Khotang खोटाङ

Khotang खोटाङ मेरो खोटांग मेरो प्राण एकता हो हाम्रो शान । संसार भरी का खोटाङगे हरु एक जुट हौ ।

नेपालको पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला खोटाङ हो । माझ किराँतको रुपमा परिचित खोटाङ, यातायातको दृष्टीले ज्यादै दुर्गम र पूर्वाधार विकासको दृष्टीले पनि पछि परेको जिल्ला हो । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ । लालिगुराँश, चिमाल, र विभिन्न जातका ल

ेकाली धुपी सल्लाले उत्तरी क्षेत्रलाई सोभायमान बनाएको यस जिल्लाको दक्षिणी क्षेत्रतर्फ खयर, साल तथा अन्य मूल्यवान वन सम्पदाले भरीपूर्ण रहेको खोटाङ वास्तवमै प्राकृतिक श्रोत, साधन र सौन्दर्यले सुसज्जित रहेको छ । यति मात्र होईन समुन्द्र सतहबाट करीव १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा रहेका प्राकृतिक पर्वतमाला ट्याम्के, मैयू, मेरुङडाँडा, साल्पा, पत्रे जस्ता अग्ला होचा पहाडी डाँडाहरु रहेको यस जिल्लाको सुनकोशी र रावाले बनाएका बेंसीहरु झनै मूल्यवान छ ।

राणाकालिन समयमा मझुवा थुम, आमचोक थुम, खोटाङ थुम, छुलुवार थुम, सावा थुम, दिप्लुङ थुम, चुईचुम्मा थुम र रतन्छा थुमको मुद्दा मामिला हेर्नेगरी खोटाङबजारमा स्थापना भएको ईलाका अदालतले यस क्षेत्रमा जग्गा रजिष्ट्रेशन गर्ने कार्य पनि गर्दथ्यो । २००७ सालमा प्रजातन्त्रको उदयपश्चात २०१३ सालमा खोटाङमा त्रिभुवन ग्राम विकासको स्थापना गरिएपछि मझुवा थुम, खाम्तेल थुम, हलेशी थुम, र रावा थुमका जनताको विकासको प्रशासन पनि खोटाङबजारवाटै हेरिन थालियो । तर प्रशासकीय अधिकार भने साप्सु खोला देखि पूर्वतर्फका सिक्तेल लगायत नौ थुमको पूर्व ४ नं गोश्वारावाट र मझुवा लगायत चार थुमको पूर्व ३ नं गोश्वारावाट हेर्न थालियो । त्यसपछि ओखलढुङ्गा ईलाका अदालतवाट विभाजन गरी मझुवा, खाम्तेल, हलेशी र रावा थुमका जनताको न्याय प्रशासन ऐसेलुखर्क ईलाका अदालतले हेर्ने ब्यवस्था भयो । दुईवटा छुट्टाछुट्टै जिल्लावाट गरिने प्रशासकीय र न्यायिक कार्यहरु वाहेक विकास प्रशासन र शान्ति सुरक्षाको काम भने तीन प्रहरी कार्यालयले गरेको थियो । २०१७ सालमा पञ्चायत शासन ब्यवस्थाको शुरुवातसंगै २०१९ सालको नेपालको संविधान घोषणा हुँदा खोटाङबजारद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने, रावापारीका क्षेत्र सोलुखुम्वुले हेर्ने र वाँकी खोटाङले हेर्नेगरी खोटाङ जिल्लाको नामले जिल्ला विभाजन भयो र खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल तोकियो । खोटाङबजारमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम २०२० सालमा दिक्तेलमा सारियो । २०२२ सालमा तत्कालिन श्री ५ को सरकारले खोटाङ अदालत दिक्तेलमा र ऐसेलुखर्कको अदालत सोलु सल्लेरीमा सार्ने निर्णय गयो । तत्पश्चात क्रमशः अन्य कार्यालयहरु सदरमुकाम दिक्तेलमा स्थापना भएको हो । नेपालको सविधान (तेश्रो संशोधन–२०३२) ले खोटाङ जिल्लाको सिमाना पुनः हेरफेर गयो, जसअनुसार भोजपूर जिल्लाको बोपुङ्ग, भञ्ज्याङखर्क, काहुले तथा सोलु जिल्लाको वाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, वाङ्गदेल, राखावादेल, ऐसेलुखर्क, दिप्सुङ्ग लगायत १५ गाउँ पञ्चायत खोटाङ जिल्लामा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो । हालसम्म त्यही सिमाना कायम छ ।

यस जिल्लामा राई, क्षेत्री, व्राम्हाण, नेवार, तामाङ, शेर्पा, मगर, कामी, दमाई, सार्की आदी जातिहरुको वसोवास रहेको छ । विविध जातजातिहरु अनुसार आ—आफ्नै किसिमको धर्म, संस्कृति, भाषा र संस्कारहरु रहेका छन् ।

Address

Khotang
036

Alerts

Be the first to know and let us send you an email when Khotang खोटाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share