सङ्खुवासभा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो । यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ । यसले नेपालको कुल क्षेत्रफलको २.३६%, पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ । समुन्द्री सतहदेखि ४५७ मिटर (संसा
रको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७ डिग्री ६' उत्तरदेखि २७ डिग्री ५५' उत्तरी अक्षांशसम्म र ८६ डिग्री ५७' पर्वदेखि ८७ डिग्री ४०' पूर्वी देशान्तरसम्म फैलिएको छ । उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरुले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ । यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ । आर्थिकरुपले सक्रिय जनसंख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन ।
Sankhuwasabha is the only one districe where......
Antecedent rivers belong to the period prior to the rise of the Himalaya. After the formation of Mahabharat hills, the antecedent rivers changed their courses as Mahabharat stood as a barrier. As a result, most of the rivers changed their courses either to the east or west. Most of these rivers were responsible to deposit the sediments in the Churia basin. The major river systems namely the Koshi, the Karnali and the Gandaki belong to the antecedent group. Rivers originating from the Mahabharat range and cutting through Churia hills come under the second group, these include Kankai, Bagmati, Kamala etc. The third group of rivers originate from the southern face of the Churia hills. For the purpose of commercial rafting, the following rivers are in use.
सङ्खुवासभा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलमा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा ताप्लेजुङ र तेह्रथुम, पश्चिममा सोलुखुम्बू र भोजपुर जिल्ला, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम र धनकुटा जिल्लाको चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २.३६%, पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर मकालु ८४६३ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७ डिग्री ६' उत्तरदेखि २७ डिग्री ५५' उत्तरी अक्षांशसम्म र ८६ डिग्री ५७' पर्वदेखि ८७ डिग्री ४०' पूर्वी देशान्तरसम्म फैलिएको छ। उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिकरूपले सक्रिय जनसंख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन।
विषयसूची
जिल्लाको नामाकरण
यस जिल्लाको नाम पश्चिमबाट बहने संखुवाखोला र बीचभागबाट बहने सभाखोलाको सन्धि गरी संखुवासभा जिल्ला रहन गएको हो। शुरुमा यी दुई खोला बीचमा पर्ने भू-भागलाई संखुवासभा भनिने गरिन्थ्यो। तिथिमिति एकिन नभएपनि प्रशासनिक हेरफेरले गर्दा निकै समय पछिमात्र हालको संखुवासभा जिल्लाको स्वरूप निर्धारण भएको हो।
जिल्लाको ऐतिहासिक पृष्ठभूमि
वैदिक कालदेखि नै संखुवासभा जिल्लाको महत्व रहदै आएको छ। सो समयमा शिवपार्वतीको कि्रडास्थल मानिने शिवधारा वेदव्यासले भगवान शिवशंकरसंगको प्रार्थनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान सिद्धकाली जस्ता पौराणिक महत्व भएको स्थलहरूले सोको प्रमाणित गर्दछ।
एकिकरण पूर्व तीन राज्यमा विभाजित किराँत राज्यमा संखुवासभा जिल्ला पल्लो किराँत अन्तरगत पर्दथ्यो। किराँत कालमा यस जिल्लाका विभिन्न स्थानहरूमा गढि गोला कोट आदि भएको तथ्य हाल सो अनुसार रहेको गाँउहरूको नामाकरण (हटियागोला गढि बजार लोहाकोट आदि)ले पुष्टि गर्दछन्। जस अनुसार गढि तथा कोटमा शासकहरूको दरवार हुने गर्दथ्यो भने गोलामा त्यस ताकाको अन्नपानी तथा हातहतियारको भण्डार रहने गर्दथ्यो। हाल जिल्ला प्रहरी कार्यालय रहेको स्थान जसलाई ढोलबाजे गढि भनिन्थ्यो तथा हाल हेलिप्याड रहेको स्थान सम्याउने कार्य गर्दा फेला परेका चिल्ला वुट्टेदार तथा बलिया ईट्टाहरू त्रिशुल तीर तरवार खुँडा आदिले परापूर्वकालमा उक्त स्थानमा कुनै ठूलो दरवार रहेको तथ्यलाई पुष्टि गर्दछन्। यस्ता गढि गोला तथा कोतहरूमा हेदाङ्गना गढि चैनपुर गोला हटियागोला कोतडाँडा (हाल हिमालय मा.वि. भएको स्थान वानेश्वर गढि आदि प्रसिद्ध रहेका थिए।
नेपाल राज्यको एकिकरणका क्रममा वि. सं १८३१ वैसाखमा चैनपुरको दक्षिणी भागमा रघुराना लिम्वूको नेतृत्वमा गोर्खाली सेनाहरू र किराँत राज्यका कांगेसोरेको नेतृत्वमा युद्ध भएको प्राप्त तथ्यहरूले यस क्षेत्रको एकिकरण त्यस समय पश्चात भएको पाइन्छ। राणाकालमा यो क्षेत्र धनकुटा गौंडा वडाहाकिमको प्रशासनिक क्षेत्र तथा चैनपुरका न्यायिक क्षेत्रभित्र पर्दथ्यो। त्यसताकाका वस्तीहरूलाई थुम भनिने गरिन्थ्यो र यो जिल्ला भित्र पनि विभिन्न थुमहरू दशमजिया (मादिविर्ता) पाचँ मजिया (खराङ्ग) देखि लिङलिङ दशथर थुम (चैनपुर देखि पोखरीबजार) त्यस्तै पाँच खपन थुम, सभा उत्तर थुम, संखुवा उत्तर थुम आदि पर्दथे।
भौगोलिक अवस्था
अक्षांश:- २७ डिग्री ०६” देखि २७ डिग्री ५५” उत्तर
देशान्तर:- ८६ डिग्री ५७” देखि ८७ डिग्री ४०” पूर्व
सिमाना:- पूर्व-ताप्लेजुङ र तेह्रथुम,पश्चिम-सोलुखुम्बू र भोजपुर,उत्तर चीनको तिब्बत, दक्षिण-धनकुटा र तेह्रथुम
क्षेत्रफल ३४६८.१७ वर्ग किलोमिटर
औसत लम्बाइ:- .... उत्तर– दक्षिण
औसत चौडाइ:- ..... पूर्व– पश्चिम
भौगोलिक अवस्था: हिमाली क्षेत्र
सबभन्दा अग्लो स्थान:- ८,४६३ मिटर (मकालु हिमाल, विश्वको पाँचौं सर्बोच्च शिखर)
सबभन्दा होचो स्थान:- ४५७ मिटर (अरुण उपत्यका, संसारको सबैभन्दा होचो उपत्यका)
सदरमुकाम:- खाँदबारी
भौगोलिक विविधताले गर्दा यहाँको हावापानी र प्राकृतिक वनस्पतिमा पनि विविधता पाइन्छ। यहाँ हिमाली हावापानीदेखि लिएर उष्ण मनसुनी हावापानीसम्म पाइन्छ। जैविक विविधता र प्राकृतिक संरक्षणको लागि मकालु वरुण राष्ट्रिय निकुन्ज र नेपालको राष्ट्रिय फुल लाली गुराँस संरक्षणको लागि तिनजुरे, मिल्के जलजले लालिगुराँस संरक्षण क्षेत्र पनि यहि जिल्लामा पर्दछन्। यस जिल्लाको कुल जमीनमध्ये ८।२७५ कृषियोग्य जमीन, ४०.३१% वन क्षेत्र, ११.३७% चरन तथा झाडी क्षेत्र, २७.३९% हिम तथा जल क्षेत्र र १२.६६% भू-भाग ढुङ्गा, भीरपाखा आदि रहेको छ।
यस जिल्लाको उत्तरी क्षेत्रमा मध्य भाग र दक्षिणी क्षेत्रमा पश्चिम सिमाना हुंदै सप्तकोशी नदीको सहायक नदी अरुण वगेको छ भने बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा, कासुवा, सिसुवाखोला लगायतका प्रमुख खोलाहरू यस जिल्लामा बग्दछन्। सभा खोलाको उत्पत्ती स्थल सभापोखरी र जिल्लाको दक्षिण पूर्वी भागमा रहेको गुफा पोखरी यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्वका पोखरीहरू हुन भने सिद्धपोखरी,पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि यहाँका प्रमुख पोखरीहरू हुन।
यहाँ धार्मिक तथा पर्यटकीय महत्वका रमणीय स्थलहरू मनकामना मन्दिर, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा, मकालु प्रथम (८,४६३ मिटर), मकालु दोस्रो (७,६७८ मिटर), वरुनत्से (७,१२९ मिटर), चाम्लाङ्ग (७,३१९ मिटर), हिमचुली (६,४२४ मिटर), कुम्भकर्ण (७,१२९ मिटर), मकालु-बरूण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका, मिल्के डाडाँ आदि छन्। यहाँको चैनपुरे करुवाले स्वदेशमा मात्र नभई विदेशमा समेत प्रसिद्धि कमाएकोछ।
प्रमुख नदी, ताल, तलैया
अरुणनदी, बरुण हिमनदी संखुवाखोला, सभाखोला, पिलुवाखोला, हेंवा, इप्सुवा, आप्सुवा, इखुवा,कासुवा, सिसुवाखोला, सभापोखरी, गुफापोखरी, सिद्धपोखरी, पोप्तीपोखरी लालपोखरी मत्स्यपोखरी, बन्दुकपोखरी, लक्ष्मीपोखरी, किपुपोखरी, फेलुङगापोखरी, मुलुङ्गपोखरी, छावापोखरी आदि।
प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र
मनकामना, बानेश्वर महादेव, सिद्धकाली मन्दिर, बालेश्वर शिवलिङ्ग, सभापोखरी, खेम्पालुङ, शिवधारा, मत्स्यपोखरी, जौबारी महादेव गुफा, हुमुङमाई मन्दिर, गुठी गुम्बा मकालु प्रथम (८४६३ मी.), मकालु दोस्रो (७६७८ मी.), वरुनत्से (७१२९ मी.), चाम्लाङ्ग (७३१९ मी.), हिमचुली (६४२४ मी.), कुम्भकर्ण (७१२९ मी.), मकालु बरुण राष्ट्रिय निकुञ्ज, लालीगुराँस संरक्षण क्षेत्र, अरुण उपत्यका,मिल्के डाडाँ आदि।
व्यापारिक महत्वका स्थानहरू
तुम्लिङ्टार विमानस्थल
खाँदबारी, तुम्लिङ्टार, बैरेनी, चैनपुर, खराङ, त्रिबेणीबजार (बाह्रबिसे , जलजला, सित्तलपाटी, मादिओखरबोटे, आँखिभूईं, सिसुवाटार, सेदुवा मकालु, मुढेशनिश्चरे, किमाथान्का, गुफापोखरी आदि।
दुर्लभ जीवजन्तुहरू
रुखभालु, पाण्डा, ओत, हिमभालु, हिमचितुवा, बाघ, घोरल, झारल, मृग, चित्तल, हरिण, खरायो, काँडे भ्याकुर, झिंगे फिस्टो, पखेंटे भ्याकुरो आदि।
राजनैतिक विभाजन
२ वटा निर्वाचन क्षेत्र, ११ वटा ईलाका,१ वटा नगरपालिका, ३३ गाविस
सन्दर्भ
Sankhuwasabha District (Nepali: सङ्खुवासभा जिल्लाAbout this sound Listen (help·info)) a part of Kosi Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Khandbari as its district headquarters, covers an area of 3,480 km² and had a population of 159,203 in 2001 and 158,742 in 2011. Indigenous ethnics Yakkhas, Lohorung, Kulung, Rais, Gurung, Limbus, and other hill castes (e.g. Chhetri, Bahuns) and ethnic groups (e.g. Newars, Sherpas) live in this district. The deepest valley of the world 'Arun Valley' lies in this district. It is also famous for cardamom farming. Map of the VDCs in Sankhuwasabha District
Village Development Committees (VDCs) and Khandbari Municipality
Aankhibhui, Bahrabise, Bala, Baneswor, Chainpur, Chepuwa, Dhupu, Diding, Hatiya, Jaljala, Kharang, Madi Mulkharka, Madi Rambeni, Makalu, Mamling, Mangtewa, Matsya Pokhari, Mawadin, Num, Nundhaki, Pangma, Sekaha, Pathibhara, Pawakhola, Savapokhari, Siddhakali, Siddhapokhari, Sisuwa, Sitalpati, Syabun, Tamafok, Tamphu, Yaphu, Wana
List of herbs
Yarchagumba
adamchal
akhanbed
Kutki
Jatamasi
Thulo Okhati
Harro
Amala
Khanappa
Harchur
Timbur
Bikhuma
Cardamom
Chiraito
Chabo
Ipla
Bojho
Bis Jar