08/06/2020
मैले सुनेको कथा
----------------------
एका देशमा असाध्यै कथा सुन्न मन एक जना राजा रहेछन् रे। राजाले घोषणा गरेछन् रे जसले मलाई कथा सुनाएर आघाउँछ उसलाई मेरी छरी र आधा राज्य दिन्छु । संसारभरीका कथाबाचकहरुले कथा सुनाएर राजाको अघाउने कोशिस गरेछन् रे । तर कसैले पनि नसकेपछि एक जना छट्टु मानिसले म काथा सुनाएर राजालाई अघाउछु भनेर आएछ रे । राजा कथा सुन्नका लागि तयार भएर बसेछन् रे । छट्टु मानिसले कथा शुरु गरेछ- "सरकार, एका देशमा एउटा ठूलो चौर रहेछ रे, त्यो चौरमा दशमुरी कनिका थुपारेको रहेछ रे । एटा चरो मुर्रर आएर एक दाना कनिका टिप्दै जाँदै गर्दो रहेछ रे। यसरी क्रमशः चरो भुर्रर आयो कनिका टिपो गयो, चरो भुर्रर आयो कनिका टिपो गयो, चरो भुर्रर आयो कनिका टिपो गयो, चरो भुर्रर आयो कनिका टिपो गयो, चरो भुर्रर आयो कनिका टिपो गयो," भनेर दोर्याई रहेछ रे । राजाला भनेछन् रे हैन तेरो कथा कहिले सकिन्छ हँ ? छट्टु मानिसले भनेछ रे जहिले चराले दशमुरी कनिका खाइ सक्छ त्यहिलेही अथा अगाडि बढ्छ सरकार । राजालाई झोक चरेर भनेछन् रे भो भो म अघाएँ । तेरो कथा सुन्नु छैन। यसरी छट्टुले आधा राज्य र राजकन्या हात लगाएछ रे ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा बैकुण्ठ जाला, भन्ने बेलामा सरसर सरसर आईजाला।