालयलाई तुरुन्तै सम्पर्क गर्नुहाेला ।
इमर्जेन्सी फाेन नंं. १०१, ०१-५४२१११,
०१- ५४२७६४२
"आगलागी नियन्त्रण पुर्वतयारी हामी सबैकाे जिम्मेवारी"
ललितपुर महानगरपालिका
जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय
पुल्चोक, ललितपुर ।