18/03/2026
श्री जगन्नाथ रथयात्रा – इस्कॉन लहान
📅 २०८२ चैत्र २१ (४ अप्रिल २०२६), शनिबार
इस्कॉन लहानद्वारा आयोजित पवित्र श्री जगन्नाथ रथयात्रामा सम्पूर्ण भक्तजन तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा।
यस अवसरमा भगवान् जगन्नाथ, बलदेव र सुभद्रा देवीको भव्य रथयात्रा कीर्तन र भक्ति उत्सवसहित सम्पन्न हुनेछ। सबैलाई हरिनाम संकीर्तन, नृत्य तथा रथ तान्ने सेवामा सहभागी भई भक्ति आनन्द अनुभव गर्न अनुरोध गरिन्छ।
आउनुहोस्, श्रद्धा र उत्साहका साथ यो दिव्य उत्सवलाई सफल बनाऔं। 🙏